RSS

विजुली अभावमा अत्याधुनिक स्वास्थ्य सामग्री अलपत्र

08 Sep

विनोद ढकाल, रेडियो गोरखा

गोरखाको आरुचनौटे गाउं विकास समितिको आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्रका अत्याधुनिक उपकरणहरु विजुलीको अनियमितताका कारण प्रयोगविहिन भएका छन् । नियमित विद्युत आपुर्ति नहुंदा स्वास्थ्य केन्द्रका एक्सरे मेशिन, नेवुलाइजर र प्रयोगशालामा आवश्यक उपकरणहरु थन्किएर बसेको हो ।

स्थानिय आरुघाट साना जलविद्युत आयोजनाबाट दिउंसो २ घण्टा र सांझमा मात्रै विद्युत उपलब्ध गराउदा मेसिन सञ्चालन गर्न नसकिएको स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत मधुसुदन कायस्थले जानकारी दिए । जलविद्युत आयोजनाका लागि ल्याइएको पानी दिनभरि स्थानीय आरुटारको धानखेतमा लगाउने गरिएकोले आरुघाट क्षेत्रमा दिउंसो दुई घण्टामात्र विजुली आपुर्ति हुदै आएको छ । विरामीको बढ्दो चापलाई ध्यान दिदै केन्द्रले अघिल्लो महिना एक्सरे मेशिन, नेवुलाइजर र प्रयोगशालामा आवश्यक उपकरणहरु खरिद गरेको थियो । दिउंसो दुई घण्टामात्र विजुली आउंदा एक्सरे मेशिन मात्र सञ्चालन गरिएको केन्द्रले जनाएको छ । स्वास्थ्य केन्द्रका केही उपकरणहरु ब्याटि्र मार्फत सञ्चालित छन् भने धेरै विजुली खपत गर्ने उपकरणहरु प्रयोगमा ल्याउन नसकेको अधिकृत कायस्थले बताए ।

उपकरण सञ्चालनका लागि सहयोग गरिदिन गाविस संयन्त्र र जिल्लाका सम्बन्धित निकायलाई जानकारी गराएको उनले बताए । अस्पतालमा भएका उपकरणहरु सञ्चालन गर्न नसक्दा आरुघाटमा नै पाउने सेवा लिन सेवाग्राहीहरु सदरमुकाम लगायतका ठाउंमा जानुपर्ने बाध्यता छ ।  जिल्लाको इलाका नंबर १२ र १३ का विकट गाविसका वासिन्दाले नजिकै सेवा लिन पाउने सो प्राथमिक स्वास्थ्य केन्द्र मात्र एक हो । स्वास्थ्यकेन्द्रका ती उपकरणहरु नियमित सञ्चालनका लागि जिल्ला विकास समिति मार्फत जेनेरेटर खरिद प्रक्रिया अघि बढाइएको जिल्ला स्वास्थ्य प्रमुख डाक्टर गुणराज लोहनीले जानकारी दिएका छन् ।

गोरखाको दोस्रो ठूलो बजारको रुपमा रहेको आरुघाटमा रहेको सो प्राथमिक स्वास्थ्यकेन्द्रमा गत असार १० गतेदेखि  चौबीसै घण्टा आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउन शुरु भएको छ । चौबीसै घण्टा आकस्मिक सेवा शुरु भएपछि सेवा लिनेको संख्या बढेको स्वास्थ्य केन्द्रले  जनाएको छ । पहिले दैनिक १०/१२ जना विरामी आउने गरेकोमा हाल ५० जना भन्दा बढी बिरामी आउने गरेको केन्द्रले जनाएको छ ।

 
टिप्पणी छोड्नुहोस्

Posted by on सेप्टेम्बर 8, 2009 in NEWS

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: