RSS

“भारतीय माओवादीहरु विस्तार हुंदै”

15 Nov

–  जीम यारङली

बार्सर, इन्डिया /

इन्द्रावती नदीकिनारमा पुगेपछि भारत लगभग समाप्त हुन्छ । त्यहां भारतीय अर्धसैनिक नदीपारिपट्ट आफ्ना मेसिनगन ताकेर बस्छन् । नदीपारिका घनाजंगल र हिमाल त्यहांका राज्य विद्रोही माओवादी विद्रोहीको कब्जामा छन् । ‘त्यो इलाका उनीहरूको स्वतन्त्र क्षेत्र हो’ छत्तीसगढमा कार्यरत प्रहरी अधिकारी पी अजोक भन्छन् ।

वर्तमानमा भारतका २० बढी राज्यमा माओवादी विद्रोहीको दरिलो उपस्थिति छ । उनीहरू हाल विस्फोटक र घातक हिंसामा होमिएका छन् । तथ्यांकअनुसार, भारतका माओवादी विद्रोहीले विगत चार वर्षमै नौ सयभन्दा बढी भारतीय सुरक्षा अधिकारीको ज्यान लिइसकेका छन् । कुनै बखतमा माओवादीलाई बासी विचारबाट ग्रस्त मानिसको समूह भनेर ठान्ने भारत सरकारले अहिले ७० हजार अर्धसैनिकको सहायताबाट माओवादीविरुद्ध लड्न दीर्घकालीन बलको नियुक्ति गर्ने तयारी गरिहेको छ, फलस्वरूप माओवादी गुरिल्लालाई खोजी गर्ने, धपाउने र एक्ल्याउने प्रयासमा भारत सरकार तयारी गर्दैछ ।

भारतीय ‘प्रजातन्त्रका’ लागि यसरी बढ्दै गएको माओवादी हिंसा वृहत छलफलको विषयमात्र नभएर एउटा प्रमुख चुनौती बनेको छ । विगतमा भारतले मुठ्ठीभर आतंकवादीलाई राज्यको मूलधार राजनीतिमा ल्याउन सफल भएको थियो । तर, यसको ठीक विपरीत माओवादी न त हतियार त्याग्न नै चाहन्छन्, न मूलधारमा फर्कन नै । बरु राज्य प्रणाली नै उल्ट्याउने चाहनामा छन् ।

भारतीय माओवादीको दावा भनेको उनीहरूको अभावग्रस्त भारतका समुदायहरूमाथि प्रतिनिधित्व हो । मुख्य गरी आदिवासी जनजाति समूहहरू, जो देशकै उच्च गरिबीको चपेटामा थिचिएका छन्, निरक्षर छन् र जहां सर्वाधिक बाल मृत्युदर रहेको छ । त्यस समूहको उत्थानमा माओवादीको आफ्नो संघर्ष रहेको दाबी गर्छन् । हुन त केही बुद्धिजीवीले यसबारेमा सहानुभूति देखाएका छन् । तर, माओवादीको युद्धले त्यस समुदायप्रतिको दृष्टिकोणमा राज्यले विचार गर्ने पर्ने अवस्था निम्त्याएको छ ।

इतिहासविद् रामचन्द्र गुहाको विचारमा सम्पूर्ण समस्याको जरा ‘अभाव र भोकमरी’ रहेको छ । उनी भन्छन्, ‘ माओवादी त्यही समस्याका कुरूप प्रतिविम्बमात्र हुन्, वास्तवमै यो भयावह समस्या हो, जुन तुरुन्तै हराउने सम्भावना छैन ।’

भारतले हासिल गरेको आर्थिक वृद्धि उसका लागि संसारकै शक्तिमान उदय हो, तर त्यही भारत भयावह सामाजिक असमानताबाट गुज्रिरहेको छ र यो क्रम अझ गहिरिने अवस्थामा छ । माओवादी राज्यले आदिवासी जनजातिलाई उनीहरूको जमिनभरिको स्वामित्वबाट हरण गरी त्यहां प्राप्त कच्चा पदार्थमाथि पहुाच लिन खोजेको आरोप लगाई त्यहां खनिएका सडक, पुल, इन्धन वितरण लाइन आदि ध्वस्त पारेको बताउंछन् । भारतको छत्तीसगढ राज्य कब्जामा लिएका माओवादीले हजारौं वर्ग माइल क्षेत्र अब छिमेकका उडिसा, विहार, झारखण्ड, महाराष्ट्र आदि राज्यमा पनि उत्तिकै घनीभूत उपस्थिति देखाएका छन् । आफ्नो लालमार्ग मध्ये र पूर्वी भारततर्फ पनि सशक्त बनाएका छन् ।

हाल भारतमा प्रत्येक दिन हिंसाका समाचार सुन्न पाइन्छ । विगत पांच वर्षमा छत्तीसगढमा मात्रै माओवादीले एक हजारभन्दा बढी घरेलु विस्फोटक साधन प्रयोग गरिसकेका छन् । गत दुई हप्ताभित्र मात्रै उत्तरखण्डमा दुईवटा विद्यालय जलाइएका छन्, पश्चिम बंगालमा रेल हाइज्याक पछि छोडिएको छ ।

राज्य र माओवादीबीचमा प्रशस्त सम्झौताका प्रयासहरू भए पनि हालसम्मका कुनै उपलब्धिमूलक परिणाम देखिएको छैन । सरकारी प्रतियुद्ध नजिकिदै जांदा युद्धको प्रभावमा पर्ने भनेकै गाउंका आदिवासी जनजाति हुन् । छत्तीसगढको जंगलमा बस्ने आदिवासी प्रहरी र माओवादी नक्सलवादीको युद्धले पहिल्यै बेवारिसे भइसकेका छन् ।

‘पहिला-पहिला हामी बाघ र जंगली भालुबाट डराउंथ्यौं, अहिले प्रहरी र नक्सलवादीको गोलीबाट डर लाग्छ,’ एक गाउंलेले भने ।

सरकारले योजना बनाएको विद्रोह प्रतिरोध अभियान (ओपरेसन ग्रीन हन्ट)अन्तर्गत प्रहरी र अर्धसैनिकलाई जंगलमा माओवादीसंग भिड्न पठाइनेछ र त्यसबाट तिनीहरूलाई दुर्गम स्थानतिर भगाएर समातिनेछ ।

छत्तीसगढ राज्य प्रहरी प्रमुख विश्व रञ्जन भविष्यवाणी गर्छन् कि राज्यको योजनाले ‘एक वर्ष’ वा दुई, तीन वा चार वर्ष लाग्न सक्छ, तर हताहतीको बाबजुद सफलता पाउने विश्वास छ । हिंसामा हताहत नहुने कुनै सिद्धान्त नै छैन । जंगल र बस्तीबाट माओवादीलाई लखेटेपछि ती ठाउंमा विकासका कार्यक्रम लैजाने उक्त योजनामा उल्लेख छ । जसमा यातायात, पुल, नयां विद्यालय निर्माण गरी आदिवासी समुदायको भावना जित्ने कार्यक्रम रहेको छ । साथसाथै स्थानीय सरकारी अधिकारी, गाउंका सामन्त निजी व्यवसायी तथा अन्य असंख्य वर्गबाट दशकौंदेखि शोषितपीडित रहेका आदिवासी समुदायमा कार्यक्रमको सफल कार्यान्वयन त्यति सजिलो रहेको छैन । ब्राउन विश्व विद्यालयमा भारत मामिला विशेषज्ञ आशुतोष मार्सनी भन्नुहुन्छ । ती आदिवासीमा भारतको राजनीतिक आर्थिक मूलधारमा चटके छोडिएका त्यस्ता समूहहरू हुन् जसको वेदना पुछ्नु भारतीय प्रजातन्त्रको अपूर्ण चाहनामै हुनेछ ।

भारतमा माओवादी आन्दोलन सन् १९६७ मा स्थानीय कम्युनिस्टहरूले पश्चिम बंगालमा जमिनसम्बन्धी विवादमा उठाएको सशक्त आन्दोलनको प्रतिफल हो । त्यही ‘नक्सलवादी’ विवादपश्चात् नै विद्रोहको नाम नक्सलवादी हुन गयो । तत्पश्चात् पनि केही कम्युनिस्ट मूलधार राजनीतिमा प्रवेश गरे पनि धेरैजना भूमिगत भए र सन् ८० को दशकसम्म छत्तीसगढको इन्द्रावती नदीपारि इलाकामा सक्रिय रहे । त्यहीबाट माओवादीले पीडित, तर आक्रोशित आदिवासी गाउालेलाई भर्ती गरी अन्य क्षेत्रमा विस्तार भए । केही वर्षसम्म केन्द्रीय राज्यले माओवादी आन्दोलनलाई ‘सामान्य बिमार’ को रूपमा मात्र लियो । तर, जब सन् २००४ मा दुईवटा प्रभावशाली मोर्चा एक भई भारतीय कम्युनिस्ट पार्टी (माओवादी) गठन भयो । तब आन्दोलनले क्रान्तिकारी फड्को मार्‍यो ।

त्यसपछि छत्तीसगढ राज्यमा सशस्त्र सुरक्षाफौजको परिचालन गरियो । तथापि त्यहां सुरक्षाफौजले निर्दोष गाउंलेमाथि आतंक थोपरेको तथा माओवादी खोज्ने निहुंमा अतिवादी क्रियाकलाप गरेको तथ्याङ्क राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकारवादी समूहहरुले सार्वजनिक गरिरहेका छन् । अक्टोबर ८ को लाहेरी गाउंको जस्तो एम्बुसको घटना सोचेभन्दा फरक ढंगले देखापरिरहेका छन् ।

त्यस दिन बिहान प्रहरीको एउटा टोलीले दुईजना माओवादी लडाकुलाई सामान्य फायरिङपछि पिछा गर्दै घेरामा पारेका थिए । त्यसको केही पर खाली धानखेतमा दुई सयका संख्यामा राइफल र मेसिनगनमा सज्जित लडाकुले सुरक्षा अधिकारीलाई फायरिङ सुरु गरे र यथास्थानमा सत्रजना अधिकारीको हत्या गरेका थिए । घन्टौंसम्म दोहोरो भिडन्त भएको थियो ।

सुरक्षाफौजलाई भौतिक कठिनाइका साथसाथै मनोवैज्ञानिक कठिनाइ पनि उत्पन्न भएको छ । माओवादी विद्रोहीले हाल सुरक्षाफौज सानो संख्यामा आफ्नो पोस्टबाहिर निस्कने अवस्था छैन । यहांसम्म कि कुनै सामाजिक क्रियाकलापसमेत उनीहरू ठूलो संख्यामा निस्कनुपर्छ । बारम्बार छत्तीसगढमा सुरक्षाफौजका जवान जेलजस्तो बन्दी जीवन बिताइरहेका छन् । कि पोस्टभित्रै रहने कि गस्ती गर्ने अन्य परिस्थितिमा रहने अवस्था नै छैन ।

माओवादीले ठूला परिणाममा गरेका क्षतिमध्ये लाहेरीदेखि ४० माइल टाढा इसार स्टिलको पाइपलाइनमा गरेको विनाश पनि एक हो । उक्त लाइनबाट भारतको फलाम कारखानाको ७० प्रतिशत कच्चा पदार्थ ओसारपसार हुने गर्दथे । सो लाइनलाई माओवादीलाई ध्वस्त बनाएपछि इसार कम्पनी पूर्णतः बन्द भएको छ भने लाखौं टन कच्चा पदार्थ रहेको क्षेत्रमा निकासी बन्द भएको छ ।

विशेष कक्षका अनुसार यदि भारतले आफ्ना देशको प्राकृतिक स्रोतको उचित सदुपयोग गर्न नसकेमा उसको आर्थिक प्रगति नै नकारात्मक हुनेछ । हालसम्मको अनुभवमा माओवादी विद्रोह कुनै शत्रु नभएर त्यही राज्यको जनताको विद्रोह भएकाले आर्थिक प्रगतिको बाटो समात्न मुस्किल देखिएको छ ।

बृहत् संख्यामा सुरक्षा अधिकारीको हताहती तथा माओवादीका ठूला र घनीभूत आक्रमणले गर्दा हाल भारतका विद्वतवर्ग तथा सञ्चारमाध्यममा माओवादी विद्रोहप्रतिको बहस छलफलको प्रखरता पाएको छ ।

भर्खरै लेखक अरुन्धती रायले माओवादीलाई वार्ताको आह्वान गर्दै उनीहरूले हतियार उठाउनु सरकारी दमनविरुद्धको जायज कार्य हो भनी अमेरिकी सञ्चारमाध्यम सिएनएनसमक्ष अवधारणा राख्नु भएको छ । तथापि आदिवासीका पीडाप्रति सहानुभूति राख्ने अन्य धेरै विद्वान्हरूले माओवादीका कार्य सहने सीमा बाहिर भएको धारणा राखेका छन् ।

सुरक्षाफौज र माओवादीको चेपुवामा निर्दोष नागरिक पनि सताइने अवश्यम्भावी छ । केही दिनअगाडि एक स्थानीय बजारको दिन त्यस्तै घटना भएको थियो । जहां सुरक्षाफौजले एउटा गाउंमा छापा मारी दर्जनबढी व्यक्तिलाई माओवादीसाग सांठगांठ भएको भनी फौजमा लिएको थियो । तर, ती व्यक्तिहरू केही मात्र माओवादीका शुभेच्छुक थिए, यथार्थमा ती निर्दोष गाउंले थिए । हाल प्रस्तावित ‘ग्रीन हन्ट’ ओपरेसनले पनि यस्तै अवस्थालाई निम्त्याउने देखिन्छ । स्थानीय एक व्यक्ति आफ्नो दुखेसो पोख्छन्, ‘हाम्रो जीवन सर्वत्र कठिन छ । नक्सलवादीहरू हामीले प्रहरीलाई सहयोग गर्‍यौं भनी सोच्छन् ।’ त्यसैगरी प्रहरी नक्सलवादीलाई सहयोग गरेको आरोप लगाउंछन् । हामी कुन पक्षको आक्रमणमा परी पहिला मरिन्छ भन्ने चिन्तामा व्यग्र छौं ।

 

अनुवादः दिनेश थापा

 
3 टिप्पणीहरु

Posted by on नोभेम्बर 15, 2009 in Analysis, NEWS

 

3 responses to ““भारतीय माओवादीहरु विस्तार हुंदै”

  1. zohn mayer

    नोभेम्बर 15, 2009 at 1:01 बेलुका

    Best of luck them

     
  2. KAMAL S.

    नोभेम्बर 15, 2009 at 1:03 बेलुका

    जे होस यो ‘ग्रीन हन्ट’ ओपरेसनको विफलता नै हो ।

     
  3. sushil khadka

    डिसेम्बर 3, 2009 at 1:59 बिहान

    very good ! hope to hear more about Indian revolution.

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: