RSS

Category Archives: BLOG

उद्यमशीलता र जन्मदिवस

अणुत्वमहत्वाभ्यां कर्मगुणाश्च व्याख्याता ॥वैशेषिक दर्शन:७।१।१६॥

अणुत्व(परिणाम) र महत्वद्वारा कर्म तथा गुण (पनि) अभिव्यक्त हुन्छ ।

हामी भन्छौं- यो महान कार्य हो, यो सानो कार्य हो । त्यसैगरी कसैको ज्ञान महान हुन्छ त कसैको अल्प । यि सवै कुराहरु व्यवहारवाट मात्रै प्रष्टिने हुन्छन्, यस्ता कार्यहरु व्यवहारको कसीमा परिक्षीत हुन थालेपछि राष्ट्र र जनताको कल्याणका लागि कति महत्वपुर्ण रहेछन् भन्ने प्रमाणीत हुदै जान्छन् ।

मुलुक अहिले संक्रमणकालिन अवस्थावाट गुज्रिरहेको छ । दैनिक हजारौं युवा रोजगारिको खोजीमा विदेशीईरहेका छन् । यसरी श्रृजनशील जनशक्ती निरन्तर विदेश पलायन हुनु राष्ट्रिय उत्पादकत्व वृद्धिका लागि निश्चय नै राम्रो संकेत होईन । Read the rest of this entry »

 
10 टिप्पणीहरु

Posted by on अगस्ट 2, 2011 in BLOG

 

शव्दचित्रमा : गोरखाको गुरुङ पदमार्ग

-विनोद ढकाल, रेडियो गोरखा

प्राकृतिक श्रोत र सम्पदाहरूको धनी एतिहासीक जिल्ला गोरखामा अधिकांश गुरुङ समुदायको मात्र वसोवास रहेको पांचखुवा देउराली, स्वांरा, सौरपानी, लापु, गुम्दा, लाप्राक र वारपाक गाविसलाइ समेट्ने गरि सातदिने पदयात्रावाट गुरुङ समुदायको फरक फरक संस्कृति भेषभुषा, रहनसहन र खानपानको स्वाद लिन तथा यसलाई गुरुङ पदमार्गको रुपमा चिनाउन सकिन्छ । Read the rest of this entry »

 
टिप्पणी छोड्नुहोस्

Posted by on अगस्ट 21, 2010 in BLOG, SPECIAL

 

शिक्षा नीति : जनकेन्द्रित कि धनकेन्द्रित ?

– गणेश आचार्य

नेपालका युवा कम्युनिस्टहरु भन्छन्- शिक्षामा आमूल सुधार हुनुपर्छ । जनवादी र वैज्ञानिक शिक्षा प्रणाली लागू गर्नुपर्छ । थोत्रो परम्परागत सामन्ती शिक्षा अब बेकार छ । तर यो भनाइको तात्पर्य के ? जनवादी शिक्षा भनेको कुन चरीको नाम हो ? यो प्रश्नले सर्वसाधारण जनताको मात्र होइन, तिनका निरीह विद्यार्थी छोराछोरीको मन रिंगाउन थालेको पाइन्छ । कारण, ६० प्रतिशत जनमत बटुलेका कम्युनिस्ट पार्टीका ‘माउ’ नेताहरुले ‘जनवादी’ शिक्षाका सपना साकार पार्ने आशामा तुषारापात हुँदै गएको छ । यो गम्भीर र विडम्बनापूर्ण सवाल हो । २००४ मा भर्खर कम्युनिस्ट पार्टी जन्मँदै थियो । चार जनाले कलकत्तामा खोलेको यस पार्टीको मूल्य, मान्यता, आदर्श, नीति र सिद्धान्तहरु शिक्षाको क्षेत्रमा कति अंश लागू भए या हुँदैछन् ? यो आजको यक्ष प्रश्न हो । तमाम विद्यार्थीहरुले कम्युनिस्ट पार्टी सत्तामा गएपछि यसको मूल्यांकन र अनुगमन गर्नु स्वाभाविक छ । Read the rest of this entry »

 
१ टिप्पणी

Posted by on फ्रेवुअरी 23, 2010 in BLOG

 

संघीय प्रदेशमा कुमाल जातिको स्वायत्तता

–      कञ्चन कुमाल

नेपाली समाज आमूल परिवर्तनको विशिष्ट मोडमा सम्भावना र चुनौती सहित अगाडि बढेको छ । दश वर्षको उथलपुथलकारी जनयुद्ध, १९ दिने जनआन्दोलन मार्फत संविधानसभा हुंदै यहांसम्म आइपुग्दा २४० वर्षको एकात्मक, फांसिवादी र निरंकुश चरित्रको राजतन्त्र अन्त्य भएर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेको छ ।

एकात्मक राज्य व्यवस्थावाट उत्पीडनमा परेका विभिन्न जातिमध्ये कुमाल जाति पनि एक हो । यस राज्य प्रणालीबाट आदिवासी जनजातिको रुपमा इतिहासमा आफ्नो राज्यको विकास गर्न लागेको कुमाल समुदायलाई अनेक जालझेल र षड्यन्त्र गरेर भूमीहिन वनाइयो । भूमिका मालिक समथर टारमा रहेका कुमाल समुदाय अहिले अत्यन्तै निम्नस्तरको जिवनशैलीमा वांच्न विवश छन् । Read the rest of this entry »

 
6 टिप्पणीहरु

Posted by on फ्रेवुअरी 17, 2010 in BLOG

 

सामाजिक सुरक्षा – बहस र विवाद

– गणेश रेग्मी

बितेका केही वर्षदेखि नेपालमा रहेको बेरोजगारीको समस्या र मजदुरहरूले पाउने गरेको अपर्याप्त ज्यालाको विषयमा श्रमबजारमा तीव्र बहस र विवाद हुँदै आइरहेको छ । रोजगारदाताहरू विद्यमान श्रम कानुन ‘श्रमबजारलाई उपयुक्त नभएको’ भन्ने तर्क गरिरहेका छन् भने ट्रेड युनियनहरू पनि श्रम कानुनले समग्र श्रमबजारलाई छुन नसकेकोमा आक्रोशित छन् । खासगरी मजदुरहरूको न्यूनतम वेतन, उनीहरूको सामाजिक सुरक्षा, ट्रेड युनियन अधिकार र सामूहिक सौदाबाजी, अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुरहरूका सवालमा विद्यमान श्रम कानुन पर्याप्त छैन । श्रम कानुनमा जे छ, तिनको पनि कार्यान्वयन पक्ष अत्यन्तै फितलो छ । श्रम अदालत र श्रम कार्यालयहरूबाट दिइने निर्णयहरू पनि मजदुरहरूका लागि एकदमै ढिला, भद्दा र झन्झटिला छन् । Read the rest of this entry »

 
१ टिप्पणी

Posted by on फ्रेवुअरी 7, 2010 in Analysis, BLOG

 

सिक्किमको विधानसभा र नेपालको संविधानसभा

हुकुमबहादुर सिंह

सन १९७५ भन्दा अघि सिक्किमको भारतसंग “बिशेष सम्वन्ध” थियो । पछि १९ अप्रिल १९७५मा भारतको सम्बिधानमा ३८सौ संसोधनगरेर भारतले सिक्किमलाइ आफ्नो २२औ प्रान्तमा गाभ्न सफल भयो । भूटान भारतको संरक्षित’ र अर्ध स्वतन्त्र’ राज्यको रूपमा रहंदै आएको छ । नेपालको सम्वन्धमा कुरा गर्दा भारतीय नेताहरूले प्रयासः सिक्किम र भूटानसित जोडेर कुरा गर्ने गर्दै आएका छन् । यसबाट भारतीय नेताहरूको नेपालसंगको समवन्धको वास्तविक अर्थ के हो थाहा लाग्दछ । २००८ सालमा नेहरूले भारतीय संसदमा “भारत हिमालय सम्म आफ्नो सुरक्षा सिमा सम्झन्छ ।” भनेर घोषणा गरेका थिए  भने पछि १० जुन १९६९मा भारतका विदेश मन्त्री दिनेश सिंहले भारतले नेपालका साथ “बिशेष सम्वन्ध” कायम गर्न चाहन्छ भनेका थिए । यस्ता खालका भनाइहरू भारतका अन्य नेताहरूले समय समयमा भन्दै आएका छन् र अहिले पनि विना हिच्किचाहट भन्दै छन् । तर नेपालको राष्ट्रिय सार्वभौमिकतामाथि हस्तक्षेप र आक्षेप लाग्ने खालका अभिव्यक्ति र कार्यको नेपालमा विगतमा र अहिले पनि ठूलठूला विरोधहरू हुदै आएका छन् । ती सवै जसो विरोधहरूको आयोजना र नेतृत्व सधैभरि नेपालका वामपन्थी युवा विद्यार्थीहरू र देशभक्तहरूले गर्दै आएका छन् । Read the rest of this entry »

 
3 टिप्पणीहरु

Posted by on फ्रेवुअरी 4, 2010 in Analysis, BLOG

 

त्रिकोणात्मक शक्तिसंघर्ष : इतिहास र वर्तमान

– शक्ति वस्नेत ‘सुरेश सिंह’

प्रवृत्तिगत दृष्टिले नेपाली राजनीति फेरि एकपटक त्रिकोणात्मक संघर्षको अवस्थाबाट गुज्रिरहेको छ । संविधाननिर्माणका निम्ति निर्धारित समयसीमाको नजिक पुग्दैजांदा सबै प्रवृत्तिहरू नयां स्तरबाट सङ्गठित र ध्रुवीकृत हुादै गइरहेका छन् । उसो त नेपाली राजनीतिक इतिहासका विभिन्न चरणहरूमा पनि त्रिकोणात्मक शक्तिसंघर्षको अवस्था रहादै आएको देखिन्छ । ००७ साल अगाडि राणा, राजा र काङ्ग्रेसबीचको शक्तिसङ्घर्षमा राजा र काङ्ग्रेस मिलेर राणा शासनको अन्त्य गरे । ००७ सालपछि पुनः देखापरेको राजा, राणा र काङ्ग्रेसबीचको शक्तिसङ्घर्षमा राजा र राणाहरू मिलेर काङ्ग्रेसलाई विस्थापित गरेर २०१७ सालमा महेन्द्रको नेतृत्वमा ‘कु’ गरियो । पञ्चायतको स्थापनापछि राजा, काङ्ग्रेस र कम्युनिस्टहरूबीच नयां शीराबाट सुरु भएको शक्तिसङ्घर्ष ०४६ मा पुग्दा काङ्ग्रेस र कम्युनिस्टको घोषित/अघोषित कार्यगत एकता भएपछि राजतन्त्रात्मक संसदीय व्यवस्था पुनर्स्थापीत हुनपुग्यो । तत्पश्चात् सतहमा प्रकट भएको माओवादी, संसदवादी र दरबारबीचको त्रिकोणात्मक शक्तिसंघर्षमा माओवादी र संसदवादी शक्तिहरूबीच कार्यगत एकता र तालमेलको स्थिति बनेपछि राजतन्त्रको अन्त्य भयो । त्यसपछि फेरि विभिन्न तीनवटा प्रवृत्तिहरूबीचको टक्कर नयां स्तरमा प्रकट भइरहेको छ । राष्ट्रिय राजनीतिमा देखिएका यी तीनवटा प्रवृत्तिहरूलाई निम्नानुसार हेर्न सकिन्छ । Read the rest of this entry »

 
टिप्पणी छोड्नुहोस्

Posted by on फ्रेवुअरी 4, 2010 in Analysis, BLOG