RSS

उपेक्षित छन् नगरपालिकाभित्रकै गाउंहरु

09 Sep

दाङ –

घोराही नगरपालिकाभित्र विकासको पाटोले धेरैलाई छोएपनि नगरपालिकाकै दर्जन बढी गाउंहरु उपेक्षित छन् । बर्षेनी बजेट विनियोजन हुन्छ, विकास निर्माणका योजनाहरु बन्छन् तर कुनै पत्तो नै हुदैन ती गाउंका बासिन्दाहरुलाई । स्वच्छ, सफा, सुन्दर, हराभरा, घोराही नगरपालिका भनेर चिनिए पनि अझै सुन्दर र हराभराको अनुभूति गर्न सकेका छैनन् उनीहरुले ।

नगरपालिकाभित्र पर्ने बुराकोट, मौलाकोट, लापे, हात्तीखर्क, जोगीडांडा, कटुवाखोला, काभ्रेखोला, ओखरा (बन्दीपुर), जुरुटे, भरतपुर खानेपानी छेउको थारुगाउं लगायतका गाउंहरुले आफूलाई उपेक्षीत भएको महशुश गरिरहेका छन् । न त उनीहरुलाई स्वच्छ खानेपानीको सुविधा छ न बाटोघाटो र बिजुली बत्तीको । उनीहरुको विकासप्रतिको इच्छा र आकांक्षा केबल चाहनामात्रै बनेको छ । ‘हामी कहिलेसम्म यस्तो अन्याय र कष्टकर जीवनयापन गरिरहने ?’ उनीहरु गुनासो पोख्छन् ।

घोराही बजारको उत्तर पश्चिममा पर्ने बुराकोट र मौलाकोट आफैमा सुन्दर छ तर, विकासको कुनै गतिले त्यहां छोएको छैन । दैनिक ६ घण्टाको बाटो हिड्नुपर्छ घोराही बजार धाउनको लागि उनीहरुलाई । बीचमा ठूलो जंगल भएकाले हिडडुल गर्न गाह्रो परेको स्थानीयबासी रामबहादुर घर्ती बताउंछन् । ‘हाम्रो गाउंमा पनि विकास भएको भए हामीले सुविधा पाउने थियौं र नगरपालिकाको पनि महत्व बढ्ने थियो’ – उनले भने । विशेषगरि घोराही-३ ओखरा (बन्दीपुर) त्यस्तो समस्यावाट पिडित रहेको छ । त्यहांका बासिन्दाहरु दुईखोलाको चेपुवामा परेको बताउंछन् । ‘पश्चिमतिरबाट कटुवाखोला बग्छ, पूर्वतिरबाट सिस्नेखोला । वर्षातमा उता परिन्छ’- स्थानीय विक्रम थापाले बताए । नगरपालिकाले विद्युतको पोलमात्र दिएर झारा टार्ने काम गरेको छ । यस्ता समस्या यी गाउंहरुमा मात्र होइन नगरपालिकाभित्रका दर्जनौं गाउंहरुमा यथावत छ, तर समस्या समाधानका लागि सम्बन्धित सरोकारवालाहरुले गम्भीरतापूर्वक ध्यान नदिएकाले उपेक्षित गाउंहरुले नगरपालिकाको बासिन्दा भएको अनुभूति समेत गर्न पाएका छैनन् ।

 
टिप्पणी छोड्नुहोस्

Posted by on सेप्टेम्बर 9, 2009 in NEWS

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: