RSS

संघीय प्रदेशमा कुमाल जातिको स्वायत्तता

17 Feb

–      कञ्चन कुमाल

नेपाली समाज आमूल परिवर्तनको विशिष्ट मोडमा सम्भावना र चुनौती सहित अगाडि बढेको छ । दश वर्षको उथलपुथलकारी जनयुद्ध, १९ दिने जनआन्दोलन मार्फत संविधानसभा हुंदै यहांसम्म आइपुग्दा २४० वर्षको एकात्मक, फांसिवादी र निरंकुश चरित्रको राजतन्त्र अन्त्य भएर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेको छ ।

एकात्मक राज्य व्यवस्थावाट उत्पीडनमा परेका विभिन्न जातिमध्ये कुमाल जाति पनि एक हो । यस राज्य प्रणालीबाट आदिवासी जनजातिको रुपमा इतिहासमा आफ्नो राज्यको विकास गर्न लागेको कुमाल समुदायलाई अनेक जालझेल र षड्यन्त्र गरेर भूमीहिन वनाइयो । भूमिका मालिक समथर टारमा रहेका कुमाल समुदाय अहिले अत्यन्तै निम्नस्तरको जिवनशैलीमा वांच्न विवश छन् । निकै लामो संघर्षपछि वल्ल नेपाली जनतालाई इतिहासमा पहिलोपटक आफ्नो भाग्यको फैसला आफै गर्न पाउने सुवर्ण अवसर मिलेको छ । त्यसैक्रममा राज्य पुनर्संरचनाको सवालमा मुलुकको क्रान्तिकारी परिवर्तनको लागि १४ संघीय प्रदेशको अवधारणा सहित देशैभरि वहसको विषय वनिरहेको छ । तर यो वेला कुमाल जातिलाइ पन्छाएर अन्य जातिलेमात्रै एकलौटि रूपमा अघि वढ्न खोजेको हो कि भन्ने भान पर्न गएको छ, यदि यस्तो हो भने त्यो केवल मुर्खता सिवाय अरू केहिपनि हुन सक्दैन । त्यसैले राज्यको पुनर्संरचना, आत्मनिर्णयको अधिकार र राजनैतिक, अग्राधिकार, संघीय नेपालमा संघ, प्रदेश, स्थानीय तह, विशेष संरक्षित क्षेत्रमघ्ये संघीय प्रदेश भित्रको आफ्नो स्वायत्त क्षेत्र कहां हुने ? शक्तिको बांडफांड कसरी हुने ? आदी सवालमा यस जातिकोपनि गम्भीर चासो बढेको छ ।

जातीय आन्दोलनमा सवैको चिन्ता वर्गीय र जातिय उत्पीडनको अन्त्यका लागी जातीय स्वायत्तता तथा आत्मनिर्णयको अधिकार सुनिश्चित कसरि गर्ने भन्ने नै रहेको छ । लोपोन्मुख अवस्थामा रहेका भाषा संस्कृति, रीतिरिवाज आर्थिक सामाजिक सम्वन्ध र मनोविज्ञानलाई संरक्षण सहित थप विकास गर्नका लागी श्रोतसाधनहरूको परिचालन कसरि गर्ने भन्ने सवालपनि टड्कारो देखिएको छ । एकात्मक हिन्दु व्राह्मणवादी हैकमका कारण कुमाल जातिको जातिय भाषा, संस्कृति, रीतिरिवाज आर्थिक, सामाजिक, सम्वन्ध मनोविज्ञान समेत क्रमशः लोप हुने अवस्थामा पुगिसकेको छ । यि सबै सार्वजनिक महत्वका विषयमा लागी संसदमा प्रतिनिधित्व गर्ने सवै दलका नेतृत्व तहले गम्भिर ढंगवाट वहस गर्नुपर्नेमा त्यसो हुन सकेको पाइंदैन ।

सदियौंदेखि उत्पीडनमा परेका जनतालाई सार्वभौम अधिकार सम्पन्न वनाउने गरी राज्यको पुर्नसंरचना गर्दा जातिय समुदाय भाषिक सांस्कृतिक भौगोलिक क्षेत्र, उनिहरूको त्यस क्षेत्रमा रहेको निरन्तरता र सामर्थ्यका आधारमा स्वायत्तता र स्वशासन निर्धारण गरिनुपर्दछ । उनिहरूलाइ आर्थिक भौतिक एवं अन्य स्रोत साधनका दृष्टिले सवल र सक्षम हुन सक्ने गरि समेटनु पर्दछ । यसरि हेर्दा गोरखा, धादिङ, नुवाकोट, मकवानपुर, चितवन, तनहुं, नवलपरासी, लमजुङ, कास्की आदि जिल्ला समेटिएको नारायणी स्वायत्त प्रदेशभित्र कुमाल स्वायत्त प्रदेश अथवा क्षेत्र वन्ने सम्भावना देखिन्छ ।

अधिकांश स्थानहरूमा जिल्ला-इलाका स्वायत्त, गाविस-नगर-वडा स्वयत्त हुने व्यवस्था गर्न सकिने भएकोले आत्मनिर्णयको अधिकारलाइ वाहुल्य समुदायको हिसावले राजनैतिक रुपमा अग्राधिकार दिदै सवै वर्गको नेतृत्व विकासमा जोड दिइनु पर्दछ । यसरी अगाडी बढ्दा जनतामा अन्तरनिहीत सार्वभौम सत्ताको अधिकार जनतमै केन्द्रित हुने हुन्छ र सामाजिक विकासपनि छिटो संभव हुन्छ । तर एकात्मक प्रणालीवाट यो केहिपनि सम्भव हुंदैन । नेपालको सन्दर्भमा वहुभाषी बहुधार्मिक क्षेत्रीय, जातिय विविधता रहेको अवस्थामा संघिय अवधारणावाट मात्र यो समस्या हल गर्न सकिन्छ । आत्मनिर्णयको अधिकारका कुरा कयौं वुर्जवा वर्गले पनि स्वीकार गरेको त पाइन्छ तर उत्पीडित जातिको हक र अधिकार निम्ति अगुवा गर्नभने उनिहरूले गर्न सक्दैनन् । त्यसको अगुवाइ गर्न सक्ने निर्विवाद पार्टी अहिले एनेकपा(माओवादी) मात्रै देखिएको छ । वर्गसघर्षको क्रममा विकास भएको विचारका साथमा वर्गिय, जातिय, मुक्तिको सवालमा उत्पन्न हुने समस्याहरुलाइ मार्क्सवाद लेनिनवाद, माओवादका आधारमा स्वस्थ र ष्पष्ट वैचारिक छलफलवाट मात्र सहि र वैज्ञानीक ढंगवाट हल गर्न सकिन्छ । जुन हैसियत र चाहना अन्य दलहरूले पटक्कै राख्दैनन् भन्ने कुरा सवैका सामु घामजस्तै छर्लंग भइसकेको छ ।

यतिवेला श्रमजिवि जनताको मुक्तिका खातिर राष्ट्रिय मुक्ति आन्दोलन संचालन गर्न तथा आत्मनिर्णयको अधिकार सुरक्षित गर्नका लागी आपसी खिंचातानीमा अल्झनु भन्दा विदेश हस्तक्षेप विरुद्द राष्ट्रिय स्वाधिनताको लडाई मुख्य वनेको छ । तर, कतिपय सम्भ्रान्त र कथित वुद्धिजिवी वर्गहरु देशलाई संघियतामा लैजांदा देश टुक्रिन्छ भन्दै यतिवेलै कोकोहोलो मच्चाउन थालेका छन् । पछिल्ला गतिविधीहरु हेर्दा उनिहरु देशलाई सकेसम्म अझै पश्चगमनमा लैजाने या त्यति गर्न नसकेपनि कमसेकम यथास्थितीमा राखिराख्ने षडयन्त्रमा लागेको प्रष्ट हुन्छ । तसर्थ, समुन्नत नयां नेपाल निर्माण गर्न नचाहने यस्ता दलाल, नोकरशाह, सामन्त वर्गको विरुद्ध सच्चा देशभक्त वामपन्थी शक्तिले अव एकपल्ट छिनोफानोको अन्तिम लडाईमा सहभागी हुनैपर्ने देखिन्छ ।

– लेखीका “कुमाल राष्ट्रिय मुक्ति मोर्चा, नेपाल”की केन्द्रिय कोषाध्यक्ष हुन् ।

 
6 टिप्पणीहरु

Posted by on फ्रेवुअरी 17, 2010 in BLOG

 

6 responses to “संघीय प्रदेशमा कुमाल जातिको स्वायत्तता

  1. आकार

    फ्रेवुअरी 17, 2010 at 8:31 बिहान

    यस विषय मा वहस भएको त राम्रै हो तर म यो जातिय संघियता को विपक्ष ना छु । राजनितिक सेन्टिमेन्ट जित्न का लागि माथि का कथित नेताहरु व्दारा जनतालाई देखाइएको यो ललिपप, ले एउटा ठूलो दुर्घटना निम्त्याउँदैछ । जातपात र धर्म का आधार मा भेदभाव नगर्ने भन्ने तर हेर त अचम्म उनीहरु नै जात का आधार मा देश विभाजन गर्न उद्दत छन् ।
    देशमा कति किसिम का जातजाती छन् भन्ने त सबैलाई थाहा नै होला, तर यहाँ राजनिति गर्न को लागि, कुर्सी को लागि, क्रान्ति र परिवर्तन भन्दै वाहियात कुरालाई अगाडि सारिएको छ जुन एकदमै असान्दर्भिक छ । यो आफ्नै खुट्टा मा बन्चरो हान्ने काम भन्दा केही होइन ।

    कुमाल जी को लेखाइ, कुमाल जाति को लागि राम्रै होला । उहाँ कै भाषामा भन।दा नोकरशाह, पुँजिपति, दलाल, सामन्तवर्ग को विरुद्ध मा लाग्नैपर्ने भएको छ रे, देश टुक्र्याउन को लागि । कुमाल जाति लाई पनि छुट्टै राज्य चाहियो । जात कै आधार मा राज्य पाइन्छ र राज्य छु्टयाउनु पर्छ भने, जातजाति विच को खाडल अझै बढदै जान्छ । म गर्व ले भन्छु बाहुन हुँ, हाम्लाई नि राज्य चाहियो । खै त हाम्रो भाग ??? के यस्तै किसिम ले सबैले भन्ने हो भने, हामी नेपाली भन्ने पहिचान नै भुल्नेछौँ । नेता ले कुर्सी का लागि, बनाएको भर्‍याङ भन्दाअरु केही होइन यी कुराहरु ।
    कुमाल जी, जातिय संघियता भन्दा, हामी नेपाली हाम्रो नेपाल भन्ने सन्देश दिने किसिम का लेख लेख्नुस् । सायद, यसो भन्दा म पनि त्यही तपाई ले भन्ने गरेका कथित केही शब्दहरु भित्र पर्छु होला । तपाई को कुरा काट्दै भन्छु, जातिय संघियता मा जाने हो भने, देश टुक्रयाउने नै खेल हो । जातपात मान्नु हुँदैन भन्नेहरु नै, जात जात को लागि राज्य चाहियो भन्छन् । सबै वाहियात कुराहरु हुन् । माथिल्लो तह का नेता ले कार्यकर्ता भुलाउन, देखाएको हरियो घाँस भन्दा अरु केही होइन ।

     
  2. Hanuman Bhakta Mathema

    फ्रेवुअरी 17, 2010 at 1:20 बेलुका

    Bichar sakiyepachhi jat-pat ka kura uthchhan bhanthe ho raichha. Nepal ma aba bicharwan haruko jamaan sakiyo jasto chha.

    Yesta Ket keti Kura garera pani hunchha aba? aafno bahulya bhayeko thauma ta jo sukaile pani swayettata payekai chhan ni. tara kunai lai hune kunai lai nahune bhanne chahi hunu hudaina.

     
  3. Bikas kumal

    फ्रेवुअरी 17, 2010 at 1:26 बेलुका

    Mitra le uthaunu bhayeko kuro 16 aana thik ho. Aba hami Kumal jati pani aafno hak adhikar ka lagi sachet hune bela bhayo.

    “कुमाल राष्ट्रिय मुक्ति मोर्चा, नेपाल” sanga samparka kasari garna sakinchha? kripaya, yesko madhyam kasaile malai milaidinu hunchha ki ?

     
  4. विकी

    फ्रेवुअरी 17, 2010 at 1:46 बेलुका

    आकारजीको विचारसंग मपनि सहमत छु । साथै माथेमाजीले उठाउनुभएको कुरापनि सहि हो । जव विचार र वहसले स्थान पाउन छाड्छ तव जाति, धर्म, भाषा, क्षेत्रियताका कुराहरू हावी हुन्छन् । हिजो जनयुद्ध सञचालन गर्दासम्म नेकपा माओवादीले विश्वमा केवल २ जातिमात्रै हुन्छन् – महिला र पुरूष ति दुवै समान हुन् भन्दै हिंडेको हामीले भुलेका छैनौं तर, उनिहरूले नै भुलिसके ।
    अन्तर्राष्ट्रिय कम्युनिष्ट गानले भन्छ – “मानिसको अन्तर्राष्ट्रिय जाति हुनेछ” विश्व कम्युनिष्ट आँन्दोलनको नेतृत्व गरेको ठान्ने माओवादीले यस कुरालाइ कसरि हेरेको छ ? जुनसुकै महत्वपुर्ण कार्यक्रममा वजाइने यो गानको यो भन्दा वढी अपमान सो पार्टिले नगरोस ।
    अन्य पार्टिहरू त यथास्थितीवादी भैहाले जसलाइ शाषन संयन्त्रमा कुनै परिवर्तन गर्नु छैन, केवल जनता ढांटेर तथा “फुटाउ र राज गर”को सिद्धान्त अनुसार सत्तामै रमिरहन चाहन्छन् उनिहरू । के के न गर्छु भनेर आएको माओवादीले पनि सोही सिद्धान्तलाइ नयां ढंगवाट व्यवहारमा उतार्नुवाहेक केही गर्न सकेन । माओवादीले यसवारे जनतासामु आत्मालोचित हुनै पर्छ ।
    अव चेतनशील जनसमुदायले यसवारे समयमै वहस थाल्नुपर्छ, सवै समान हुने व्यवस्था ल्याउनुपर्छ । जातियता नेपालको अभिशाप वन्न सक्छ ।

     
  5. Rupantar

    फ्रेवुअरी 17, 2010 at 3:35 बेलुका

    आदरणिय मित्रहरू ! संघियता अव नेपालको परिवेशमा अनिवार्य भइसकेको त यहांहरूलाइ विदितै होला । विविध जातिको वसोवास रहेको तथा सदियोंदेखी ति जातिहरू थिचोमिचोमा परेको अवस्थावाट मुक्ती पाउन ति जनताहरूलाइ निश्चित अवधिका लागी आग्राधिकार दिनुपर्ने कुरामा मेरो खासै विमति छैन । तर जातियतालाइ नै वढावा दिनुपर्छ भन्ने मान्यता भने गलत हो भन्ने मलाइपनि लाग्छ । हामी यस्तै अनावश्यक वखेडा झिकेर विवादमा अल्झिरहंदा विदेशिहरूले यहां खेल्ने अवसर पाइरहेका हुन् तर, हामी त्यो कुरा नवुझेर हो या वुझ पचाएर हो, यस्ता मुद्दाहरूमै केन्द्रित छों र राष्ट्रिय विकास तथा समृद्धिमा भांजो हाल्ने काम गरिरहेका छों । तसर्थ, अव हामीले संघियतादेखी हरेक सवालमा जातियता भन्दा माथी उठेर सिंगो नेपालीको अपनत्व वोल्न थाल्ने कहिलेदेखी हो म त अलमलमा परें ।

     
  6. उद्धब कुमाल, गोरखा

    जुन 4, 2011 at 7:48 बिहान

    सामाजिक असमानता- राज्यका स्रोत र साधन माथि उच्च जाती हरुकै बाहुल्य थियो र छ। समाजमा जनजातिले भैंसी,सुगुर खान हुने बाहुनले खान नहुने,उच्च र निचको रेखा कोरिएको थियो। बाहुनले पढ्न हुने अन्य जातिले पढेमा कानमा झिरा हाली दन्ड सजाय दिईने तथ्य हरु पनि पाइन्छन।
    १०४ बर्ष जहानिय राणा शासनले नेपाललाई ईतिहासका पानामा सयौ बर्ष पछाडि पारेको छ। जनजाती हरु को अवस्था अझ दयानिय छ झन् कुमाल जातिहरुको त कुरै छाडौ। प्रजातन्त्र पछीका समय,२००७ देखी २०६३ सम्म राज्यको व्यबहार जनजाती सस्क्रिती प्रती अर्घेउलो हुदै आयो। एक भाषा एक सस्क्रिती अङगालेर बेवस्था गरिएको हो।
    राजनैतीक रुपमा जनजाती- मुलुकी ऐन,१९१० जङ बहादुर को पालामा र २०२० भादौ १,नया मुलुकी ऐन ले जनजातीलाई प्रस्टरुपमा बिभेद गर्नु राजनिती प्रमुख हो। यसमा हस्तान्तरन गर्ने २१२ जना मध्य ९५% उच्च जातले नै ओगटेको थियो।

    राज्यको प्रत्येक अङगमा,न्ययिक,प्रशासनिक,नागरिक ओहदामा पहाडी उच्च जातकै बोलवाला छ। सन १९९९ सम्म सताधारी बर्गमा जनजाती ८% मात्रै थियो त्यस माथि पनि कुमाल त शून्य।
    मानब बिकास सँग जोडीएको महत्वपूर्ण आर्थिक अवस्था हो। यसरी जनजातीको आर्थिक अवस्था हेर्दा कमजोर रहेको छ। आर्थिक स्रोत भनेका किसानी र मजदुरी हो । त्यस्तै जनजाती प्रती ब्यक्ती आय हेर्दा औसत १५,७३०अझ कुमालहरुको त यो भन्दा पनि तल छ भने बाहुन छेत्री २४,५९९ रहेको छ। त्यसैले हामीहरु कुमाल जाति पक्कै पनि अबका दिनहरुमा आर्थिक सुधारका लागि पहिलो फड्को मार्नु अत्यावश्यक छ ।

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: