RSS

कतै दशैं, कतै दुःखै दुःखका पहाडहरु

27 Sep

शंकर भट्टराई/घोराही

कुमालेको जीवनचक्र जस्तै गरी घुम्दै फेरि नेपालीको घरआंगनमा आइपुगेको छ दशै । दशैंमा कमाउन मुग्लान पसेकाहरुदेखि सरकारी जागीर खान शहर पसेकाहरुसम्म घर फर्किदै छन् । हुने खानेदेखि सामान्य मानिसलाई समेत दशैंको चटारोले छोएको छ । यही चटारोसंगै भारतको दिल्लीबाट घर फर्किन हतारिएका छन् रोल्पा झेनामका ३६ बर्षीय धनबहादुर खत्री । उनी भन्छन् ‘एकबर्षपछि बल्लतल्ल छुट्टी मिलाएर दशैं मान्न आइएको छ, दशैं सिद्धिएपछि कमाउनै फर्किहाल्ने हो त्यसैले घर फर्किन हतारो भइरहेको छ’ ।

नेपालीहरुले सबैभन्दा बढी महत्व दिने चाडको रुपमा मानिदै आएको दशैंका सम्बन्धमा अनेकौं लोकधारणाहरु भएतापनि दशैं यही कारणले मनाउन थालिएको भन्ने तथ्य र विश्वासको प्रमाण भने छैन । कतै रामले रावणलाई मारेर त्यसको विजय उत्सवमा यो पर्व मनाउन थालिएको हो भन्ने भनाई रहेको छ भने कतै दुर्गा भगवतीले महिषाशुर दानवलाई मारेको पौराणिक ग्रन्थहरुमा उल्लेख गरेको पाइन्छ । कुनै धार्मिक र ऐतिहासिक तथ्य प्रमाणहरु नभएतापनि परम्परागत रुपमा मान्दै आएको दशैंलाई विगत केही बर्ष यतादेखि अनावश्यक तडकभडक र विकृतिपूर्ण तरिकाले मनाउन थालिएको छ । उहिलेदेखि मान्दै आएको दशैंलाई आफ्नो घांटी हेरी हाड निलेर मनाउनुपर्छ भन्नुहुन्छ :- त्रिभुवननगर-१० घोराही जिविस रोडमा होटेल व्यवसाय गरी बस्ने नन्दकली ढकाल । चाडपर्वहरु कसैलाई देखाउनको लागि नभई आफ्नो परम्परागत संस्कृतिलाई जोगाइ राख्नको लागि मनाउने गरेको उहां बताउनुहुन्छ ।

धर्मशास्त्रअनुसार करिव ५ हजार बर्ष अघिदेखि दशैंलाई मनाउन थालिएको बताइन्छ । जहिलेदेखि दशैं मनाउन थालियो त्यति बेलादेखि हुने खानेका लागि खुसीको चाड नहुनेका लागि पीडा र दुःखको पर्व बन्दै आउने गरेको छ दशैं । हुनेले मान्दा रमाइलो हुने नहुनेले मान्दा दशैं ऋणको बोझ बोकाएर जाने एउटा परम्परा जस्तै भएको छ । यस्तै भएको छ सेवारमा ढुंगाफोरी जीवन गुजारा गर्ने घोराही मिलनचोकमा डेरागरी बस्ने दिलकुमारी घर्तीलाई । दशैं आयो भन्दा चिन्ता हुने घर्ती भन्छिन् ‘के गर्ने पैसा नभएपनि ऋण साहु गरेर भएपनि मान्दै आएको दशैं त जसोतसो त मान्नै पर्ला, समाजको रितअनुसार त चल्नै पर्यो’ । त्यस्तै आफ्ना पीडाका व्यथाहरु सुनाउदै गिट्टी कुटी जीवन निर्वाह गर्ने अर्की मजदूर विष्णु विक भन्छिन् ‘कसैले ऋण दिएछ भने छोराछोरीको खुसीको लागि दशैं मनाउनै पर्ला, नत्र खोलामा गिट्टी कुटेर दिन बिताउनुबाहेक हामी गरिबहरुको उपाय नै अरु के छ र ।’

त्यस्तै सामुदायिक प्रहरी सेवा केन्द्र अम्विकेश्वरीका प्रहरी नायव निरिक्षक गिरिराज भण्डारी भन्छन् ‘यसबर्षको दशैंले सबै नेपालीमा मेलमिलाप र सद्भाव बसोस, राजनीतिले नयां निकास् पाओस् र देशले नयां संविधान पाओस् ।’ दशैं फजुल खर्च र जुवातास, जांडरक्सीको विकृतिमा गांजिएको प्रति चिन्ता व्यक्त गर्दै घोराही बडहरा निवासी विद्युत प्राधिकरण घोराहीका नायव सुब्बा नरेन्द्र गिरी भन्छन् ‘परम्परा धान्ने नाममा हामीले विकृति र विसंगतिलाई संरक्षण गरिरहेको यो सामाजिक विकृति हो ।’ हामीले परिवर्तनलाई संरक्षण गरिरहेका छौं । हामीले परिवर्तनलाई आत्मसात गरी समयअनुसार चाडपर्वलाई पनि परिवर्तन गर्दै लैजानुपर्छ । सामाजिक र सांस्कृतिक परिवर्तन विना नयां नेपाल बन्न सक्दैन’ ।

 
टिप्पणी छोड्नुहोस्

Posted by on सेप्टेम्बर 27, 2009 in NEWS, SPECIAL

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: