RSS

काठ दाउरा र वालुवा बेचेर विद्यालय सञ्चालन

17 Oct

विनोद ढकाल, रेडियो गोरखा –

 

गोरखाको वोर्लाङ गाउं विकास समितिको पाटनदेवी निम्न माध्यामिक विद्यालय विगत १४ वर्षदेखि खोलाको बालुवा र स्थानिय सामुदायिक वन समुहको सहयोगमा सञ्चालन भइरहेको छ । नेपाल सरकारबाट प्राथमिक तहको मात्र स्थायी अनुमति पाएको विद्यालयले माध्यामिक तह सञ्चालनको लागि स्थानिय ज्यादुल खोलाको बालुवा बिक्री र वन समुहसंग सहयोग लिएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गुञ्जमान श्रेष्ठले बताए । स्थानियले खोलाबाट बालुवा लैजादा विद्यालयलाई प्रतिपाथी ५० पैसा तिरेर लैजाने गरेका छन् । जसबाट उठेको पैसाले विद्यालयले शिक्षकलाइ तलब खुवाउछ ।

अल्पसंख्यक कुमाल जातिका विद्यार्थीहरुले पढ्ने सो विद्यालयमा विद्यार्थी संख्याको आधारमा शिक्षक दरबन्दी नहुदा र संबन्धित निकायले चासो नदिदा विद्यालय सञ्चालनका लागि वालुवा बेचेर पैसा संकलन गर्नपरेको प्रधानाध्यापक हरिदत्त खनालले बताए । सरकारी तथा गैह्र सरकारी निकायबाट कुनै सहयोग पाउन नसकेपछि वालुवा बेच्न र वन समुहसंग सहयोग लिन बाध्य भएको उनको  भनाई छ ।

निम्न माध्यामिक तहका लागि जिल्ला शिक्षा कार्यालयले एउटा राहत दरबन्दीमात्र दिएको छ, माध्यामिक तहका लागि दरबन्दी छैन ।  त्यसैले विद्यालयमा धेरैजसो शिक्षक निजी श्रोतबाटै राख्नुपर्ने अवस्था छ । कमजोर आयश्रोत भएका अभिभावकहरुले सहयोग गर्न सक्ने अवस्था पनि नभएकोले अन्य विकल्प खोजी गरेको प्रधानाध्यापक खनालले बताए ।

जिल्ला शिक्षा कार्यालयले विद्यार्थी संख्याको आधारमा शिक्षक दरबन्दी उपलब्ध गराउने बताएपनि सो विद्यालयमा विद्यार्थी संख्याको आधारमा दरबन्दी प्राप्त हुन सकेको छैन ।

वालुवा बेचेर पनि नपुगेको खर्च विद्यालयले आंप पाक्ने सिजनमा स्थानिय बगैचाको आंप बेची निकाल्ने गरेको छ । त्यसले पनि विद्यालय सञ्चालन गर्न कठिन भएपछि स्थानिय भुमेश्वर सामुदायिक वनसंग पनि सहयोग लिएको छ । विद्यालयमा दुईजना शिक्षकलाई तलब खवाउने काम वन समुहले गरेको छ । यस शैक्षिक सत्रबाट माध्यामिक तह सञ्चालन गर्न थालेको विद्यालयलाई वन समुहले माध्यामिक तहसम्म सञ्चालन गर्नको लागि धरौटीबापत बुझाउनुपर्ने १ लाख रुपियां समेत फिर्ता गर्नुनपर्ने गरी उपलब्ध गराएको छ । 

गाउंमा माध्यामिक विद्यालय नहुंदा अल्पसंख्यक कुमाल समुदायका विद्यार्थीहरु शिक्षाबाट वञ्चित हुनपरेकाले वन समुहकै मुख ताक्दै माध्यामिक तह सञ्चालन गरेको प्रधानाध्यापक खनालले बताए । सो ठाउंमा विद्यालय नहुदा पढ्नकै लागि त्यस क्षेत्रका विद्यार्थीहरु २ घण्टाको बाटो हिड्नुपर्छ । आर्थिक रुपमा कमजोर र शैक्षिक रुपमा पनि पछाडि परेका कुमाल समुदाय गाउंमा विद्यालय नहुंदा पढाइबाट समेत बञ्चित हुन थालेपछि कठिनाइका बाबजुद विद्यालय सञ्चालन गरेको विद्यालयले जनाएको छ । विद्यालयमा अध्ययन गर्ने ८० प्रतिशत भन्दा बढी विद्यार्थीहरु कुमाल समुदायका छन् ।

गाउंमा रहेको विद्यालयलाई सक्षम बनाउन र गाउंवासीलाई पढाइका लागि सजिलो होस भनी विद्यालयलाई सहयोग गरेको वन समुहका अध्यक्ष भरत श्रेष्ठ बताउाछन् । समूहले वार्षिक रुपमा काट्ने गरेको काठ आफ्ना उपभोक्ता र बाहिर बेच्दा प्राप्त आम्दानी विद्यालयका लागि दिने गरेको हो । बन समुहले काठ र दाउरा बेचेको पैसाले नै २ जना शिक्षक पालेको अध्यक्ष श्रेष्ठले बताए ।

विद्यालय सञ्चालनका लागि बिभिन्न विकल्प खोज्नुपर्दा सञ्चालनमा अप्ठेरो भएको ब्यवस्थापनको भनाइ छ । शैक्षिक विषयमा केन्द्रित हुनुपर्ने अवस्थामा कसरी श्रोत जुटाउन सकिन्छ भनी लाग्नुपरेकाले विद्यालयको गुणस्तरप्रति ख्याल गर्न नसकेको पनि विद्यालय ब्यवस्थापन समितिका  अध्यक्ष श्रेष्ठले बताएका छन् ।

 
टिप्पणी छोड्नुहोस्

Posted by on अक्टोबर 17, 2009 in NEWS

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: