RSS

गोरखा महोत्सवको तयारी तिब्र

02 डिस

विनोद ढकाल/ रेडियो गोरखा

 “आर्थिक विकासको आधार, उद्योग ब्यापार र पर्यटन विकासको पुर्वाधार” नाराका साथ पुष १० गतेदेखि १४ सम्म गोरखा सदरमुकाममा सातौं गोरखा महोत्सव हुने भएको छ । गोरखा उद्योग वाणिज्य संघ, जिल्ला विकास समिति, गोरखा नगरपालिकाको आयोजना र नेपाल आदिवासी जनजाति महासंघ गोरखाको सहआयोजनामा हुने महोत्सवमा बिभिन्न सांस्कृतिक झांकी प्रतियोगिता, पञ्चैवाजा प्रतियोगिता, सांस्कृतिक भेषभुषा प्रदर्शनी, दोहोरी गीत प्रतियोगिता लगायतका कार्यक्रमहरु सञ्चालन हुने भएका छन् । घाटु, चुट्का, वालन, मारुनी लगायतका परम्परागत नृत्य तथा झांकी महोत्सवको मुख्य आकर्षण रहेको छ ।

गोरखा जिल्लामा पाइने बिभिन्न सास्कृतिक समूह र जातजातिका भेषभुषा, झांकी र संस्कृति प्रदर्शन गरिने र त्यसको तयारी पनि भइरहेको आयोजकले बताएको छ । महोत्सवमा साना तथा घरेलु उद्योगहरुबाट उत्पादित वस्तुहरुको प्रदर्शनी, सुन्तला तथा जडिवुटी प्रदर्शनी लगायत गोरखालाई संसारमा परिचित गराउने खालका सामाग्रीको प्रदर्शनीमा जोड दिइने मुख्य आयोजक गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष रामबाबु जोशीले जानकारी दिनुभएको छ । ५ दिनसम्म चल्ने महोत्सवमा खुला म्यान अफ द म्याच गोरखा दौड प्रतियोगिता र जिल्ला स्तरिय अन्तर उच्च मावि नृत्य प्रतियोगिता, राष्ट्रिय स्तरका कलाकारका साथमा बिभिन्न हास्यब्यंग्य कार्यक्रम, सांगितिक कार्यक्रम पनि सञ्चालन हुने भएको छ । पहिलेको महोत्सवमा झै यसवर्ष पनि खाना महोत्सव मार्फत गोरखामा वसोवास गर्ने जातजातिको मौलिक खानाको स्वाद चाख्न पाइने छ ।

हरेक २ वर्षमा हुदै आएको महोत्सवमा जिल्लामा उत्पादित सुन्तला, जडिबुटी, कृषिवाली तथा घरेलु हस्तकलाको सामानहरुलाई प्रवर्द्धन गरिने अध्यक्ष जोशीले बताउनुभयो । 

महोत्सव नजिकिदै गर्दा आयोजकले प्रचार प्रसारमा पनि तिब्रता दिएको छ । गोरखा सदरमुकामबाट अन्य जिल्ला तथा ग्रामीण क्षेत्रतिर जाने सवारी साधनमा महोत्सवको जानकारीमुलक पोष्टर, ब्यानर आदि राखेर गाउंगाउंसम्म महोत्सवको ’boutमा जानकारी पुर्‍याइएको अध्यक्ष जोशीले बताउनुभयो ।

 
१ टिप्पणी

Posted by on डिसेम्बर 2, 2009 in NEWS

 

1 responses to “गोरखा महोत्सवको तयारी तिब्र

  1. साइनी

    डिसेम्बर 2, 2009 at 11:18 बेलुका

    thanks for news.

     

टिप्पणी छोड्नुहोस्