RSS

Monthly Archives: नोभेम्बर 2009

‘पञ्चेश्वरमा गम्भीर राष्ट्रघात’

काठमाडौं

माधव नेपाल नेतृत्वको कठपुतली सरकारले अन्ततः नेपालको जलसम्पदा भारतलाई सुम्पेको छ । केही दिनअघि सम्पन्न नेपाल-भारत जलस्रोत बैठकमा पञ्चेश्वर प्राधिकरणको नाममा महाकाली नदीको स्वामित्व पूर्ण रूपमा भारतलाई सुम्पेको हो । Read the rest of this entry »

 
2 टिप्पणीहरु

Posted by on नोभेम्बर 27, 2009 in BLOG, NEWS

 

कहिले पूरा होला यी कलिला मुनाहरुको सपना ?

बाबाको माया खै कस्तो हुन्छ सुर्खेतकी शान्ति सुनारलाई थाहै छैन रे । भर्खर साढे ५ वर्षकी मात्र भएकी उनले बाबालाई देखेकै छैनन् । शान्ति जन्मिएको वर्षदिन नपुग्दै उनका बाबा शहिद भइसकेका थिए, जनयुद्धमा । तर, उनी बाबाले ल्याइदिएको कुर्ता सुरुवाल लगाउने आशा सांचेर बसेकी छिन् । अबोध शान्तिलाई अझैं थाहा छैन बाबा कहिल्यै आउने छैनन् र कुर्ता सुरुवाल पनि ल्याउने छैनन् । Read the rest of this entry »

 
टिप्पणी छोड्नुहोस्

Posted by on नोभेम्बर 26, 2009 in BLOG, NEWS

 

सहमति सहितको राष्ट्रिय सरकार गठन गर

महेन्द्र ‘महक’

जननिर्वाचित सरकारद्वारा गरिएको निर्णय राष्ट्रपतिले उल्ट्याइदिएपछि एकिकृत नेकपा माओवादीको सरकारले सत्ताबाट बाहिरनु पर्‍यो र सडकबाट नागरिक सर्वोच्चताका लागि आन्दोलन गर्नुपर्‍यो । यसलाई कतिपय ‘विज्ञ’हरुले माओवादीले आफ्नो पार्टीको सर्वोच्चता कायम गर्न खोजेको भनी अनर्गल प्रचारसमेत गरे र अझैं पनि गरिरहेका छन् । माओवादीको कटुवाल हटाउने प्रक्रिया त्रुटिपूर्ण रहन सक्छ तर निर्णय कुनै पनि हालतमा गलत थिएन कारण Read the rest of this entry »

 
3 टिप्पणीहरु

Posted by on नोभेम्बर 23, 2009 in BLOG, GUEST

 

सुपुर्दगी सन्धिभित्रको भारतीय चाल

रमेश लम्साल / काठमाडौं

राजनीतिक, आर्थिक र सामाजिक रूपमा नांगो हस्तक्षेप गर्दै आएको भारतले पछिल्लोपटक नेपाललाई सुरक्षा छाताभित्र राख्ने उद्देश्यले सुपुर्दगी सन्धि गर्न दबाब दिइरहेको छ । जुनसुकै हालतमा उक्त सन्धि गर्नुपर्ने र त्यसो नगरे सबै क्षेत्र ठप्प पारिदिने धम्की पनि भारतले दिएको जानकारहरू बताउंछन् । समान आधारमा समान हैसियत कायम गर्ने सन्दर्भमा दुवै देशको हितका लागि समान्य सन्धि सम्झौता हुनु अस्वाभाविक नरहे पनि आफुमात्रै माथि पर्ने गरी भारतले तयार पारेको सन्धि कुनै हालतमा पनि पारित गर्नुहुंदैन भन्ने जनमत नेपालमा दिनप्रतिदिन बढिरहेको छ । राणाकाल पञ्चायत र बहुदलीय कालमा भएका र गरिएका असमान सन्धिहरू खारेज गरी नयां नेपालमा नयां आधारमा मात्रै पुराना सन्धिहरूको सट्टामा नयां सन्धि गरिनुपर्छ भन्ने जनमतलाई लत्याएर वर्तमान माधव नेपाल नेतृत्वको सरकार आफ्नो सरकार टिकाइदिए जस्तोसुकै विरोध खेपेर भए पनि सन्धि गर्ने पक्षमा देखिन्छ । त्यसका लागि ऊ आत्मिक र भैतिक रूपमा तयार भएको विश्लेषकहरू बताउंछन् । विश्लेषकहरू भन्छन्, Read the rest of this entry »

 
4 टिप्पणीहरु

Posted by on नोभेम्बर 20, 2009 in BLOG, GUEST

 

जोखिममा शान्ति-प्रक्रिया

-रामकृष्ण अधिकारी / काठमाडौं

भोलि मंसिर ५ गते तत्कालीन सरकार र माओवादीबीच बृहत् शान्ति सम्झौता भएको तीन वर्ष पूरा हुंदै छ । तर, यहांसम्म आइपुग्दा सेनापति प्रकरणमा राष्ट्रपतिले चालेको असंवैधानिक कदम, रक्षामन्त्री विद्या भण्डारीको बृहत् शान्तिसम्झौता नै ‘रिभ्यु’ गर्नुपर्ने भनाइ आदिले निम्त्याएको पछिल्लो मतभेदले तीन वर्षभन्दा बढी समयदेखि संघर्ष र सहकार्य संगसंगै गर्दै आएका संसद्वादी राजनीतिक दल र माओवादीबीचको राजनीतिक समीकरणको मुख्य डोरो बृहत् शान्ति सम्झौता नै जोखिममा परेको छ । पछिल्लो चरणमा राजनीतिक दलहरूबीच देखिएको तिक्तताका कारण बृहत् शान्ति सम्झौता नै भंग हुने पो हो कि भन्ने खतरा पैदा हुँदै गएको हो । Read the rest of this entry »

 
१ टिप्पणी

Posted by on नोभेम्बर 19, 2009 in Analysis, GUEST

 

गणतान्त्रिक नेपालको नयाँ राजधानी – चितवन

भरतपुर

 चितवन जिल्लालाई गणतान्त्रिक नेपालको नयाँ राजधानीका रूपमा स्थापित गर्ने कार्यलाई अबबाट अभियानकै रूपमा अगाडि बढाइने भएको छ । सो अभियानका लागि राजधानी स्थापना पहल समितिमार्फत भएका हरेक गतिविधिको तथ्यांकलाई अभिलेखीकरण गरी सूचना केन्द्रमार्फत सार्वजनिकीकरणसमेत गरिने भएको छ । पहल समितिअन्तर्गत गठित प्रचार-प्रसार समितिको बुधबार भरतपुरमा सम्पन्न बैठकले चितवनलाई राजधानी बनाउने विषय सबैको सरोकारका विषय भएकाले स्थानीय सञ्चारमाध्यमलाई पनि प्राथमिकता दिनका लागि अनुरोध गर्ने निर्णय गरेको छ । Read the rest of this entry »

 
टिप्पणी छोड्नुहोस्

Posted by on नोभेम्बर 19, 2009 in NEWS

 

मन्त्रीले सीडीओ कुट्ने नयाँ सुरक्षा नीति

-दिल साहनी

दुई/दुई ठाउँमा चुनाव हारेका माधव नेपालको नेतृत्वमा बनेको कठपुतली सरकारकी कृषि तथा सहकारी राज्यमन्त्री करिमा बेगमले पर्साका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीलाई कार्यकक्षमै गएर गालामा पाँच औंलाकै डाम पर्ने गरी चुटिन् । यसरी प्रजिअ भण्डारीका गालामा झापडको वर्षा गर्दा उनको चस्मासमेत फुट्न गएछ । मन्त्री बेगमले  यतिबेला प्रजिअमाथि लगाइरहेको आरोपको त कुरै नगरौं । ’cause, उनको आरोपको सिलासिला बल्ल सुरु भएको छ । मुद्दा चलेमा मुद्दा फत्ते नहुने बेलासम्म उनले अझ कति-कति आरोपको चाङ लगाउँदै जाने हुन् त्यसको कुनै लेखाजोखा छैन । Read the rest of this entry »

 
2 टिप्पणीहरु

Posted by on नोभेम्बर 19, 2009 in BLOG, GUEST