RSS

जनमोर्चा नेपालको प्रेस विज्ञप्ति

09 Dec

जनमोर्चा नेपाल

केन्द्रीय कार्यालय, कोटेश्वर काठमाण्डौं

फो.नं. ९७४१०७३००२,  ९८४१८५०२९५

मितिः-०६६/०८/२२ 

प्रेस बिज्ञप्ति

 कैलाली जिल्लाको डुडेझारीमा बसोबास गरेका भूमिहीन सुकुम्बासीको बस्ति उठाउने नाउमा सरकारले गरेको दमनका कारण हज्जारौं झुप्रामा आगो लगाइएको, लाखौंको धनमाल जलाइएको, चरम दमन स्वरुप  गोली हानेर सयौंलाइ घाइते बनाइएको र छ जनालाइ हत्या गरिएको छ । हाम्रो पार्टी जनमोर्चा नेपाल मध्ययुगीन बर्बर दमन र बन्दुकबाट समाधान खोज्ने सरकारी रबैयाको भर्त्सना गर्दछ । बिगत केही बर्षदेखी निरन्तर बाढि र पहिरोको कारण लाखौं  घरपरिवार बिस्थापित भइ घरबारबिहिन हुन पुगेका छन् । कमैया मुक्ति भएको एक दशक बितिसक्दासमेत उचित बसोबासको प्रबन्ध हुन सकेको छैन । हलिया तथा बादी समुदायले आफ्ना दर्दनाक अवाजहरु मुखरित गरिरहेका छन् । प्रत्येक सरकारको पालामा गठन हुने भुमिसुधार आयोग वा सुकुम्बासी आयोग समस्या समाधनको दिशामा निकम्मा साबित भएको छ । सुकुम्बासी समस्या समाधान नगरि नहुने र पन्छाउनै नसकिने बास्तबिकता बेनेकोबारे हामी सवै पक्षलाइ ध्यानआकर्षण गराउन चाहन्छौं ।

खोला बगरको किनार, ऐलानी, पर्ति वा सरकारी जमिनमा रहेका सुकुम्बासीहरुलाइ वसोबास गरेको सोही स्थानमा वा बैकल्पिक ब्यवस्था गरेर पुनःस्थापना गर्नु पर्दछ । बन्दुकको बलमा दमनमा उत्रिनु र दमनबाट समाधान खोज्नुले तानाशाही प्रबृतिलाइ नै झल्काउछ । उनिहरुका बास्तबिक समस्यालाइ लोकप्रियताको साधन बनाउनु र स्थितीलाइ मुडभेडतीर धकलेर राजनैतिक लाभ लिने प्रबृतिबाट पनि सचेत रहन आग्रह गर्दछौं । कैलाली घटनाको सत्यतथ्य छानबिन गरि दोषीलाई सख्त कार्यबाही गरि, घाइतेलाइ निशुल्क उपचार, मृतकका परिवारलाइ उचित राहतको ब्यबस्था गर्दै धनमाल को क्षतिपुर्ति गरि सुकुम्बासी समस्या सहि ढंगले समाधान गर्न सरकारसंग माग गर्दै घटनाको निन्दा एवं भर्त्सना गर्दछौं ।

 

साध्यबहादुर भण्डारी

महासचिब

जनमोर्चा नेपाल

 
टिप्पणी छोड्नुहोस्

Posted by on डिसेम्बर 9, 2009 in PRESS REALESE

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: