RSS

राष्ट्रियताको आन्दोलन र नेपाली भुमी

18 Jan

नेपाली भुमीमाथी भारतीय पक्षवाट निरन्तर हस्तक्षेप भइरहेको खवर पत्रपत्रीकाहरूमा प्रकाशीत भइरहन्छन् तर केहिसमय हल्लाखल्ला मच्चिएपछि यस्ता कुरा त्यतिकै सेलाएर जानेगरेको पनि छ । यतिवेला एनेकपा माओवादीले राष्ट्रियताको आन्दोलनलाइ प्रमुखताका साथ उठाएपछि यसले पुनः चर्चा पाएको छ । केहि देशभक्त स्वाभिमानी नेपालीहरू सुगौली सन्धि मार्फत इष्ट इण्डिया कम्पनीले प्राप्त गरेको भुभागसमेत भारतले नेपाललाइ फिर्ता गर्नुपर्ने तर्कसमेत गर्दैछन् । यसर्थ, नेपालको भुमी कहांसम्म हो र हाम्रो स्वाभिमान के हो भन्नेवारे सवैले वुझ्नु जरूरी देखिन्छ। विश्वमै सवैभन्दा पुरानो संस्कृति र मानव सभ्यताको विकास भएको दक्षीण एशीयामा पर्ने हिमालय खण्डको इतिहास पुरै खोतलेर हेर्दा नेपालको अस्तित्व त्यतिवेलै प्रभावशाली रूपमा स्थापीत भएको पाइन्छ । यसैले यहां नेपालको ऐतिहासीकता र त्यसपछि विस्तारीत भुमी पत्ता लगाउने सिलसिला पौराणीक कालवाटै शुरू गरिएको छ ।

स्कन्द पुराण अनुसार हिमालय क्षेत्रलाइ भौगोलिक रूपले पॉच भागमा विभक्त गरिएको छ:-

खण्डाः पञ्च हिमालयस्य कथिताः नेपालकूर्माँञ्चलौ ।

केदारोऽथ जालन्धरोऽथ रूचिर काश्मीर संज्ञोऽन्तिमः ।।

अर्थात् हिमालय क्षेत्रमा नेपाल, कुर्मांचल, केदारखण्ड़ (गढवाल), जालन्धर ( हिमाञ्चल प्रदेश ) तथा सुरम्य काश्मीर पॉच खण्ड पर्दछन्। पौराणिक ग्रन्थमा कुर्मांचल क्षेत्र मानसखण्डको नामले  प्रसिद्व थियो। जस अनुसार, यस उत्तरी हिमालय क्षेत्रमा सिद्ध गन्धर्व, यक्ष, किन्नर जातिको सृष्टि भयो त्यतिवला यहांका राजा कुबेर थिए। कुबेरको राजधानी अलकापुरी (बद्रीनाथ नजिक) बताईएको छ। पुराण अनुसार राजा कुबेरको राज्यमा आश्रम वनाइ ऋषि-मुनिहरू तप,  साधना  गर्थे। त्यतिवेलै पनि यि क्षेत्रहरूमा नेपालको भुमीका प्रभावशाली थियो । पौराणीक कालपछि यस क्षेत्रमा चन्द राजाहरूको शासन प्रारम्भ भइ सन् १७९० सम्म कायम रह्यो। सन् १७९० मा गोरखाली सेनाले कुमांऊमाथी आक्रमण गरि आफ्नो अधीन गरेपछि सन् १८१५ सम्म शासन गरे। सन् १८१५ मा अंग्रेजसंग सुगौली सन्धि भएपछि गोरखाली सेना आफ्नो एकिकरण अभियान स्थगीत गरि नेपाल फर्के तर अंग्रेजले कुमांऊको शासन चन्द राजालाइ नदिइ ईस्ट इण्डिया कम्पनीको अधीनमा गरे। यस प्रकार कुमांऊमाथी अंग्रेजको शासन १८१५ वाट प्रारम्भ भयो।

ऐतिहासिक विवरण अनुसार केदारखण्ड धेरै गढ (किल्ला) मा विभक्त थियो। प्रत्येक गढमा अलग राजा थिए, र आफ्नै आधिपत्य रहेको क्षेत्र थियो। इतिहासकारहरूका अनुसार पंवार वंशका राजाले यि गढहरूलाइ आफ्नो अधीनमा ल्याइ एकीकृत गढवाल राज्य स्थापना गरे र श्रीनगरलाइ राजधानी बनाए। केदारखण्डलाइ त्यतिवेलैदेखी गढवाल भन्न थालियो। सन् १८०३ मा गोरखाली सेनाले गढवाल राज्यमाथी आक्रमण गरि आफ्नो आधीपत्य कायम गरे । पछि त्यहांका महाराजाले गोरखालीहरूको अधिपत्यवाट मुक्त गराइदिन अंग्रेजसंग सहायता मागे । अंग्रेजहरूले यसलाइ उचित अवसरको रूपमा उपयोग गर्दै गोरखाली संग युद्द लडे। रणनितीक चातुर्यता र प्रशष्त सेना रहेको अंग्रेजसंग आपसी खिंचातानीमा अल्झेको दरवारका कारण गोरखालीहरूको केही जोर चलेन र अन्तमा १८१५ को सुगौली सन्धिमार्फत अन्तिम रूपले परास्त भएको ठहरिए ।

गढवालका तत्कालीन महाराजाले युद्धमा लागेको व्ययको निर्धारित धनराशी भुक्तान नगरेको भन्दै अंग्रेजहरूले गढवाली महाराजालाइ केवल टिहरी जिल्ला (वर्तमान उत्तरकाशी सहित) को भू-भाग मात्र  दिए र वांकी सम्पूर्ण गढवाल राज्य (अलकनन्दा मन्दाकिनीको पूर्वी भाग) आफ्नो अधिनमा लिए । गढवालका तत्कालीन महाराजा सुदर्शन शाहले २८ दिसम्बर १८१५ मा टिहरीमा भागीरथी र मिलंगनाको  संगमस्थित सानो गाउंमा खुम्चेर त्यहीं आफ्नो राजधानी स्थापित गर्न वाध्य भए । यसरि सन१८१५ वाट देहरादून र पौडी गढवाल (वर्तमान चमौली जिल्ला तथा रूद्र प्रयाग जिल्लाको अगस्तमुनि र ऊखीमठ विकास खण्ड सहित) अंग्रेजको अधीनमा भयो, टिहरी भने गढवाली महाराजाको अधीनमा छाडियो। यो टिहरी राज्य १९४९ को अगस्टमा भारतीय गणतन्त्रमा विलय हुंदा तत्कालीन संयुक्त प्रान्तको एक जिल्ला घोषित गरियो। पछि भारत-चीन युद्वको पृष्ठभूमिमा सिमान्त क्षेत्रको विकासका लागि भन्दै सन् १९६० मा भारतले यस क्षेत्रलाइ उत्तरकाशी, चमौली र पिथौरागढ नामक तीन सिमान्त जिल्लाहरूमा विभाजन गर्यो ।

यि ऐतिहासीक तथ्यहरू हेर्दा भारतले यी क्षेत्रलाइ आफ्नो भनि दावी गर्ने एउटै आधार सुगौली सन्धिमात्रै हो। अन्यथा कुर्मांचल क्षेत्र र  केदारखण्डभनि पुराणमा वर्णित सवै क्षेत्र अंग्रेजहरूले भारत छाडेदेखी नै नेपाल अन्तर्गतको भुमी हुनुपर्ने थियो । तर, तात्कालिन राणा शाषकहरूले आफ्नो सत्ता टिकाउने लोभमा पर्दा सो भुभागको दावी गर्नु आवश्यक ठानेनन् । तिनीहरूको त्यही कुकर्मको फल आज आम नेपालीहरूले भोगिरहेका छन् । तर, अझैपनि वेलायतले हङकङ चिनलाइ फिर्ता गरेको नजिर पेश गर्ने हो भने यो भुभाग नेपालले फिर्ता पाउने प्रशष्त आधार भेटिन्छ । यद्यपी, नेपाल र नेपाली जनताले यि कुराहरूप्रति मौन रहंदा रहंदैपनि भारतीय विस्तारवादले नेपालमाथी हस्तक्षेप गर्न छाडेको छैन ।

राणा शासन, त्यसपछिको शाहवंशीय तथा २०४६ सालको जनआन्दोलनपछि बनेका सरकारहरु कुनैले पनि नेपाली माटो र जनताप्रति इमानदारिता देखाउन नसक्दाको कारण नै नेपालीहरूले राजनीति देखी सीमा क्षेत्रसम्म भारतीय अतिक्रमण निरन्तर भोग्दै आएका छन् । भारतीय इशारामा नै सरकार, मन्त्रिमण्डल र विकास निर्माणका योजनाहरू बन्न थालेपछि नेपाली राजनीतिमा भारतीय दादागिरि कायम रहन पुगेको यथार्थलाई नकार्न सकिन्न । सरकारमा बस्नासाथ नेपाली शासकहरू भारतीय आशीर्वाद प्राप्त गर्नका लागि सर्वप्रथम भारत भ्रमणमा जाने परम्परालाई वर्तमान प्रधानमन्त्री कमरेड माधव नेपालले पनि निरन्तरता दिए । यसै परम्परालाई तोड्न खोज्ने माओवादी अध्यक्ष प्रचण्डले अन्ततः सत्ता छोड्न बाध्य हुनुपर्‍यो । जनआन्दोलन- १ का बेला पनि राजा वीरेन्द्रले भारतीय स्वार्थअनुसार चलेको भए व्यवस्था परिवर्तन हुने थिएन । जनआन्दोलन-२ का बेला भारतीय स्वार्थअनुसार ज्ञानेन्द्रले राष्ट्रियता समर्पण गरेका भए यो परिवर्तन यति सजिलोसंग हुने थिएन । उनमा शासक बन्ने तीव्र इच्छा पलाएको, तर भारतीय ईशारामा नचलेका कारण भारत चिढिएको र त्यही क्रोधका कारण ज्ञानेन्द्रलाई सत्ताच्युत गर्ने माओवादी प्रस्तावप्रति भारतले विना हिच्किचाहट सहयोग गरेको विगतलाई पनि विर्सनु हुंदैन । यसरि भारतीय विस्तारवादले के सावित गरिदिएको छ भने उसको सहयोग र आशीर्वादबिना नेपालका कुनै पनि सरकार टिक्ने छैनन् । तर वास्तविकता त्यसो नभइ, जनमतको विश्वास नगर्ने तर सरकारमा हालीमुहाली भने संधै गर्न चाहने राष्ट्रघाती तत्वहरूकै कारण अहिले मुलुकको अस्तित्व संकटमा परेको हो । यसैकारण कतिपय अवस्थामा राष्ट्रियता मागिखाने भांडो भएकोपनि देखिएको छ ।

सरकार जति वनेपनि कुनै स्पष्ट विदेश नीति नभएको र सन् १९५० लगायतका सन्धिसम्झौताहरू पुनरावलोकन गर्न कुनै प्रयास नगरिएकाले अहिले नेपालमा भारतीय हस्तक्षेप सतहमै देखिने गरी ह्वात्तै बढेको पाइएको छ । यद्यपी माओवादी नेतृत्वको सरकारले शुरुमा सन्धि पुनरावलोकनको मुद्दालाई उठाउने कुरा गरेको थियो । अहिलेसम्म पनि उसले भारतीय हस्तक्षेप र अतिक्रमणको विषयलाई राष्ट्रियता, जनजीविका र नागरिक सर्वोच्चताको आन्दोलनसंगै जोडतोडले उठाइरहेको छ । तर ठुला भनिएका अन्य दलहरू नेपाली कांग्रेस तथा एमालेले अहिलेसम्म आफ्नो धारणा सार्वजनिक गरेका छैनन् । उल्टो जसरि हुन्छ सत्ता टिकाईदिनु पर्‍यो भनेर भारतसामुन्ने हातपाउ पसारी रहेका छन् । यसले पनि भारतीय सहयोग र सम्मानमा पदीय तथा आर्थिक लाभमा पुगेपछि नेताहरूले जनता र राष्ट्रप्रति कत्तिको संवेदनशीलता प्रदर्शन गर्छन् भन्ने कुरा छर्लंग बनिरहेको छ । भारतीय सहयोगबिना हामी कुर्सीमा बस्न जानै सक्तैनौं भन्ने मानसिकताले ग्रसित भएका नेताहरू त्यही बिम्बका साथ सिंहदरबार छिर्दै आएका छन् । त्यही मानसिकता बोकेका दलालहरुको समुहले शाहवंश, नेपाली कांग्रेस, राप्रपा र एमालेलाई खाइसकेको छ भने पछिल्ला दिनहरुमा माओवादीलाई पनि यसले गांज्दै लगेको प्रतित हुंदैछ ।

२००७ साल, २०४६ वा २०६२/६३ मा भएको भनिएको परिवर्तन होस् या त्यसपछि बनेका सरकारहरू कुनै न कुनै रुपमा भारतीय विस्तारवादी नीतिको शिकार मात्र भएनन् कि उनीहरू आत्मसमर्पण गरेरै भए पनि सत्ता टिकाउने खेलमा लागिरहे । त्यसैको फलस्वरूप कोशी, गन्डकी र महाकाली नदी त बेचिइनै सकेका छन् भने अझै कति बेचिने अन्तिम तयारीमा छन् । राजा महेन्द्रकै पालामा दार्चुलाको कालापानीमा भारतीय सेनाले कब्जा जमाएका थिए । चुपचाप रहेर उनलेपनि सत्ता स्वार्थका लागि आफ्नो माटो बेचिदिए । तर, त्यतिलेमात्रै नपुगेर महेन्द्रको मृत्यु समेत स्वाभाविक नभई तात्कालीन भारतीय प्रधानमन्त्री ईन्दिरा गान्धिवाट आएको दवाव र धम्कीको सामना गर्न नसकेकाले आत्महत्या गरेको भन्नेसम्मको गाईंगुईं सुनिएको थियो । खैर, यसको वास्तविकता जे भएपनि भारतीय विस्तारवाद कतिसम्म नांगो रुपमा प्रस्तुत भएको छ भन्ने त अहिले मुलुकको वस्तुगत यथार्थलाई वुझ्न सक्ने जोसुकैले अनुमान लगाएकै विषय हो ।

जे होस्, तात्कालीन राजा त्रिभुवनले भारतीय दुतावासमा लगेर वुझाएको राष्ट्रिय स्वाधिनता र महेन्द्रकालमा थालनी भएको नेपाली माटोमाथि भारतीय अतिक्रमण अहिलेसम्म जोडतोडका साथ अघि वढि नै रहेको छ, जसलाइ अहिले एनेकपा माओवादीले नेपाली जनतासामु प्रस्तुत गरेको छ । यसलाइ सत्ताप्राप्ति या अन्य कुनै राजनैतिक स्वार्थसंग उसले नसाटेमा र सकेसम्म सुगौली सन्धिमार्फत गुमेको भुमी पुरै फर्काउने या तत्काल त्यति संभव नभएमा कमसेकम सन् १९५० को सन्धिलाइ नेपाली हित प्रतिकुल नहुनेगरि प्रतिस्थापन गरि त्यसअघिको नेपाली भुभागलाइ फर्काउन सकेमात्र पनि विश्वमानचित्रमा नेपाली स्वाभिमानले पुनः एकपटक टाउको उठाउन सक्नेछ । अन्यथा जनविश्वासमाथी कुठाराघात गरेकोमा राजनितीको केन्द्रमा रहेर सत्ताको हालीमुहालीमा मात्रै रम्ने शाषकहरूको नाम नेपाली इतिहासमा युग युगान्तरसम्म पनि दुर्गन्धित भइनै रहनेछ ।

अवसर चौहान  absr4all@yahoo.com

 
17 टिप्पणीहरु

Posted by on जनवरी 18, 2010 in BLOG, SPECIAL

 

17 responses to “राष्ट्रियताको आन्दोलन र नेपाली भुमी

  1. saqur

    जनवरी 18, 2010 at 3:43 बिहान

    a very mesarable picture of Nepali people and political condition.

     
  2. राज कोहली

    जनवरी 18, 2010 at 4:01 बिहान

    गोरखाली राज्य के भय से आतंकित कुमाऊँ की अधिकांश जनता तराई की और आ गई। वहाँ जनसंख्या विस्फोट से जनता में अनेक दुर्गुणों का समावेश हुआ। ब्राह्मणों और पंडितों की नकल कर अन्य लोग भी अपनी जीविका चलाने लगे। कवि ने निम्नलिखित पंक्तियों में उस समय की स्थिति का सजीव वर्णन किया है-

    इसमें प्रथम तीन पंक्तियाँ बृज में और अंतिम पंक्ति हिंदी में है।
    कथा वाले सस्ते फिरत धर पोथी बगल में
    लई थैली गोली घर-घर हकीमी सब करें।
    रंगीला-सा पत्रा कर धरत जोशी सब बनें।
    अजब देखा काशीपुर सारे शहर में।।

    http://www.abhivyakti-hindi.org/sansmaran/vyaktitva/gumani_pant.htm

     
  3. प्रिती माली

    जनवरी 18, 2010 at 4:16 बिहान

    कामरेड प्रचंड जब भूमिगत थे, तब यह भ्रम था कि उन्हें हिंदी नहीं आती। लेकिन जर्मन रेडियो डायचेवेले की हिन्दी सेवा के लिए उन्होंने हिन्दी में ही साक्षात्कार देना पसंद किया। तब वे अच्छी और धारा प्रवाह हिन्दी बोले। उन्हीं दिनों माओवादियों के दूसरे नम्बर के नेता डॉ. बाबूराम भट्टराई ने भी कई बार हिन्दी में वक्तव्य दिए। कुछ अरसे बाद माओवादियों के प्रवक्ता कृष्ण बहादुर महरा 2006 में लंदन आए तो उन्होंने भी जर्मन रेडियो को हिन्दी में ही इंटरव्यू दिया। ये सारे साक्षात्कार अब भी सुरक्षित हैं। आज यही महरा और माओवादियों को समर्थन देने वाली अनेरास्ववियू और अखिल नेपाल क्रांतिकारी विद्यार्थी संघ सबसे यादा हिन्दी के खिलाफ मुखर हैं। कारण उपराष्ट्रपति परमानंद झा हैं। झा का अपराध यह है कि उन्होंने नेपाली पोशाक ‘दउरा-सुरवाल’ के बदले धोती-कुर्ता पहनकर हिंदी में शपथ ली। नेपाल में प्रधानमंत्री के पद पर रहते हुए हिन्दी और हिन्दी अखबार को किसी ने सबसे अधिक सम्मान दिया तो वे मनमोहन अधिकारी थे। 10 से 14 अप्रैल 1की भारत यात्रा से तीन दिन पहले दैनिक हिन्दुस्तान के लिए साक्षात्कार देने वाले मनमोहन अधिकारी के ये शब्द भूलने वाले नहीं हैं, जब उन्होंने कहा था- ‘हिन्दी अखबार के लिए तो हम हिन्दी में ही बातचीत करेंगे।’ प्रधानमंत्री पद पर रहते हुए सूर्यबहादुर थापा, शेर बहादुर देउबा तक को हिन्दी में साक्षात्कार देने से परहेज नहीं रहा, जिनके रिकार्ड सुरक्षित हैं। आज भी ऐसे कई पत्रकार हैं जिन्हें नेपाली नेता खुशी-खुशी हिन्दी में बयान देते रहे हैं। नेपाली संसद के 601 सदस्यों में से हिन्दी बोलने वाले कितने हैं? इस प्रश्न का ईमानदार उत्तर है, 80 से 85 प्रतिशत। यानी 10 से 15 प्रतिशत नेपाली सांसदों को हिंदी बोलने-समझने में दिक्कत हो सकती है। ……………………..
    इस पर गंभीर विचार की जरूरत है कि हिन्दी को तथाकथित ‘भारतीय विस्तारवाद’ से क्यों जोड़ा जा रहा है? और इसके पीछे कौन लोग हैं?
    http://livehindustan.com/news/1/1/1-1-35231.html

    पत्रकार महोदय के यो माथिको समाचारलाइ खण्डन गर्ने हिम्मत राख्नुहुन्छ?

     
  4. harke

    जनवरी 18, 2010 at 3:51 बेलुका

    Good Analysis

     
  5. लोकराज

    जनवरी 18, 2010 at 4:19 बेलुका

    सवै नेपाली जनतामा राष्ट्रियताको भावना नजागेसम्म भारतले सिमा मिच्नपनि छाड्दैन र नेताहरूले भारतको चाकडी गर्नपनि छाड्दैनन् ।

     
  6. suman

    जनवरी 19, 2010 at 2:42 बिहान

    nice!

     
  7. kosmetsas

    जनवरी 20, 2010 at 1:34 बिहान

    Here is the perfect view for you who likes politics, economy and wars! And it is the best !!!

    Good Luck!

     
  8. Lamichhane P

    जनवरी 20, 2010 at 4:09 बेलुका

    Yo hindi ma comment halne haru ko hun? Chintan jee malai yiniharuko Email ID dinus ta.

     
  9. Antim panta

    जनवरी 20, 2010 at 4:37 बेलुका

    Thank you absar jee, good article. Keep on writing.

     
  10. Qatari Kanchha

    जनवरी 21, 2010 at 10:00 बिहान

    Good analysis yar . Go ahead ———-

     
  11. दीपेन्द्र के.सी.

    जनवरी 24, 2010 at 3:41 बिहान

    “नेपाल : सुन्दर , शान्त र विशाल” वास्तबमा यी हरफले नेपालको अद्वित्तिय बिशेषताहरुलाई दर्शाएका छन्। यी हरफले भनेझै के नेपाल विशाल छ त ? सोच्ने बेला आएको छ। हामी आफूलाई वीर गोर्खाली भन्न रुचाउछौ तर यो वीरताको आधार के त ? के हामी साच्चै वीर छौ त ? फेरी एकपटक ईतिहास पल्टाएर हेर्ने बेला भएको छ।
    नेपालको भूभाग पश्चिम किल्ला कागडा देखि पूर्वमा टिष्टा सम्म पुगेको थियो । आज त्यही नेपाल वर्षेनी ५०० देखि ६०० मिटरसम्म खुम्चिन बाध्य छ। भारतले वर्षेनी सिमाना अतिक्रमन गरेर स्वाभिमान नेपाली र सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र मुलुकको अस्तित्व माथि आच पुर्‍याएको छ। नेपाली भूभाग अतिक्रमण गर्ने भारतको यो चालाले अन्तराष्ट्रिय कानुनको खिल्लि उडाएको छ।
    नेपाल दिनप्रतिदिन साघुरिदै गएको छ । त्यो मेची पुल अब हाम्रो रहेन । यो सत्य हामीलाई नपच्ला तर यहि नै सत्य हो । अब त्यसलाई के को आधारमा नेपालको सिमाना ठानेर हामीले पुस्तकहरुमा पढ्ने ?

    हामी आफ्नी आमाको ईज्जतमाथि कसैले हात हाल्यो भने जसरी प्रतिवाद गर्छौ ठिक त्यसरी नै हाम्रो मातृभूमि लुटिदा हामीले प्रतिवाद किन नगर्ने ? हामी आफूलाई नेपाली भन्छौ भने हाम्रो प्रमुख दायित्व भनेको देशको सिमाना मिचाहाहरुको विरुद्घमा आवाज उठाउने हुनुपर्छ।

    यो देशका सैनिकलाई वकवासे राजनितीमा अल्झाउनुको साटो सिमाना सुरक्षामा खटाउने बेला भएको छ। जनमुक्ति सेनालाई निकम्मा शिविरमा राख्नुको साटो सीमा रक्षार्थ खटाइनु पर्छ।

     
  12. हरिकृष्ण राउत

    जनवरी 24, 2010 at 3:46 बिहान

    अहिलेको कठिन र संकटपुर्ण घडीमा तँ तँ र म म त्यागेर हामी नेपाली भन्ने भावना सहित नेपाललाई स्वतन्त्र र आर्थिक रुपले समुन्नत वनाउन पाइला अगाडि बढाएनौं भने संभवत आउने पुस्ताले नेपाल भन्ने स्वतन्त्र राष्ट इतिहासको पानामा मात्र पाउनेछन्। के तपाईले अनुमान गर्नु भएको छ? त्यहि नेपालको पुरानो सिमाना र हाल भारतले अतिक्रमण गरिरहेको सुस्ता लगाएतका क्षेत्रको बिषयमा तयार पारिएको “सिमानाको खोजि” नामक डकुमेन्ट्रि प्रदर्शनमा रोक लगाईएको कुरा सुन्दा अति नै दुःख लागेको छ। वास्तवमा सिमा अतिक्रमणको बारेमा सरकार समेत मौन रहदा पनि ग्रेटर नेपालको सिमा बचाउँ यो अभियानले देशको कुना काप्चामा पुगेर आफ्नो बृतचित्र मार्फत देशको सिमा बचाउने अभियानमा लागिरहेको थियो र जनतालाई जुटाईरहेको थियो। प्रदर्शनको क्रममा आज त्यहि अभियानलाई भारतिय राजदुतावासको पहलमा रोक लगाईएको छ। त्यो अभियान र त्यो बृतचित्र साच्चिकै नेपालिको मन जित्ने अभियान थियो त्यस्तो अभियानमा सरकारले समेत अझ प्रोत्साहन र बढाबा दिने बेलामा सरकार आज मौन रहेको छ। देशको सिमा बचाउन खटनुपर्ने नेपाल सरकाले उल्टो भारतिय राजदुताबासको पक्षमा बृतचित्र प्रदर्शनमा रोक लगाउनु साच्चिकै लाजमर्दो कुरा हो। नेपालको सिमाना केवल एक धर्को मात्र होइन, हामी नेपालीको अस्तित्व हो। यदी सिमाना मिचिन्छन् भने हाम्रो अस्तित्व माथी गरिएको ठाडो हस्तक्षेप हो। त्यसकारण हालसम्म भएका र भईरहेको सिमाना अतिक्रमणको हामी सवै नेपालीले एक आवाजमा विरोध गर्नु पर्दछ। र जुन बृतचित्र प्रदर्शनमा रोक लगाईएको छ त्यसको बिरुद्धमा समेत एकजुट भएर लाग्नुपर्ने जरुरी रहेको छ। इतिहासमा पुर्व टिष्टादेखी पश्चिम सतलजसम्मको विशाल नेपाल अंग्रेज साम्राज्यवादको हस्तक्षेपको कारण पुर्वमा मेची र पश्चिममा महाकाली विचको सानो नेपालका खुम्चिन वाध्य पारियो। अव भारतियहरुकोे कारण त्यही मेची महाकालीको नेपाल पनि खुम्चिदै छ। कति चुप लागेर बस्ने? कति तँ र म भनिरहने? कहिलेसम्म खोस्रो राजनीति मात्र गरिरहने? राष्टियताको राजनीति गर्ने दिन कहिले आउला? सुगौलीमा वि्रटिशलाई गुमाएका भुभाग जुन हाल भारतमा छन्, जसमाथी अन्तर्राष्टिय कानुनका आधारमा नेपालको कानुनी अधिकार छ। तर हामी मौन छौं, सरकार अनभिज्ञ छ, इतिहासको पुनर्मुल्यांकन गर्न। जहाँ सुगौली पछि बाँकी रहेको भुभाग (वर्तमान नेपालको भुभाग) समेत हामी जोगाउन सकिरहेका छैनौ। कस्तो विडम्वना। कति कमजोर र लाचार भएका छौ हामी नेपाली, आफ्नो मातृभुमी जोगाउन नसक्ने। आफ्नी आमाको छातीमा विदेशी सेनाले परेड खेल्दा समेत मुकदर्शक वनेर गुलामी गर्ने सरकार र नेताले राष्टियताका वारेका सोच्ने दिन कहिले आउला? एक पछि आर्को सिमाना माथी भएको अतिक्रमणलाई सम्झदै टुलुटुलु हेरेर बस्ने की जन्मभुमी प्रतिको आफ्नो कर्तव्य पनि पुरा गर्ने? देशमा तरल राजनीतिक अवस्था र संक्रमणकाल भएका बेला फेरी पनि नेपाली आमाका अंगहरुमा अतिक्रमण हुन सक्छ। सारा नेपाली सतर्क बनौ। अतिक्रमणकारीलाई खवरदारी गरौं। जित्नका लागि एक पाइला अगाडि बढ्दै पर्छ। निदाएर नयाँ नेपाल बन्दैन। सुतेकाहरु जाग। सुतेका वहाना गर्नेहरु पनि यथार्थतालाई हेर। गाँउ गाँउबाट उठ, बस्ती बस्तीबाट उठ। नेपाली आमाको मुहार हसाउ। नेपाली आमाको सन्तती भएकामा गर्व गर। देशलाई माया गर। तपाइर्, म अनी हामी, जो नेपाललाई माया गर्छौ। नेपाली आमाको गर्भबाट जन्मन पाएकोमा गौरव गर्छौ। जसको शरीरमा नेपाली रगत वगेको छ। जसले कहिल्यै दासता स्विकारेन र स्विकार्दैन।हाम्रै भूमिमा पोल्नका लागी भारतीय संग अनुमति लिनु पर्ने अरे भन्ने खबर हामीले सुन्न प्रदा हामी दुखी छौ खबर तल हेर्नु होला (http://nepalkuwait.com/2009/08/22/%e0%a4%b2%e0%a4%be%e0%a4%b8-%e0%a4%aa%e0%a5%8b%e0%a4%b2%e0%a5%8d%e0%a4%a8-%e0%a4%a8%e0%a4%aa%e0%a4%be%e0%a4%89%e0%a4%a6%e0%a4%be-%e0%a4%a4%e0%a4%aa%e0%a4%be%e0%a4%88-%e0%a4%b2%e0%a4%be%e0%a4%87/)

     
  13. sunita rai

    जनवरी 25, 2010 at 2:01 बेलुका

    It is a real story for nepalese Nationality. Thank you for your kind information about history and just now situation.

     
  14. ramesh

    जनवरी 28, 2010 at 2:29 बिहान

    यो देश जोगाउने जिम्मा माओवादीको मात्र नभएर संपूर्ण नेपालीको हो । अत: माओवादीले सीमा अतिक्रमण नियन्त्रण तथा गुमेको भू-भाग फिर्ताको मुद्धा उठान गर्‍यो र फरिद जकरियाको कदमको विरोध गर्‍यो भनेर विरोधको लागि विरोध गर्नका लागि मात्र अन्य पार्टीहरु मौन बस्नु अथवा विरोध गर्नु भनेको भारतले श्रृन्खलाबद्ध किसिमले जसरी नेपालको रास्ट्रियतामाथि खोला धमिल्याउने रणनीति अख्तियारी गरेको छ त्यसैलाई बल पुर्‍याउनु हो र स्पस्टत: यो आफ्नै मृत्‍यु पत्रमा हस्ताक्षर गरे समान हो । बिरोध रचनात्मक हुनुपर्छ, सरोकारवाला ब्यक्ति अथवा संस्थाले ध्यान दिन नसकेको कुरामा ध्यान आकृस्ट गरी देश र समाजलाई अगाडि बढाउने किसिमको हुनुपर्छ । सरकारमा बस्नेले पनि प्रतिपक्षको कुरा गंभीरतापूर्बक सुन्ने र लिने गर्नु पर्छ । जन चेतनाको स्तर अब त धेरै माथि उठिसकेकोले आफ्ना हरेक काम कुरोको विस्लेषण जनताले आँफैं पनि गर्न सक्छन भन्ने कुरालाई अब त महसूस गर्न सक्नु पर्ने हो, तर नेताहरु नीतिगत काम कुरो गर्नमा भन्दा बिरोधीको खोइरो खन्न र आफूलाई पानीमाथिको ओभानो देखाउनमा नै ब्यस्त देखिन्छन र त्यस्कै कारण आफू झन झन नालायक प्रमाणित हुँदै गएको यथार्थता बोध गर्न चुकिरहेको देखिन्छन । अत: यस्तो संबेदनशील बिषयबस्तुमा नेताहरु यसरी कुर्सीको लागि मौन बस्छन भने कार्यकर्ताहरुले देशको रक्षा र भावी सन्ततिको भविस्यको लागि दिगभ्रमित नेताहरुलाई आफ्नो पछि पछि लुरु लुरु लाग्ने वातावरण बनाउने उपयुक्त समय हो । अन्य कुरामा बिबाद र संझौता गर्न सकिएला, राष्ट्रियताको बिषयमा होइन ।

     
  15. Rico Bravo

    मे 31, 2010 at 6:32 बेलुका

    Wow am I actually the only reply to your awesome read?

     
  16. suhit

    जुलाई 2, 2011 at 3:51 बेलुका

    ma nepal ko bhumi bachuna jpani garna sak6u chahe mero jayan kina najaos………i hate india and indians…all student,officers,citezens of nepal should to be united.

     
  17. रमाईलो गाउँ

    सेप्टेम्बर 17, 2011 at 12:19 बिहान

    वावुराम भट्टराई जिन्दावाद !!!

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: