RSS

Monthly Archives: अक्टोबर 2009

सरकारी कार्यालयमा सेना, सेवा दिन समस्या

विनोद ढकाल, रेडियो गोरखा –

 

आठवर्षदेखि कार्यालय भवन नेपाली सेनाले प्रयोग गरेपछि जिल्लाका तीनवटा सरकारी कार्यालयले सेवाग्राहीलाई सेवा दिन समस्या परेको गुनासो गरेका छन् ।

गोरखा नगरपालिका – ८ नाम्जालीडांडास्थित जिल्ला पशुसेवा, जिल्ला वन र जिल्ला भू-संरक्षण तथा जलाधार कार्यालयमा बिगत आठ वर्षदेखि नेपाली सेना बस्दै आएको छ । आफ्नो भवनमा सेना बसेपछि ती कार्यालयहरुले गोरखा बजारमा घर भाडामा लिएर  दैनिक कामकाज गर्दै आएका छन् । Read the rest of this entry »

 
१ टिप्पणी

Posted by on अक्टोबर 17, 2009 in NEWS

 

सुनसान हुंदैछ गाउं

विनोद ढकाल

 

हिन्दु नेपालीहरुको महान चाड बडादशै मनाउन यसवर्ष अघिल्ला वर्षहरुमा जस्तै यसवर्ष पनि देशका बिभिन्न ठाउंमा वसोवास गर्ने र विदेशमा वस्ने गोरखालीहरु गाउं फर्के । यातायात ब्यवसायीहरुका अनुसार अघिल्ला वर्षहरु भन्दा यसवर्ष आउनेहरुको संख्या धेरै रह्यो । वर्षदिनमा एकपटक आउने चाडबाडमा विदा मिलाएर घरमा आउने, आफन्त साथीभाइहरुसंग भेटघाट रमाइलो गर्ने उद्देश्यले पनि मानिसहरु गाउं आएका हुन् । दशैको केही दिन भएपनि मानिसहरु गाउं आएकाले गाउंको मुहार नै बदलिएको भान भएको थियो । प्राय सुनसान हुने गाउंघर २/४ दिन भएपनि रमाइलो भएको थियो । दशैं मनाउन आएका युवाहरुले गाउंका वाटो ’roundका झाडीहरु फांडेर चिटिक्क बनाए, पिङ हाले, पाटि पौवा, चौतारा, कुवा, धाराको सरसफाइ गरे , उनीहरुले गाउंलाई दुलही झै सिंगारे Read the rest of this entry »

 
2 टिप्पणीहरु

Posted by on अक्टोबर 17, 2009 in BLOG, NEWS

 

काठ दाउरा र वालुवा बेचेर विद्यालय सञ्चालन

विनोद ढकाल, रेडियो गोरखा –

 

गोरखाको वोर्लाङ गाउं विकास समितिको पाटनदेवी निम्न माध्यामिक विद्यालय विगत १४ वर्षदेखि खोलाको बालुवा र स्थानिय सामुदायिक वन समुहको सहयोगमा सञ्चालन भइरहेको छ । नेपाल सरकारबाट प्राथमिक तहको मात्र स्थायी अनुमति पाएको विद्यालयले माध्यामिक तह सञ्चालनको लागि स्थानिय ज्यादुल खोलाको बालुवा बिक्री र वन समुहसंग सहयोग लिएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गुञ्जमान श्रेष्ठले बताए । स्थानियले खोलाबाट बालुवा लैजादा विद्यालयलाई प्रतिपाथी ५० पैसा तिरेर लैजाने गरेका छन् । जसबाट उठेको पैसाले विद्यालयले शिक्षकलाइ तलब खुवाउछ । Read the rest of this entry »

 
टिप्पणी छोड्नुहोस्

Posted by on अक्टोबर 17, 2009 in NEWS

 

निरर्थक बन्दै गएको सहमतिको प्रयास

लामो समयदेखि अबरुद्ध राजनैतिक गतिरोधको अन्त्यका लागि देशका प्रमुख ठूला तीन दलहरु दशैं अघिदेखिबाट वार्ता र सम्वादको थालनी गरेको भएतापनि अहिलेसम्म सहमति हुने कुनै संभावना देखिएको छैन । बरु सहमति जुट्ने संभावना क्रमशः न्युन हुंदै जान थालेको देखिन्छ । सदनमा देखिएको गत्यावरोधलाई हटाउन सत्तामा रहेका प्रमुख दल कांग्रेस-एमाले गैरजिम्मेवार भएर राष्ट्रपतिको गलत कदमलाई सच्याउन नमान्दा सहमतिको कुरा जनतालाई आश देखाउने प्रयासमात्र हुन गएको छ । Read the rest of this entry »

 
१ टिप्पणी

Posted by on अक्टोबर 16, 2009 in BLOG, GUEST

 

आजको सन्दर्भमा पुराना चाड-पर्वको महत्व

– अनिल शर्मा ‘विरही’

 

दसैंको रौनक सकिंदा-नसकिंदै तिहार र छठलगायतका पर्वहरू हाम्रा अगाडि आएका छन् । पुराना परम्परागत रूपमा मनाउँदै आएका चाड-पर्वहरू हाम्रो नियमित जीवनका संस्कार बन्दै गएका छन् । संस्कार परिवर्तन गर्न सजिलो हुँदैन । आँटिला, विवेकी र अग्रगामी मान्छेहरूले मात्रै त्यसको नेतृत्व गर्न सक्छन् । त्यसैले दसैं, तिहार या छठ पर्वहरू कसरी र किन मनाउने वा नमनाउने भन्ने सन्दर्भमा छलफल गर्न Read the rest of this entry »

 
टिप्पणी छोड्नुहोस्

Posted by on अक्टोबर 16, 2009 in BLOG, GUEST

 

अग्रगमनका लागी राष्ट्रिय सहमतिको सरकार

यतिबेला मुलुक दुई ध्रुवमा विभाजित छ । प्रतिगामी र यथास्थितिवादी एकातिर छन् भने अग्रगामी र परिवर्तनकारी अर्कातिर । प्रतिगामी र यथास्थितिवादी शक्तिहरू जानी नजानी सैनिक सर्वोच्चताको पक्षमा उभिएका छन् भने अग्रगामी परिवर्तन चाहने शक्ति नागरिक सर्वोच्चताको पक्षमा । नागरिक सर्वोच्चताको नेतृत्व वर्तमान समयमा एनेकपा माओवादीले गरेको छ । यसलाई खुलेर होस् वा नखुली समर्थन गर्ने व्यक्ति वा समूह सबै पार्टीभित्र रहेका छन् । Read the rest of this entry »

 
4 टिप्पणीहरु

Posted by on अक्टोबर 2, 2009 in BLOG