RSS

राजधानी दैनिकका पत्रकार आन्दोलनमा

13 नोभ

राजधानी दैनिकको मूलगेटमा तीन सूत्रीय माग सहित राखिएको ब्यानर

राजधानी दैनिकको मूलगेटमा तीन सूत्रीय माग सहित राखिएको ब्यानर

राजधानी दैनिकका पत्रकार जन्मदेव जैसीलाई विनाकारण निलम्बन गरिएपछि बिहीबारदेखि औपचारिक आन्दोलनमा उत्रिएको नेपाल पत्रकार महासंघ उपत्यकास्तरीय संघर्ष समितिले सो दैनिकको मूलगेटमा विहिवार राखेको ब्यानर संस्थाका कार्यकारी अधिकृत डोलेन्द्र थापाले टुक्रा-टुक्रा पारी च्यातेर फालेका छन् । संघर्ष समितिका सदस्य एवं नेपाल पत्रकार महासंघ ललितपुर शाखाका सचिव पूर्ण वराइलीको नेतृत्वमा सो दैनिकको मूलगेटमा तीन सूत्रीय माग राखी कालो ब्यानर राखेको थियो ।

‘मलाई डोलेन्द्र सरले ब्यानरको छेउमा उभिएर च्यात्न लाउनुभयो,’ राजधानी दैनिकका एक कर्मचारीले सेक्युरिटी गार्ड चन्द्रबहादुर श्रेष्ठलाई उधृत गर्दै भने । गार्ड श्रेष्ठले ‘मलाई त अह्राको गर्नैपर्‍यो के गर्नु र’ भनेको ती कर्मचारीले बताए ।

थापाको सो कार्यशैलीको नेपाल पत्रकार महासंघ उपत्यका स्तरीय संघर्ष समितिले भर्त्सना गरेको छ । समितिका संयोजक गोविन्द चौंलागाईंले निलम्बन फुकुवा एवं करारपत्र खारेजीका लागि सांकेतिक विरोध स्वरूप झुन्डयाइएको सो ब्यानर जिम्मेवार व्यक्तिबाट च्यातिनुले व्यवस्थापन पूरै गैरजिम्मेवार भएको जनाएको बताए ।

पत्रकार जैसीलाई बिना शर्त तत्काल निलम्बन फुकुवा गर्नुपर्ने, जबर्जस्ती वितरण गरिएको करारपत्र खारेज गरी काम शुरु गरेको मितिदेखिको स्थायी नियुक्तिपत्र प्रदान गर्नुपर्ने र श्रमजीवी पत्रकारसम्बन्धी ऐन कार्यान्वयन गर्नुपर्ने माग राखी समितिले सो आन्दोलन शुरु गरेको हो । समितिका सदस्य वराइलीले ब्यानर च्यात्नुले वार्ता र संवादको सट्टा समस्यालाई झन् चर्काउने व्यवस्थापनको कुनियत प्रस्ट भएको बताए । 

‘व्यवस्थापनको यो रवैयाबाट महासंघ कडा संघर्षमा उत्रिन बाध्य भएको छ,’ संयोजक चौंलागाईंले चेतावनी दिंदै भने, ‘आन्दोलनबाट सिर्जित सम्पूर्ण परिणाम स्वयं व्यवस्थापन पक्ष नै हुनेछ ।’

यसैबीच, पत्रकार जैसीको निलम्बन विनाशर्त फुकुवा हुनुपर्ने भन्दै राजधानी दैनिकमा कार्यरत कर्मचारी, पत्रकार एवं मजदुरहरूले पनि संघर्षमा जाने बताएका छन् । उनीहरूले प्रचारात्मक आन्दोलनको शुरुवातका लागि राजधानी दैनिकको कार्यालयमा भित्तेलेखन, पर्चा पम्पलेट टांस्ने, कालो झन्डा प्रदर्शन गर्नेलगायतका कार्यक्रमहरू पनि तय गरिसकेका छन् । त्यस्तै, लेखाशाखामा कार्यरत सहलेखापाल राजिन पोखरेललाई बिनाकारण निष्कासित गरेको भन्दै कर्मचारीहरूले उनको पनि तत्काल पुनर्वहालीको माग गरेका छन् ।

 

Advertisements
 
टिप्पणी छोड्नुहोस्

Posted by on नोभेम्बर 13, 2009 in NEWS

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

 
%d bloggers like this: