RSS

माओवादी आन्दोलनका एजेण्डाहरु

11 Nov

 “जहां काली चमडी के माथे पर गुलामी की मोहर लगी हुइ है वहां सफेद चमडी भी मुक्त हो नहीं पाएगा ।” यो महान् संश्लेषण अमेरिकी कालाहरु माथि गोराहरुले गरेको उत्पीडनको परिणाम हो । भारतले नेपालमाथि उत्पीडन गर्छ भने उ पनि स्वतन्त्र हुन सक्तैन त्यसकारण यो एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीको संयुक्त राष्ट्रिय जनआन्दोलनद्वारा चलाइएको वर्तमान आन्दोलन राष्ट्रिय स्वाधिनताको पक्षमा र पराधिनताका विरुद्ध हो ।

 

हेमन्तप्रकाश ओली ‘सुदर्शन’

 

 फ्रेडरिक एंगेल्सले धेरै पहिले नै संश्लेषण गर्नुभएको थियो कि पुरातनपन्थीहरुले अग्रगमनको बाटो छेक्ने दुष्प्रयास गर्न थाले भने अग्रगमनकारीहरुले बल प्रयोग गर्न अनिवार्य बन्न जान्छ । दुनियांका मुक्ति आन्दोलन र नेपाली जनयुद्ध यसैका परिणाम हुन् । जुन दिन श्रमिकले मुक्ति प्राप्ति गर्नेछ त्यसै दिनदेखि संसार मुक्त हुनेछ ।

 नेपाली श्रमजीवी जनताको प्रतिनिधित्व गर्दै एकीकृत नेकपा माओवादीले कठपुतली सरकारका विरुद्ध रणनैतिक प्रत्याक्रमणको चरणमा पनि जनआन्दोलनका एजेण्डाहरु (कार्यसूचि) प्रस्तुत गरेको छ । यसको पहिलो एजेण्डा (कार्यसूचि) हो – नागरिक सर्वोच्चता  (Civilian Supremacy) कायम गर्नु र सैन्य सर्वोच्चता हटाउनु । २००७ सालदेखि चल्दै आएको जनआन्दोलन अथवा सशस्त्र विद्रोहले जब नागरिक सर्वोच्चता हासिल गर्ने मोड पकड्न थाल्छन् तब सेनाका उच्च पदस्थ मानिसहरुले विदेशी कुत्ताको भूमिका निर्वाह गर्दै नागरिक अधिकारलाई बुटले कुल्चन्छन् । दशवर्षे महान् जनयुद्ध, १९ दिने जनआन्दोलन र मधेश आन्दोलनले प्रचण्ड सरकारको नेतृत्वमा स्थापना गर्न थालेको नागरिक सर्वोच्चतालाई विस्तारवादी शासकहरुको इशारामा कुल्चने काम गरियो । राष्ट्रपति रामवरण यादवलाई जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलनको गला रेट्ने असंवैधानिक कार्यमा ल्याप्चे ठोक्न लगाइयो । आखिर कतिपय नेका, एमाले र मधेशको नाम भजाएर खाने नेताहरु सैन्य सर्वोच्चताको भक्तजन बन्न पुगे । उनीहरुले राजाको सेनालाई जनताको सेनामा परिवर्तन गर्न चाहेनन् । अतयव कार्त्तिक १५ गतेदेखि गुणात्मक रुपमा अघि बढेको आन्दोलन यसैको परिणाम हो । अब नेपाली जनता, जनसेना र नेपाली सेना दुवैलाई समायोजन गरी नागरिक सरकारको मातहतमा ल्याउन चाहन्छन् ।

 नेपाली जनताको दोश्रो एजेण्डा हो – राष्ट्रिय स्वाधिनता (National Independency) कायम गर्नु र बलियो बनाउनु । हाम्रो पार्टीको अर्थमा राष्ट्रिय स्वाधिनताका दुईवटा पक्ष छन् – एउटा पक्ष हो, सिंगो नेपाललाई विदेशी हस्तक्षेप र सीमा अतिक्रमणबाट मुक्त गर्नु, दोश्रो पक्ष हो, देशभित्रै उत्पीडनमा परेका जनजाति र क्षेत्रहरुको राजनैतिक, आर्थिक र सांस्कृतिक हिसाबले उत्पीडित जातिहरु र क्षेत्रहरुको चेतनास्तरमा विकास गर्नु । राष्ट्रिय स्वाधिनताको प्रश्न नागरिक सर्वोच्चताको रक्षाका लागि पनि आवश्यक छ ।  यसकारण कि सैन्य सर्वोच्चता कायम गर्ने खेलाडी मध्येका भारतीय विस्तारवादी शासकहरु र अमेरिकी साम्राज्यवादी शासकहरु पनि हुन् । भारतले बारम्बार नेपालको सीमा मिचेको कुरा सबैलाई जगजाहेर छ । नेपालका उत्पीडनमा परेका जनजाति र उत्पीडित क्षेत्रहरु नउठिकन उत्पीडित वर्ग बलियो हुन सक्तैन । जब उत्पीडित वर्ग यस किसिमले समग्र भएर उठ्छ तब नागरिक सर्वोच्चता कायम हुन सक्छ ।

 सन् १९५० लगायतका भारतसंग भएका असमान सन्धी खारेज हुनुपर्छ, कालापानीमा राखिएका भारतीय सेना भारतले आफ्नो देशमा फर्काउनु पर्छ । सुस्ता, महेशपुरलगायतको सीमामा गरिएका अतिक्रमित भू-भाग फिर्ता गरिनु पर्छ । हामी कार्ल मार्क्सको भनाई सापट लिएर भारतलाई भन्न चाहन्छौं- “जहां काली चमडी के माथे पर गुलामी की मोहर लगी हुइ है वहां सफेद चमडी भी मुक्त हो नहीं पाएगा ।” यो महान् संश्लेषण अमेरिकी कालाहरु माथि गोराहरुले गरेको उत्पीडनको परिणाम हो । भारतले नेपालमाथि उत्पीडन गर्छ भने उ पनि स्वतन्त्र हुन सक्तैन त्यसकारण यो एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीको संयुक्त राष्ट्रिय जनआन्दोलनद्वारा चलाइएको वर्तमान आन्दोलन राष्ट्रिय स्वाधिनताको पक्षमा र पराधिनताका विरुद्ध हो ।

 श्रमजीवी जनताको तेश्रो एजेण्डा भनेको शान्ति हो । लेनिनले एक ठाउंमा के भन्नु भएको छ भने जनता कहिल्यै पनि युद्धको पक्षमा हुंदैनन् । विश्वको इतिहासले के पुष्टि गरेको छ भने शासक वर्गले युद्धको शुरुवात गर्छन् । श्रमजीवी वर्ग अग्रगमनको गतिमा गतिशील हुन्छ भने शोषक वर्ग प्रतिगमनको पक्षमा हुन्छ । शोषक वर्गले कुरा शान्तिका गर्छ भने काम युद्ध भड्काएर दुनियांलाई लुट्ने गर्छ । अहिले नेपालको पूर्व राजाखलक, नेपाली कांग्रेस र एमालेभित्रका प्रतिक्रियावादी र संशोधनवादीहरुभित्र युद्ध भड्काएर लुट्ने पक्षमा छन् भने बाहिर शान्तिको भजन गाउंछन् । रक्षामन्त्री र भूपू सेनापति कटवाल त खुल्ला रुपमै सेना समायोजन हुन सक्तैन भनेर युद्धको घोषणा गरिरहेका छन् ।

 जनताको अभिष्ट चाहना हो शान्ति । तर, जनता मुर्दा शान्ति चाहंदैनन् । उनीहरु जीउंदो शान्ति चाहन्छन् । त्यो जीउंदो शान्ति भनेको जननियन्त्रित एकीकृत राष्ट्रिय सेना हो । नागरिक सरकारको आदेशमा काम गर्ने सेना हो । विदेशी हस्तक्षेप भएको स्वतन्त्र देश हो । त्यो शान्तिमा किसान, मजदुर र सिपाहीहरुको सरकार हुनुपर्छ, महिला र दलितहरु कतै पनि हेपिनु हुदैन । त्यहि नै हुनसक्छ शान्ति र प्रजातन्त्र । शान्तिका लागि उत्पीडित जाति र उत्पीडित क्षेत्रले स्वतन्त्रता प्राप्त गर्नुपर्छ ।

 वास्तवमा जनयुद्ध र जनक्रान्तिको लक्ष्य भनेकै शान्ति प्राप्त गर्ने हो । वास्तविक शान्ति आर्थिक विकास र जनसम्पन्नताले नै पूरा हुने छ । अतयव शान्तिलाई तार्किक निष्कर्षमा पुर्‍याउन जननियन्त्रित सेना र जनतामा पनि सैन्य ज्ञान हुनुपर्छ ।

 श्रमजीवी जनताको चौथो एजेण्डा हो- जनसंविधान निर्माण गर्नु । आज राजनैतिक र नोकरशाही यथास्थितवादी एवं प्रतिक्रियावादीहरु २०४७ सालको संविधान फर्काएर ल्याउन चाहन्छन् । संविधान सुझाव संकलन र संविधान सभाका विभिन्न समितिका बहस एवम् निर्णयहरुले जनसंविधान निर्माणका लागि जे आधार तयार पारेको छ, त्यसबाट सबै प्रतिक्रियावादी र संशोधनवादीहरु समेत आफ्नो मनमौजी दिनले डांडा काट्न थालेको महशुस गरेका छन् । त्यसकारण उनीहरु नयां संविधान बनाउने पक्षमा छैनन् ।

 नेपाली कांग्रेस र एमालेले नेपालको नयां संविधानमा शासकीय प्रणाली कस्तो हुने ? के को आधारमा संघीय प्रणाली खडा गर्ने ? भन्ने आधारभूत प्रश्नहरुको स्पष्ट जवाफ दिएका छैनन् । एकीकृत नेकपा माओवादीले नयां नेपालको शासकीय प्रणाली राष्ट्रपतीय हुनुपर्छ र उत्पीडित जाति र क्षेत्रलाई आधार बनाएर संघीय राज्य खडा गर्नुपर्छ भनी स्पष्ट जवाफ दिएको छ । यसैको पक्षमा नै देश उठेको देखेर पुरानै भुतप्रेतहरु तर्सिएका छन् ।

 नयां नेपालको नयां संविधान निर्माण गर्न नै संविधानसभाको चुनावमा जनताले हामीलाई जिताएका हुन् । आज त्यो निर्वाचनमा हारेका र आफ्नै पार्टीमा पनि हारेका मानिसहरु विस्तारवादका कठपुतली बनेर सरकारको नेतृत्व गर्न पुगेका छन् । अमेरिकी साम्राज्यवादको बुई चढेको भारतीय विस्तारवादका दलालहरुले कसरी नयां जनसंविधान बनाउाछन् ? त्यसकारण तेश्रो जनआन्दोलनको आवश्यकता जनताले महसुस गरिसकेका छन् ।

 जनताको पांचौं र सबभन्दा महत्वपूर्ण एजेण्डा भनेको नागरिक सर्वोच्चता कायम गर्न, राष्ट्रियताको रक्षा गर्न, शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन र जनसंविधान निर्माण गर्न, उत्पीडित जाति र क्षेत्रलाई अग्राधिकार दिएर संघीय राज्य निर्माण गर्न एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीको नेतृत्वमा राष्ट्रिय संयुक्त सरकार बन्नुपर्छ । यो देशभक्त, जनतान्त्रिक र वामपन्थीहरुको संयुक्त सरकार हुनुपर्छ । देश विस्तारवादका गुलामहरुको हातमा दिएर बर्बाद पार्न हुादैन । यस्तो राष्ट्रिय संयुक्त सरकार नबनी देश सामाजिक, आर्थिक र सांस्कृतिकरुपले रुपान्तरण हुन सक्तैन । जो आफै रुपान्तरण हुन चाहंदैन त्यसले समग्ररुपमा देशलाई कसरी रुपान्तरण गर्छ ? यो आन्दोलन यही प्रश्नको उत्तर हो ।

 आदरणीय जनसमुदाय तथा साथीहरु ! राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिले सकारात्मक रुपमा कोल्टे फेर्दै छ । अहिले जुन ठोस परिस्थिति पैदा भएको छ यसबाट जनताको पक्षमा पनि आन्दोलनको आगो बाल्न शुरु गरेका छौं र यसलाई दावानलमा परिणत गरौं । एउटा नयां र सुन्दर बिहानीको स्वागत गर्न सकेजति बल लगाऔं । संसार उत्पीडित वर्गकै लागि स्वर्ग बनाउन यो आन्दोलनको आगो दन्कन थालेको छ ।

 
7 टिप्पणीहरु

Posted by on नोभेम्बर 11, 2009 in BLOG, GUEST

 

7 responses to “माओवादी आन्दोलनका एजेण्डाहरु

  1. Stalin

    नोभेम्बर 11, 2009 at 11:15 बेलुका

    “जहां काली चमडी के माथे पर गुलामी की मोहर लगी हुइ है वहां सफेद चमडी भी मुक्त हो नहीं पाएगा ।” yo quotation kina hibdi ma ? K lenin le hindimai bhaneka thiye ? haina bhane hindaimai kina ?

     
  2. sumit

    नोभेम्बर 11, 2009 at 11:16 बेलुका

    नागरिक सर्वोच्चता (Civilian Supremacy), राष्ट्रिय स्वाधिनता (National Independency) jasta kura sarkar bahira huda matra falakne maobadi bani hami sabai lai thaha bhaisakyo.

     
  3. raksha

    नोभेम्बर 12, 2009 at 5:21 बिहान

    lau aaja simhadurbar gherna jane haina ta?

     
  4. kshitiz

    नोभेम्बर 12, 2009 at 5:24 बिहान

    jane ni kina najane ? Lau jau aba nagarik sarvochchata khojna.

     
  5. sadak pokhrel

    नोभेम्बर 12, 2009 at 5:27 बिहान

    sadak ma nagarik sarvochchata khojne murkha manav haru.

     
  6. thakuri mailo

    नोभेम्बर 12, 2009 at 7:46 बिहान

    sadaj nam gareko euta nirjib jantu pratikriya janauchha.

     
  7. raksha

    नोभेम्बर 12, 2009 at 7:49 बिहान

    tei ta bhamchhu ma pani

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: