RSS

यस्तो छ, माधव नेपालको भारतीय दलाली

06 Nov

प्रधानमन्त्री माधव नेपाल भारतीय दलाल र तिनकै कठपुतली हुन् भन्ने कुरा उनले पछिल्लो समयमा व्यक्त गरेका विचारहरूले पुष्टि गरिरहेका छन् । यसैको पछिल्लो चरणमा हालै वसेको संविधानसभाको राष्ट्रिय हित संरक्षण समितिको बैठकमा उनले भने, ‘नेपाल-भारतबीच कालापानी र सुस्ताबाहेक अन्यन्त्र सीमा विवाद छैन, विवाद भनेर गरिएको प्रचारमा समेत कुनै तुक छैन ।’ उनले भारतीय राजदूत र मन्त्रीले जस्तै सीमा विवाद ९८ प्रतिशत हल भइसकेको बताएर आफू पक्का भारतीय दलाल भएको सार्वजनिक गरे । यसैको प्रतिक्रिया स्वरूप समितिका एक सभासद्ले भने, ‘उनी नेपालका प्रधानमन्त्री हुन् कि भारतका कुनै राज्यका मुख्यमन्त्री छुट्टयाउन सकिएन ।’ समितिका सभासद्हरूले दाङ, पशुपतिनगर, इलाम, महाकालीलगायतका विभिन्न स्थानहरूमा चर्को सीमा विवाद रहेको छ । भारतको ज्यादतीका कारण केही महिनापहिले दाङका हजारौं नेपाली नागरिक आफ्नो थातथलो छोडेर सुरक्षित स्थानको खोजी गर्दै देउखुरी आइपुगेका थिए । तर यो यथार्थतालाई पूरै बेवास्ता गरेर नेपालले सीमा विवाद छैन भनेर दुनियांलाई हंसाएका मात्रै छैनन् । राष्ट्रवादी नेपाली जनताको चित्तसमेत दुखाएका छन् ।

समितिमा रहेका सभासद्हरूले पुनः सीमांकन नगरीकन विवादस्पद नक्सामा हस्ताक्षर गरिए, त्यसकाविरुद्ध आफूहरू आन्दोलनमा उत्रनेसमेत बताएका छन् । समितिका अधिकांश सदस्यहरूले सीमा विवादलाई उच्चस्तरीय कार्यदल बनाएर हल गनुपर्ने बताउंदै हचुवाका भरमा हल गरिए त्यो नेपाली जनतालाई सह्य नहुनेसमेत बताएका छन् । यो कुरा सुनेका प्रधानमन्त्री नेपालले सभासद्हरूलाई हप्काउने शैलीमा तपाईंहरू धेरै जान्ने नहुनुस् सीमा विवाद कहीं कतै पनि छैन, देशलाई अप्ठ्यारो पार्ने काम नर्गनुस् । सामान्य समस्यालाई तन्काएर ठूलो पार्ने काम गर्नेलाई छोडिन्न भन्नुभयो । प्रधानमन्त्रीको यस्तो भनाइले लामो समयदेखि विवादका रूपमा रहेको सीमा समस्या हल नहुने मात्रै होइन, राष्ट्रवादी आन्दोलनलाई समेत दबाइने र भारतका विरुद्ध बोल्नेलाई पाता कसिनेसमेत तयारि भएको बुझिएको एक सभासद्ले बताए । समितिको बैठक गत कात्तिक १३ गते शनिबार बसेको थियो ।

 
4 टिप्पणीहरु

Posted by on नोभेम्बर 6, 2009 in Analysis, NEWS

 

4 responses to “यस्तो छ, माधव नेपालको भारतीय दलाली

  1. निता पाठक

    नोभेम्बर 7, 2009 at 1:02 बिहान

    दलालले दलाली गर्यो त के Naulo भयो ?

     
  2. just a moment

    नोभेम्बर 7, 2009 at 9:14 बेलुका

    ……….. ‘उनी नेपालका प्रधानमन्त्री हुन् कि भारतका कुनै राज्यका मुख्यमन्त्री छुट्टयाउन सकिएन ।’

     
  3. Sohel

    नोभेम्बर 8, 2009 at 9:48 बिहान

    माकुने नेपालको मुख्यमन्त्रिमा नियुक्त भएको नै भारतको खातिरदारि गर्नको लागी हो । त्यति पनि नगरे त उसको सो पदको के मुल्य भो र ? जनताले त उसको पदलाइ मान्यता नै दिएका छैनन् नि । शायद अव भारत संगको सुपुर्दगि सन्धिमा हस्ताक्षर गर्न नसकेपछि धेरै म्याद वांकि छैन होला ।

     
  4. राते काइंला

    नोभेम्बर 9, 2009 at 12:31 बिहान

    प्रधानमन्त्री माधव नेपाल भारतीय दलाल र तिनकै कठपुतली हुन् भन्ने कुरा उनले पछिल्लो समयमा व्यक्त गरेका विचारहरूले पुष्टि गरिरहेका छन् । Good Joke .

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: