RSS

फोहरलाई मोहरमा बदल्ने नयां तरिका

08 Sep

बेला बेलामा हुने विभिन्न विवादका कारण काठमाडौंको सडकमा अड्डा जमाएर वस्दै आएको फोहोरबाट जनताले अव मुक्ती पाउने भरपर्दो आधार फेलापरेको छ । फोहरको समस्यामात्र नभई चर्को लोडसेडिङको मारसमेत झेल्दै आएको काठमाण्डौंले क्यानडामा विकसित भएको ‘प्लाज्मा’ प्रविधि प्रयोग गरेमा सो फोहरको उचित व्यवस्थापन मात्र होईन, बिजुली समेत उत्पादन गर्न सकिनेछ । 

यो प्रविधिवाट प्रति टन फोहोर वरावर १२ सय युनिट विद्युतका साथै एक सय ५० किलोग्राम ब्लक, पांच किलोग्राम सल्फर, एक दशमलव ३ किलोग्राम धातु, तीन सय लिटर पानी र सात किलोग्राम धातु, तीन सय लिटर पानी र सात किलोग्राम नुन निकाल्न सकिन्छ । क्यानडाबाट विकसित भएपनि यो प्रविधि अहिले अमेरिका लगायत युरोपेली देशमा निर्माणाधीन अवस्थामा रहेको छ । प्रदूषणसमेत नहुने दाबी गरिएको यो प्रविधि नेपालमा भित्र्याएको १८ महिनामा कारखाना तयार गर्न सकिन्छ, जसका लागि क्यानडेली कम्पनी तयार रहेको छ । यस सम्वन्धमा क्यानडाका आप्रवासी नेपाली मानकाजी श्रेष्ठले भने, ‘सरकारले चाहेमा उनीहरू कारखाना स्थापना गरेर प्रशोधित समान र बिजुलीको पैसा २० वर्षसम्म लिने सम्झौता गर्न तयार छन् ।’ सरकारले प्रति टन फोहर प्रशोधनवापत एक सय अमेरिकी डलर तिर्नुपर्ने हुन्छ । श्रेष्ठले यो प्रविधिबारे राष्ट्रिय योजना आयोगलाई समेत जानकारी गराएको वताए ।

यदि काठमाण्डौंको फोहर समस्याको दीर्घकालीन समाधान खोज्ने हो भने सरकार आफैंले पनि ग्लोबल टेन्डर खोलेर प्लाज्मा प्रविधि भित्र्याउन सक्छ । महानगरपालिका वातावरण विभाग प्रमुख रविनमान श्रेष्ठका अनुसार महानगरपालिकामा फोहरबाट बिजुली निकाल्न क्यानडावाट मात्र होइन, स्वीस, कोरियाली र जापानीहरुको पनि प्रस्ताव आएको छ । सरकारले बजेटमा सम्बोधन गरेअनुरूप फोहोर व्यवस्थापन गर्न उच्चस्तरीय समिति बनाउन पहल गरिरहेको छ । स्थानीय विकास मन्त्रालयले उच्चस्तरीय समितिमा को-को हुनुपर्छ भन्ने सुझाव दिइसकेको छ । समितिले निकालेको निष्कर्षअनुसार फोहोर व्यवस्थापन गरिनेछ ।

काठमाडौंको फोहोरबाट बिजुली निकाल्ने अवधारणा पत्रमा स्थानीय विकास लगायत काठमाडौंको फोहोर व्यवस्थापन गर्ने वारे नौ वटा अवधारणा प्रस्तुत गरिएका थिए । स्थानीय विकास मन्त्रालयको फोहरमैला व्यवस्थापन तथा स्रोत केन्द्रकी महाप्रबन्धक सुमित्रा अमात्यका अनुसार सरकारले फोहोरमैलालाई उद्योगकै रूपमा लैजान खोजेको छ । ‘केन्द्रमा फोहोरबाट बिजुली निकाल्ने र व्यवस्थापन गर्ने प्रस्ताव बढिरहेका छन् । तर, हामी अब बन्ने अधिकार सम्पन्न समितिको पर्खाइमा छौं’, उनले भनिन् । वातावरणविद भूषण तुलाधर भने फोहरलाई मोहरमा बदल्न प्रशोधन गर्नुपर्ने बताउंछन् । महानगरमा दैनिक तीन सय ३० देखि ५० टन फोहोर संकलन हुनेगर्छ । यसमध्ये ८० प्रतिशत फोहोर पुनः प्रशोधन गर्न मिल्छ । यीमध्ये ६५ प्रतिशतबाट जैविक मल बनाउन सकिन्छ । तुलाधरका अनुसार १५ प्रतिशत फोहोरमा पोलिथिन र धातु हुने भएकाले तिनलाई प्रशोधन गरेर पुनः प्रयोगमा ल्याउन सकिन्छ ।

 
टिप्पणी छोड्नुहोस्

Posted by on सेप्टेम्बर 8, 2009 in NEWS, Report

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: