RSS

Monthly Archives: डिसेम्बर 2009

कालापानीमा भारतीय सेना : राष्ट्रिय अस्मितामाथि प्रश्न

– रतन भण्डारी

सुदूरपश्चिमाञ्चल विकास क्षेत्र राज्य विभेदको मात्र नभई वैदेशिक हस्तक्षेप एवं राष्ट्रघाती सन्धि सम्झौता केन्द्र रहंदै आएको इतिहास नौलो हैन । यस क्षेत्रमा घटित राष्ट्रघाती घटनाक्रमलाई खोतल्दै जांदा सन् १८६४ तिरै नेपालको एकल स्वामित्वमा रहेको महाकाली नदीको हालको शारदा ब्यारेजदेखि दक्षिण, नदीको बीचबाट रेखा तान्दै तत्कालीन इस्ट इन्डिया कम्पनी सरकारले तयार पारेको नक्सामा महाकालीमा भारतको हक कायम गराउने प्रयास गर्‍यो । जुन घटना नेपालको सीमा अतिक्रमणको इतिहासमा पहिलो मानिन्छ । त्यसपछि चन्द्रशमशेरले शारदा नहर निर्माण क्रममा ४०९३ दशमलव ८८ एकड भू-भाग कम्पनी सरकारलाई बुझाए । Read the rest of this entry »

 
टिप्पणी छोड्नुहोस्

Posted by on डिसेम्बर 31, 2009 in BLOG, GUEST

 

कालापानीमा विस्तारवादको नंग्रा

– रमेश लम्साल

“पश्चिम किल्ला कांगडा, पूर्वमा टिष्टा पुगेथ्यौं, कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौं” यो राष्ट्रिय गीत नसुन्ने र जीवनमा एकपटक नगाउने व्यक्ति कमै होलान् । तर, यो राष्ट्रियगीतमा उल्लेख गरिएको बहादुरी अनि सिमाना रक्षाको मर्मलाई लत्याएर भारतको आडभरोसामा आफ्नो कुर्सी टिकाउने खेलमा नेपालका राजनीतिक दलहरू अविछिन्न रूपमा लागिरहेका छन् । भारतले एकपछि अर्को गर्दै नेपालको भू-भागमाथि हस्तक्षेप गरिरहे पनि कानमा तेल हालेर सुत्ने राज्य सञ्चालकबाट खोसिएको र लुटिएको भूमि फिर्ता ल्याउने सपना कोही कसैले देखेको छ भने त्यो सपनाबाहेक अरू केही हुन सक्दैन । Read the rest of this entry »

 
टिप्पणी छोड्नुहोस्

Posted by on डिसेम्बर 31, 2009 in BLOG, NEWS

 

नेटवर्किङ व्यवशाय : भ्रम र यथार्थ

विश्व अहिले एउटा सांघुरो अर्थवजारमा परिणत हुंदै गईरहेको छ । पुंजिवादी अर्थतन्त्रको मेरुदण्ड मानिने जि ८, विश्वव्यापार संगठन जस्ता संस्थाहरुले अवलम्वन गरेको खुल्ला र विश्वव्यापी वजारनितिका कारण पुंजिवादी अर्थव्यवस्थाले विश्वभर आफ्नो प्रभुत्व जमाउने अवसर पाएको छ । विश्वव्यापिकरणसंगै व्यापार व्यवसायपनि अनेकौं नयां रुपमा विकास हुंदै गएको पाईन्छ । यसैक्रममा कुनैपनि वस्तु तथा सेवाको उपभोग गर्न एक उपभोक्ताले अर्को उपभोक्तालाई गर्ने सिफारिसका आधारमा पिरामिड शैलीमा मानविय संजाल वनाउदै जाने Networking Business (संजालीय व्यवसाय) अहिले विश्वभर नै फस्टाउदै गईरहेको छ । वस्तु तथा सेवा जस्तो भएपनि फरक ढंगवाट व्यापार गर्नु यसको प्रमुख नीति हो । अर्को अर्थमा भन्नुपर्दा परम्परागतरुपमा विद्यमान वितरण प्रणालीवाट फड्को मारेर पुरातन पुंजिवादी अर्थव्यवस्थाको घेरालाइ अझ विस्तारित गर्दै नयां ढंगवाट पुंजिवादी व्यक्तित्व विकासको पछिल्लो प्रयास हो नेटवर्किङ व्यवसाय । Read the rest of this entry »

 
11 टिप्पणीहरु

Posted by on डिसेम्बर 27, 2009 in Analysis, BLOG

 

समझदारी अभावमा अलपत्र श्रम ऐन

रामकृष्ण अधिकारी

अधिकतम सामाजिक सुरक्षा, अधिकतम श्रम लचकता, सर्वाधिकार सम्पन्न राष्ट्रिय मजदुर आयोग कि श्रम अदालत या श्रम कार्यालय भन्नेजस्ता प्रश्न यतिबेला पुनः सतहमा आएका छन् । श्रम ऐन संशोधनका लागि तयार पारिएको मस्यौदामा उद्योगी र मजदुरका आ-आफ्नै अडानले यो विषय अहिले चर्चामा छ । जुन विषयले अहिले मजदुर र उद्योगी दुवै पक्षलाई सशंकित बनाएको छ । Read the rest of this entry »

 
टिप्पणी छोड्नुहोस्

Posted by on डिसेम्बर 27, 2009 in BLOG, NEWS

 

जलसम्पदा जति भारतको पोल्टामा

रमेश लम्साल

सेतो सुनका रूपमा परिभाषित गरिए पनि त्यसलाई उपयुक्त रूपमा प्रयोग गर्न नसक्दा हामी नेपाली जलविद्युत विकास प्रक्रियामा अगाडि बढ्न सकेका छैनौं । खाडीबाट भारत हुंदै भित्र्याइएको पेट्रोलियम पदार्थको भरमा दैनिकी गुजार्न विवश छौं । अविच्छिन्न रूपमा बगिरहेको भीमकाय नदीको पानी हेर्दै आफैलाई धिक्कार्न बाध्य छौं । जलविद्युत्को विकासका लागि भनेर नेपाल विद्युत प्राधिकरणको गठन भएको सय वर्ष पुग्न लाग्दासमेत हामी नेपाली टुकी र दियोको भरमा जीवन गुजार्न बाध्य छौं ।  प्रकृतिले दिएको असंख्य वरदानलाई न त हाम्रो हितमा प्रयोग गर्न नै सफल भएका छौं न त त्यसबाट मुनाफा प्राप्त गर्न नै सक्यौं । बरु कौडीको मूल्यमा नेपालको जलसम्पदालाई भारतीय दलालको पाउमा चढाउन गइरहेका छौं । Read the rest of this entry »

 
3 टिप्पणीहरु

Posted by on डिसेम्बर 25, 2009 in Analysis, BLOG

 

नयांदिल्लीबाट देखिएको सत्य

―देवप्रकाश त्रिपाठी

नेपाली राजनीतिमा नयांदिल्लीको चासोप्रति नेपालीहरूमा निरपेक्ष दृष्टिकोण बन्न सकेको छैन। भारतको समर्थन, साथ र सहयोग पाउन सबै चाहने, आफूलाई प्राप्त हुंदा जायज र स्वागतयोग्य पनि ठान्ने, तर भारतीय दृष्टिकोण आफ्नो प्रतिकूल हुनेबित्तिकै हस्तक्षेप देख्ने सोच हामीले पाल्दै आएका छौं।

वि.सं. २००७ सालमा दिल्लीमा भएको त्रिपक्षीय (राजा, राणा र भारत) सम्झौताको विरोध गर्दै क्रान्ति–यात्रामा होमिएका वेला नेपालका कम्युनिष्टहरूले भविष्यमा आफूले पनि दिल्लीमै अर्को त्रिपक्षीय सम्झौतामा सहभागिता जनाउनुपर्ने हुनसक्छ भनी सायदै सोचेका हुंदा हुन्। त्यसबेला Read the rest of this entry »

 
3 टिप्पणीहरु

Posted by on डिसेम्बर 24, 2009 in Analysis, BLOG

 

जेललाई उत्पादनशील सुधार गृह बनाउनुपर्दछ

शंकर भट्टराई

मानवीय समाज ढुंगे युग, जंगली घुमन्ते युगबाट जब कृषि तथा पशुपालन युगमा प्रवेश गर्‍यो त्यति बेलादेखि समाज देश वा राज्य उपस्थित भयो । तत्पश्चात् समाजमा लोभिपापी र चोरी, डकैती हत्या, लुटपातजस्ता अपराधहरु बढ्न थाले । एकातिर समाज वा राज्यको अन्याय, अत्याचार शोषन, दमन, विकृती र विसंगतीका विरुद्ध जनताले ठुला-ठुला आन्दोलन वा संघर्ष गर्न थाले भने अर्कोतिर राज्यले आफ्नो स्वार्थ अनुकूल सत्ता रक्षार्थ र त्यो समाजलाई काबुमा राखी नियन्त्रण र उसको नजरमा दोषी वा अपराधी ठहरिएकालाई दण्ड, सजाय दिन विभिन्न नीति, नियम धर्म, संस्कार सेना, पुलिस, अड्डा अदालत र जेलनेलको निर्माण गरियो । Read the rest of this entry »

 
१ टिप्पणी

Posted by on डिसेम्बर 21, 2009 in BLOG, GUEST

 

ट्यागहरु: