RSS

नगर विकास समिती भालुवाङ प्रकरणको वास्तविकता

15 Nov

दाङ –

नगर विकास समिति भालुवाङको १० लाख रकम राजनीतिक दलका प्रतिनिधिहरुले हिनामिना गरेको कुरा शुक्रबार सार्वजनिक भएपछि एकिकृत नेकपा माओवादीको प्रतिनिधिको रुपमा सहभागी भएका भनिएका विष्णु रिजालले शनिबार घोराहीमा पत्रकार सम्मेलन गरी उक्त घटनाबारे थप जानकारी दिएका छन् ।

पत्रकार सम्मेलनमा रिजालले रकम बांडफांडको खेलमा आफु पार्टी प्रतिनिधिको रुपमा नभई व्यक्तिगत रुपमा सहभागी भएको र पार्टी प्रतिनिधि यमनारायण पोख्रेल ‘विश्वास’ले काठमाण्डौं नजान अनुरोध गर्दागर्दै आफु डेलिकेशनमा गएको पनि बताए । दोश्रोपटक डेलिकेशनका लागी काठमाण्डौं जांदा वन मन्त्रालयका कर्मचारीहरुलाई घुस खुवाउनका लागि नगर विकास समितिको घडेरी बिक्री गरी पैसा जम्मा गर्ने र कर्मचारीहरुलाई घुस दिनेसम्बन्धी कुरा राजमोका लालमणि शर्मा र राप्रपाका अलि मोहमदले गरेको र आफूहरु सबै सहमत भएको कुरा उनले पत्रकारमाझ बताए । पछि यसवारेमा पार्टी नेता विश्वासले बजारमा यस्तो हल्ला छ के हो ? भनि सोध्दा हैन अनावश्यक हल्ला हो भनी झुट कुरा गरेको पनि उनले वताए ।

उनले दाङवाट प्रकाशित हुने जनउभार साप्ताहीकलाइ दिएको लिखित वयान अनुसार समितिको दोस्रोपटक डेलिकेशन जांदा पार्टी नेता विश्वासले नजान भन्दाभन्दै पार्टीलाई जानकारी नै नदिई स्थानीय बासिन्दाको हैसियतमा गएका थिए र त्यतिवेला उनले १ लाख १० हजार खाएको नभई अलि मोहमदबाट १० हजारमात्र लिएकोपनि बताए ।

 

अभियुक्त विष्णु रिजालले लिखितरुपमा दिएको बयान :-

म विष्णु रिजाल, भालुवाङ नगर विकास समितिको दोस्रोपटक डेलिकेशन जांदा पार्टी नेता विश्वासले नजान भन्दाभन्दै पार्टीलाई जानकारी नदिई पार्टी प्रतिनिधि नभई स्थानीय बासिन्दाको हैसियत गएको हुं । डेलिकेशन जांदा वन मन्त्रालयका कर्मचारीहरुलाई घुस खुवाउनका लागि नगर विकास समितिको घडेरी बिक्री गरी पैसा जम्मा गर्ने र घुस दिने विषयमा पार्टी नेता विश्वासले बजारमा यस्तो हल्ला छ के हो ? भनि सोध्दा मैले हैन अनावश्यक हल्ला हो भनी झुट कुरा गरेको हुं ।

वनका कर्मचारीहरुलाई घुस दिनेसम्बन्धी कुरा लालमणि राम्रो शर्मा र अलि मोहमदले गरेका हुन् । वनका कर्मचारीलाई दिएर बचेको रकम डेलिकेशन गएको टोलीले बांडी खाने सहमति सबैको भएको हो । मैले काठमाण्डौमा छोराको भर्नाको लागि रु. १० हजार मात्र अलि मोहमदसंग लिएको हुं । वनका कर्मचारीहरुलाई के कति घुस दिइयो र के कति बचेको हो, कस-कसलाई के कति भाग परेको हो ? काठमाण्डौबाट आएपछि मसंग कसैले पनि भनेको छैन र मैले रकम पनि पाएको छैन ।

यस प्रकरणमा मेरो पार्टी एकिकृत नेकपा माओवादीको बदनाम हुने जुन काम गरें त्यो मैले ठुलो अपराध गरें । अब पार्टी र त्यहांका जनताले मलाइ जुन सजाय दिन्छन् म भोग्न तयार छु । अब आइन्दा म यस्तो जनविरोधी काम गर्ने छैन । अब म सुध्रिन चाहन्छु, मैले गरेको गल्तीको प्रायश्चित गर्दै सजाय भोग्न आतुर छु । मलाई सुध्रिनका निम्ति सहयोग गर्न सबैसंग विनम्र अनुरोध गर्दछु ।

बिष्णु रिजाल, भालुवाङ

 

  यसैबीच, एकिकृत माओवादी भालुवाङ नगर विकास समितिका प्रतिनिधि यमनारायण पोख्रेल ‘विश्वास’ले हिनामिनाको खबरले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउंदै नगर विकास समितिको रकम संस्थाकै अध्यक्ष एवम् जिम्मेवार पदाधिकारीहरुको मिलोमतोमा हिनामिना भएकोप्रति घोर निन्दा एवम् भर्त्सना गर्नुभएको छ । विज्ञप्तीमा उहांले राजनीतिक प्रतिनिधिको हैसियतले संस्थाभित्र भएको आर्थिक हिनामिना र अपारदर्शिताको छानविन गरी दोषीउपर कडा कार्वाही गर्न पहल गर्ने बताउनुभएको छ । उक्त कार्यमा एकिकृत नेकपा माओवादीको कुनै संलग्नता नरहेको जानकारी गराउंदै विश्वासले माओवादी प्रतिनिधि भनिएका विष्णु रिजाल पार्टी प्रतिनिधि नभएको स्पष्ट पार्नुभएको छ ।

 

बिहीबार राजमोले घोराहीमा पत्रकार सम्मेलन गरी बताए अनुसार निम्न व्यक्तिले निम्न रकम खाएका थिए :-

क्रम

संस्थाको नाम

व्यक्तिको नाम

लिएको रकम

एकिकृत माओवादी

विष्णु रिजाल

१ लाख १० हजार

फोरम (लोकतान्त्रिक)

गोरखनाथ कसौधन

१ लाख १० हजार

एमाले

धर्मराज अधिकारी

७५ हजार

राप्रपा

अलि मोहमद मिया

१ लाख

राजमो

लालमणि शर्मा

१ लाख

कांग्रेसका

नुमानन्द सुवेदी

१ लाख

वन मन्त्रालय

प्रेम कंडेल

५० हजार

वन मन्त्रालय

माधव आचार्य

२५ हजार

 
2 टिप्पणीहरु

Posted by on नोभेम्बर 15, 2009 in NEWS

 

2 responses to “नगर विकास समिती भालुवाङ प्रकरणको वास्तविकता

  1. ghale

    नोभेम्बर 16, 2009 at 10:24 बिहान

    जनउभार साप्ताहीकलाइ धन्यवाद ।

     
  2. Vikey

    नोभेम्बर 16, 2009 at 12:52 बेलुका

    Rajnitik sahamati ko nam ma yi chor haruko parda fas bhayeko ma sambandhit pakshya lai dhanyabad. Yi rakam khane harulai kasto kanuni karbahi hunchha tesko barema khai ta kehi pani dekhiyena ta.

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: