RSS

भ्यालेन्टाईन डे र नेपाली राष्ट्रियता

14 Feb

भनिन्छ, जिवन एउटा उत्सव हो । हामीले जन्मदा एउटा संस्कार लिएर जन्मन्छौं, हुर्कदा त्यसमा केही परिवर्तन र परिमार्जन हुन्छ, यस संगसंगै हामी जति चेतनशील वन्दै जान्छौं त्यतिनै हाम्रो संस्कारपनि परिष्कृत हुंदै जान्छ । सामान्य दुःखमा पनि हामी संवेदनशील वन्छौं, आंशु झार्न पछि पर्दैनौं । त्यसैगरि अलिकति खुसी लागेमात्रै पनि हांसिदिन्छौं र उत्सव मनाउंछौं । यो संस्कार हामीमा जन्मजात पैदा भएको हुन्छ । तर त्यो उत्सव मनाउने र प्रयोग गर्ने तरिका तथा त्यस सम्वन्धि वुझाई भने व्यक्ति वा समय अनुसार फरक फरक हुन्छ, निरन्तर परिवर्तन भईरहन्छ । एकको उत्सव अर्कोलाई दुःखद हुन सक्छ र एउटाको दुःख अर्काको उत्सवपनि वन्दछ । हामी कुनै विजयमा उत्सव मनाउंछौं तर त्यो विजयको साथमा कसैको हार लुकेको हुन्छ त्यसमा हार्नेको संवेदनशीलता रोएको हुन्छ, उ चुपचाप रहन्छ, उसलाई साथ दिने कोही रहंदैन तर, त्यति नै वेला जित्नेको संवेदनशीलता हांसेको हुन्छ, उत्सव मनाउंछ साथ दिनेहरु धेरै भेटिन्छन् । फरक यत्ति हो उत्सव मनाउनु र नमनाउनुमा अनि जित्नु र हार्नुमा । 

कतिपय अवस्थामा हामीले मनाएका उत्सवहरुले हामी, हाम्रो जिवनशैली र ऐतिहासीकतासंग कतिसम्म तादात्म्यता राख्छ भन्ने कुरा हामीले ख्याल गरेको पाइंदैन । जसको विजय या पराजयले हामी र हाम्रो जिवनसंग कुनैपनि साईनोसम्म राख्दैन तर हामी त्यसैलाई प्रमुखता दिईरहेका हुन्छौं, र जसलाइ सम्मान र महत्व दिनुपर्ने हो त्यसलाइ भुलिरहेका हुन्छौं । यस्ता परम्पराहरु कतिपय हाम्रा चाडवाड वनेर आउंछन् त कतिपय संस्कार या उत्सव वनेर । दैनिक कामकाज र मानसिक तनाववाट केहीक्षण भएपनि मुक्ती पाउन तथा जिवनको आनन्दमय क्षण भोग्न यस्तै उत्सवहरु हाम्रा साथी वनिरहेका हुन्छन्, त्यसैले त हामीपनि यस्ता उत्सवहरु खोजी खोजी मनाउने गर्छौं । यस्तै उत्सवहरुको लाममा Valentine day पनि पर्दछ ।

आज अर्थात् फेव्रुअरि १४ को दिनलाई विश्वभर “प्रणय दिवस” अथवा Valentine day भनेर धुमधामका साथ मनाउने गरिन्छ । पछिल्ला वर्षहरुमा यस दिवसप्रति नेपाली युवावर्गको लगाव र झुकावपनि तिव्र गतिमा फस्टाउंदै गईरहेको छ । हामी हरेक कुराको अनुसरण गछौं तर त्यसको गहिराई र भावपक्षतर्फ भने सामान्य चिन्तनसम्म पनि गर्दैनौं । हामी वस्तुलाई त्यसको सारमा नभई सतहमा मात्रै वुझ्छौं, गहनतामा नगई हचुवा पाराले वुझ्छौं । त्यसैले त विश्वव्यापीकरणको नाममा तिव्र गतिमा फैलंदै गरेको पश्चिमा हावाले विश्वभर ठुलै हलचल ल्याएको वेला जवानीको चौतारिमा रमाउने निहुंमा युवा जगतमाझ यसले फस्टाउने मलिलो अवसर पाईरहेको छ । फेरि मायाप्रेमका कुरा गर्नेवेला के, किन, कहिले, कसरि, जस्ता प्रश्न गरेर रमाईलो समय खेर फाल्ने समयपनि कोसंग हुन्छ र ? शायद यसैकारण होला यो दिवसलाई भ्यालेनटाइनकै नाममा किन मनाउंदै छौं भन्ने कुरामा कतिपय युवाहरुलाई कुनै पत्तो र चासोसम्म पनि छैन । जसले कालान्तरमा परिणाम राम्रो दिन सक्दैन, केवल विकृतिमात्रै भित्रिन्छ ।

त्यतिवेलाको कठोर पुरातन सामाजीक मान्यताका विरुद्ध आफ्नो प्रेमका लागी सन्त भ्यालेन्टाइनले एउटा अदम्य साहस र क्रान्तिकारिता प्रदर्शन गरे त्यो आफ्नो ठाउंमा प्रशंषनीय नै छ । पुराना जडसूत्रवादी मान्यता र परम्पराहरुलाई तोडेर नयां सामाजीक परिपाटी वसाल्न तथा मानवीय मुल्यमान्यता र अधिकार प्राप्तिका लागी प्राणको आहुति दिन समेत पछि नपर्ने सवै व्यक्तित्वहरु क्रान्तिकारि हुन् । यस अर्थमा भ्यालेन्टाईनलाईपनि एक क्रान्तिकारि योद्धा थिए भन्न सकिन्छ । उनले आफ्नो विचार त्यागेर पुरातन सामाजीक प्रणालीसंग आत्मसमर्पण गर्नुभन्दा हांसी हांसी प्राणाहुती दिने साहस र तत्परता देखाए । त्यसैले त उनि अहिलेसम्म विश्व ईतिहासमा एक अमर हस्ति वनेर एकछत्र राज गरिरहेका छन् । हुनत, यस्ता अनुकरणीय प्रेमकथाहरु हामीकहां पश्चिमाहरुसंग भन्दा धेरै छन् । तर ति सवै ईतिहासका गर्भमै लुप्त भईगए । यसको कारण हामी आफैं हौं, जो आफ्नोपनलाई लत्याएर सदैव अरुहरुकै नक्कल गरिरहेका छौं । नत्र किन हामीमध्ये कसैले कहिल्यै “मुनामदन दिवस” या “लालहिरा दिवस”को परिकल्पना गर्न सकेनौं त ? हाम्रा माझ किन रोमियो जुलियट र भ्यालेन्टाईन नै लोकप्रीय भए त ? यसरि हामी आफ्नोपनलाई भुलेर संधै अर्काको प्रतिलिपी वन्नुभन्दा हाम्रै वरपरका ऐतिहासीकताहरुलाई ख्याल गर्नेवारे सोच्न नसक्दा हाम्रो आफ्नोपन नै विरानो वन्दै गईरहेको छ ।

हामी वुद्धजयन्ति मनाउंदछौं, तर यसलाई “शान्तिदिवस” या प्रेम र सद्भाव दिवसका रुपमा मनाउन सक्दैनौं अझ विस्तारै विस्तारै अव वुद्धलाईपनि भारतीयकरण गरिंदैछ, हामीलाई यसप्रति कुनै चासो छैन तर प्रणयदिवस भनेर भ्यालेन्टाइनको पिछलग्गु वन्न सदैव हतारमै रहन्छौं । नेपालका प्रथम शहीद लखन थापाको स्मृति दिवस संयोगवश यतिवेलै पर्दोरहेछ । तर किन उनको कसैले वास्ता गर्दैन ? यस दिनलाइ “लखन दिवस” भनेर आपसी प्रेम र सद्भाव आदानप्रदान गर्ने दिवसको रुपमा मनाउन हामीलाई के ले रोकेको छ ? वास्तवमा हाम्रो राष्ट्रिय तथा सामाजीक जिवनकालागी भ्यालेन्टाईन र लखन थापामा को वढी महत्वपुर्ण ठहरिन्छन् भन्नेतर्फ हामी किन सोच्न सक्दैनौं ? यहां हामीले हाम्रो सामाजीक-आर्थिक संवन्ध अनुकुलको उपयुक्त विचार र त्यससंगको तालमेल कसरी मिलाउने भन्नेवारे सुक्ष्म रुपमा वुझ्नु जरुरि छ, जुन पक्ष हामीले भुलीरहेका छौं । हाम्रा अमर शहीदहरुको संझनामा यस्ता दिवसहरु वनाउन हामी आफै असक्षम सावित हुंदै गईरहेका छौं, त्यसैले त राष्ट्रले अग्रगति हासिल गर्न सकेको छैन । लखन थापा जस्तै धर्मभक्त, दशरथचन्द, गंगालाल, शुक्रराज जस्ता नेपाली ईतिहासका महान् शहीदहरु विस्तारै भुलिंदै गईरहेका छन् र तिनको स्थान लिंदैछन् भ्यालेन्टाईनहरुले । के यो भन्दा लज्जास्पद कुरो अरु कुनै हुन सक्छ ?

पश्चिमाहरुले वडो तामझामका साथ प्रेम दिवस मनाउंदै गरेका वेला विश्व हल्लाउन सफल महान् नेपाली क्रान्तिकोपनि वर्षगांठ पर्दोरहेछ, शहीद सप्ताह पर्दोरहेछ । तर यस्ता दिवसहरु हामीलाई मन पर्दैनन् यसप्रति हामीलाई कुनै चासो रहंदैन । हामी त्यसैलाई उत्सवको रुपमा मनाउन किन सक्दैनौं ? के यसको महत्व र यसले हासील गरेको उपलव्धिलाइ हामीमध्ये कसैले नजरअन्दाज गर्न मिल्छ ? हरेक कुरामा यो दलको र त्यो दलको अनि यो जातको र त्यो जातको भनेर आ-आफैमा विभाजीत हुनुमा नै हाम्रो उर्जाशील वौद्धिकता खर्च भईरहेको छ । राजनैतिक दलका नेताहरुलाई धारेहात लगाएर गाली गर्न पाए हामी सवै खुसी हुन्छौं तर हामी आफैले आत्मअनुशाषनको पालना गर्दैनौं, यो कस्तो विडम्वना हो ? आफ्नो प्रेमीकासंग विहे गर्न नपाउंदा प्राण त्याग गर्न तयार हुने कुनै अन्जान व्यक्तिको यादमा हामी यत्रो उत्सव मनाउंदै छौं तर, सिंगो राष्ट्र र जनतालाइ मुक्ती दिलाउन आफ्नो प्राणको वाजी लगाएर लड्ने विर सपुतहरुको स्मृतिमा एउटा दिवस मनाउन हिच्किचाउंछौं । के नजिकको तिर्थ हेला भनेझैं भएको हो यो विषय ?

यतिखेर हामी ईतिहासकै अत्यन्त संवेदनशील मोडवाट गुज्रिरहेका छौं । चारैतिरवाट राष्ट्रियता खतरामा परेको अनुभुत भईरहेको छ । तर हामी किन यतिसाह्रो मौन वनेका छौं ? के हामीलाई आफ्नो मातृभुमीप्रति प्रेम र चासो नभएकै हो त ? यदि होईन र हामीमा अलिकतिमात्रै पनि नेपाली हुनुको अपनत्व वांकी छ भने अव राष्ट्र र राष्ट्रियताको संवद्धनमा एकजुट वन्नैपर्छ । खोक्रो राष्ट्रवादका नाराले मात्रै हुंदैन, सच्चा र व्यवहारिक राष्ट्रवाद लागू गर्न सक्नुपर्दछ । शहीदका सपना र जनताका आशा भरोसामा टेकेर गद्दारि गर्नेहरुलाई पाता फर्काउने भनेर मञ्चमा उभिएर भाषण ठोकेर या पत्रपत्रीकामा लेखेर मात्रै हुंदैन, राष्ट्र र जनताका लागी केही गरेरै देखाउनुपर्दछ । भनिन्छ, ष्पष्ट विचार र दृढ संकल्प छ भने त्यसको कहिल्यै हार हुंदैन, सदैव जित सुरक्षीत हुन्छ । तसर्थ हामी खाली भ्यालेन्टाईन-भ्यालेन्टाईन भनेर यौवन र मायाप्रेमका पछिमात्रै लाग्ने हैन, राष्ट्रप्रेमलाईपनि व्यवहारमा लागू गरौं । यस दिवसलाई कोरा मायाप्रितीमा होईन, शहीद र मातृभुमीप्रतिको प्रेममा समर्पित गरौं । नेपालै नरहे नेपाली हामी रहौंला र कहां ???     

 

आदरणीय मित्रहरु !

आजकै दिनदेखी विभाषले आफ्नो एक वर्ष पुरा गरि दोश्रो वर्षमा प्रवेश गरेको छ । यस सुखद अवसरमा विभाष आफ्ना सम्पुर्ण पाठक वर्गमा हार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी दिनहरुमा यसलाई अरू परिष्कृत गर्दै लैजान यहांहरुवाट निरन्तर साथ सहयोग सल्लाह सुझाव तथा स्वच्छ प्रतिक्रियाहरुको अझै धेरै अपेक्षा गर्दछ ।

 
12 टिप्पणीहरु

Posted by on फ्रेवुअरी 14, 2010 in Editorial, SPECIAL

 

12 responses to “भ्यालेन्टाईन डे र नेपाली राष्ट्रियता

  1. Sunita

    फ्रेवुअरी 14, 2010 at 10:36 बिहान

    Ramro lekh rahechha Bivas ko . Thank you Bivas —————– Love you Bivas————– Happy Valentine day Bivas.

     
  2. Suman

    फ्रेवुअरी 14, 2010 at 10:38 बिहान

    I liked the idea of celbrating Buddha Jayanti as Peace Day. This not only upholds the importance of Buddha Purnima but also consolidates the place of Buddha in us. It would be nice to construct the Truth and Reconciliation Commision on this day.

    I have first time seen your blog. Quitely updated but I dont like the too much of hatered words like, kathputhali and all..but blog is all about writing what we think and like…

     
  3. suman sharma

    फ्रेवुअरी 14, 2010 at 12:42 बेलुका

    ho sachhai tapaile bhane jastai –
    हरेक कुरामा यो दलको र त्यो दलको अनि यो जातको र त्यो जातको भनेर आ-आफैमा विभाजीत हुनुमा नै हाम्रो उर्जाशील वौद्धिकता खर्च भईरहेको छ । राजनैतिक दलका नेताहरुलाई धारेहात लगाएर गाली गर्न पाए हामी सवै खुसी हुन्छौं तर हामी आफैले आत्मअनुशाषनको पालना गर्दैनौं, यो कस्तो विडम्वना हो ?

     
  4. Chandra Gharti Magar

    फ्रेवुअरी 14, 2010 at 3:52 बेलुका

    चिन्तन जी, निकै गहिरो कुराहरु उठाउनु भएकोछ । हामी युवा बर्ग न त आँफै सचेत छौ न त अरुले झकझकाउदा नै सचेत हुन खोज्छौ । हामी अरुको अन्ध नक्कल गर्दै भेडा बनेर पछी पछी पछ्याउनुमै आफ्नो प्रगती देख्छौ र कसैको उक्साहतमा आँफैले आफ्नो खुट्टामा बन्चरो प्रहार गर्दैछौ । यसो हुनु आजको लागि भन्दा पनि भोलिका लागि निकै खतरानक सन्केत हो । यस्तो जमातको हाम्रो देश कस्तो होला ? हामी सबैले तपाईंको कुरामा घोत्लिनु पर्ने भएकोछ । यो लेख सबैले पढ्न जरुरी छ, शेयर गर्नुस् । धन्यवाद ।

     
  5. Kiran T Limbu

    फ्रेवुअरी 14, 2010 at 4:05 बेलुका

    मानवको त के कुरा,विश्वको हरेक प्राणीहरु एक-आपसमा माया गर्न र मायामा नै यो ब्रमान्ड बाँचेकोछ्, त्यसैले यो पर्ब या दिन यति छिट्टै नेपाली जन-मानसमा लोकप्रिय हुन गयो। यसले सबै मानव समाजमा सहि प्रेम र मायामा बाँच भन्ने अमुल्य सन्देश छरेको छ्, हालांकी यो अन्य देश्बाट भित्रेको पर्ब हो। फेरी भएन नयाँ नेपालको नयाँ धार्मिक सिध्दान्त पनि धर्मनिरिपेक्ष भएको परिप्रेक्ष्यमा जायजै होला भन्छु म त। बिभाष पत्रिको लेख आफैमा अती सान्दर्भिक छ र यसको औचित्य पनि सहि हो। हामीले पनि यसलाई लेखमा मात्रै सिमित होइन, अब यस्तै प्रेम्-दिवसको बिकल्प नेपाली समाजलाई दिनु पएने दिन आएको छ।

     
  6. Silent Job

    फ्रेवुअरी 14, 2010 at 4:19 बेलुका

    आजकै दिनदेखी विभाषले आफ्नो एक वर्ष पुरा गरि दोश्रो वर्षमा प्रवेश गरेको छ । यस सुखद अवसरमा विभाष आफ्ना सम्पुर्ण पाठक वर्गमा हार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी दिनहरुमा यसलाई अरू परिष्कृत गर्दै लैजान यहांहरुवाट निरन्तर साथ सहयोग सल्लाह सुझाव तथा स्वच्छ प्रतिक्रियाहरुको अझै धेरै अपेक्षा गर्दछ ।
    Happy Birthday to you BIVAS ! You may become flourish. You are the top blog I’d ever read.

     
  7. Aakar

    फ्रेवुअरी 14, 2010 at 11:16 बेलुका

    तपाई को कुराहरु एकदमै मननयोग्य छन् । हुन त आयातित संस्कृति भन्दैमा सबै नराम्रो भन्ने पनि हुँदैन तर कुरा यत्ति हो कि, हामी आफ्नोपन लाई चाँहि तिरस्कार गर्छौँ ।

    साथै, ब्लगलाई जन्मदिन को शुभकामना !!!

     
  8. CHINTAN

    फ्रेवुअरी 15, 2010 at 4:05 बिहान

    व्लगलाइ जन्मदिनको शुभकामना दिनुहुने मित्रहरू Silent job & Aakar तथा मित्रहरू चन्द्रजी, किरणजी, Sunita, Suman, Suman sharma सवैलाइ हृदयदेखी नै धन्यवाद साथै आभार व्यक्त गर्दछु ।

     
  9. saqur

    फ्रेवुअरी 17, 2010 at 3:37 बेलुका

    la uso bhaye happy valentine day for you.

     
  10. Rozen

    फ्रेवुअरी 22, 2010 at 12:36 बिहान

    Good article, xlent views. I’m agree wid it.

     
  11. Rai kala

    फ्रेवुअरी 22, 2010 at 1:33 बिहान

    I am agree with you. we should follow and save our culture.
    let’s start !

     
  12. Shekhar

    फ्रेवुअरी 14, 2012 at 4:53 बेलुका

    Happy Valentine day to you all

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: