RSS

त्रिकोणात्मक शक्तिसंघर्ष : इतिहास र वर्तमान

04 Feb

– शक्ति वस्नेत ‘सुरेश सिंह’

प्रवृत्तिगत दृष्टिले नेपाली राजनीति फेरि एकपटक त्रिकोणात्मक संघर्षको अवस्थाबाट गुज्रिरहेको छ । संविधाननिर्माणका निम्ति निर्धारित समयसीमाको नजिक पुग्दैजांदा सबै प्रवृत्तिहरू नयां स्तरबाट सङ्गठित र ध्रुवीकृत हुादै गइरहेका छन् । उसो त नेपाली राजनीतिक इतिहासका विभिन्न चरणहरूमा पनि त्रिकोणात्मक शक्तिसंघर्षको अवस्था रहादै आएको देखिन्छ । ००७ साल अगाडि राणा, राजा र काङ्ग्रेसबीचको शक्तिसङ्घर्षमा राजा र काङ्ग्रेस मिलेर राणा शासनको अन्त्य गरे । ००७ सालपछि पुनः देखापरेको राजा, राणा र काङ्ग्रेसबीचको शक्तिसङ्घर्षमा राजा र राणाहरू मिलेर काङ्ग्रेसलाई विस्थापित गरेर २०१७ सालमा महेन्द्रको नेतृत्वमा ‘कु’ गरियो । पञ्चायतको स्थापनापछि राजा, काङ्ग्रेस र कम्युनिस्टहरूबीच नयां शीराबाट सुरु भएको शक्तिसङ्घर्ष ०४६ मा पुग्दा काङ्ग्रेस र कम्युनिस्टको घोषित/अघोषित कार्यगत एकता भएपछि राजतन्त्रात्मक संसदीय व्यवस्था पुनर्स्थापीत हुनपुग्यो । तत्पश्चात् सतहमा प्रकट भएको माओवादी, संसदवादी र दरबारबीचको त्रिकोणात्मक शक्तिसंघर्षमा माओवादी र संसदवादी शक्तिहरूबीच कार्यगत एकता र तालमेलको स्थिति बनेपछि राजतन्त्रको अन्त्य भयो । त्यसपछि फेरि विभिन्न तीनवटा प्रवृत्तिहरूबीचको टक्कर नयां स्तरमा प्रकट भइरहेको छ । राष्ट्रिय राजनीतिमा देखिएका यी तीनवटा प्रवृत्तिहरूलाई निम्नानुसार हेर्न सकिन्छ ।

पहिलो, महान् जनयुद्ध र जनआन्दोलनका ऐतिहासिक उपलब्धि र संविधानसभाको परिणामप्रति कहिल्यै सकारात्मक बन्न नसकेको घोर दक्षिणपन्थी तथा प्रतिगामी प्रवृत्ति यतिबेला शान्ति र संविधानविरुद्ध नयां षड्यन्त्रको खेलमा प्रस्तुत भइरहेको छ । अपेक्षा विपरीत राजतन्त्रको अन्त्य र संविधानसभा निर्वाचनको परिणाम आएपछि यस प्रवृत्तिका बाहकहरू १२ बुादे समझदारी, बृहत् शान्तिसम्झौता र अन्तरिम संविधानको भावनाविरुद्ध खुलेआम उत्रन सुरु गरेका छन् । शान्तिप्रक्रियालाई बिथोल्नु र संविधानसभालाई भंग गर्नु उनीहरूको प्रमुख कार्यसूची बन्न पुगेको छ । शान्ति, स्थिरता र समृद्धिमा होइन, अस्थिरता र अराजकतामा आफ्नो जीवन देखिरहेका छन् । नेपाल र नेपालीहरूको बुातामा होइन, विदेशी प्रभुको आशीर्वादमा कुर्सीमा विराजमान हुने सपना बोकिरहेका छन् । ज्ञानेन्द्र शाहीको असोज १८ कै नयां संस्करणका रूपमा संविधानसभा भङ्ग गरेर राष्ट्रपति शासन लागू गर्ने कुकर्मका लागि नयां तुल्सी गिरीहरूको खोजी भइरहको छ । विद्यमान राजनीतिक गतिरोधको अन्त्य, शान्ति र संविधान निर्माणको उद्देश्य हासिल गर्न गठित उच्चस्तरीय राजनीतिक संयन्त्रलाई षड्यन्त्र देख्नु, विभिन्न बहानामा सङ्घीयताको विरोध गर्नु र एकात्मकताको पक्षपोषण गर्नु, सेना समायोजनविरुद्ध तथानाम बोल्दै हिाड्नु, धर्मनिरपेक्षताविरुद्ध खडा हुनु, संविधानसभालाई निरीह बनाउने कोसिस गर्नु, विभिन्न अराजक एवम् हिंसात्मक गतिविधिलाई संरक्षण र प्रश्रय दिनु र राष्ट्रिय स्वाधीनताको खिलापमा जानु यस प्रवृत्तिका मूलभूत विशेषता हुन् । भारतीय विस्तारवादको संरक्षण र छहारीमा क्रियाशील दलाल तथा जनघाती प्रवृत्ति नै यतिबेला राष्ट्रको स्वाधीनता, शान्ति र परिवर्तनका निम्ति मुख्य बाधक बनिरहेको छ । संसदवादी पार्टीहरू र परम्परावादी समूहहरूभित्र छरिएर रहेको यो प्रवृत्तिविरुद्ध दृढतापूर्वक संघर्ष गरेर मात्र अग्रगमनका एजेन्डाहरू कार्यान्वयन हुन सक्दछन् ।

दोस्रो, अग्रगमन र प्रतिगमन, स्वाधीनता र पराधीनताको बीच दोलायमान रहादै आएको मध्यमार्गी प्रवृत्ति यथास्थितिको सेरोफेरोमा घुमिरहेको छ । यो प्रवृत्ति कहिले दक्षिणपन्थीहरूको हतियार बन्न पुग्दछ भने कहिले क्रान्तिकारी शक्तिहरूको सहारा लिन पुग्दछ । सामान्यतः शान्ति र संविधान निर्माणका पक्षमा देखिए पनि दिगो शान्तिको स्थापना र जनआकांक्षा अनुरूपको नयां संविधान निर्माणको पक्षमा खडा हुन नसक्नु, सेना समायोजनको कुरा गरे पनि सेनाको लोकतन्त्रीकरण र व्यवसायीकरणसहित नयां राष्ट्रिय सेना निर्माण गर्ने विस्तृत शान्तिसम्झौता र अन्तरिम संविधानको भावनाप्रति इमानदार बन्न नसक्नु, पुराना सामन्ती आर्थिक-सामाजिक सम्बन्धहरूसाग निर्णायक सम्बन्धविच्छेद गर्न नसक्नु, संविधानमा उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग तथा समुदायको पक्षमा  खडा हुन नसक्नु, राष्ट्रिय स्वाधीनताको चाहना राख्दा राख्दै वैदेशिक हस्तक्षेपको दृढतापूर्वक विरोध गर्न नसक्नु यस प्रवृत्तिका मूलभूत विशेषता हुन् । यस प्रवृत्ति बोकेका व्यक्ति तथा समूहहरूमा अग्रगामी र प्रतिगामी दुवै चेतना र रुझान विद्यमान हुन्छ । सबै संसदवादी पार्टी र परम्परागत समूहहरूमा समेत छरिएर रहेको यस प्रवृत्तिको देशभक्त तथा परिवर्तनकामी चेतना र शक्तिसंग सहकार्य र दक्षिणपन्थी रुझानसंग संघर्ष गर्दै जाने नीति अवलम्बन गर्नु सही हुन्छ ।

तेस्रो, राष्ट्रिय स्वाधीनता, नागरिक सर्वोच्चता, शान्ति, संविधान र राष्ट्रिय सरकारका पक्षमा क्रियाशील क्रान्तिकारी प्रवृत्ति राष्ट्रिय राजनीतिको मूल प्रवृत्ति पनि हो । ऐतिहासिक जनयुद्ध र जनआन्दोलनको भावनाअनुरूप शान्ति र परिवर्तनको जनआकांक्षालाई व्यवहारिक रूप दिन प्रतिबद्ध रहनु यसको विशेषता हो । संविधानका निम्नि संविधान र मुर्दाशान्तिको पक्षमा होइन, परिवर्तनसहितको दिगो शान्तिको बलियो आधार तयार पार्नु र राष्ट्रिय स्वाधीनताको सम्मानसहित अग्रगामी सामाजिक-आर्थिक रूपान्तरण सबै क्षेत्रमा समानुपातिक र समावेशी प्रतिनिधित्वसहितको नयां र जनपक्षीय संविधान निर्माण क्रान्तिकारीहरूका एजेन्डा हुन् । परिवर्तनकामी महान् अभियानको नेतृत्व गर्दै आएको एकीकृत नेकपा (माओवादी)को अगुवाइमा छरिएर रहेका सबै देशभक्त, परिवर्तनकामी तथा शान्तिकामी पार्टी, समूह तथा व्यक्तिहरूलाई गोलबन्द गर्दै जानु अहिलेको आवश्यकता हो ।

यसरी समस्या, आवश्यकता र सम्भावनासम्बन्धी बुझाइमा देखिएको विविधताको स्रोत र क्षेत्र राष्ट्रिय मात्र नभए र अन्तर्राष्ट्रियसमेत रहन पुगेको छ । यस दृष्टिले हेर्दा नेपाली समाज २१औं शताब्दीका विकसित सम्भावना र चुनौतीलाई नयां स्तरमा सम्बोधन गर्ने समाजशास्त्रीय प्रयोगशाला पनि भएको छ । जुन आफैंमा अवसर र चुनौती पनि हो । यसलाई वैज्ञानिक ढङ्गले सम्बोधन गर्न सकेमा हामीले २१औं शताब्दीको विश्वलाई नयां सन्दर्भसामग्री प्रदान गर्न सक्नेछौं भने हामी चुक्यौं भने हाम्रो स्वाधीनता र मौलिकतासमेत गुम्ने खतरा विद्यमान छ ।

यसर्थ, इतिहासको अनुभवहरूलाई ऐतिहासिक भौतिकवादी ढङ्गले विश्लेषण गर्दै संश्लेषण गर्नु आवश्यक छ । इतिहासले स्पष्ट देखाएको छ, मध्यमार्गी र दक्षिणपन्थी शक्ति एकजुट हुंदा इतिहास प्रतिगमनतिर फर्किएको छ भने मध्यमार्गी र क्रान्तिकारी शक्तिहरूबीच सहकार्य हुंदा परिवर्तन र अग्रगमन सुनिश्चित बन्दै आइरहेको छ । इतिहासको यस विशिष्ट घडीमा क्रान्तिकारी र मध्यमार्गी शक्तिहरूले यसतर्फ गम्भीर हुनैपर्ने देखिन्छ ।

 
टिप्पणी छोड्नुहोस्

Posted by on फ्रेवुअरी 4, 2010 in Analysis, BLOG

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: