RSS

किन भइरहेको छ चीनलाई कमजोर पार्ने षड्यन्त्र ?

06 Nov

– ठाकुरप्रसाद देवकोटा

चीन अहिले उदियमान शक्तिका रूपमा विश्वको शक्ति सन्तुलनमा जबरजस्त उपस्थित भएको देश हो । यसको आर्थिक प्रगतिसंगै सामरिक विकासले विश्वका अन्य शक्तिकेन्द्रहरूलाई सशंकित पारेको छ । जसका कारण अन्य शक्तिकेन्द्रहरू चीनको बढ्दो विकास गतिलाई निश्चित आकारमा राख्न चाहन्छन् । हङकङ ताइवान, तिब्बत र अल्पसंख्यक जातीय विद्रोहलाई मलजल गरेर चीनलाई क्षत-विक्षत बनाउन चाहने शक्तिले विभिन्न बहानामा यसलाई उकासिरहेको छ । यीमध्ये तिब्बत र दलाई लामा ती शक्तिकेन्द्रका लागि गतिलो मसला भएको छ । दलाई लामा भारतको धर्मशालामा बसेर तिब्बतको सरकार आफूले चलाइरहेको दाबी गर्छन् र तिब्बतको स्वतन्त्रताको नाममा चीनविरोधी अन्तर्राष्ट्रिय मञ्चमा उनको राम्रो पहिचान रहेको छ । अहिले विश्वको राजनीतिक मञ्चमा चीनको अग्रपंक्तिको उपस्थितिले गर्दा अन्य शक्तिकेन्द्रहरू चीनको विकासको गतिलाई रोक्न हरखालका हथकन्डाहरू अपनाउंदै आएका छन् ।

तिब्बत स्वतन्त्रताको नाममा अहिले चीनविरोधी गतिविधि हुन थालेको र चीन- भारतबीचको बढ्दो चिसोपनाले एसियामा अशान्तिको अझै ठूलो बादल मडारिएको छ । भर्खरै दलाई लामाको अरुणाञ्चल भ्रमणका बारेमा चीनको आपत्ति र भारतको प्रतिवाद, ओबामाको लामालाई वासिङ्टन निम्ताले पनि चीन सशंकित भएको छ । अर्को पक्ष नेपाललाई आधारभूमि बनाएर स्वतन्त्र तिब्बतको एजेन्डालाई स्थापित गर्दै चीनलाई अस्थिर बनाउने इन्डोअमेरिकन योजनामा नेपालका इन्डोअमेरिकन परस्त शाषकहरू पनि समावेश छैनन् भन्न सकिन्न । पछिल्लो चरणमा हिमाली क्षेत्रपट्टि अमेरिकी र भारतीय कूटनीतिक व्यक्तिहरूको चासोपूर्ण भ्रमण, भारतीय गुप्तचर संस्थाको चीनका बारेमा पछिल्लो प्रतिवेदनलाई कुल मिलाएर हेर्ने हो भने तिब्बतको सवाललाई लिएर चीन, अमेरिका, भारत, चीनको शीतयुद्ध त्यत्तिकै साम्य हुनेवाला छैन । नेपालमा अन्य मुलुकहरूको चासोमा भारतीय प्रतिवाद सबैभन्दा खतरनाक छ । जसले नेपाललाई एउटा स्वतन्त्र राष्ट्रको हैसियत पनि दिन चाहेको छैन ।

किनकि नेपालको सत्ता राजनीतिमा भारतीय हस्तक्षेपको प्रत्यक्ष रूपमा देखिनु र शाषकहरू उसकै कठपुतलीका रूपमा काम गर्दै जानुले के प्रस्ट पार्छ भने इन्डोअमेरिकन योजनामा नेपाललाई स्वतन्त्र तिब्बतका लागि आधारभूमि बनाउने कुटिल चाल चालिंदैछ । नेपालमा घटित पछिल्ला घटनाक्रम र त्यसमा भारतीय हस्तक्षेप र चिनियां चासोले पनि यसलाई पुष्टि गर्छ । स्वतन्त्र तिब्बतका बारेमा अन्तर्राष्ट्रियकरण गर्नका लागि अमेरिकी योजनामा भइरहेको क्रियाकलापहरू र नेपालमा पनि विभिन्न संघ/संस्थामार्फत गरिएको योजनाबद्ध कार्यक्रमहरू अत्यन्तै संवेदनशील छन् ।

दलाई लामालाई भारतको धर्मशालालाई केन्द्र बनाएर तिब्बतमा शाषन गर्न छुट दिएको भारत चीनलाई कमजोर बनाउने एकमात्र उपाय तिब्बतलाई नै लिएकोमा कुनै शंका छैन । तिब्बत विरोधी गतिविधिलाई संगठित रूपमा गर्दै आएको आइसिटीले आफ्नो सक्रियता विभिन्न तरिकाले अगाडि बढाएको छ, स्वतन्त्र र मानवअधिकारको नाममा अगाडि बढाइएको गतिविधिलाई अमेरिकीहरू बढी सक्रिय देखिन्छन् । दलाई लामाको सरकार प्रमुखको चुनाव यही २०११ मा हुंदैछ कालोन द्वीपमा । दलाई लामाको सरकार प्रमुखको चुनावी अभियान र स्वतन्त्र तिब्बतको अभियानलाई आइसिटीले एकसाथ अगाडि बढाएको छ । आइसिटीको गतिविधिमा नेपालकोतर्फबाट मानअधिकारवादी र राज्यका जिम्मेवार निकायका व्यक्तिहरूको संलग्नता भएको कुरा त यसभन्दा अगाडि नै प्रकाशमा आइसकेको छ । यसरी मानवअधिकार र स्वतन्त्रताको नाममा चीनविरुद्ध अमेरिका लगायत अन्य देशहरूको प्रमुख उद्देश्य भनेको चीनको बढ्दो अन्तर्राष्ट्रिय प्रभावलाई नियन्त्रण गर्नमै केन्द्रित छ । खासगरी, तिब्बत मामला बढी संवेदनशील हुंदै आएको छ । किनभने त्यहां तिब्बतसंग सीमा जोडिएको चीनको अर्को प्रतिस्पर्धी भारतको स्वार्थ टकराएको छ । उसले दक्षिण एसिया सबै आफ्नो साम्राज्य ठानेको छ । त्यसैले पनि चीनलाई कमजोर बनाउन उसले आफ्नो सम्पूर्ण शक्ति लगाउने छ ।

 
टिप्पणी छोड्नुहोस्

Posted by on नोभेम्बर 6, 2009 in Analysis, GUEST

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: