RSS

खाद्य संकट तेस्रो विश्व र साम्राज्यवाद

19 Sep
–  ठाकुरप्रसाद देवकोटा
अहिले विश्वमा खाद्य संकटको बारेमा सर्वाधिक बहस र छलफल हुने गरेका छन् । खाद्य संकट वास्तवमा नै विश्वको उत्पादनमा भएको कमीले हो वा कुनै एक वर्गको स्वार्थको कारणले भएको हो । उत्पादनमा कमी वा वितरणमा देखिएको साम्राज्यवादी स्वार्थ यीमध्ये साम्राज्यवादी स्वार्थकै कारण भएको छ खाद्य संकट । साम्राज्यवादले आफ्नो देशमा भएको बढी उत्पादनको कारणले उत्पन्न आर्थिक संकटलाई टार्नका लागि तेस्रो विश्वका मुलुकहरूमाथि विभिन्न बहानामा लागू गरिएको साम्राज्यवादी रणनीति नै प्रमुख कारण बनेको छ । तेस्रो मुलुकको खाद्य संकट पुंजीवादीमाथिको संकटलाई भरथेग गर्नको लागि तेस्रो विश्वका मुलुकहरूमाथि खाद्य संकटको आधार तयार गर्ने काम साम्राज्यवादले नै गरेको हो ।
खाद्य संकट केवल एउटा देशको आन्तरिक संकट मात्र होइन यो त, पुंजीवादी विश्व व्यवस्थाभित्रको संकट हो । किन कि यसरी नै अल्पविकसित मुलुकहरूमा यस्ता संकटहरू आउनु भनेको पुंजीवादी संरचनाको विकल्प खोज्नु हो । ती देशहरूले बाध्य भएर त्यो विकल्प खोज्नुपर्ने हुन्छ । त्यसैले पनि साम्राज्यवाद अल्पविकसित मुलुकहरूमा उत्पन्न हुने संकटप्रति गोहीको आंशु बगाएर सहानुभूति प्रकट गरिराखेको हुन्छ । खाद्य संकटबाट उत्पन्न परिस्थितिबाट सबैभन्दा बढी प्रभावित श्रमिक वर्ग, निम्न वर्गका मानिसहरू हुन्छन् र उनीहरू यस व्यवस्थाप्रति प्रश्न गर्दै सचेत हुनेछन् र नयां विकल्पको खोजी गर्दछन् । जसले गर्दा ठूलो सामुहिक आन्दोलन (Mass Movement) वा विद्रोह उत्पन्न हुन सक्छ । जसले गर्दा पुंजीवादी व्यवस्था नै धरापमा पर्दछ । त्यसैले पनि खाद्य संकटसंग पुंजीवादी व्यवस्थाको संकट पनि जोडिएको छ ।
खाद्य संकट हुनुको पछाडि कसको हात छ त ? यसको बारेमा छोटो चर्चा गरौं । दोस्रो विश्वयुद्धपछि २५ वर्षको अवधिमा विकसित देशहरू झन् बढी विकसित भएका छन् । आधुनिकीकरणको नाममा तेस्रो विश्वलाई पहिलो विश्वका देशहरूले झन् बढी शोषण गरेका छन् ।
विकसित देशहरूमा उक्त अवधि ग्राहस्त उत्पादन ५-६ सय प्रतिशतले वृद्धि भएको थियो र उत्पादन शक्तिमा अत्याधिक वृद्धि भयो । तेस्रो विश्वका उत्पादनशील जनशक्ति पनि पहिलो विश्वमा केन्दि्रत भएको पाइन्छ । १९७३ मा विश्वव्यापी मन्दीको चपेटामा विकसित देशहरू परेपछि उनीहरूले आफ्नो उत्पादनको बजार र संकलित पुाजी लगानी गर्ने ठाउा अनि सस्तो श्रम र कच्चा पदार्थका लागि नयां रणनीति आवश्यकता पर्दछ । उक्त मन्दी अत्याधिक उत्पादन र पुाजी संचितीका कारणले भएको थियो । सञ्चित पुंजीलाई अविकसित मुलुकहरूमा आफ्नो उत्पादनको बजार सिर्जना गर्ने उद्देश्यका लागि उपयोग गर्ने योजना बन्दछ । उक्त उद्देश्यको लागि विश्व बैंक र अन्तर्राष्ट्रिय वित्तीय कोषमार्फत गराइन्छ । उक्त संस्थाहरूबाट आधुनिकीकरणको नाममा प्रशस्त ऋण प्रवाह गरिन्छ । जसले गर्दा अल्पविकसित देशको आफ्नो उत्पादन प्रणाली स्पष्ट हुन्छ र साम्राज्यवादको योजना मुताविक उनीहरूको उत्पादनको बजारको लागि मैदान तयार गरिन्छ ।
संरचनागत विकासको लागि भनेर दिइने ऋण जसले राज्य र उत्पादक शक्तिलाई अलग गरिन्छ र राज्यको दायित्वबाट वञ्चित गर्ने योजना लिएर आएको छ । जसकोकारणले कृषि उत्पादनलाई निरुत्साहित गर्छ र त्यसबेलाबाट मानिसहरूलाई पलायन हुन बाध्य पार्दछ जसको परिणाम कृषि उत्पादनमा कमी आउंदछ भने साम्राज्यवादी मुलुकहरूले सस्तो श्रम पाउादछ । यसको कारण अविकसित मुलुकहरूका जनता सदाको लागि दासताको साङलोमा बांधिन पुग्छन् । अर्कोतिर अन्तर्राष्ट्रिय वित्तीय कोष र विश्व बैंकको अनुत्पादक क्षेत्रमा गरेको लगानीको ब्याज तिर्दैमा आफ्नो देशको वार्षिक बजेट सकिन्छ र विकास निर्माण र उत्पादनमा राज्यले लगानी गर्न सक्ने अवस्था रहादैन । यसमा फिलीपिन्सको उदाहरण नै काफी हुन्छ ।
१९८२ मा यसको आफ्नो वार्षिक ब्याजको दायित्व १९ प्रतिशतबाट ५७ प्रतिशतमा पुगेको थियो भने देशमा पुंजी लगानी १९.४ प्रतिशतबाट घटेर ४.४ प्रतिशतमा पुगेको थियो । जहां संरचनागत विकासमा मात्र लगानी गरेको थियो । जुन साम्राज्यवादको लागि सकारात्मक वातावरण तयार गर्नको लागि लगानी गरिन्छ । त्यस्तो संरचनागत परिवर्तनको लागि भनेर लगानी गरिएको देशहरू, सोमालिया, कोस्टारिका, बोलिभिया, आइभरीकोष्ट आदि धेरै देशहरू जहां अहिले सबभन्दा बढी भोकमरी फैलिएको छ र आन्तरिक द्वन्द्वमा नराम्ररी फसेको छ । जब कृषि उत्पादनमा उदारीकरण गरिन्छ तव ग्रामीण उत्पादन र आय नष्ट हुन्छ । त्यो अवस्था अहिले नेपालमा पनि छ । अहिले फिलीपिन्स खाद्यवस्तु निर्यात गर्ने देशबाट सबैभन्दा धेरै आयात गर्ने देशमा परिणत भएको छ ।
अर्को उदाहरण हाइटीलाई लिउं, १९९० ताका उसले ९५ प्रतिशत खाद्य धानबाट परिपूर्ति गर्दथ्यो त्यो सबै उसले आफैले उत्पादन गर्दथ्यो तर १९९५ मा अन्तर्राष्ट्रिय वित्तीय कोषबाट उसले ऋण लियो भन्सार कर कटौती गर्ने शर्तमा । त्यसपछि त्यहां ७५ प्रतिशत धान अमेरिकाबाट आयात गर्न थालियो र आफ्नो उत्पादन प्रणाली नष्ट हुंदै गयो । विकसित देशहरूमा भएको बढी उत्पादन खाद्य वस्तुको मूल्य उच्च राख्नको लागि बढी उत्पादनलाई नष्ट गर्ने गरिन्छ ।
अर्को उदाहरण मलावीलाई लिन सकिन्छ, जहां १९९९ मा अन्तर्राष्ट्रिय वित्तीय कोष र विश्वबैंकको सल्लाहअनुसार मल बीऊमा अनुदान दिंदा उत्पादन बढी भएको थियो भने २०००-०२ मा उसको सल्लाह मानेर अनुदान नदिदा अनिकालबाट १५०० जनता मरेका थिए ।
अहिलेको खाद्य संकटको प्रमुख कारक १९७३-७४ को विश्वव्यापी मन्दीबाट शुरु भएको हो । जसको कारणले आफ्नो प्रभुत्व जमाइराख्नको लागि योजनाबद्ध तरिकाले विश्वलाई आफ्नो चंगुलमा फसाएको छ । अहिले पनि अफ्रिकी मुलुकहरूमा १४ मिलियन जनता भोकमरीको खतराबाट ग्रसित छन् । सन् २००० को एउटा अध्ययनले के देखाएको छ भने ३५०० क्यालोरी प्रतिदिनको दरले संसारका मानिसहरूलाई पुग्ने खाद्यान्न उत्पादन गर्दछ । दुई केजी खाद्यान्न प्रतिदिनको दरले सम्पूर्ण विश्वका जनतालाई पुग्ने उत्पादन भएको छ । अहिलेसम्म पनि उत्पादन वृद्धिको दर घटेको छैन ।
सन् २००७ को अर्को तथ्यांकले के देखाएको छ भने गत २० वर्षदेखि यता उत्पादन प्रतिवर्ष २ प्रतिशतले बढेको छ भने जनसंख्या जम्मा १.४ प्रतिशतको दरले बढेको छ । यसरी उत्पादन र जनसंख्या वृद्धिको अनुपादनलाई हेर्दा के देखिन्छ भने अहिलेको खाद्य संकट कुनै प्राकृतिक प्रकोप, जलवायु परिवर्तनले नभई साम्राज्यवादबाट प्रायोजित र निर्मित समस्या हो । यसबाट साम्राज्यवादले तेस्रो विश्वका मुलुकहरूमा आफ्नो प्रभुत्व कायम राखी राख्ने नयां रणनीतिक चालबाजीको रूपमा लिनु पर्दछ । यसबाट के कुरा प्रष्ट हुन्छ भने अल्पविकसित देशहरूमा भएको अपार प्राकृतिक स्रोतमाथि आफ्नो नियन्त्रण चाहन्छ । जसले गर्दा उसको उत्पादनको दर र बजारमा कुनै कमी नआओस् अर्को एक तथ्यांकअनुसार ४० (१९७० का) वर्ष पहिला विकासशील देशहरूले खाद्यान्न निर्यात करिब ७ मिलियन डलर बराबरको गर्दथे ।
१९८० मा १ मिलियन डलर बराबरको गर्दथे तर अहिले ११ मिलियन डलर बराबरको खाद्यान्न आयात गर्दछन्, जुन उनीहरूले धनी राष्ट्रहरूबाट किनेर ल्याउाछन् । यसरी १९७० देखियता तेस्रो विश्वका मुलुकहरूलाई विस्तारै परनिर्भर बनाउने रणनीतिक योजना अनुरुप साम्राज्यवाद लागेको हामी पाउंदछौं । पुंजीवादी व्यवस्थाभित्रको यो संकट पुाजीवादले गरिब र विपन्नवर्गलाई शोषण गर्न नयां अस्त्र निर्माण गर्ने प्रक्रियामा उत्पन्न भएको हो । तेस्रो विश्वका मुलुकरुलाई सदाको लागि आफ्नो निगाहमा बांच्नुपर्ने बाध्यात्मक परिस्थिति निर्माण गर्ने र उक्त मुलुकहरूमा आफ्नो रणनीतिअनुसार काम गर्ने भरौटे वा कठपुतली शासक जन्माएर देशलाई नै परनिर्भर बनाउने योजनामा साम्राज्यवादी मुलुकहरू लागेका छन् ।
आर्थिक उदारीकरणको नाममा साम्राज्यवादी चलखेल अहिले तेस्रो विश्वका मुलुकहरूका लागि सबभन्दा बढी घातकसिद्ध भएको छ । खाद्यसंकटको परिवेश पनि साम्राज्यवादको सोही रणनीतिबाट जन्मिएको हो । यसले गर्दा गरिब मुलुकहरू आफ्नो राष्ट्रिय पहिचान, सार्वभौमिकता र स्वाभिमान गुमाउन बाध्य भएका छन् । त्यसैले विकासोन्मुख मुलुकका जनताले समयमा नै सचेत भएर अगाडि बढ्नुपर्ने हुन्छ ।
तथ्यांको स्रोत : Indefence of marxism
thakurdevkaota@gmail.com 
 
टिप्पणी छोड्नुहोस्

Posted by on सेप्टेम्बर 19, 2009 in BLOG, GUEST

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: