RSS

राष्ट्रियगान रचयिताको समस्या

09 Sep

विनोद ढकाल, रेडियो गोरखा

‘१२ वर्षे भिषण द्वन्द्वमा फसेको देश अहिले शान्तिको बाटोमा अगाडि बढिरहेको छ, यसमा हामीले गर्व गर्नुपर्छ । त्यसैले अव हामीले बन्दुक होइन, कलम समाउनुपर्छ ‘ भनेर हाम्रो कलम देखाइदिनुस् । हामी तपाइंलाई यथेष्ट पैसा दिन्छौं, भन्यो पाइलट कलम कम्पनीको बिज्ञापन एजेन्सीले तर म मानिन ।’ राष्ट्रिय गानका रचयिता ब्याकुल माईलाले भने, ‘पैसामा बिकेको भए अहिले म मालामाल भइसक्थें होला ।’

राष्ट्रिय प्रतिष्ठा जोगाउनको लागि ब्याकुल माइलाले आफ्नो प्रतिभा विदेशी दलाललाई बेचेनन्, अथवा आफ्नो प्रतिष्ठालाई बिज्ञापनमा बिक्री गरेनन् । ‘तपाइंलाई राष्ट्रले उचित सम्मान र स्तरीय जीवन जिउने ब्यबस्था गरिदिएन’ विदेशी दलालले फकाएको सम्झंदै उनले भने ‘हामी तपाइंको प्रतिभाको कदर गर्छौं, तपाइंको स्तरीय जीवनयापनको प्रबन्ध मिलाइदिन्छौं ।’ यसमा पनि उनी लोभिएनन् ।

‘त्यतिमात्र होइन’ ब्याकुल भन्छन् अमेरिका-युरोपतिर कार्यक्रम आयोजना गर्ने र प्रमुख अतितिको रुपमा मलाई लैजाने क्रम पनि एकताका खुब चल्यो तर अचेल त्यस्ता कार्यक्रम बहिस्कार गर्न थालें ।’ उनले अचम्म मान्दै भने ‘मेरो हातबाट पुरस्कार वितरण कार्यक्रम आयोजना गर्ने र आयोजक नै उतै पलायन हुने षड्यन्त्र हुने रहेछ ।’

यि माईला जीविकोपार्जनको लागि अहिले पनि अदालतमा वकालत पेशामा आबद्ध छन् । राजधानीमा वकालत गरेर कमाएको थोरै कमाइले जहान-बच्चा पालिरहेका छन् । ‘पेशालाई सम्मान गर्छु, खुशी छु’ उनले भने ‘स्वाभिमान गुमाएको छैन ।’ दुख गरेर भएपनि आत्मसम्मान जोगाएकोमा सन्तुष्ट छन् ब्याकुल माइला ।

सयौंथुंगा फुलका हामी एउटै माला नेपाली

सार्बभौम भै फैलिएका मेची महाकाली

लाखौं नेपालीको जिब्रोमा झुण्डिईसकेका छन् उनका यी शब्दहरु । उनले लेखेकै गीत गाएर मात्र हरेक विद्यालयको दिन शुरु हुन्छ, देशका धेरै रेडियो टेलिभिजनहरुले पनि हरेक विहान उनकै शब्दहरु गुञ्जाएर मात्र प्रशारण शुरु गर्छन् । राष्ट्रिय स्तरका ठूल्ठूला कार्यक्रम, खेलकुद, सभा, सम्मेलन, समारोहमा उनकै शब्दहरु गुञ्जन्छन् । अन्तर्राष्ट्रिय स्तरको कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्ने, देशको गौरब बढाउने गीत पनि उनकै शब्द हो । राष्ट्रको प्रतिनिधित्व गर्ने गीत रचना गरेर उनले देशको शान मान बढाएका छन् । तर उनले आफ्नो र परिवारको शान बढाउन भने सकेका छैनन् । राष्ट्रका सम्पत्ति ब्याकुल माईलाको बारेमा भने अहिलेसम्म राज्यले केही सोचेको छैन अथवा उनलाई उचित सम्मान दिन सकेको छैन ।

पेट पाल्नका लागि जस्तो पायो त्यस्तै काम गर्न उनको ब्यक्तित्वले दिंदैन । न जीउन पुग्ने भत्ता छ, न उनको उचाइसंग मिल्ने पेशा राज्यले ब्यबस्था गरेको छ । यही विषम परिस्थीतिवाट गुज्रिरहेका छन् राष्ट्रियगानका रचयिता ब्याकुल माइलाको जीवन ।

राज्यसंग तपाइंको कुनै अपेक्षा छ ? भन्ने प्रश्नमा उनि भन्छन् – ‘छैन । जे-जति पाएं, त्यो नै पर्याप्त छ ।’

उनको शब्द राष्ट्रिय गानका लागि चयन भएपछि उनले पांच लाख रुपियां भत्ता पाए । यत्ति हो राज्यले पुरा गरेको उनिप्रतिको दायित्व । अहिले न उनको सुरक्षा, न आवास र परिवार पाल्ने बैकल्पिक ब्यबस्था एक आम नागरिक नै छन् उनि । अहिले पनि ब्याकुल माइला कानुन ब्यबसायमा आबद्ध छन्, अदालतमा वकालत गर्छन् । पक्षलाई जिताउन र बिपक्षलाई हराउने काममा दिलोज्यानले लाग्छन् । जित्नेले त उनलाई सम्मान नै गर्छ तर हार्नेले उनलाई उपेक्षा गर्छ । अर्थात राष्ट्रिय गानका रचयितामाथि अनास्था गर्नेले उनले रचना गरेको गीतलाई पनि उपेक्षा गर्न सक्छ । त्यतिबेला उनलाई मात्र होईन, राष्ट्रलाई नै नैतिक संकट पर्छ ।

जे जस्तो पृष्ठभुमीको भएपनि राष्ट्रिय गानका रचयिता राष्ट्रिय सम्पदा हुन् । राष्ट्रिय सम्पदा राष्ट्रका साझा हुन्छन् । साझा ब्यक्तित्वले कसैलाई बिपक्षी बनाउनु हुंदैन । तर, वकालत गर्दा दुबै पक्षको जीत संभव हुदैन । उनको मनमा पनि यो अप्ठेरो प्रशष्त खट्केको छ । भन्छन् ‘शुभेच्छुकहरुले पनि कानुन ब्याबसाय छोड्ने राय दिएका छन् ।’ तर, यो पेशा छोडेर अपनाउने अर्को पेशा उनको सामु छैन । जहानबच्चा पाल्नको लागि पनि उनी यतिबेला कसैलाई आफ्नो र कसैलाई पराइ बनाउने काममा सक्रिय छन् ।

‘भारतीय राष्ट्रिय गानका रचयिता रबीन्द्रनाथ टैगोरलाई राज्यले स्वतन्त्र, विवाद रहित र सर्बमान्य ब्यक्तित्व बनाएर राखेको थियो ।’ थाहा पाएको कुरा उनले सुनाए । सेवा सुविधाको सम्बन्धमा मुख नखोल्ने माइलाको आशय राज्यले नै बुझिदिनु पर्ने हो, कि मुखै खोल्नुपर्छ र? “राष्ट्रिय गानका रचयिता राष्ट्रिय ब्यक्तित्व हुन् । उनले राष्ट्रिय सेवा सुविधा पाउनुपर्छ । यो कुरा सरकारले नबुझेको होइन, वरु नबुझे जस्तो गरेको हुन सक्छ” एक विश्लेषकले भने ।

 
टिप्पणी छोड्नुहोस्

Posted by on सेप्टेम्बर 9, 2009 in NEWS

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: