RSS

जटिल मोडमा नेपालको राजनीति

10 Dec

प्रमोद धिताल

गणतान्त्रिक नयां नेपालको निम्ति विगतमा भएका संघर्षहरु तत्कालीन नेकपा माओवादी तथा सात राजनैतिक दलहरुबीच बनेको बाह्रबुंदे समझदारी र तत्पश्चात् भएको ऐतिहासिक जनआन्दोलन, बृहत शान्तिसम्झौता लगायतका विषय वस्तुहरुसंग नेपाली जनताको मर्म र आकांक्षा अभिन्न रुपले जोडिएको थियो । शान्ति, अग्रगमन र राष्ट्रिय स्वाधिनता मुलतः यिनै तीनवटा आधारभूत कुराहरुको प्राप्तिलाई उपरोक्त विषयवस्तुहरुले प्रतिनिधित्व गरेका थिए ।

पहिलोले नेपाली जनताको शान्तिप्रतिको चाहनालाई प्रतिनिधित्व गर्दछ तर त्यो अग्रगमन र स्वाधिनताबाट पृथक रहेर सम्भव छैन । विभेदकारी सत्ता र निरंकुशताका पर्खालहरुले गर्दा अशान्त बनाइएको नेपाली समाजलाई शान्ति दिने एकमात्र अचुक हतियार भनेको समाज जुन कारणहरुले अशान्त बनेको छ ती कारणहरुको निराकरण हो । अर्को हाम्रो चाहना भनेको अग्रगमन हो । पिछडिएको सोच, संस्कार र चिन्तनले ग्रसित नेपालको शासन सत्तालाई बदलेर सिंगै राज्यको अग्रगामी पुर्नसंरचना हुनुपर्छ र जसको केन्द्र भागमा वैज्ञानिक विचार, कार्यक्रम र नेतृत्व हुनुपर्छ ।

ती सबै परिपाटीहरु जो जनताको स्वार्थ, अधिकार वा देशको प्रगतिको बाधक हुन्छन्  तिनलाई भत्काउंदै अगाडि बढ्नुपर्छ भन्ने यसको मूल अभिष्ट हो । तेस्रो कुरा हो स्वाधिनता । बर्षौंदेखि आन्तरिक र बाह्य पराधिनता र दासत्वबाट मुक्त हुन नसकेको, नेपाली जनतालाई दुबै प्रकारका दासत्वबाट मुक्त गर्नु यसको उद्देश्य थियो । राष्ट्रिय स्वाधिनता र मुक्तिको कुरा गर्दा अहिलेसम्म राज्यसत्ता बाट उत्पिडनमा पारिएका जाति, भाषा, लिंग, क्षेत्र र समुदायका हक अधिकारलाई स्थापित गर्नका लागि उनीहरुको अधिकारलाई सुनिश्चित गरिनुपर्ने कुरापनि आउंछ । आन्तरिक औपनिवेशिक र दासत्वलाई निमिट्यान्न पार्दै आन्तरिक राष्ट्रियतालाई मजबुत पारेर मात्र हामी सिंगो राष्ट्र र राष्ट्रियतालाई मजबुत र एकढिक्का बनाउन सक्छौं ।

जसले र जुन वर्गले आजसम्म जति भाषा, लिङ्ग र क्षेत्रलाई आधार बनाएर उनीहरुको बीचमा फुट, विभेद र विभाजन कायम गर्दै शासन गर्‍यो उसैबाट आज जातीय राजनीतिको संकिर्णतामा देश फस्यो वा जातीय मुक्ति र संघीयताको कुराले राष्ट्र कमजोर हुन्छ भन्ने लज्जास्पद कुरा गरिरहेको छ । त्यही कुरालाई आधार बनाएर शासन सत्तामा टिकिरहादा त्यो संकिर्णता भएन, राष्ट्र कमजोर भएन तर राष्ट्रियताको मजबुतिका निम्ति जाति, भाषा, लिङ्ग र क्षेत्रको उत्पिडनको अन्त्यको कुरालाई त्यो संकिर्ण कसरी हुनसक्छ ? जातीवादी, क्षेत्रवादी, लिङ्गवादी, भाषिक, पारिवारिक र घोर धार्मिक राजनीति त तिनीहरुले गर्दै आएका हुन् । जसले अहिलेसम्म यो देशलाई अग्रगामी चिन्तन, समृद्धि, एकता र राष्ट्रियताका हिसावले मजबुत हुन दिएनन् । जातिवादी राजनीति र जातीय उत्पीडनबाट मुक्तिको कुरा गर्नु अलग-अलग विषय हुन् । फेरि पनि जातीय उत्पीडनको विरुद्ध लड्ने कुरा गरिरहादा कोही जातिवादको मोहबाट मुक्त हुन सक्दैन भने त्यो अर्को विचलन हुन जान्छ । अतः राष्ट्रिय स्वाधिनताको मर्म र आकांक्षा विभाजन हैन मजबुत एकता हो । हालसम्म हामीले बेहोर्दै आएको गुलामीको अन्त्यसहित हामी आफ्नो मालिक आफै बन्न पाउनु हो ।

यसरी शान्ति, अग्रगमन र राष्ट्रिय स्वाधिनता मध्य एउटालाई अर्कोबाट अलग्याएर हेरियो भने मात्र पनि राष्ट्र र नेपाली जनताको स्वार्थलाई सम्वोधन गर्ने गणतन्त्र नेपालको सपना यथार्थ बन्न सक्ने छैन । जसलाई यथार्थमा परिणत गर्नको लागि समयले नयां नेतृत्व र नयां विचारको माग गरेको छ । जसलाई पूरा गर्न समयले पुरानो नेतृत्व र विचारको अन्त्य पनि संगसंगै माग गरेको छ । अहिले सबैभन्दा पेचिलो द्वन्द्व र टक्कर यहिंनेर सृजना भइरहेको छ । रुपमा आकर्षक तर चरित्र र विवेकमा अत्यन्त जर्जर र कुरुप नेपालका संसदवादी राजनैतिक खेलाडीहरुको मति केही हदसम्म सुध्रिन्छ कि भन्ने नेपाली जनताको अपेक्षा अहिले पनि मृगतृष्णा सावित भएको छ । किनकि उनीहरुले अझै पनि नागरिकहरुलाई भेडा बाख्राको हुल ठानिरहेका छन् । मानौं हिजो आन्दोलनमा लामबद्ध भएको त्यो हुल नारायणहिटीमा श्रीपेच लगाएका ज्ञानेन्द्र शाहलाई राजाको गद्दीबाट च्यूत गरिसकेपछि कानमा तेल हालेर सुत्नेछ र राजतन्त्रको आवरणभित्र फेरि अर्को राजतन्त्रलाई सलाम ठोक्ने छ । उनीहरुलाई के कुराको हेक्का अझै छैन भने जुन-जुन कारण र बाध्यताहरुले गर्दा हिजोसम्म जनताले निरंकुश सामन्ती राजतन्त्र बेहोर्‍यो तर अब गणतन्त्रको आवरणभित्र कुनै पनि शर्तमा जनता राजतन्त्र बेहोर्न तयार छैन । किनकि सबैलाई थाहा भएकै कुरा हो । राजाहरु भन्दा पनि राजतन्त्र खतरनाक हुन्छ । त्यसैले एकीकृत नेकपा माओवादीको नेतृत्वमा हाल चलिरहेको नागरिक सर्वोच्चताको आन्दोलनको मर्म पनि यही हो ।

यतिखेर संसदवादका प्रवक्ताहरुले माओवादीले गरेको नागरिक सर्वोच्चताको आन्दोलन अर्थहीन भएको र सत्तामा जाने भर्‍याङमात्र भएको वकवासपूर्ण तर्कहरु गरिरहेका छन् । राजनीतिको सामान्य ज्ञान भएको जो सुकैलाई पनि थाहा भएको कुरा हो, राजनीति र राजनीतिक संघर्ष वर्ग संघर्ष र सत्ता संघर्ष पनि हो । मुख्य कुरा सत्तामा को र किन जाने भन्ने कुराले महत्वपुर्ण अर्थ राख्छ । हरेक वर्गको प्रतिनिधित्व आफ्नो वर्ग र वर्गस्वार्थर्लाई मजबुत बनाउनको लागि सत्तामा जाने र सत्तालाई प्रयोग गर्ने गर्छन् । अहिले सत्ता र सरकारमा जुन वर्गका प्रतिनिधिहरु छन् उनीहरुले माओवादीले जारी राखेको नागरिक सर्वोच्चताको आन्दोलनको अर्थ पनि बुझ्ने कुरा भएन । हिजो पनि जसरी उनीहरुले माओवादीद्वारा अगाडि सारिएको संविधानसभाको चुनावमार्फत् अग्रगामी निकासको कुरा बुझ्न सक्दैनथे । राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना गर्ने कुरा बुझ्न सक्दैनथे । बरु पछाडि हट्ने जनताको गला रेट्ने र आन्दोलनलाई घोर हात लगाउंदै सामन्तवादको नाइकेसाग कुर्सी र स्वार्थको निम्ति प्रतिगमन सच्चियो भन्दै घांटी जोड्ने कुरामात्र बुझ्थो । आज व्यवहारले फेरि तिनै कुरालाई पुष्टि गरिरहेका छन् ।

एकीकृत नेकपा माओवादी पनि कुनै अलौकिक शक्ती नभएको कारणले उसका पनि आफ्नै खालका आन्तरिक र बाह्य पुराना र नयां समस्या र चुनौतिहरु होलान् तर देखि जान्ने माओवादीभन्दा दशकोष टाढाको मानिसलाई पनि थाहा छ । माओवादी पार्टी सरकारबाट सडकमा आउनुको कारण सेना सरकारको नियन्त्रणमा बस्न नचाहने ब्यवहार तथा सरकारले गरेको निर्णयमाथि राष्ट्रपतिले गरेको हस्तक्षेप नै हो । राष्ट्रपतिलाई सो कदमको लागि प्रेरित गर्ने कथित २२ दलहरुको रवैयाले पनि उनीहरुको विश्वासको केन्द्र सेनाका जनरलहरु हुन् या आम नेपाली जनता हुन् भन्ने कुराको पुष्टि गरेको छ । अतः ऐतिहासिक श्रृङ्खलाहरुको कसीमा राखेर हेर्ने हो भने पनि निरपेक्ष सत्ताको अन्धा खेलाडीहरु को हुन् र को होइनन् भन्ने कुरा सहजै पुष्टि हुन्छ । त्यसमा पनि नेपालको राजनीतिक रङ्गमञ्चमा नैतिकता र आचरणको गति तुलनात्मक रुपले अत्यन्त धिमा छ नेतृत्वको तहमा । संविधानसभाको निर्वाचनपश्चात् पहिलो दलको रुपमा बाजी मार्ने उडन्ते जोडघटाउ र निष्कर्षलाई हावा खुवाउादै परिणाम उल्टो निस्किएपछि नैतिकताको आधारमा महासचिवबाट माधव नेपालले दिएको राजीनामा हुंदै अहिलेको कठपुतली सरकारको नेतृत्व गर्ने स्थानसम्म पुगिसक्दा उनको नैतिकताको स्तरले पनि सहजै हावा खान पुगेको छ ।

नेपाली जनताको संविधानसभामार्फत् दलहरुलाई प्राप्त महत्वपूर्ण जनादेश नयां संविधान निर्माण भएपनि त्यतातिरको चिन्ता, चासो र वहसहरु अन्य विषयवस्तुमा आधारित अन्तरविरोधहरु तीव्र बनेर आएका छन् । शुरुदेखि नै संविधानसभा र गणतन्त्रको पक्षमा लड्नेहरु तथा शुरुदेखि नै ती दुबैको विरुद्ध घुंडा धसेर लड्नेहरुको बीचमा आधारभूत रुपमै दृष्टिकोणमा समानता कायम गरी जनताले चाहे जस्तो संविधान बनाउनु पक्कै पनि गफ गरे जस्तो सहज छैन । अहिलेकै परिवर्तन पनि पचाउन गाह्रो भइरहेकाहरुले फेरि देशमा एकपटक गणतन्त्रको खोल ओढेर नेपाली जनतालाई २१औं शताब्दीमा रैती बनाउन चाहन्छन् । जसलाई संघर्षको बलबाटै नागरिक सर्वोच्चताको अर्थ बुझाउनुपर्ने आवश्यकता छ ।

 
2 टिप्पणीहरु

Posted by on डिसेम्बर 10, 2009 in BLOG, GUEST

 

2 responses to “जटिल मोडमा नेपालको राजनीति

  1. निता पाठक

    डिसेम्बर 10, 2009 at 3:58 बेलुका

    आवरणमा जे देखिएपनि अबको द्वन्द्व जनमुखी संविधान बनाउने र नबनाउनेबीचको हो। अबको धु्रवीकरण पनि त्यही हो। पश्चगमनकारीहरू संविधान बनाउन चाहंदैनन्। उनीहरू जनताको त्याग र बलिदानबाट प्राप्त संविधानसभा भंग गर्न चाहन्छन्। विभिन्न कोणबाट संविधानसभा विघटनको हल्ला त्यसै आएको होइन। त्यसको तयारीमा पर्दाभित्रका देशी विदेशी प्रतिक्रियावादी शक्ति र स्वदेशी दलाल गम्भीर षड्यन्त्रमा लागेका छन्। संसदवादी दलका केही जिम्मेवार भनिएका नेताको अभिव्यक्तिबाट त्यसको पर्दाफास भइसकेको छ। भनिन्छ, हावा नआई पात हल्लिँदैन।

    संविधानसभामा सबैभन्दा ठूलो दलको नाताले मात्रै होइन त्यसको पनि जन्मदाता भएकोले माओवादीको काँधमा लामो बलिदानबाट प्राप्त उपलब्धि जोगाउने र जनमुखी संविधान लेख्ने जिम्मा आइलागेको छ। जनताको शान्ति र विकासको चाहना पूरा गर्ने अभिभारा आइलागेको छ। देशमा विद्यमान अराजकता अन्त्य गर्न, पश्चगामी शक्तिलाई प्रभावी हुनबाट रोक्न, संविधानसभा विघटन गर्ने षडयन्त्रल चिर्न, र संभावित भिडन्त रोक्न तत्काल माओवादीको सशक्त हस्तक्षेप जरुरी छ। माओवादीको जनमुखी प्रगतिशील हस्तक्षेपले मात्रै देशलाई शान्ति र संविधान दिन सक्छ। त्यसले मात्रै देशमा विद्यमान जातीय, वर्गीय, क्षेत्रीय, लैगिक भेदभावलाई अन्त्य गर्न र वैदेशिक हस्तक्षेप कम गर्दै नियन्त्रण गर्न सक्छ। अहिले देखिएको यो लगाम नभएको राजनितिको लगाम खिच्न एकीकृत नेकपा (माओवादी) नेतृत्वबाट अर्को चमत्कारी पहल र जनमुखी हस्तक्षेप आवश्यक छ।
    http://www.nagariknews.com/opinions/98-opinion/8008-2009-12-10-04-30-12.html

     
  2. antony

    डिसेम्बर 10, 2009 at 4:20 बेलुका

    Yes ! Good Article.

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: