RSS

नेटवर्किङ व्यवशाय : भ्रम र यथार्थ

27 Dec

विश्व अहिले एउटा सांघुरो अर्थवजारमा परिणत हुंदै गईरहेको छ । पुंजिवादी अर्थतन्त्रको मेरुदण्ड मानिने जि ८, विश्वव्यापार संगठन जस्ता संस्थाहरुले अवलम्वन गरेको खुल्ला र विश्वव्यापी वजारनितिका कारण पुंजिवादी अर्थव्यवस्थाले विश्वभर आफ्नो प्रभुत्व जमाउने अवसर पाएको छ । विश्वव्यापिकरणसंगै व्यापार व्यवसायपनि अनेकौं नयां रुपमा विकास हुंदै गएको पाईन्छ । यसैक्रममा कुनैपनि वस्तु तथा सेवाको उपभोग गर्न एक उपभोक्ताले अर्को उपभोक्तालाई गर्ने सिफारिसका आधारमा पिरामिड शैलीमा मानविय संजाल वनाउदै जाने Networking Business (संजालीय व्यवसाय) अहिले विश्वभर नै फस्टाउदै गईरहेको छ । वस्तु तथा सेवा जस्तो भएपनि फरक ढंगवाट व्यापार गर्नु यसको प्रमुख नीति हो । अर्को अर्थमा भन्नुपर्दा परम्परागतरुपमा विद्यमान वितरण प्रणालीवाट फड्को मारेर पुरातन पुंजिवादी अर्थव्यवस्थाको घेरालाइ अझ विस्तारित गर्दै नयां ढंगवाट पुंजिवादी व्यक्तित्व विकासको पछिल्लो प्रयास हो नेटवर्किङ व्यवसाय ।

विकसित र शक्तिशाली मानिएका पश्चिमा राष्ट्र हुंदै आर्थिक सामाजिक र भौगोलिक सवै दृष्टिकोणवाट संवेदनशील मानिएको विकासोन्मुख राष्ट्र नेपालमा समेत यस्तो व्यापारले विभिन्न रुपमा जरो गाडिसकेको छ । परम्परागत व्यापार पद्धतिभन्दा नौलो स्वरुप र छिटो धनी वन्ने आशा देखाउन सफल व्यवसाय भएकाले यस्ता व्यापारिक संस्थाहरुले छिट्टै नै ठुलो मानवीय संजाल वनाउनसमेत सफल भईसकेका छन् । पुंजिवादकै नवउदारवादी शैलीमा पसले र ग्राहकविचको संवन्ध तथा अन्तर्विरोधको विकल्प वनेर भित्रिएको यो व्यवसायवारे प्रशाषनीक निकायहरु समेत अन्यौलको स्थितिमा रहेकाले आफ्नो अनुकुल ढंगवाट व्यवशायको विश्लेषण गर्दै ठगीको धन्दा चलाउनेहरुको विगविगी वढ्दै गईरहेको छ । यसर्थ मुलुकमा यी संस्थाहरुको स्थिती कस्तो छ र यसले  राष्ट्र तथा समाजलाई कस्तो प्रभाव पारिरहेको छ भन्नेवारे अनुसन्धान र विश्लेषण गर्नु अत्यन्त जरुरी भईसकेको छ । 

 “सानो उत्पादनले पनि हरेक दिन, हरेक घण्टा स्वतः स्फूर्त रुपमा पुंजिवाद र पुंजिपतिवर्गको ठुलै स्तर पैदा गर्दै जानसक्दछ” भन्ने मार्क्सको भनाइले ईंगीत गरेजस्तै निम्नमध्यमवर्गिय समाजमा जतिछिटो वुर्जुवा जिवनशैली विस्तार गर्नसक्यो, यस व्यवशायको पनि त्यतिनै छिटो उन्नति हुंदै जान्छ भन्ने कुरा व्यवहारमा प्रष्ट देखिईसकेको छ । अशिक्षित तथा अर्धशिक्षित समुदायको वाहुल्य रहेको नेपाली समाजमा सामान्य जनताको वुझाइभन्दा माथिको व्यापारिक रणनीति भएकाले यो व्यवशाय निरन्तर फस्टाउदै गईरहेको छ र जनताको चेतनास्तर नउकासिएसम्म यस्ता व्यवशायहरू वढि नै रहनेछन् ।

झण्डै अढाईसय वर्षदेखिको एकछत्र सामन्ती राज्यव्यवस्थाले सृजना गरेको सामाजिक, राजनैतिक तथा आर्थिक विकृतिका कारण मुलुक चरम वेरोजगारीको समस्यावाट आक्रान्त वन्दै गईरहेको यथार्थलाई नकार्न सकिदैन । नयां उद्योग तथा कलकारखाना खुल्न नसक्नेमात्र होईन, भएकालाई पनि धराशायी वनाउने दाउपेच विगतदेखी वर्तमानसम्मको शाषकीय परिपाटिमा व्यापक वृद्धि भईदिंदा राष्ट्रिय उत्पादन घट्न गयो । यसको फलस्वरुप कर्मठ र परिश्रमी नेपालीहरु विदेशी श्रमवजारतर्फ विस्थापित हुनेक्रम तीव्र भएर गयो । तर उचित सिपको अभावमा विदेशी श्रमवजारमा पनि निम्नस्तरको काम र न्युन ज्यालादर नेपालीहरुको पहिचान वन्न पुगेको छ । यी यावत समस्याहरुविच गुज्रिरहेका कमजोर आर्थिक चेतनास्तरका जनतामाझ रोजगारी सृजना गराउने तथा जीवनस्तर उकास्ने भ्रामक वहानामा नेटवर्किङ व्यवशाय मार्फत मुलुकको संक्रमणकालीन स्थिति र विद्यमान फितलो कानुन तथा अनुगमन प्रणालीको प्रचुर फाईदा उठाउदै धमिलो पानीमा माछा मार्नेहरु सक्रिय भएका छन् ।

 क्रान्तिको जिजिविषावाट शान्तितर्फ अग्रसर हुंदै गरेको नेपाली परिवेशमा कतिपय यस्ता व्यवशायहरु कहिले हरितक्रान्ति त कहिले आर्थिक क्रान्तिको नारा लिएर समाजमा भ्रम छर्ने कार्य गरिरहेका छन् । यस्ता क्रान्तिको कुरा गर्नुअघि हामीले वुझ्नैपर्ने कुरा के हो भने मेशिन, जमिन, कच्चा पदार्थ, औजार आदि उत्पादक साधन हुन् । विद्यमान संरचनामाथि विजय प्राप्त गर्दै जाने क्रममा जुन मानवीय शैली प्रयोग गरिन्छ, त्यो उत्पादक शक्ति हो । यि दुवैको विचमा श्रम गर्ने श्रमशक्ति रहन्छ । यिनीहरु विचको अन्तरसंवन्धनै उत्पादन सम्वन्ध हो, जहां श्रमिकको भुमिका, मालिक र श्रमिकविचको आपसी सम्वन्ध तथा वितरणको स्वरुपले आर्थिक आधारको तय गर्दछ । मुलतः उत्पादन साधनहरुमा कुन वर्गको नियन्त्रण छ भन्ने कुराले उत्पादन संवन्धको प्रकृति निर्धारण हुन्छ र यिनिहरुको अन्तर्विरोधवाट क्रान्तिको आधार तय हुन्छ । यसरि हेर्दा नेटवर्किङ व्यवसायले समाजका यी अन्तर्विरोधहरुको हल होईन वरु यिनीहरूको विचमा षडयन्त्रमुलक ढंगवाट खेलेर दरार ल्याउने र समस्यालाइ झनै चर्काउने कार्य गरिरहेको छ । यस व्यवशायमा हालसम्म चलेको परिपाटि र सत्य नै यहि हो ।

  वास्तविक क्रान्ति सम्पन्न गर्न वास्तविक सर्वहारावर्गको नेतृत्व हुनुपर्दछ । पुंजिपतिहरुवाट सर्वहारावर्गको उत्थान कहिल्यै हुनसक्दैन । त्यसकारण नेटवर्किङ व्यवशायले गर्ने क्रान्ति सर्वहारा अधिनायकत्वको निषेध र पुंजिपति एकत्वको उत्थानमा मात्र हुन्छ अथवा उल्टो गतिवाट हुन्छ, जो टिकाउ होईन क्षणिकमात्र हुन्छ । तसर्थ यिनिहरु क्रान्तिको नाममा सामाजिक विकृति ल्याउन उद्यत देखिन्छन् । यस व्यवसायका श्रमिकहरु (नेटवर्किङ व्यवशायका सदस्यहरु वास्तवमा श्रमिक हुन्, जो वस्तुको उपभोग तथा वितरणमा निरन्तर र सक्रियतापुर्वक आफ्नो श्रम खर्चिरहेका हुन्छन्) आफुलाई निकै क्रियाशील र शशक्त ठान्दछन् तर उनिहरु स्वतः क्रियाशील हुंदैनन् । केहि मालिकहरुको फाईदाको लागि निश्चित अवधिसम्म क्रियाशील वनाईएका हुन्छन् – कठपुतली सरह । उनिहरु यो तवसम्म वुझ्दैनन् जवसम्म गुप्त स्थानवाट उनिहरूलाइ  नियन्त्रण र निर्देशन गर्नेहरुको पर्दा उघ्रदैन तर चलाख मालिकहरु श्रमिकले यो कुरा वुझेर वर्गसंघर्ष चलाउनु अघिनै व्यवशाय वन्द गरेर भागिसक्छन्, यसका कतिपय उदाहरण हाम्रै अगाडी देखिएका छन् । यसरी अस्थिर प्रणाली र अनिश्चित भविश्यका कारण यो व्यवशायलाई विश्वसनीय रुपमा लिन सकिदैन ।

     नेपालको परिप्रेक्ष्यमा यस व्यवसायको प्रभावलाई केलाएर हेर्दा तिन प्रमुख सवालवाट विश्लेषण गर्न सकिन्छ ।

 १) सामाजिक सवाल :-

यो व्यवशायमा एकपछि अर्को गरि पिरामिड शैलीमा मानवीय संजाल वनाउने क्रमसंगै माथिल्लो वर्गमा पर्नेहरुलाई कमिशन वृद्धि हुदै जान्छ र उनिहरु मालिक वन्दै जान्छन् । तर, श्रमिकको संख्यावृद्धिको क्रम एउटा निश्चित विन्दुमा पुगेर रोकिन्छ, त्यसपछि कमिशनको खेलपनि ठप्प हुन्छ । यसरि तल्लो वर्गवाट आएको रकम कमिशनको रुपमा बांडिखाने क्रम रोकिएपछि कमजोर चेतनास्तर भएको निम्नवर्गिय समाजमा छरिएको रोजगारि, समाजसेवा, क्रान्तिका नारा या यस्तै अन्य पुंजिवादी वल्छिमा अल्झाइएको ढांटको चारोपनि समाप्त हुन्छ, तवमात्र श्रमीकहरूमा वर्गविभेदको महशुस हुनजान्छ र उच्च आर्थिक प्रलोभन तथा सपनाको खेतिमा लाग्नेहरु नै संघर्षको शुरुवात गर्न वाध्य हुन्छन् तर त्यतिवेलासम्म ढीला भइसकेको हुनेछ । त्यसैगरि अर्काको श्रममा कमिशन खाने पद्धतिले पैदागर्ने सामाजिक विकृति र खतरापनि उत्तिकै भयानक रहन्छ । धनि र टाठा कहलिएकाहरुलाई अझै धनि वनाउदै लाने र कमजोर चेतनास्तरका गरीवहरु झनै गरीविमा पिल्सिरहनाले समाज विकासमा मात्र होईन कालान्तरमा नयां नेपाल निर्माणको सवाललाई नै यस व्यवसायले अत्यन्त गह्रौं वोझ वोकाउने टड्कारो संभावना देखिन्छ ।

 २) आर्थिक सवाल :-

वर्ग विभेदको विकृति फस्टाउने र सामाजिक विकासमा वाधा पुर्‍याउने मूल कारण आर्थिक असमानता वा आर्थिक विभेद नै हो । शुरुवातमा झट्ट हेर्दा सामान्यनै लागेपनि यस व्यवशायले समाजमा क्रमिक रुपमा आर्थिक दरार ल्याउने कार्य गरिरहेको हुन्छ । अझ कतिपय यस्ता व्यवशायहरु विदेशवाटै संचालित छन् भने केही स्वदेशी भनिएकाहरुपनि मुख्य संचालकले स्वदेशमा न्युन लगानी गर्ने र अधिकतम रकम विदेश पलायन गराउने परिपाटि भएकाले ठुलो धनराशी विदेशिईरहेको छ । यसरि स्वदेशी मुद्राको अपचलनसमेत वढिरहेको छ । करोडौंको कारोवार गर्ने भएपनि व्यवशाय पारदर्शी नभएकाले यस व्यवशायमार्फत राजस्व छली समेत प्रशस्त भईरहेको देखिन्छ । यस्ता विकृतिहरु न्युनिकरण गर्ने प्रभावकारी संयन्त्रको अभावमा राज्यले पाउनुपर्ने करोडौं राजस्व वर्षेनि गुमिरहेको छ ।

विगत केहि समयदेखि मुलुकको आर्थिक मेरुदण्ड मानिएको वैदेशिक रोजगारीमा समेत यसको प्रभाव वढ्दै गएको छ । अनुत्पादक क्षेत्रका र विलासिताका सामानहरु विकाउने भरपर्दो माध्यमको रुपमा चिनिएको यस व्यवसायले प्रवासमा रहेका नेपालीहरुमाझ आफ्नो प्रभाव विस्तारसंगै मुलुक भित्रिने रेमिटान्स घटाउने कार्यलाई व्यापकता दिएको छ । तत्काल कुनै प्रत्यक्ष असर वा प्रभाव नदेखिएपनि यसलाइ नियन्त्रणको कदम नचाल्ने हो भने रेमिट्यान्सको भरमा धानिएको मुलुकले आगामी केहि वर्षभित्रै एउटा गम्भिर र भयानक आर्थिक संकट व्यहोर्नुपर्ने हुन्छ ।

 ३) कानुनी सवाल :-  

सर्वप्रथमतः नेपालमा नेटवर्किङ व्यवशायलाई दर्ता र अनुगमन गर्ने स्पष्ट कानुनी संयन्त्रको विकास नै हुन सकेको छैन । केहि लाखको कारोवार गर्ने सामान्य कंपनिको रुपमा दर्ता भएर करोडौंको अपारदर्शी कारोवार गर्ने कंपनिलाई करको दायेराभित्र ल्याई कारोवार पारदर्शी वनाउने तथा पुंजिलाई स्वदेशमै परिचालन गर्ने कानुनी संयन्त्रको निर्माण सरकारको पहिलो प्राथमिकता हुनुपर्छ । हालै औपचारिकताका लागी यसका व्यवशायीहरूकै दवावमा जारी गरिएको भनिने नेटवर्किङ संवन्धि निर्देशिकाले व्यवशायलाई केहि व्यवस्थित गर्न खोजेजस्तो देखिएपनि त्यो दीर्घकालीन र प्रभावकारी छैन । व्यवशाय निर्वाध रुपमा चलिरहेका छन् तर के कस्ता र कुन प्रकृतिका संस्थाहरुले यस्ता व्यवशाय गर्दैछन् भन्ने अनुगमन समेत नहुनुले राज्यको निकम्मापन सावित हुदै गईरहेको छ । राज्यको आर्थिक लक्ष्यसंग यस्ता व्यवशायको कत्तिको सहयोगी भुमिका रहन्छ भन्ने सवालमा राज्य सचेत हुनुपर्ने देखिन्छ । राजस्व असुलीमा व्यवशायको कस्तो योगदान रहन्छ भन्नेवारे त सरकारसंग झन् कुनै आधार र तथ्यांक नै छैन । यिनै अस्पष्टता र अन्यौलवीच खेल्दै सोझा र श्रमजीवि वर्गलाई पुंजिवादी गोलचक्करमा सामेल गर्न सफल यो व्यवशायलाई अलग्गै कानुनद्वारा व्यवस्थित रुपमा संचालन गर्ने व्यवस्था नवनेसम्म मुलुकको आर्थिक उन्नतिमा यसले क्यान्सरको काम गरि नै रहन्छ ।

 यहां सवाल नियन्त्रणको होईन, नियमनको हो । तत्काल सस्तो सुलभ र गुणस्तरीय वस्तु प्राप्त गर्न छाडी भविष्यमा यस्तो पाईन्छ रे भन्ने या कमिशन पाइने लोभमा यस्ता संस्थाको पछि लाग्ने जनताको अल्पज्ञानलाई सचेत गराउनुका साथै करोडौं कुम्ल्याएर विदेशमा व्यवस्थित र आरामदायी जिवनयापन गर्ने कंपनि तथा कंपनि मालिकहरुलाई मुलुकको आर्थिक हितको ख्याल गर्दै स्पष्ट कानुनी दायराभित्र ल्याउनु अहिले राज्यको प्रमुख चुनौती हो । नेटवर्किङ व्यवशाय मार्फत परम्परागत व्यापार प्रणालीलाई विस्थापित गरेर नयां प्रणाली भित्र्याउने नाममा आर्थिक साम्राज्यवाद लादिएको तथ्यलाई शायद कमैले वुझेका होलान् । तसर्थ, यस व्यवशायमा देखिएको ठगी धन्दालाइ निरूत्साहित गरि विशुद्ध व्यापारमात्रको रुपमा व्यवस्थित नगरेसम्म यसवाट न राज्यलाई कुनै फाईदा हुन्छ, न त जनतालाई नै ।

परिवर्तित परिस्थिती, मुलुकको आवश्यकता तथा सामाजिक मूल्य र मान्यताका आधारमा यस व्यवशायलाई व्यवस्थित र नियमन गर्नु ढिलो भईसकेको छ । त्यसकारण कुनैपनि व्यवशायलाई मान्यता दिनुअघि राष्ट्र र जनतालाई त्यसले कस्तो योगदान दिनसक्छ भन्नेवारे ध्यान दिनु सरकारी निकायको प्रमुख दायित्व हो भने यो राज्यको दायित्व भनेर पन्छने होईन, वरू राज्यलाइ घच्घच्याउनु तथा जनतामा यसवारे चेतना जगाउनु संपुर्ण सचेत नागरिकहरुको राज्य र जनताप्रतिको महत्वपुर्ण जिम्मेवारि र कर्तव्य हो । अन्यथा, व्यवस्था परिवर्तनको संघारमा आईपुगेर पनि हामीले अझै पुंजिवाद र साम्राज्यवाद संग संझौता गर्न तथा आंशिक आर्थिक प्रलोभनमा परेर श्रमजीविहरुको संगठित दस्तालाई टुक्र्याउन नछाड्ने हो भने भर्खरै नेपाली क्रान्तिले हासिल गरेको उचाई र उपलव्धिको समेत अवमुल्यन गरेको ठहर्दछ ।

 
11 टिप्पणीहरु

Posted by on डिसेम्बर 27, 2009 in Analysis, BLOG

 

11 responses to “नेटवर्किङ व्यवशाय : भ्रम र यथार्थ

  1. juni

    डिसेम्बर 27, 2009 at 11:38 बिहान

    Dear Chintan ! thanks for good analysis. It will be one cause for the crisis of Nepal.

     
  2. crazy Fox

    डिसेम्बर 27, 2009 at 11:58 बिहान

    tapai haru kina arkale gari khayeko dekhna saknu hunna? Ki aafu le nasakera ho? BADAR LE AAFU GUD PANI BANAUDAINA AARKA LE BANAYEKO PANI BHATKAUCHHA bhanthe ho raichha.

     
  3. विश्व

    डिसेम्बर 27, 2009 at 4:00 बेलुका

    http://nagariknews.com/economy/consumer/8631-2009-12-27-09-20-33.html
    के यसलाइपनि ठगी नै भन्नुहुन्छ ?

     
  4. Hasana Rai

    डिसेम्बर 27, 2009 at 4:04 बेलुका

    Jasle J Bhanepani Networking Business le Thagi Gareko Kurolai Nakarna sakidaina, 1/2 wata halla chalayera 1/2 karod ko business garne haruko jamat nai Networking business ma sahabhagi bhayekale yo business thag haruko sanstha bhayera badnam bhayeko chha.

     
  5. sunil T

    डिसेम्बर 27, 2009 at 10:14 बेलुका

    Networking bhandaima sabai naramro hudaina tara sabai ramro pani hudaina. Dherai ta thag nai chhan.

     
  6. jakir hussain

    डिसेम्बर 28, 2009 at 8:40 बिहान

    Chintan ji ko analysis ali one sided huna khoje jasto lagyo, tara sandarvik chha. Thanks for you.

     
  7. Sùez B C

    डिसेम्बर 28, 2009 at 10:01 बेलुका

    Yo bhanda pani mahatwapurna kuro ta sambidhan nai ho aile Nepal ma. Tesaile hami sabai tetai kendrit hune ho ki ?

     
  8. shital maskey

    डिसेम्बर 30, 2009 at 1:04 बिहान

    yea it is a real story. Thanks a lot.

     
  9. nima

    डिसेम्बर 30, 2009 at 11:26 बिहान

    Yo business ko kina sabaile yesto khedo khaneka holan? baru niyam kada banaye bhai halchha ni.

     
  10. मुस्कान पन्त

    डिसेम्बर 30, 2009 at 4:13 बेलुका

    वेकार यिनीहरूको चर्चा गरेर यिनीहरूलाइ ठुलो वनाउनु मात्रै हो । अव जनताले कुरा वुझ्न थालीसकेका छन् एकदिन यिनीहरू अफ्नै गाउं गाउंवाट खेदिने छन् । त्यो दिन अव धेरै वांकी छैन ।

     
  11. malati

    जनवरी 1, 2010 at 11:39 बिहान

    Aasha garau Naya barsha 2010 ma janata haru sachet hunchhan ra yesta thag business haru ko dhanda ma mandi aaune chha ra . HAPPY NEW YEAR 2010.

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: