RSS

Monthly Archives: जनवरी 2010

अयोग्य लडाकु कि माओवादी ?

एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादी (संक्षिप्त नामः माओवादी) का शिविरमा रहेका लडाकूहरू धमाधम अयोग्य सावित हुंदै शिविरबाट बाहिरिंदै छन् । सडक निर्माण गर्दाको ज्याला १२ हजार र अनमिनले दिएको १० हजार रूपैयां खल्तीमा राखी, अनमिनले नै दिएको एकजोर कपडा पहिरिएर रित्तो झोला बोक्दै बाहिरिएका छन् । उनीहरूसंग शिविरमा रहेको एउटा प्रमाणपत्रको छेस्को बाहेक अरू केही छैन । जुन छेस्को न खान मिल्छ, न लगाउन नै दिन्छ । डिग्री गरेका जेहेन्दार मानिसका प्रमाणपत्र त दराजमा राख्दा-राख्दा मुसाले काटेर धुजा-धुजा भएको अवस्थामा अनमिनले दिएको त्यो छेस्को के काम ? त्यसमा पनि अनमिनले अयोग्य भनेको, माओवादीले अयोग्य हो भनेर साछी बसेको सर्टिफिकेट लिएर जागिरका लागि कसैको दरबाजा खट्खटाउंदा पाउने कुरै भएन । आमूल परिवर्तनको लागि ज्यान हत्केलामा लिएर लडेका लडाकाहरूलाई परिवर्तनपछि राज्यले राम्रोसंग सम्बोधन गर्ला भनेर आशा लिएका विचराहरू धमाधम अयोग्यताको प्रमाणपत्र लिएर पो फर्कनुपर्‍यो । Read the rest of this entry »

 
3 टिप्पणीहरु

Posted by on जनवरी 31, 2010 in BLOG

 

श्रमिक हितमा टाउको दुखाइ किन ?

– हरि नेपाली

विश्व बजारमा श्रम बेच्ने क्रमको विकास संगसंगै नेपाली मजदुरहरुको संख्या मध्यपुर्वको खाडी मुलुक कतारमा साढे तीन लाखको हाराहारीमा पुगिसकेको छ । “अकबरी सुनलाई कसी लाउनु पर्दैन भनेझै जतिसुकै कठिन परिस्थितीका वावजुद पनि शालिन, इमान्दार, परिश्रमी र मेहनती ढंगले काम गर्न सक्ने देशका व्यक्तिहरुको रुपमा नेपाली मजदुरहरुले पहिचान बनाएको प्रशंसा हामीले गरिरहनु पर्दैन स्वयं यहाँका कम्पनी मालिक र अन्य देशका व्यक्तिहरुले गरिरहेका छन् । Read the rest of this entry »

 
2 टिप्पणीहरु

Posted by on जनवरी 31, 2010 in BLOG

 

मुलुक भारतको ठाडो उपनिवेश बन्दै

गतवर्ष मई २३ तारिख प्रधानमन्त्री बनेका  माधव कुमार नेपालले  आफ्नो सरकारको एकसय दिन नपुग्दै भारतको आशीर्वाद थाप्न आफ्नो पहिलो राजकीय भ्रमणको आरम्भ अगस्त १८ तारिख भारतबाट गरेका थिए । यो स्वाभाविक थियो किनकी माधव नेपाल भारतकै योजनामा प्रधानमन्त्री बनाइएका थिए । माधव नेपाल प्रधानमन्त्री बने लगत्तै सबभन्दा पहिले भारतीय पुजारीहरूलाई पशुपतिनाथमा बहाल गरेर भारतको ऋणको पहिलो किस्ता भुक्तान गरे । प्रधानमन्त्रीको यस भ्रमण भन्दा ठीक अगाडी अगस्त महिनाकै दोस्रो साता नयाँ परराष्ट्र मन्त्री सुजाता कोइराला दिल्ली पुगेकी थिइन् । माधव नेपालको  भारत भ्रमण आरम्भ हुनुभन्दा मात्र तीन दिन पहिले अगस्त १५ मा आफ्नो पाँच दिवसीय भारत भ्रमण सकाएर उनी काठमाडौं फर्किएकी थिइन् । त्यसपछिका हरेक महिना वा अझै भनौं हरेक हप्ताजसो वर्तमान कठपुतली सरकारमा भएका वा सरकारलाई समर्थन प्रदान गरेका दलका धेरै नेताहरुले खुला वा गुप्त रुपमा दिल्लीको भ्रमण गरिसकेका छन् । Read the rest of this entry »

 
2 टिप्पणीहरु

Posted by on जनवरी 29, 2010 in BLOG

 

वैदेशिक रोजगार कतिञ्जेल ?

यतिखेर हाम्रो देशको राजनीतिक अन्यौलता, अस्थिरता र खिचातानीका कारण आर्थिक, सामाजिक, राजनीतिक शोषण, उत्पीडनले जनता आक्रान्त बनेका छन् । दिनप्रतिदिन बेरोजगारी, भ्रष्टाचारी, रोग, भोक र शोकले छटपटाइरहेका छन् । बेरोजगारी र भ्रष्टाचारी दिन दुगुणा रात चौगुणाको दरले वृद्धि भइरहेको छ । त्यस्तै जनसंख्या पनि तीव्रगतिमा वृद्धि भइरहेको छ भने रोजगारीका अवसरहरु जनसंख्या वृद्धिको अनुपातमा बढ्नुको साटो घट्दै गइरहेको छ । प्रत्येक वर्ष ३ लाखभन्दा बढी युवाशक्ति नेपालको श्रम बजारमा उत्रिन्छ अर्थात, १८ वर्ष पुगी श्रम गर्न शारीरिक, मानसिक र शैक्षिकरुपमा योग्य हुन्छन् । तर ती तीन लाखमध्ये एक लाख जतिले पनि रोजगारीको अवसर पाउंदैनन् र बांकी दुई लाख भन्दा वढि युवा शक्ति बेरोजगारीको चपेटामा पिरोलिन्छन् । त्यहि जनशक्ती भारत, साउदी अरब, कतार, दुबई, मलेसिया, इराक, अफगानिस्तान, कुवेत, लेवनान लगायतका विदेशी गल्ली-गल्लीमा चौकीदारी, कोठी (Household Worker), या कुल्ली काम गरेरै भएपनि कमाई गर्ने र आर्थिक जीवनस्तर सपार्ने आशमा आफ्नो जवानी, रगत र पसिना सवै पराई मुलुकमा खर्चिन्छन् । यति ठूलो उर्जाशील युवा श्रमशक्ति विदेश पलायन हुंदा गाउंमा आफन्तको मृत्युपछि लास उठाउने युवा पनि पाउन गाह्रो भइसकेको छ । यो शक्ति गाउंमा बावुआमा र आफन्तको मृत्युपछिको शोक समेत विदेशी गल्ली र कोठीमा मजदूरी गर्दै मनाउन विवश भएको छ । Read the rest of this entry »

 
5 टिप्पणीहरु

Posted by on जनवरी 27, 2010 in BLOG, GUEST

 

नेपाली राजनितीको संक्रमणकाल र वस्तुगत यथार्थता

२०६२ मंसिरमा भएको बाह्रबुंदे समझदारीले नेपाली क्रान्तिको ऐतिहासिक प्रक्रियाको रुपमा स्थापित भैसकेको महान जनयुद्धलाई २०६२/६३ को जनआन्दोलनसंग जोडिदियो र शान्ति प्रक्रिया मार्फत नेपालमा इतिहास देखी चीर प्रतिक्षित संविद्यान सभाको निर्वाचनलाई शानदार ढंगले सम्पन्न गरायो । त्यही संविधान सभाले नेपालमा साढे दुईसय वर्षभन्दा अघिदेखि जरो गाडेर बसेको केन्द्रिकृत सामन्तवादको राजनैनिक प्रतिनिधि निरंकुश राजतन्त्रको आश्चर्यजनक तरिकाले अन्त गरेर संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गर्‍यो । क्रान्ति प्रक्रियाको यो विन्दुसम्म आइपुग्दा नेपालमा राजनैतिक शक्ति सन्तुलन वा राजनैतिक अन्तरविरोधको अवस्थामा निकै फेरबदल आईसकेको छ । Read the rest of this entry »

 
१ टिप्पणी

Posted by on जनवरी 24, 2010 in Analysis

 

नेपालको सिमाना टिष्टा र सतलज फेरि पनि कायम हुन्छ

– फणिन्द्र नेपाल, 

अध्यक्ष : एकीकृत नेपाल राष्ट्रिय मोर्चा

० नेपाल-भारत वीच भएका असमान सन्धिहरू के-के हुन् , प्रस्टाईदिनुहोस न् ?

–  नेपालको इतिहासमा तात्कालिन व्रिटेनसँग ब्रिटिस पक्षले १८१५ डिसेम्वर २ मा प्रस्ताव गरेको र नेपालले १८१६ मार्च ४ तारिखमा सही गरेको सुगौली सन्धि सवैभन्दा पहिलो र हानिकारक असमान सन्धि हो । यो जत्तिको असमान सन्धि कुनै पनि छैन । Read the rest of this entry »

 
9 टिप्पणीहरु

Posted by on जनवरी 24, 2010 in Interview, SPECIAL

 

राष्ट्रियताको आन्दोलन र नेपाली भुमी

नेपाली भुमीमाथी भारतीय पक्षवाट निरन्तर हस्तक्षेप भइरहेको खवर पत्रपत्रीकाहरूमा प्रकाशीत भइरहन्छन् तर केहिसमय हल्लाखल्ला मच्चिएपछि यस्ता कुरा त्यतिकै सेलाएर जानेगरेको पनि छ । यतिवेला एनेकपा माओवादीले राष्ट्रियताको आन्दोलनलाइ प्रमुखताका साथ उठाएपछि यसले पुनः चर्चा पाएको छ । केहि देशभक्त स्वाभिमानी नेपालीहरू सुगौली सन्धि मार्फत इष्ट इण्डिया कम्पनीले प्राप्त गरेको भुभागसमेत भारतले नेपाललाइ फिर्ता गर्नुपर्ने तर्कसमेत गर्दैछन् । यसर्थ, नेपालको भुमी कहांसम्म हो र हाम्रो स्वाभिमान के हो भन्नेवारे सवैले वुझ्नु जरूरी देखिन्छ। विश्वमै सवैभन्दा पुरानो संस्कृति र मानव सभ्यताको विकास भएको दक्षीण एशीयामा पर्ने हिमालय खण्डको इतिहास पुरै खोतलेर हेर्दा नेपालको अस्तित्व त्यतिवेलै प्रभावशाली रूपमा स्थापीत भएको पाइन्छ । यसैले यहां नेपालको ऐतिहासीकता र त्यसपछि विस्तारीत भुमी पत्ता लगाउने सिलसिला पौराणीक कालवाटै शुरू गरिएको छ ।

स्कन्द पुराण अनुसार Read the rest of this entry »

 
17 टिप्पणीहरु

Posted by on जनवरी 18, 2010 in BLOG, SPECIAL