RSS

जडिबुटीको सही मूल्यांकन हुन सकेन

08 Sep

सिस्ने हिमालको काखमा अवस्थित प्राकृतिक रुपमा अत्यन्त सुन्दर र सम्पन्न जिल्ला मानिने रुकुम जिल्लामा प्रशष्त जडिबुटी हुंदाहुंदै पनि यसको उचित संरक्षण र सम्बर्द्धन हुन सकेको छैन । यहां यार्चागुम्बा, पांचऔंले, कटुकी, चिराइतो, सर्पगन्ध, देवदार, जटामसी, भलायो, असुरो, सुगन्ध कोकिला, रिठ्ठा, शिलाजीत, कस्तुरी, पाखनबेदजस्ता दुर्लभ र मूल्यवान एवं उपयोगी र लोकप्रिय जडिबुटीहरू पाइन्छन । तर, विडम्बना, यी अमूल्य जडिबुटीको सदुपयोग अझैसम्म हुन सकेको छैन, महत्व बुझ्न र वुझाउन सकिएको छैन ।

यहां रहेका अनेकौं मूल्यवान् जडिबुटीहरू त्यसै खेर गइरहेका छन् भने कतिपय जडिबुटीहरू अत्यन्त कम मूल्यमा बाहिरिएका छन् । तर, तिनै जडिबुटीबाट बनेका विदेशी औषधीहरू किन्न लाखौं रूपैयां खर्च भइरहेको छ । केहि स्थानीय वैद्यहरूले स्वास्थ्य उपचारका लागी आयुर्वेदिक चिकित्सा पद्धतिमा प्रयोग गरेपनि व्यवस्थित नभएकाले स्थानिय जनता यसमै निर्भर रहन सकेका छैनन् । वहुसंख्यक समुदाय तथा स्थानीय उपभोक्ताहरू यि वहुमुल्य जडिबुटीहरूको आर्थिक महत्वका बारेमा अहिलेसम्म अनविज्ञ नै छन् । यिनै कारणले जिल्लामा केही जडिबुटीहरू दलालको माध्यमबाट निकै सस्तो मूल्यमा विक्री पैठारी भइरहेको छ ।

जिल्ला विकास समिति रुकुमको एक तथ्यांक अनुसार हाल रुकुम जिल्लाबाट बाहिरिने जडिबुटीहरूमा यार्चागुम्बा, कुरिलो जस, टिमुर, रिठ्ठा, सेतरवाजरा, जटामसी, भलायो, बुकी फुल, दालचिनी, अमला, तितेपाती, पाचाऔंले, सुगन्ध कोकिला, तिते, कालादाना, साधारण झ्याउ आदि रहेका छन् । यस जिल्लामा पाइने जडिबुटीहरू अत्यन्तै दुर्लभ एवं अमृततुल्य मानिएका यार्चागुम्बा, पाचाऔंले, कस्तुरी शिलाजीत आदि दिनप्रतिदिन दुर्लभ भइरहेका छन् । जिल्लाका हुकाम, मैकोट, जाङ्ग र सिस्ने गाविस यार्चागुम्बा पाइने प्रमुख क्षेत्र हो । विकट जिल्ला भएकाले कसैको पनि प्रत्यक्ष निगरानी नभएको हुंदा यहां पाइने जडिबुटीहरू अवैध बिक्री वितरण भइरहेका छन् । सरकार तथा स्थानियवासीले समेत थाहा नपाउनेगरि जडिबुटीको चोरी निकासी भइरहेको छ । तर, यसलाई नियन्त्रण गर्न सम्बन्धित निकायले खासै ध्यान दिएको देखिंदैन  ।

जडिबुटी खेतीलाई प्रोत्साहन गरी उसको खेतीलाई सामाजिक अभियानको रूपमा सञ्चालन गर्दै जडिबुटीको भण्डारणलाई संरक्षण र सम्बर्धन गर्नु आम नेपालीको दायित्व हो । त्यसमाथी, रुकुमजस्तो न्यून आय भएको जिल्लामा तत्कालैदेखि एक स्पष्ट गुरुयोजना बनाई कार्यान्वयन गरिएमा समुदायको आर्थिक अवस्था सुधार्न धेरै समय नलाग्ने बताउंछन्, स्थानीय बुद्धिजीवीहरू । रुकुममा जडिबुटी विकास सम्बन्धमा सरकारी तथा गैरसरकारी निकायबाट सामान्य पहल भए तापनि, यो पर्याप्त छैन, झन् सरकारि निकायवाट त कुनै प्रयास समेत भएको छैन ।

यहां एकातर्फ दुर्लभ र महत्वपूर्ण जडिबुटीहरूलाई उचित संरक्षण तथा सम्बर्धन गर्न आवश्यक छ भने अर्कोतर्फ प्रशोधन केन्द्रको स्थापना गरी जडिबुटी तथा लघुवन पौदावारको माध्यमबाट रोजगारका अवसरहरू श्रृजना गर्नुपर्ने देखिन्छ । तर, स्थानिय वासिन्दाहरूलाई जडिबुटीको महत्वबारे सामान्य चेतना समेत नहुनु, संकलनकर्ताले आफ्नो पारिश्रमको उचित मूल्य नपाउनु, जडिबुटीको परिणाम यकिन नहुनु, जिल्लाको दुर्गम क्षेत्रमा अमूल्य जडिबुटी पाइनु, संकलन गर्न उचित समय तथा संकलन विधि थाहा नहुनुजस्ता समस्याले स्थानिय पहलवाट मात्र यो संभव हुंदैन । तसर्थ, यसको लागि सम्बन्धित सरकारि निकायले कुन जडिबुटी महत्वपूर्ण छ, पारिश्रमिक र लगानी कति लाग्छ र यसलाई दिगो रूपमा कसरी निरन्तरता दिन सकिन्छ भन्नेवारे जनचेतना अभिवृद्धि गराउनुका साथै व्यवस्थित रूपमा जडिवुटि संकलन र खेतीसम्बन्धी वैज्ञानिक प्रविधि विकास गर्नु अति आवश्यक छ ।

सिस्ने हिमालको काखमा अवस्थित यस जिल्लाको प्राकृतिक स्रोतको संरक्षण जडिबुटीको संरक्षण, व्यवस्थापन र उचित प्रयोगलाई निरन्तरता दिंदै पेशागत रूपमै संकलन तथा खेती विस्तारमा स्थानियवासीलाई प्रोत्साहन गर्न सकेमा आयआर्जनको वृद्धि हुनगई न्यून आयस्तरका जनताहरु भएको रुकुमजस्तो जिल्लाको समुदायीक विकास गर्न तथा जनताको आर्थिक अवस्था सुधार्नमा केही टेवा पुग्ने थियो कि ? 

 
टिप्पणी छोड्नुहोस्

Posted by on सेप्टेम्बर 8, 2009 in NEWS, Report

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: