RSS

प्राकृतिक स्रोतको उपयोग नै नयां नेपालको आधार

10 Nov

शंकर भट्टराई

 विश्वको मानचित्रमा जन्मदै स्वतन्त्र र सार्वभौम एसिया महादेशका दुई ठूला महाशक्ती राष्ट्र भारत र चीनबीच विश्वको क्षेत्रफलको ०.०३ प्रतिशत भू-भाग ओगटेको हाम्रो देश नेपाल प्रकृतिको वरदान मानिन्छ । प्राकृतिक तथा जैविक विविधताले सम्पन्न यो देश भौगोलिक हिसावले तीन क्षेत्र हिमाल, पहाड र तराईमा विभाजित छ । देशको विकासका लागि यी क्षेत्रको आर्थिक र सामरिक हिसाबले अत्यन्तै महत्व रहिआएको छ ।

 यो देशको अवस्थाको व्याख्या गर्दा पुराना शाषकहरुले दुई ढुङ्गाबीचको तरुल भन्ने गर्छन् तर देशलाई नयां बनाउन आमूल परिवर्तनको दिशा बोकी हिडेको एकिकृत माओवादीले भने दुई ढुङ्गाबीचको डाइनामाइट भन्दै आएको छ । यसो गहिरिएर हेर्‍यौं भने पुराना शाषकहरुले भनेको भनाई दासतापूर्ण र कमजोर मनोवैज्ञानिक विचारबाट प्रेरित भएको मानिन्छ भने माओवादीको विचार साहसिक, उत्साहपूर्ण र दूरदर्शी बुझाई मानिन्छ । देश, जनता र राष्ट्रियताप्रति गम्भीर र इमान्दार राष्ट्रनायक पाएर देशमा दिगो शान्ति र राजनैतिक स्थिरता स्थापना गर्न सकियो भने सांच्चिकै प्राकृतिक श्रोत, साधन, जैविक तथा भौगोलिक विविधतापूर्ण हाम्रो देश कुनै दिन शक्ति सम्पन्न बनेर विश्वमा नयां ढंगले उदाउन सक्ने कुरालाई नकार्न सकिदैन । तर, विदेशी प्रभुको आशिर्वाद र सहयोग विना यो देश चल्नै सक्दैन भन्ने दलाल तथा पुराना चिन्तन बोकेका शाषकहरुको हातमा राज्यसत्ता सञ्चालनको चावी परिरह्यो भने यो कुरा असम्भव छ । नेपाल दुई ढुङ्गाबीचको तरुल हो रे ? कति दरिद्रता छ हाम्रो देशका पुराना शाषकहरुको बुझाई, कति कमजोर र हिनता छ पुरानो विचार र संस्कार बोकेका अदूरदर्शी शाषकको भनाई । देश शक्तिशाली न त भूगोल ठूलो हुंदैमा हुन्छ न त कहिं कतै सीमा नजोडिकन छुट्टै रहंदैमा । नर्वे, स्वीजरल्याण्ड भन्ने देश नेपालभन्दा साना छन् । उत्तर कोरिया, जापान भन्ने देश नेपालभन्दा भौगोलिक हिसाबले ठूला छन् तर ति देशको तुलनामा हामी भर्खरै १९औं शताब्दी पार गरेर २०औं शताब्दीमा आइपुगेका छौं र भर्खरैदेखि विकासको क ख रा पढ्न शुरु गरेका छौं । तर, ति देशहरु हामीभन्दा प्राकृतिक श्रोत साधनले निकै गरीब मानिन्छन् । हामीसंग अपार प्राकृतिक स्रोत, साधन र जैविक विविधताका हिसाबले हामी सम्पन्न छौं । ६ हजारभन्दा बढी त हामीसंग नदीनाला छन् । कूल भू-भागको ३९ प्रतिशत वनजङ्गल हामीसंगै छ । सगरमाथा लगायतका संसारकै अग्ला हिमशिखरहरुको आशीर्वाद छ हामीसंग । तर, राजनैतिक अदूरदर्शीता अस्थिरता र कुशल राष्ट्रनायक अनि जनउत्तरदायी योजनाको अभिशाप छ हामीसंग । राष्ट्र र राष्ट्रियताको सवालमा खडेरी परेको मात्रै छ हामीलाई । 

 माल पाएर पनि चाल नपाएको भने जस्तै भएको छ हामीलाई । हामीसंग जे छ त्यसको सही सदुपयोग गर्न सकियो भने दुई ढुङ्गाबीचको तरुल भएर होइन हामी सांच्चिकै संसारको शक्तिशाली र विकसित राष्ट्रका नागरिक भएर बांच्न पाउने थुप्रै आशाका ठाउं र आर्थिक आधारहरु रहेका छन् । मात्रै सही नीति र योजना चाहिएको छ हामीलाई । पुराना शाषकको बुझाई र मनोविज्ञानप्रति दया जागेर आउंछ । किनभने संसारको सबैभन्दा बढी प्राकृतिक स्रोत साधनले भरिपूर्ण देश कसरी दुई ढुङ्गाबीचको तरुल हुन सक्छ ? एक अर्बभन्दा बढी जनसंख्या रहेको भारत र सवा अर्बभन्दा पनि बढी जनसंख्या रहेको उदयमान शक्ति राष्ट्र चीनको बीचमा प्रकृतिको वरदान हाम्रो देश नेपाल छ । हामी कसरी कमजोर हुन सक्छौं ? मात्रै हाम्रो राज्य संयन्त्र कमजोर छ । यसलाई सवै जनता मिलेर फेर्न सक्यौ भने नेपाल र नेपालीको भाग्य र भविष्य सम्पन्नता टाढा छैन । अबको परिवर्तनपछिको राज्यले सही नीति र योजना बनाएर ६ हजार नदीनालाबाट ८३ हजार विजुली उत्पादन गरी दक्षिण एसियामा वितरण गर्न सकियो र प्राकृतिक स्रोत साधनको सही सदुपयोग गरी जडिबुटीको उत्पादन, संरक्षण अनि उपयोग गरी बिक्री वितरण गर्न सकियो भने नेपाल र नेपालीको भविष्य धेरै टाढा छैन । भौगोलिक विविधताअनुसार माटो सुहाउंदो अन्न खेती, फलफुल तथा तरकारी खेती, जडिबुटी खेती गर्न सकियो र विभिन्न खानीको उत्खनन गर्न सकियो भने नेपाललाई चाडै नै विकसित मुलुकको दांजोमा पुर्‍याउन सकिने छ ।

 कवि माधवप्रसाद घिमिरेको ‘कस्तुरीले रनवन डुली खोज्छ आफ्नै सुगन्ध’ भन्ने कविताको पंक्ति जस्तै हामीले हाम्रो देशको प्राकृतिक स्रोत र साधनलाई चिन्न नसकी संसारभरी आर्थिक अवसरको खोजीमा भौतारिरहेका छौं । यो अत्यन्तै दुःखपूर्ण विषय हो । हामीले हाम्रो देशको माटो चिन्न नसकेर खाडी मुलुकहरु जो एउटा रुख उमार्न बर्षौ मेहनत गर्नुपर्छ । ति मरुभूमि जस्ता मुलुकमा दास र गुलामी बन्नमा नै गर्व गर्छौ तर हामी आफैले आफैलाई चिन्न सकिरहेका छैनौं । पुराना शाषकहरुको चिन्तन संस्कारलाई दर्शन मानेर आफ्नो देशलाई रोग, भोग, शोक र हरिकंगालको प्रायः मानेका छौं हामी । यो सही विचार होइन । प्रकृतिले वरदान दिएको आफ्नो देशलाई चिन्न सक्यौ र देश विकासमा सवै एकजुट भएर लाग्यौ भने सांच्चिकै हाम्रो देश राजनैतिक र आर्थिक रुपले डाइनामाइट बन्नेछ । यसका लागि पुरानो दासतापूर्ण मनोवैज्ञानिक र विचारलाई निषेध गरेर नयां क्रान्तिकारी विचारलाई सवैले आत्मसाथ गर्न जरुरी छ ।

 
4 टिप्पणीहरु

Posted by on नोभेम्बर 10, 2009 in BLOG, GUEST

 

4 responses to “प्राकृतिक स्रोतको उपयोग नै नयां नेपालको आधार

  1. सिमान्त

    नोभेम्बर 10, 2009 at 9:57 बिहान

    मुलुकलाइ राजनैतिक र आर्थिक रुपले डाइनामाइट वनाउने हो भने यसलाइ सवैले मनन गर्नैपर्ने हुन्छ । धेरै राम्रो लेख ! धन्यावाद शंकरजी तथा चिन्तनजी दुवैलाइ ।

     
  2. हसना खान

    नोभेम्बर 10, 2009 at 10:43 बिहान

    हाम्रा गांउ वरपर त सुकुम्वासीका नाममा हुकुम्वासीहरूले धमाधम जंगल फांडेर सिध्याइसके, प्रशाषन चुपचाप हेरिरहन्छ । यदि यस्तै हो भने कसरि प्राकृतिक श्रोत साधनहरूको संरक्षण र संवर्धन होला त ?

     
  3. raksha

    नोभेम्बर 10, 2009 at 10:07 बेलुका

    sure !

     
  4. सलिम

    नोभेम्बर 10, 2009 at 11:27 बेलुका

    प्राकृतिक श्रोतको भनि भएरपनि त्यसको उपयोग गर्न नजान्ने देश भनेर विश्व मानचित्रमा चिनिएको देश नेपालले अरू के नै पो गर्न सक्ला र खै ?

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: