RSS

जेललाई उत्पादनशील सुधार गृह बनाउनुपर्दछ

21 Dec

शंकर भट्टराई

मानवीय समाज ढुंगे युग, जंगली घुमन्ते युगबाट जब कृषि तथा पशुपालन युगमा प्रवेश गर्‍यो त्यति बेलादेखि समाज देश वा राज्य उपस्थित भयो । तत्पश्चात् समाजमा लोभिपापी र चोरी, डकैती हत्या, लुटपातजस्ता अपराधहरु बढ्न थाले । एकातिर समाज वा राज्यको अन्याय, अत्याचार शोषन, दमन, विकृती र विसंगतीका विरुद्ध जनताले ठुला-ठुला आन्दोलन वा संघर्ष गर्न थाले भने अर्कोतिर राज्यले आफ्नो स्वार्थ अनुकूल सत्ता रक्षार्थ र त्यो समाजलाई काबुमा राखी नियन्त्रण र उसको नजरमा दोषी वा अपराधी ठहरिएकालाई दण्ड, सजाय दिन विभिन्न नीति, नियम धर्म, संस्कार सेना, पुलिस, अड्डा अदालत र जेलनेलको निर्माण गरियो ।

यस्तो किसिमको जेलनेलको निर्माण हुनुभन्दा अघिको इतिहास पल्टाएर हेर्‍यौ भने त्यसबेला सामाजिक अपराधी वा दोषीलाई दण्ड वा सजाय दिने तरिका जंगली वर्वरताको  थियो । त्यतिबेला जस्तो अपराध उस्तै सजाय दिने गरिन्थ्यो । जस्तो कसैले अर्काको आंखा फोडिदियो भने दण्ड सजायको रुपमा उसको पनि आंखा फुटालिदिने गरिन्थ्यो । खुट्टाभांची दिए खुट्टा भांचिदिने, ज्यान मारेमा ज्यानै मारीदिने, चोरी गरेमा उसको पनि आर्थिक हिनामिना गरि दिएर संवेदनाहिन र अमानविय ढंगले भौतिक सजाय दिने गरिन्थ्यो । त्यसबेलाको समाजमा राजा-महाराजा ठुला कहलिएका ब्राह्मण जाति र तल्लो जाति भनिने प्रजाले पाउने दण्ड सजाय फरक-फरक हुने गर्दथ्यो । जस्तो राजा-महाराजाहरुले गल्ती गरेमा राजकाजबाट पदच्यूत गरिन्थ्यो भने ब्राह्मण तथा राजकाजका नजिकका भारदारहरुले राज्य विरुद्ध वा सामाजिक अपराध गरेमा सर्वश्वहरण वा देश निकाला गरिन्थ्यो । तल्लो जातिका प्रजाले गल्ती गरेमा जीवनभर दासको रुपमा बन्दी हुनुपर्थ्यो या  मृत्युदण्डको भागीदार बन्नु पथ्र्यो । यसको राम्रो उदाहरण वि.स. १९९७ सालमा राणा शासनविरुद्ध नागरिक अधिकार समिति गठन गरी लड्ने क्रममा पक्राउ परेका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथचन्द ठाकुर र गंगालाल श्रेष्ठलाई मृत्युदण्ड दिएको कुराले पनि प्रमाणित गर्दछ । उनीहरुसंगै एउटै आरोपमा पक्राउ परेका ब्राहमण जातिका रामहरी शर्मा, जिवराज शर्मालगायतलाई ब्राह्मण बध गर्न नहुने भन्दै नैतिक नियमअनुसार सर्वश्वहरणसहित कारावासको सजाय दिइएको थियो । यसबाट पनि के बुझिन्छ भने त्यतिखेरको राज्य र समाजको नजरमा दोषी ठहरिएकालाई दिईने दण्ड सजाय एकै नियमको वा समान थिएन वर्गीय थियो भन्ने बुझिन्छ । त्यस्तै पृथ्वीनारायण शाहले नेपाल एकीकरणको बेलामा आफ्ना विरुद्ध कडा प्रतिरोध गर्ने पराजित सैन्यलाई दास बनाएका थिए भने कतिलाई मारिदिएका थिए  तर ब्राह्मणलाई मार्नु हुंदैन भनि छोडिदिएका थिए । यस्तै वि.स. १८१४ मा पृथ्वीनारायण शाहले कीर्तिपुरमाथि आक्रमण गर्दा कीतिपुरे राजा जयप्रकाश मल्लका फौजको कब्जामा परेका पृथ्वीनारायण शाह स्वयं राजबध गर्न नहुने नैतिक नियमका कारण बांचेका थिए ।

दशवर्षे जनयुद्धको क्रममा तत्कालिन नेकपा माओवादीले ८०% भू-भागमा आफ्नै नियम कानुन बनाएर सामाजिक अपराधी, चोरडांका, भ्रष्टाचारी, वैरीका सिआईडी र सुराकीलाई प्रत्यक्ष जनताको निगरानीमा राखेर आफ्नो कमजोरी महशुस गरी सुध्रिने र समाजमा पुनःस्थापित हुने किसिमको श्रमकैदमार्फत् सामाजिक विकास निर्माण जस्तो सार्वजनिक बाटोघाटो, पुलपुलेसा, कुलो, स्कूल, जनताको घरमा खेतिपाती गर्ने र घरगोठ बनाउने काममा लगाएर सामाजिक अपराधी वा दोषीले जनताको बिचमा रहेर सजाय भोग्ने र सुधार्नेले तरिकाले दण्ड सजायको नयां प्रयोग गरेको थियो । यसरी एकातिर जनताको बिचमा रहेर दोषीले सजाय भोग्दा बन्दीको श्रमको सदुपयोग भई विकास निर्माण र उत्पादनको काम हुने गर्थ्यो  भने अर्कोतिर अहिलेको कारागारमा जस्तो प्रहरी, चौकीदार, दाई नाइके, भाई नाइकेबाट बन्दीमाथि हुने मानसिक यातना, दुर्व्यवहार र पीडा पनि हुंदैनथ्यो र अहिलेको राज्यव्यवस्था अन्तर्गतको कारागार प्रशासनले जस्तो दिनको ७०० ग्राम चामल र ४५ रुपैयां आर्थिक भार बोक्न पनि पर्दैन्थ्यो । वि.स. १९७१ बाट शुरु भएको नेपाल कारागार अर्थात् जेलको इतिहासमा पहिलो कारागार शाखा काठमाण्डौ जगनाथ देवल हो । यसलाई शुरुमा सदर जेल भनिन्थ्यो भने अहिले केन्द्रीय कारागार भनिन्छ । पहिले जेल मुख्तियारको मातहतमा रहन्थ्यो र यसको प्रमुख रोलवाला जर्नेल रहने व्यवस्था थियो । २००७ सालको ऐतिहासिक जनक्रान्तिपछि कारागार प्रशासन गृहमन्त्रालय अन्तर्गत रहने व्यवस्था भयो । यसरी स्थापना भएको कारागारको संख्या अहिले सुनसरी, धनुषा, बारा र भक्तपुर चार जिल्लाबाहेक ७१ जिल्ला दाङ र काठमाण्डौमा दुई-दुई गरी जम्मा नेपाल अधिराज्य भरी ७३ रहेको छ । यी ७३ जेलमा ९७७५ भन्दा बढी बन्दी रहेका छन् । दशवर्षे जनयुद्धको क्रममा बन्दीको संख्या १४००० भन्दा बढी पुगेको थियो । ती राजनैतिक थुनुवा बन्दीहरुलाई कारागार प्रशासनले अहिले दैनिक ७०० ग्राम चामल, ४५ रुपैयां र चाडपर्व खर्चवापत एकमुष्ठ प्रतिवर्ष तीन सय रुपैयां, जाडो कपडा र गर्मी कपडा गरी वर्षमा दुई जोर कपडा दिने गर्थ्यो । महिला बन्दी सुत्केरी भएमा एकहजार रुपैयां र दशमिटर कपडा दिने गर्थ्यो । यसरी हेर्दा के बुझ्न सकिन्छ भने अहिले राज्यले ९७७५ बन्दीलाई सिदा, औषधी उपचार खर्च गरी सरदर ६० रुपैयांले जोड्दा ६ लाखभन्दा बढी दैनिक आर्थिकभार राज्यलाई पर्न गएको देखिन्छ । कमजोर अर्थतन्त्र भएको हाम्रो जस्तो गरिब देशले पक्कै पनि यत्रो ठुलो आर्थिकभार थेग्न सक्दैन । त्यसैले अब बन्ने नयां संविधान र राज्यको पुनर्संरचनामा नयां वैज्ञानिक ढंगले कारागारको व्यवस्थापन गरी बन्दीलाई श्रम र उत्पादनशील काममा लगाउनुपर्ने  देखिन्छ  । नयां नेपाल तथा राज्यको पुनर्संरचनापछिको कारागार तथा जेलमा श्रम तथा उत्पादन गरी अर्थ उर्पाजन गर्न सकिने किसिमका उद्योगहरु स्थापना गरी खेर गइरहेको श्रमशक्तिको सदुपयोग गर्नुपर्छ । बन्दी तथा थुनुवालाई अर्थ उपार्जनको लागि श्रम गर्न लगाएपछि ठुलो श्रमशक्ति पनि खेर जांदैन । सबै बन्दीले आफ्नो सीप, क्षमता अनुसार श्रम गरि उत्पादन कार्यमा लागेपछि राज्यलाई आर्थिकभार कम हुन्छ र अर्थ उपार्जनमा पनि टेवा पुग्न जान्छ । यसका साथै बन्दीले सजाय भोग्दै आफ्नो घरपरिवार पनि चलाउन सक्छ । यसरी एउटा परिवारको सदस्यले सजाय भोग्दासम्मको अवधीमा उसको घर परिवारमा पर्न जाने आर्थिक संकट र विचल्ली टर्न सक्छ भने अर्कोतिर दिनहुं श्रम र उत्पादनमा जोडिदा बन्दी आफ्नो श्रम कार्यबाट पनि कट्न पाउंदैन । हुन त अहिलेका केही ठूला जेलहरुमा बन्दीहरुले सामान्यतया स्वीटर, टोपी बुन्ने, कपाल काट्ने, पसल, होटेल गर्ने, औपचारिक र अनौपचारिक शिक्षा अध्ययन गर्ने गरेपनि त्यो प्रयाप्त मात्रामा वैज्ञानिक र व्यवस्थित छैन । त्यसैले अबको नयां नेपालमा बन्दी गृह सांच्चिकै सुधार गृह र श्रम तथा उत्पादन गर्ने थलो हुनुपर्दछ । त्यसैले अब बन्ने नयां संविधानमा कारागार अर्थात् जेललाई पनि पुरानो अवैज्ञानिक र अव्यवस्थित संरचनाबाट बदली बन्दीको सीप, क्षमता र रुचीअनुसार श्रम र उत्पादनशील कार्यमा लगाएर अर्थ उर्पाजनमा लगाउने किसिमको व्यवस्था हुनुपर्छ र नयां नेपालको अनुभूति बन्दी तथा थुनुवा जीवन बिताउने कैदीहरुले पनि गर्न पाउनुपर्दछ ।

 
१ टिप्पणी

Posted by on डिसेम्बर 21, 2009 in BLOG, GUEST

 

ट्यागहरु:

One response to “जेललाई उत्पादनशील सुधार गृह बनाउनुपर्दछ

  1. rai vision

    डिसेम्बर 22, 2009 at 2:40 बिहान

    good view

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: