RSS

सुनसान हुंदैछ गाउं

17 Oct

विनोद ढकाल

 

हिन्दु नेपालीहरुको महान चाड बडादशै मनाउन यसवर्ष अघिल्ला वर्षहरुमा जस्तै यसवर्ष पनि देशका बिभिन्न ठाउंमा वसोवास गर्ने र विदेशमा वस्ने गोरखालीहरु गाउं फर्के । यातायात ब्यवसायीहरुका अनुसार अघिल्ला वर्षहरु भन्दा यसवर्ष आउनेहरुको संख्या धेरै रह्यो । वर्षदिनमा एकपटक आउने चाडबाडमा विदा मिलाएर घरमा आउने, आफन्त साथीभाइहरुसंग भेटघाट रमाइलो गर्ने उद्देश्यले पनि मानिसहरु गाउं आएका हुन् । दशैको केही दिन भएपनि मानिसहरु गाउं आएकाले गाउंको मुहार नै बदलिएको भान भएको थियो । प्राय सुनसान हुने गाउंघर २/४ दिन भएपनि रमाइलो भएको थियो । दशैं मनाउन आएका युवाहरुले गाउंका वाटो वरपरका झाडीहरु फांडेर चिटिक्क बनाए, पिङ हाले, पाटि पौवा, चौतारा, कुवा, धाराको सरसफाइ गरे , उनीहरुले गाउंलाई दुलही झै सिंगारे

बिभिन्न पेशा ब्यवसाय र अध्ययनका लागि गाउं बाहिर बस्दै आएका युवाहरु गाउंमा भेला भएका बेला बिभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्ने, शुभकामना आदानप्रदान गर्ने र सन्देशमुलक कार्यक्रम गर्नु दिनचर्या नै बनेको थियो । तर दशै सकिएसंगै युवाहरु काममा फर्कन थाले, अनि गाउंहरु पुनः सुनसान हुन थाले, युवाहरुले फांडेका झाडीहरु फेरी बढ्न वढ्दैछन्, पिङहरु फुकालिए, फेरि गाउं उस्तै भयो । अव अर्को दशैंसम्म न त्यो गाउं त्यत्तिकै वस्न सक्छ न युवाहरु गाउंमै वसेर सधैं सिगारिरहन सक्छन् । गाउं फेरि त्यस्तै कुरुप भइसक्छ ।

यो गोरखाको कुनै गाउंको मात्र नभएर नेपालका अधिकांश ग्रामीण क्षेत्रहरूको नियती हो । गाउंमा बस्ने मानिसहरु नहुंदा गाउंको विकास निर्माण चौपट भएको छ । गाउंको विकासका लागी सोच्ने मानिसहरु नै गाउंमा छैनन् । जसले गर्दा गाउं विकास समितिमा सरकारले पठाएको अनुदानको रकम पनि सही सदुपयोग हुन सकेको छैन । विकास निर्माणको नाममा पैसा सिध्याउने काम मात्र भएका छन् । गाउंमा असन्तुलित रुपमा विकास गर्न खोजिएको छ । पढाइ, ब्यापारमात्र नभएर स्वदेशी तथा बैदेशिक रोजगार सबैले गाउंलाई उत्तिकै गांजेको छ । सबै घरमा केटाकेटी र बुढाबुढी मात्र छन् । केटाकेटीहरुलाई पनि राम्रो पढाइ र अन्य संभावनाका लागि पहुच हुनेहरुले गाउंमा राख्न छाडेका छन् । त्यसको ज्वलन्त उदाहरणको रुपमा शहरका निजी विद्यालयमा विद्यार्थीहरुको चाप अत्याधिक हुनु तर गाउंका विद्यालयमा विद्यार्थीको नयां भर्नादर वर्षेनी खस्कदै जानुलाई लिन सकिन्छ । गाउंको विकास निर्माणका चासो दिने कोही भेटिंदैनन् दुइचार दिन चाड मनाउन आउनेहरुले गाउंमा बस्ने कल्पना पनि गर्न छाडे उनीहरु शहरमा नै रमाउन थाले । यसकारण गाउंका खेतवारी बांझिन थाले, गाउघरका जमिनहरुमा उत्पादकत्व घट्न थाल्यो । खेती गर्ने मानिसहरु नहुंदा जमिनमा पहिलेजस्तो उब्जाउ हुन छाडिसक्यो । घरघरमा पालिने पशुको संख्यामा कटौती भयो जसको असर कृषिमा देखिएको छ । गाउंमा गाइभैंसी खसिबोका पाल्न छाडेपछि ती पशुहरुको भाउ गाउंदेखि नै आकाशिन थालेका छन् । गाउंघरमा पहिले घरघरमा पालिने दुधालु भैसी विरलै भेटिन्छन् । श्रम गर्ने उमेरका मानिसहरु गाउंमा लगभग शुन्य नै छन्, त्यसैले गाउंहरु अव परनिर्भर बन्न थालिसकेका छन् । गाउंमा खेतवारी बांझै राख्ने अनि दैनिक उपभोग्य वस्तुको लागि  बाहिरबाट आउने चामलमा भर पर्ने चलन बढ्न थालेको छ । पहिले गाउंघरमा हरेक घरले आआफैं खेती लगाउथे पशुपालन गर्थे, आफ्नो परिवारलाई आवश्यक खाद्यान्न उत्पादन गर्न सक्थे । आजभोली गाउंका खेतवारीहरु विस्तारै बांझो हुन थालेको छ ।

युवाहरु गाउंमा नवस्दा खेतीपाती पशुपालन जस्ता कामहरुमा आधुनिक प्रविधि भित्रिन । परम्परागत रुपमा गरिने खेती र पशुपालनले जीविकोपार्जन गर्न पनि गाह्रो परेको छ । त्यसमाथि पछिल्लो पुस्ताले कृषि पेशालाई कम चासो दिंदा पनि यस्तो अवस्था आएको हो । युवाहरु कृषिपेशा भन्दा अन्य पेशाहरु तिर बढी आकर्षित हुन थालेका छन् । कृषि पेशा कम पढेका र गाउं छाड्न नसक्नेहरुको पेशा बन्न पुगेको छ जसले गाउंलाई विस्तारै परनिर्भर बनाउंदै लगेको छ ।

यतिवेला गोरखाका अधिकांश गाउंहरुमा सडक सञ्जाल विस्तार भएको छ । त्यस्ता सडकमा दैनिकजसो सवारी साधनहरु आवतजावत गर्ने गरेको छ । तर ती गाउंबाट शहरमा विक्रीका लागि आउने बस्तु भन्दा गाउंका लागि शहरबाट जान थालेका छन् । गाउंलेले सडकको महत्वलाई गलत ढंगले बुझिरहेको भान हुन्छ । गाउंमा सवारी साधन पुगेपछि गाउंका उत्पादनलाई बजार ल्याउन त कठिनाइ भएको छैन तर ती वस्तुको उत्पादनमा नै कठिनाइ उत्पन्न भएको छ । गाउंलेहरुमा केही सामान किन्नुपरे वस चढेर सदरमुकाम आउने वानीको विकास भएको छ । समग्रमा भन्दा गाउं आत्मनिर्भर हुनुबाट टाढा भाग्दै गएको छ । विस्तारै गाउंका जग्गाहरु बांझिदै गएका छन् भने गाउंलेहरु वाहिरको खाद्यान्न किनेर खान थालेका छन् ।

नेपाल गाउं नै गाउंले भरिएको देश भनिएपनि यतिबेला गाउंहरु खाली हुंदैछन् भने शहरमा मानिसहरुको चाप अत्याधिक बढेको छ । शहरमा मानिसको अत्याधिक चाप हुंदा ती ठाउंमा खानेपानी समस्या, प्रदुषण समस्या बढ्दै गएका छन् भने गाउंमा भएका श्रोत साधनको उपयोग गर्ने जनशक्ति पनि छैन । गाउंका खोलानालाका पानीहरु खेर गएका छन्, सही सदुपयोग हुन सकेको छैन । युवाहरु गांउमा नवस्दा त्यस्ता श्रोत साधनको उपयोगका लागि बिभिन्न निकायले गर्ने सहयोग समेत प्राप्त हुन सकेको छैन ।

युवाहरुले गाउंमा आफुहरुको ब्यक्तित्व विकासको संभावना नभएको, माथिल्लो तहसम्म अध्ययन गर्ने शैक्षिक निकाय नभएको, गाउंमा रोजगारको संभावना पनि नभएको  जस्ता कारण देखाएर गाउं छाड्ने गरेका छन् । गाउंमा रोजगारीको संभावना छैन भएपनि युवाहरुले आफ्नो ज्ञान सीप क्षमताको सही उपयोग हुने र श्रमको मुल्य पाउने गरी रोजगारीको अवसर पाउन सक्दैनन् ।  गाउंमा माथिल्लो तहसम्म अध्ययन गर्ने शैक्षिक संस्थाहरु छैनन्, गाउंमा युवाहरुको ब्यक्तित्व विकासका कुनै संभावना छैनन् । गाउंमा वसेर रोजगारी वा आर्थिक आम्दानी गर्न सक्ने कुनै वाटोहरु छैनन् । कृषिमा आधुनिक प्रणाली भित्रिन नसक्दा जीविकोपार्जनका लागि मात्र उत्पादन हुने गरेको छ । गाउंमा गरिएका उत्पादनले बजारमा प्रतिस्पर्धा गर्न सक्ने अवस्था छैन भने वजारको सुनिश्चितता पनि छैन । जसले युवाहरु गाउं वस्न निरुत्साहित भएका हुन् । गाउंमा वस्दा युवाहरु आफ्नो आत्मसम्मान गुमेको महशुस गर्छन् । जुन हाम्रो समाजले सिर्जना गरेको भयानक कुरिति हो । गाउंमा वस्ने युवाले आफुलाई शहरमा वस्ने युवाभन्दा जहिले पनि निरीह महशुस गर्नुपर्ने अवस्था छ ।

यसर्थ युवाहरुलाई गाउंमा वस्ने वातावरण बनाउन सरकारले तत्काल ग्रामीण पुर्वाधार निर्माणका साथ साथमा दीगो विकासका लागिसमेत प्रभावकारि कदम चाल्नुपर्छ । गाउंका जग्गा जमिनको सही सदुपयोग गर्ने, प्राकृतिक श्रोत साधनहरूको सहि सदुपयोग गर्न सक्ने हो भने गाउंमा वसेर  धेरै फाइदा लिन सकिन्छ । सबै गाउंहरु सडक सञ्जाल विस्तार भइसकेको अवस्थामा गाउंमा जुनसुकै ब्यवसाय गरेपनि बजारको समस्या भोग्नुपर्दैन । त्यसैले गाउंमा शुरु भएका  विकासका कामहरुलाई तिब्र रुपमा बढाउनुपर्छ । युवाहरुलाई गाउंमा ब्यवसाय गर्न प्रोत्साहन गर्न कम ब्याजदरमा सरल ऋणको ब्यवस्था गर्नुपर्छ । सरकारले कतिपय ठाउंमा कृषिजन्य उद्योगहरु सञ्चालनमा ल्याएर पनि वजारको सुनिश्चितता गर्नुपर्छ । युवाहरुलाई कृषि पेशामा संलग्न गराउन कृषिमा ब्यवसायिकताको विकास गर्नुपर्छ । युवा किसानहरुलाइ समय समयमा तालिम, गोष्ठी नयानयां प्रविधिबारे जानकारी गराउनुपर्छ । जसले गर्दा उसले ढुक्क भएर त्यो पेशा अंगाल्न सकने वतावरण बन्नुपर्छ । अन्यथा आजभोली दशै मनाउन मात्रै गाउं आएका युवाहरु विस्तारै त्यसकै लागि पनि गाउं आउन छाड्नेछन् । गाउं र शहरवीचको दुरी अरू बढ्दै जान्छ । गाउंहरु सधैं पछाडी परिरहन्छन भने शहरले मानिसको चाप थेग्न नसक्ने अवस्था आउनेछ ।

 
2 टिप्पणीहरु

Posted by on अक्टोबर 17, 2009 in BLOG, NEWS

 

2 responses to “सुनसान हुंदैछ गाउं

  1. alone

    अक्टोबर 17, 2009 at 10:23 बिहान

    युवाहरुलाई गाउंमा ब्यवसाय गर्न प्रोत्साहन गर्न कम ब्याजदरमा सरल ऋणको ब्यवस्था गर्नुपर्छ । सरकारले कतिपय ठाउंमा कृषिजन्य उद्योगहरु सञ्चालनमा ल्याएर पनि वजारको सुनिश्चितता गर्नुपर्छ । युवाहरुलाई कृषि पेशामा संलग्न गराउन कृषिमा ब्यवसायिकताको विकास गर्नुपर्छ । युवा किसानहरुलाइ समय समयमा तालिम, गोष्ठी नयानयां प्रविधिबारे जानकारी गराउनुपर्छ । जसले गर्दा उसले ढुक्क भएर त्यो पेशा अंगाल्न सकने वतावरण बन्नुपर्छ । अन्यथा आजभोली दशै मनाउन मात्रै गाउं आएका युवाहरु विस्तारै त्यसकै लागि पनि गाउं आउन छाड्नेछन् । गाउं र शहरवीचको दुरी अरू बढ्दै जान्छ । गाउंहरु सधैं पछाडी परिरहन्छन भने शहरले मानिसको चाप थेग्न नसक्ने अवस्था आउनेछ ।

     
  2. lokaraj

    नोभेम्बर 2, 2009 at 5:55 बेलुका

    Yo aam Nepali gauharuko sajha samasya ho. Ahile sammako samanti rajya byabasthale sirjana gareko yo samasyalai dsamadhan garna rajya byabasthako aamul pariwartan anibarya chha. Tara hamro desko sarkar lai yesbare kunai patto chhaina. Kanma tel rakhera sancho manera ungiraheko chha. Yeslai byujhauna bhishan aadhibeheriko sirjana garnu parchha jasle yo purano dharrako byabastha falera naya Nepal nirman garne marga prasthata garna sakos.

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: