RSS

बेल्जियममा नेपाली दुतवास घेराउ गरिने

05 नोभ

–      दधिराज घिमिरे, बेल्जियम

 नेपाली जनताको सर्वोच्चता स्थापना तथा राष्ट्रपतिको असंबैधानिक कदमले  नेपाली जनतामाथी लादिन लागेको निरंकुशताका बिरुद्ध नेपाली जनताले चलाएको आन्दोलनलाई सक्रिय सहयोग र समर्थन गर्न बेल्जियम नेपाली दुतवास घेराउ गरिने भएको छ ।

बिगतदेखि नै नेपाली जनताको आन्दोलनलाइ अग्रस्थानमा रहेर सक्रिय सहयोग गर्दै आएको संगठन नेपाली जनप्रगतीशिल मञ्च, बेल्जियम लगायत प्रवासी नेपालीहरु गोलबन्द गर्ने अन्य प्रगतीशिल संगठनहरुले संयुक्त रुपमा सो कार्यक्रमको आयोजना गरेका हुन् । आयोजकका अनुसार कार्यक्रम बिगतको भन्दा भिन्दै र कलात्मक हुने छ ।

उक्त कार्यक्रमको आयोजना बेल्जियम तथा यूरोप स्थीत प्रगतीशिल संगठनहरु संयुक्त नेपाली मोर्चा यूरोप, नेपाली जनजाती सरोकार मञ्च यूरोप, नेपाली जनप्रगतीशिल मञ्च बेल्जियम, नेपाली जनजाती सरोकार मञ्च बेल्जियम, नेपाली प्रगतीशिल महिला मञ्च बेजियम, नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा बेल्जियम, तमुवान राष्ट्रिय मुक्ति मोर्चा बेल्जियम, मगरात राष्ट्रिय मुक्ति मोर्चा बेल्जियम आदिको सक्रिय सहभागीता रहने वताईएको छ ।

कार्यक्रम आयोजक संगठनहरुले बेल्जियम स्थीत संपुर्ण संघ संगठनहरु, प्रवासी नेपालीहरु तथा अन्य समुदायलाई नेपाली जनताले चलाएको यसप्रकारको न्यायीक आन्दोलनमा सक्रिय सहभागीता जनाउनको लागी हार्दिक अनुरोधपनि गरेका छन् । कार्यक्रम नेपालमा सिंहदरवार घेराउको कार्यक्रमको दिन अर्थात यहि नोभेम्वर १२ तारिख बिहीवारका दिन स्थानीय समयअनुसार दिउंसो २ बजेवाट शुरु हुने जनाईएको छ ।

Advertisements
 
टिप्पणी छोड्नुहोस्

Posted by on नोभेम्बर 5, 2009 in NEWS

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

 
%d bloggers like this: