RSS

आन्दोलन वार कि पार ?

12 Nov

एकिकृत नेकपा (माओवादी)को नेतृत्वमा नागरिक सर्वोच्चताका लागि चलिरहेको दोस्रो चरणको कार्यक्रम अन्तर्गत सिंहदरबार घेर्न लाखौं जनता सडकमा ओर्लने भएका छन् । स्वदेशी प्रतिगामीहरूको नेतृत्व रहेपनि विदेशी षडयन्त्रकारिहरूको इशारामा बनेको वर्तमान कठपुतली सरकारमा सहभागी दलहरूमध्ये नेपाली कांग्रेसको संविधानसभा विघटन गरी राष्ट्रपतीय शाषन लागू गर्ने योजना सार्वजनिक भएपछि आक्रोशित भएको जनसागर सिंहदरबार वरपर उर्लने भएपछि आन्दोलन उत्कर्षमा पुग्ने र यसले नयां फड्को मार्ने अवस्था रहेको धेरैको अनुमान छ ।

असार २४ गतेबाट शुरु भई झन्डै १ महिनासम्म चलेको माओवादी केन्द्रीय समितिको बैठकले आन्दोलनको प्रारम्भिक प्रारुप कोरे पनि आन्दोलनलाई योजनाबद्ध ढंगले अगाडि बढाउन साउन १९ गते बसेको स्थायी समितिको बैठकले पहिलो चरणको कार्यक्रम घोषणा गरेको थियो ।

नागरिक सर्वोच्चता स्थापित गर्न तथा राष्ट्रपतिले चलेको असंवैधानिक कदमका विरुद्ध जनआन्दोलन गर्ने निर्णय गरेअनुरूप आन्दोलनलाई अगाडि बढाउनका लागि भदौ ३ गते संयुक्त राष्ट्रिय जनआन्दोलन समितिको राष्ट्रिय भेला गरिएको थियो । डा. बाबुराम भट्टराईको अध्यक्षतामा गठित समितिले त्यसयता नागरिक सर्वोच्चताका लागि राष्ट्रपतिको गलत कदमका विरुद्धमा योजनाबद्ध रूपमा आन्दोलनका कार्यक्रमहरू शान्तिपुर्ण रूपमा सञ्चालन गर्दै आएको छ । नागरिक सर्वोच्चता र राष्ट्रिय आत्मसमर्पणवाद विरुद्ध राष्ट्रपतिको गलत कदम सच्याउने लगायतका जनजीविकासँग सम्बन्धित ४५ सूत्रीय माग सार्वजनिक गरी संयुक्त राष्ट्रिय जनआन्दोलन समितिले आन्दोलन अगाडि बढाएको हो ।

जनआन्दोलन समितिले अगाडि सारेको मागउपर सरकारले कुनै सुनुवाई नगरेपछि समितिले कात्तिक १५ गतेबाट दोस्रो चरणको आन्दोलनका कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसै क्रममा समितिले आज र भोलि सिंहदरबार घेराउ गर्ने कार्यक्रम अगाडि सारेको छ । आजको सिंहदरबार घेराउ कार्यक्रममा एकिकृत माओवादीका अध्यक्ष प्रचण्ड, उपाध्यक्षत्रय किरण, बाबुराम र प्रकाश, महासचिव बादललगायत केन्द्रीय नेताहरू नै सहभागी रहेका छन् ।

यसअघि, जिल्ला प्रशासन कार्यालय घेराउ तथा काठमाडौं उपत्यकाका नाकाबन्दीमा देखापरेको जनसहभागिताले सिंहदरबार घेराउमा जनमानसको अद्भुत सहभागिता हुने र आजसम्मकै इतिहासमा सबभन्दा उल्लेख्य जनसहभागिता भएको आन्दोलन हुने सम्भावना देखिएको छ । यस अर्थमा आन्दोलन एकपछि अर्को गरि उत्कर्षमा पुग्दै गरेको र निकट भविश्यमै यसले अर्को फड्को हान्ने अवस्थामा पुगेको विश्लेषण गर्नेहरूपनि प्रशष्तै रहेका छन् । आन्दोलनमा भएको अभुतपूर्व जनसहभागिताले नागरिक सर्वोच्चता र राष्ट्रपतिको गलत कदमको विपक्षमा व्यापक जनमत रहेको प्रमाणित भएको छ । आन्दोलनले प्रप्त गरेको यस अपार सफलतासंगै आन्दोलनमा हिंसा भड्काउन भिजिलान्ते प्रयोग गर्ने र परिआए सेना लगाएर दमन गर्ने दाउमा रहेको सरकारपनि एक कदम पछि हटेर निषेधाज्ञा फिर्ता गर्ने र कर्मचारिलाइ राति नै अफिस आउन सर्कुलर गर्नेसम्मको रक्षात्मक अवस्थामा पुगेको छ । यस अर्थमा पनि आन्दोलनप्रति देखिएको जनमत र समर्थनले नागरिक सर्वोच्चताको पक्ष र राष्ट्रपतिले चालेको गलत कदमको विरुद्ध माओवादीले अगाडि सारेको माग जनअनुमोदित भएको छ ।

सूर्यबहादुर थापा, रुक्माङ्गद कटवालजस्ता घोर प्रतिगामी, दक्षिणपन्थी र अधिनायकवादका हिमायती बाहेक अन्य कसैले पनि नागरिक सर्वोच्चताको लागी राष्ट्रपतिले चालेको गलत कदमको विपक्षमा माओवादीले गरेको आन्दोलनको विरोध गरेका छैनन् । त्यसो त नागरिक सर्वोच्चता लोकतन्त्रको आत्मा भएको कारणले गर्दा नागरिक सर्वोच्चताको विपक्षमा दक्षिणपन्थी अधिनायकवादका दाबेदार बाहेक लोकतन्त्रका हिमायती अरू कोही पनि उभिन नसक्ने अवस्था रहेको हो । उता, सरकारले जनअनुमोदित मागलाई पूरा गरी देशको राजनीतिक अवस्थालाई सामान्य अवस्थामा फर्काउने दिशामा अहिलेसम्म चासो देखाएको छैन । यदि सरकारले चासो देखाएको भए माओवादी जनआन्दोलन दोस्रो चरणको संघर्षका कार्यक्रम अगाडि बढाउने थिएन । देशको राजनीतिक अवस्था स्वतः सामान्यीकरण हुने थियो । तर भारतीय विस्तारवादको पक्षपोषक यो कठपुतली सरकार भने उल्टै माओवादीले पूर्व घोषित संघर्षका कार्यक्रम हेरफेर गरेकोमा माओवादी आन्दोलनबाट पछि हटेको भनी जनतामा भ्रम छर्ने प्रयास गरिरहेको छ ।

नागरिक सर्वोच्चताका लागी राष्ट्रपतिको गलत कामको विपक्षमा सञ्चालित आन्दोलनलाई वार या पारको अवस्थामा पुर्‍याउन पर्ने दबाब कार्यकर्ताले माओवादी नेतृत्वलाई दिंदै आएका छन् । कार्यकर्ताको दबाब र जनताको आकांक्षालाई माओवादी नेतृत्वले उपेक्षा गर्नसक्ने अवस्था रहेको छैन । एकाध दिनमै माओवादीको माग सम्बोधन नभएमा माओवादीले तेस्रो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने र सो कार्यक्रमले नै वार या पारको निश्चित गर्ने विश्लेषकहरूको अनुमान छ । यि सवै तथ्यहरूलाइ मध्यनजर गरेर हेर्दा देशको अवस्था अझै यस्तै रहिरहने हो र आन्दोलनमा देखिएको जनसहभागितालाई न्यूनीकरण गरी सरकारले माग सम्बोधन गर्न आलटाल गरिरहने हो भने आगामी दिनमा संघर्षका झनै कडा कार्यक्रम घोषणा गर्न माओवादी पछाडि नहट्ने निश्चित छ । यदि माओवादीले तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य भयो भने त्यस्ता कार्यक्रमले वर्तमान सरकारलाई पूर्वराजा ज्ञानेन्द्रको हैसियतमा पुर्‍याउने कुरामा कुनै पनि विवाद छैन ।

 

आजको आन्दोलनमा कसको जिम्मा कहां ?

 भद्रकाली :  

माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा किरण, बादल, सुमन लगायत मजदुर र सामना सांस्कृतिक परिवार तथा ताम्सालिङ राज्यसमिति ।

माइतीघर मण्डला :

माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईको नेतृत्वमा दिवाकर, झक्कु सुवेदी लगायत विभिन्न गणतान्त्रिक समिति र बैकुण्ठ-चेतनारायण सांस्कृतिक परिवार ।

पद्मोदय मोड :   

माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा गौरव, पवनमान श्रेष्ठ लगायत काठमाडौं जिल्ला समिति र सेनच्याङ सांस्कृतिक परिवार ।

सडक विभाग मोड :

माओवादी पोलिटब्युरो सदस्य पम्फा भुसालको नेतृत्वमा रेखा शर्मा लगायत ललितपुर जिल्ला समिति र मजदुर कलाकार ।

सिडिओ कार्यालय मोड :  

माओवादी केन्द्रीय सदस्य कृष्णध्वज खड्काको नेतृत्वमा विद्यार्थी र पुष्प गर्जन सांस्कृतिक परिवार ।

हनुमानस्थान :      

माओवादी स्थायी समिति सदस्य देव गुरुङको नेतृत्वमा दिलिप प्रजापति लगायत भक्तपुर जिल्ला समिति र धौलागिरि सांस्कृतिक परिवार ।

मिर्मिरेचोक (घट्टेकुलो) :  

माओवादी स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलको नेतृत्वमा ईश्वरी दाहाल लगायत रामेछाप-काभ्रे-महोत्तरी गणतान्त्रिक सम्पर्क समिति र काठमाडौं जिल्लाका कलाकार ।

कालिकास्थान मोड :       

माओवादी स्थायी समिति सदस्य वर्षमान पुन (अनन्त)को नेतृत्वमा बुद्धिजीवी र चिराग सांस्कृतिक परिवार ।

पूर्वी गेट :    

माओवादी स्थायी समिति सदस्य टोपबहादुर रायमाझीको नेतृत्वमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ ।

 
5 टिप्पणीहरु

Posted by on नोभेम्बर 12, 2009 in BLOG, NEWS

 

5 responses to “आन्दोलन वार कि पार ?

  1. सुरेश कुमार

    नोभेम्बर 12, 2009 at 11:46 बिहान

    विद्यार्थीहरुले धर्ना दिएको क्षेत्रमा प्रहरीले धर्नाकारीमाथि अश्रुग्याँस र लाठी प्रहार गरेका छन् । समाचार अनुसार १२ बजेर ५० मिनेट जाँदा उक्त झडप भएको हो ।

     
  2. वि घले

    नोभेम्बर 12, 2009 at 11:49 बिहान

    हिजो बेलुका देखि नै सिंहदरबारका सबै गेट क्षेत्रमा नेपाली सेनाको नारायण दल गणका सेनालाई खटाइएको थियो।
    स्ट्याण्ड बाइ राखिएको सेनालाई सम्भावित दुर्घटनालाई रोक्नका लागि मात्र बल प्रयोग गर्ने अधिकार दिइएको छ।
    यसअघि गृहमन्त्रालयमा बसेको सुरक्षा अगंका प्रमुखहरुको बैठकमा गृहमन्त्रीलाई सेनालाई पनि ब्याकअफ फोर्सको रुपमा खटाउन माग गरेपछि गृहमन्त्रीले प्रहरीको मात्र भर नपरी प्रधानमन्त्री र रक्षामन्त्रीसँग कुरा गरी सेनालाई परिचालनको बाटो खुलाइदिएका थिए।
    सेनाले पनि आन्दोलन हिंसक रुपमा परिणत हुने सम्भावनालाई रोक्न भनेर आफूलाई पनि सहयोग गर्न दिइयोस् भनेर केहि दिनदेखि नै रक्षामन्त्री र प्रधानमन्त्रीमार्फत भन्दै आएको थियो।

     
  3. जस्मीना

    नोभेम्बर 12, 2009 at 11:54 बिहान

    घेराउ कार्यक्रम सुरुवात गर्ने क्रममा अध्यक्ष दाहालले आन्दोलनको अर्को चरण आमहड्ताल हुने बताउनुभयो ।
    यसअघि कर्मचारीहरुलाई माओवादीको घेराउ कार्यक्रम सुरु हुनुअगावै कार्यालयमा प्रवेश गर्न निर्देशन (circular) गरिएको थियो यसैले धेरै मन्त्री र कर्मचारीहरु सिंहदरबार प्रवेश गर्न सफल भएका छन्।
    उनिहरूमध्ये कतिपय राति कार्यालयमै सुतेका थिय ।

     
  4. gurung kailo

    नोभेम्बर 12, 2009 at 1:43 बेलुका

    लाठीचाजैपछि भएको भागदौड र प्रहरीको लाठी प्रहारबाट संयुक्त राष्ट्रिय जनआन्दोलन समितिका उपाध्यक्ष अमिक शेरचनको हात भाँचिएको छ भने बर्षमान पुन ‘अनन्त’को टाउको फुटेको छ । प्रहरी हस्तक्षेपबाट माओवादी सभासदहरु दामा शर्मा, सुसमा शर्मा घिमिरे, सरला रेग्मी, लीला भण्डारी, सुकदैया चौधरी, केशब भण्डारी, पुरन राना थारु, रुपा चौधरी, भगत बडुवाल र गुणाखर बस्याल घाइते हुनु भएको छ ।
    यसैगरी काभ्रे जिल्ला इन्चार्ज बन्धु सापकोटा, सिन्धुपाल्चोक जिल्ला वाइसीएल इन्चार्ज ‘सुबोध’ र अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष रामदीप आचार्य पनि घाइते हुनुभएको छ ।
    यसैगरी रामेछापका परशु चौलागाइँ, भक्तपुर बालकोटका राजन खत्री, काभ्रे फुलबारीका रामप्रसाद बोलेखे, काभ्रे पाँचखालका शालिकराम लुइँटेल, काभ्रे पनौतीका बालकृष्ण नापीत, काभ्रेकै सुवास राई, ललितपुर चापागाउँका धिरज खड्का, पाटनका जोगलाल महर्जन, रामेछापका प्रेम श्रेष्ठ घाइते हुनु भएको छ ।
    यसैगरी भक्तपुर नङखेलका रामकृष्ण तामाङ, भक्तपुरकै जोबन बहादुर लामा, लेखक राई, सिन्धुपाल्चोकका सुजन लामा पनि घाइते हुनुभएको छ । लामाको टाउकोमा रबरको गोली लागेको छ ।
    घाइतेहरु सबैको नयाँ बानेश्वरस्थित एभरेष्ट नर्सिङहोमलगायत बिभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

     
  5. Venilla

    नोभेम्बर 12, 2009 at 1:45 बेलुका

    yo mula amik serchan lai bhakurera chahi thikai bhayo. bado rastrapati lai bhot halera jitaune bhayeko thiyo.

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: