RSS

सम्पादकीय


विभाष

” न वा इति विभाषा ” … हो वा होइन अथवा निषेध र विकल्पको स्थिती नै ”विभाष” हो ।

मुलुक अहिले अत्यन्त सम्वेदनशील मोडवाट गुज्रीरहेको छ । तरल परिस्थितिमा हरेक क्षणहरू शंकायुक्त र अनिश्चितजस्तो प्रतीत भइरहेको छ । एक नेपालीले अर्कोलाइ विश्वाश गर्न नसक्ने र आपसमा अश्वस्थ प्रतिश्पर्धाविच आफ्नो र मुलुकको भविश्य तय गर्नुपर्ने जटिलता अहिले हामी सामु छ । यसर्थ अहिले हामी विभाषपुर्ण अवस्थामा छौं । संस्कृतमा भनिएको छ  ”…. शंशयेन विजानाति शंशयात्मा विनश्यति ।” शंका गर्नाले जानिन्छ तर अतिशंकाले विनाश ल्याउंछ । मुलुकमा अहिले हरेकपल शंका र अविश्वासको वादल मडारिइरहेको छ । यसले संकटमात्र ल्याउदछ, समाधान होइन । नेपालको सन्दर्भमा अहिले भइरहेको देशी विदेशी चलखेलले पनि हाम्रो राष्ट्रियता खतरामा रहेको पुष्टि हुन्छ ।

हामी हुर्केवढेको समाज शताब्दियौंदेखि अशिक्षा र अन्धकारमा थियो, हाम्रा पितापुर्खाहरू शोषीत पिडित थिए, आफ्ना हक अधिकारका निम्ति लड्नुभन्दा भगवानकै भरोसामा वस्ने चेतना उनिहरूमा विद्यमान थियो । अहिले हामी त्यो पिंढीभन्दा आफुलाइ सचेत ठान्छौं, तर हामी हुर्केको त्यो संस्कारले हामीलाइ छाडेकै छैन । हामीमा सचेतना आइसकेकै छैन किनकी हामीले त्यो संस्कार परिवर्तन गर्ने धृष्टता ( Dare ) गर्नसकेका छैनौं । हुनत संस्कार (  Reformation ) जादुको छडीजस्तो क्षणभरमै परिवर्तन हुने चिजपनि होइन, तर अपरिवर्तनीय पनि छैन । संस्कार वदल्न समयको लामो कालखण्डमा निरन्तर प्रयास जारी राख्नुपर्दछ र अन्तमा जोडदार धक्का दिनुपर्दछ । यसको अलावा निराशा ( Despondency ),  निस्सारता  ( Sacrificed ), लक्ष्यहीनता, पलायन, असहायपन, हिनतावोध, शुन्यवोधजस्ता जिवनका नकारात्मक पाटाहरूलाइ हामीवीच फस्टाउने अवसर दिइरह्यौं भने हामीले आफुलाइ सचेत भनिरहनुको कुनै अर्थ रहदैन । यस्ता क्रियाकलापले चेतनशीलताको कमी रहेको हाम्रो समाजमा सामान्य चेतनशील वर्गको चेतनशीलता र क्रियाशीलता  समेत ध्वस्त हुदै जानेछ र मुलुक अरू ठुलो भासमा फस्न जान्छ । हामी अग्रगमन शब्दसंग तर्सन्छौं, विचलित हुन्छौं, यसवाट विमुख हुन चाहन्छौं । यसै प्रबृत्तिको फलस्वरूप समाजमा धनी र गरिवविचको विभेद शुरू भयो, असमानता र अभावले जरो गाड्यो । शाषन संयन्त्रमा सर्वसाधारणको निषेधसंगै शाषक र शाषीत विचको दुरी लामो हुदैगयो र राज्यप्रति जनताको विश्वास टुट्यो यसैको परिणामस्वरूप विकल्पको रूपमा विद्रोह अघिल्तिर  आइपुग्यो । विद्रोह विभिन्न रूपमा हामीसामु विद्यमान छ नकारको रूपमा, विनाश, ध्वंस, विखण्डनवाद आदिका कारण मुलुक आक्रान्त वनिरहेको छ । ज्ञान, सिद्धान्त, समाज, दर्शन, साहित्य, इतिहास सर्वत्र विचार र अर्थको स्थान सांघुरिदै गइरहेको छ । हामी वस्तु वा समाजको  वास्तविक पक्षलाइ भुलेर मरणशील पक्षलाइ मात्र जोड दिइरहेका छौं,  निरन्तर अधिभूतवादको शिकार भइरहेका छौं । यसरी आफैंले चाल नपाउने गरी हामी यान्त्रिक र जड वन्दै गइरहेका छौं ।

मुलुकमा अहिले जातीय, क्षेत्रिय, लिंगीय जस्ता पक्षहरूलाइ केन्द्रमा राखेर विखण्डनवादी आन्दोलन गर्ने परिपाटी शुरू भएको छ, आफ्नो वाहुल्य भएको क्षेत्रमा अन्यलाइ निषेध गर्ने प्रयत्न भइरहेको छ । आफुलाइ सचेत र क्रान्तिकारी देखाउने होडमा हामी अतियथार्थवादको शिकार भइरहेका छौं, आफ्नोपन हामीलाइ घांडो बन्छ, पश्चिमा संस्कृती प्यारो हुन्छ । सधैं सामाजिक अन्तर्विरोध र भिड संस्कृतिमै जकडिएका हामीले विचार शुन्य भएर ”विरोधको लागी विरोध र निषेधको लागी निषेध” गर्नुभन्दा समानता र वन्धुत्वको भावना अनुसरण गर्न सक्नुपर्दछ । स्वत्वको ख्याल नगरी अर्काको अन्धानुकरण गर्ने प्रवृत्ति त्याग्नुपर्दछ । कुनै अमुर्त कल्पना या युटोपीयाको पछि लाग्नुभन्दा यथार्थताको धरातलमा टेक्न सक्नुपर्दछ ।

वास्तवमा कुनैपनि वस्तु सम्पुर्ण रूपमा पुर्ण हुन सक्दैन, जव पुर्ण हुन्छ त्यसको विकास प्रकृया अवरूद्ध हुन्छ, तसर्थ सामाजीक विकासको प्रकृयापनि कहिल्यै पुर्ण हुदैन, निरन्तर गतिशील रहन्छ । हामीमा पनि  चेतनाको विकास भइनै रहन्छ । हरेक परिस्थितिमा विकल्पहरूको संस्लेषण गरेर विरोधको समाधान निकाल्ने तथा आवेग होइन विवेकको प्रयोगद्वारा पुरानोलाइ परिमार्जन वा निषेध गर्दै नयांको निर्माण गर्ने अवको दायित्व हामी युवाहरूकै कांधमा आइपुगेको छ । हाम्रो यात्रा अव शुरू भइसकेको छ …  निषेधवाट विकल्पतर्फ प्रस्थान गर्ने । मार्क्सले भन्नुभए झैं  ”खरावहरूको असली खण्डन व्यवहारवाटै गर्नुपर्दछ” । त्यसैले समाजमा व्याप्त खरावीहरू र अन्योलपुर्ण अवस्था (विभाष) वाट  मुलुकमा सार्थक परिवर्तनको आभाष ल्याउन एकअर्कामा हातेमालो गरेर अघि वढौं । यो हाम्रो राष्ट्रिय आवश्यकतामात्र होइन, समयको माग र आमजनताको चाहना पनि हो ।

कृपया हामीलाइ आफ्ना सल्लाह, सुझाव, लेख, रचना तथा प्रतिक्रियाहरू  पठाउन नभुल्नुहोला । यहांहरूको अमुल्य सम्झनाहरूलाइ bdjourn@gmail.combivash90@gmail.com ले सदैव प्रतिक्षा र सम्मान गरिरहने छ ।

 

21 responses to “सम्पादकीय

  1. Ashok

    मार्च 19, 2009 at 10:26 बिहान

    dherai ramro bicharko samishran, bikasji….
    maile pani bivash ko artha reamrari thaha paya; ani tapaiko bhanai sarai mananyogya ra upayogi chhan: in reality hamro desh ma tapai jastai manchhe ko khancho 6….
    keep it up!!!
    http://ilostangel.wordpress.com

     
  2. Ametya

    मार्च 30, 2009 at 8:53 बिहान

    एउटा पत्रीकाको सम्पादकिय भन्दा कम छैन यो सम्पादकिय …. धेरै उत्कृस्ट छ लेखाई…..

     
  3. AsoC

    जुन 5, 2009 at 5:00 बिहान

    bivas jee,
    blogroll ma nepali blogs haru vaedieko vae ajha sundar hunthyo ki…..
    http://ilostangel.wordpress.com

     
  4. Deviram Devkota

    जुन 27, 2009 at 1:45 बेलुका

    It’s very very intresting. Thank you very much.

     
  5. रातो गुलाव

    जुलाई 8, 2009 at 7:14 बिहान

    सम्पादकीय अव अर्को नयां पनि अपलोड गर्न पाए हुने विभाष जी !

     
  6. kripa

    जुलाई 24, 2009 at 10:57 बेलुका

    It’s a Great Idea. I apriciate this.

     
  7. Josef kumar Malla

    सेप्टेम्बर 26, 2009 at 11:48 बिहान

    IT”S VERY NICE EDITORIAL. SALAM SIR !
    NOW, YOUR BLOG SITE IS NOW VERY BEST. GO AHEAD.

     
  8. hikmat bista

    नोभेम्बर 30, 2009 at 12:53 बेलुका

    Thanks for nice editorial, now i know the meaning of BIVAS.

     
  9. suraj

    डिसेम्बर 10, 2009 at 5:34 बेलुका

    babal chha

     
  10. suraj

    फ्रेवुअरी 4, 2010 at 2:51 बेलुका

    Aarco kaila leaknee ho ta ?

     
  11. charu

    फ्रेवुअरी 22, 2010 at 1:28 बिहान

    One of the top most blog which i’d ever been read. Nice and interesting Editorial.
    Thank you.

     
  12. Paris Mooreland

    फ्रेवुअरी 9, 2011 at 11:33 बेलुका

    very good publish, i certainly love this website, carry on it

     
  13. O Monitor

    मार्च 13, 2011 at 9:59 बिहान

    Oh i really envy the way you post topics, how I wish I could write like that…

     
  14. Circuit B

    मार्च 17, 2011 at 7:04 बेलुका

    Your blog is one of a kind, I love the way you organize the topics…*

     
  15. Skin M

    मार्च 17, 2011 at 7:09 बेलुका

    My friend first found your blog on Google and she referred your blog to me. Its nice but please update regularly.

     
  16. अन्तेश

    अप्रील 13, 2011 at 4:46 बिहान

    अत्यन्त सान्दर्भिक रहेछ तर अचेल किन हो अपडेट भएको देख्दिन नी विभाषजी !!!

     
  17. Home Cleaning Service New York

    सेप्टेम्बर 8, 2011 at 7:34 बिहान

    Wow! This blog looks exactly like my old one! It’s on a completely different subject but it has pretty much the same page layout and design. Outstanding choice of colors!

     
  18. jocuri cu

    सेप्टेम्बर 13, 2011 at 3:01 बिहान

    Thanks for the recommendations you have contributed in BIVAS.

     
  19. omar yasseen florida

    फ्रेवुअरी 20, 2012 at 2:32 बिहान

    got to share this with my friend in florida

     
  20. click here

    मार्च 17, 2012 at 2:18 बिहान

    Many thanks for an unbelievable submit, will examine one’s others posts. thanks for your ideas for this, I felt a bit struck by this text. Merit again! You earn a great point. Got some wonderful report here. I do think that when more people thought of it like this, they’d have got a better time obtain the suspend ofing the issue.

     
  21. Watch new TV shows

    मार्च 23, 2012 at 1:30 बिहान

    I do not drop many comments, however I read a few of the responses here – BIVAS. I actually do have a couple of questions for you if you do not mind. Could it be just me or do a few of these remarks appear like they are written by brain dead visitors?😛 And, if you are posting at additional online sites, I would like to follow you. Could you make a list of every one of your shared pages like your twitter feed, Facebook page or linkedin profile?

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: