RSS

गणतान्त्रिक नेपालको नयाँ राजधानी – चितवन

19 नोभ

भरतपुर

 चितवन जिल्लालाई गणतान्त्रिक नेपालको नयाँ राजधानीका रूपमा स्थापित गर्ने कार्यलाई अबबाट अभियानकै रूपमा अगाडि बढाइने भएको छ । सो अभियानका लागि राजधानी स्थापना पहल समितिमार्फत भएका हरेक गतिविधिको तथ्यांकलाई अभिलेखीकरण गरी सूचना केन्द्रमार्फत सार्वजनिकीकरणसमेत गरिने भएको छ । पहल समितिअन्तर्गत गठित प्रचार-प्रसार समितिको बुधबार भरतपुरमा सम्पन्न बैठकले चितवनलाई राजधानी बनाउने विषय सबैको सरोकारका विषय भएकाले स्थानीय सञ्चारमाध्यमलाई पनि प्राथमिकता दिनका लागि अनुरोध गर्ने निर्णय गरेको छ ।

उपसमितिका संयोजक तथा एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का चितवन जिल्ला इन्चार्ज अनिल शर्मा ‘विरही’ को अध्यक्षतामा बसेको बैठकले राजधानी निर्माणका लागि आउने दिनहरूमा गरिने प्रचारात्मक अभियानलाई के-कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल गर्नका लागि यही मंसिर १० गते बुधबार बिहान ११ बजे जिल्ला विकास समिति चितवनको सभाहलमा स्थानीय सबै सञ्चारमाध्यमका प्रमुखहरूसँग अन्तर्क्रिया तथा छलफल कार्यक्रमको आयोजना गर्ने पनि निर्णय गरेको छ । बैठकले राजधानी निर्माणका लागि अहिलेसम्म भएका सबै अभियान, छलफल, बैठक, अन्तर्क्रिया, भेटघाटलगायतका गतिविधिलाई तथ्यांकका रूपमा राख्नका लागि उपलब्ध गराइदिन सम्बन्धित सबै पक्षलाई आग्रह गर्दै चाहिएको बेलामा सबैले सूचना तथा जानकारी पाउन सक्ने गरी सूचना केन्द्रको स्थापना तथा व्यवस्थापन गर्ने निर्णय पनि गरेको छ ।

यसैबीच, गुरुयोजना निर्माण समितिका संयोजक विजय सुवेदीको अध्यक्षतामा पनि सो उपसमितिको बुधबार नै अर्को बैठक सम्पन्न भएको छ । सो बैठकमा चितवनमा बढ्दो प्लटिङ व्यवसाय, शहरीकरण र महागीका बिषयमा व्यापक छलफल गरिएको थिया । चितवनलाई देशको केन्द्रीय राजधानीका रूपमा लैजाँदा आवश्यक पर्ने कृषियोग्य क्षेत्र, औद्योगिक क्षेत्र तथा आवास क्षेत्रको व्यवस्था कसरी र कुन क्षेत्रमा मिलाउने, बढ्दो प्लटिङ व्यवसायलाई कृषियोग्य भूमिमा प्रवेश गर्न नदिन कसरी अघि बढ्ने जस्ता विषयमा बुधबार छलफल भएको संयोजक सुवेदीले जानकारी दिनुभयो । बुधबारको बैठकले जिल्ला प्रविधिक कार्यालय चितवनका इन्जिनियर सानुकाजी कार्कीलाई गुरुयोजना निर्माण समितिको सदस्य-सचिव तोकेको छ ।

Advertisements
 
टिप्पणी छोड्नुहोस्

Posted by on नोभेम्बर 19, 2009 in NEWS

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

 
%d bloggers like this: