RSS

Category Archives: GUEST

धरापमा शान्ति प्रक्रिया

सुदर्शन मंगोल

तत्कालिन नेपाल सरकार र नेकपा (माओवादी) बीच भएको विस्तृत शान्ति सम्झौताको मूल प्रस्तावनामै भनिएको छ- ‘नेपाली जनताले ००७ साल पहिलेदेखि हालसम्म पटक-पटक गर्दै आएका ऐतिहासिक संघर्ष र जनआन्दोलनमार्फत् लोकतन्त्र, शान्ति र अग्रगमनका पक्षमा प्रकट भएको जनादेशको सम्मान गर्ने, देशमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय, लैंगीक समस्याहरुलाई समाधान गर्न राज्यको अग्रगामी पुनःर्संरचना गर्न संकल्प गर्ने ।’ त्यस्तै सोही सम्झौताको बुंदा नं. ३ को ‘राजनैतिक, आर्थिक-सामाजिक रुपान्तरण र द्वन्द्व व्यवस्थापन’ विषयक अवधारणामा प्रस्टरुपले भनिएको छ- ‘सामन्तवादका सबै रुपहरुको अन्त्य गर्ने, आर्थिक, सामाजिक रुपान्तरणको न्युनतम साझा कार्यक्रम आपसी सहमतिले तय गरेर लागू गर्दै जाने, सामन्ती भू-स्वामित्वको अन्त्य गर्दै वैज्ञानिक भूमिसुधार कार्यक्रम हरुवा चरुवालगायत आर्थिक, सामाजिकरुपले पछाडि परेका वर्गलाई जग्गालगायत आर्थिक, सामाजिक सुरक्षाको व्यवस्था गर्ने नीति लिने ।’ Read the rest of this entry »

 
टिप्पणी छोड्नुहोस्

Posted by on फ्रेवुअरी 2, 2010 in BLOG, GUEST

 

राष्ट्रिय स्वाधीनता र मुक्ति आन्दोलन

मधुसूदन वैद्य

नयां नेपाल निर्माणको ऐतिहासिक मोडमा राष्ट्रिय स्वाधीनताको प्रश्न प्रमुख एजेण्डा बनेर नेपालको राजनीतिक क्षितिजमा मडारिएको छ । व्रिटिस साम्राज्यवादले नेपालमाथि थोपारिएका असमान सन्धि र सम्झौतालाई आधार मान्दै भारतीय शासकहरुले नेपालमाथि चौतर्फी हस्तक्षेप सदियौंदेखि गर्दै आएका छन् । भारतको प्रत्यक्ष हस्तक्षेप नेपालमा राजनैतिक मात्र नभएर नेपालको राष्ट्रियता, राष्ट्रिय सम्पदा र ऐतिहासिक धरोहरमाथि विभिन्न प्रकारले भइरहेका छन् । Read the rest of this entry »

 
टिप्पणी छोड्नुहोस्

Posted by on फ्रेवुअरी 2, 2010 in BLOG, GUEST

 

वैदेशिक रोजगार कतिञ्जेल ?

यतिखेर हाम्रो देशको राजनीतिक अन्यौलता, अस्थिरता र खिचातानीका कारण आर्थिक, सामाजिक, राजनीतिक शोषण, उत्पीडनले जनता आक्रान्त बनेका छन् । दिनप्रतिदिन बेरोजगारी, भ्रष्टाचारी, रोग, भोक र शोकले छटपटाइरहेका छन् । बेरोजगारी र भ्रष्टाचारी दिन दुगुणा रात चौगुणाको दरले वृद्धि भइरहेको छ । त्यस्तै जनसंख्या पनि तीव्रगतिमा वृद्धि भइरहेको छ भने रोजगारीका अवसरहरु जनसंख्या वृद्धिको अनुपातमा बढ्नुको साटो घट्दै गइरहेको छ । प्रत्येक वर्ष ३ लाखभन्दा बढी युवाशक्ति नेपालको श्रम बजारमा उत्रिन्छ अर्थात, १८ वर्ष पुगी श्रम गर्न शारीरिक, मानसिक र शैक्षिकरुपमा योग्य हुन्छन् । तर ती तीन लाखमध्ये एक लाख जतिले पनि रोजगारीको अवसर पाउंदैनन् र बांकी दुई लाख भन्दा वढि युवा शक्ति बेरोजगारीको चपेटामा पिरोलिन्छन् । त्यहि जनशक्ती भारत, साउदी अरब, कतार, दुबई, मलेसिया, इराक, अफगानिस्तान, कुवेत, लेवनान लगायतका विदेशी गल्ली-गल्लीमा चौकीदारी, कोठी (Household Worker), या कुल्ली काम गरेरै भएपनि कमाई गर्ने र आर्थिक जीवनस्तर सपार्ने आशमा आफ्नो जवानी, रगत र पसिना सवै पराई मुलुकमा खर्चिन्छन् । यति ठूलो उर्जाशील युवा श्रमशक्ति विदेश पलायन हुंदा गाउंमा आफन्तको मृत्युपछि लास उठाउने युवा पनि पाउन गाह्रो भइसकेको छ । यो शक्ति गाउंमा बावुआमा र आफन्तको मृत्युपछिको शोक समेत विदेशी गल्ली र कोठीमा मजदूरी गर्दै मनाउन विवश भएको छ । Read the rest of this entry »

 
5 टिप्पणीहरु

Posted by on जनवरी 27, 2010 in BLOG, GUEST

 

राजनीतिक नेतृत्वको मनोरोगको उपचार अत्यावश्यक

―प्रा.डा. गोपाल शिवाकोटी

नेपालका राजनीतिक दल तथा यसका नेतृत्व वर्गले गर्ने गरेको आचरण प्रवृत्ति तथा क्रियाकलापले गर्दा उनीहरुप्रतिको जनतामा रहेको विश्वास गुमेको छ। उनीहरुले अपनाउने पिपलपाते प्रवृत्तिले गर्दा जनतालाई निराश बनाएको छ। विगत केही समयदेखिका नेतृत्व बर्गका क्रियाकलापले गर्दा उनीहरुको मनस्थिति र व्यवहारमा देखिएका अन्यौलपूर्ण अवस्थाले उनीहरुको मानसिक सोच र दृष्टिकोण के हो भन्ने ’boutमा नै बुझ्न नसकिने अवस्था रहेको छ। Read the rest of this entry »

 
 

राष्ट्रिय स्वाधीनताको रक्षा गरौं

– हस्तवहादुर के.सी.

 विश्वका करिब दुईसयभन्दा बढी स्वतन्त्र मुलुकहरूमध्ये नेपाल सबभन्दा जेठो र एक स्वतन्त्र अस्तित्व राख्दै आएको राष्ट्र हो भन्ने कुरामा दुईमत छैन । प्राचीनकालीन नेपाल धेरै ठूलो थियो र पछिल्लो ऐतिहासिक प्रमाणअनुसार पनि तत्कालीन नेपालको सिमाना पूर्वमा कामरुकामक्ष, दक्षिणमा गंगा नदी, मध्य सिमाना कतुर र पश्चिमी सिमाना पश्चिमोत्तर पञ्जाबको उधमपुरसम्म फैलिएको प्रमाण भारतको इलाहावादमा रहेको समुद्रगुप्तको सिलाखेलबाट पाइन्छ । नेपाल हिमवत् खण्डको एक प्राचीन स्वतन्त्र मुलुक हो, जसको स्वभाविक क्षेत्रफल एवम् प्रभाव क्षेत्र नै पूर्वदेखि पश्चिमसम्म फैलिएको हिमवत् खण्डको बहुसंख्यक भाग रहेकोबाट प्रस्ट हुन्छ । Read the rest of this entry »

 
१ टिप्पणी

Posted by on जनवरी 14, 2010 in BLOG, GUEST

 

यसरी शुरु भयो संविधान सभा विघटन गर्ने षड्यन्त्र

हस्तबहादुर के.सी.

मुलुक यतिबेला गम्भीर संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको छ । देशीविदेशी प्रतिक्रियावादी एवं प्रतिगामी शक्तिहरु चालु शान्ति प्रक्रियालाई भांड्ने, महान् १० वर्षे जनयुद्ध र २०६२/०६३ को १९ दिने ऐतिहासिक जनआन्दोलनका उपलब्धिहरु निस्तेज पार्ने, राष्ट्रिय स्वाधीनतालाई वैदेशिक शक्तिहरुका सामु बन्धकीमा राख्ने, राज्यको पुनर्संरचना गर्न नदिने, संविधान सभालाई विघटन गरेर राष्ट्रपति शासन लागु गर्ने, मुलुकलाई जबर्जस्त गृहयुद्धमा धकेलेर रक्तपात मच्चाउने र एकीकृत नेकपा माओवादीलाई सखाप पारेर देशलाई अधिनायकवादतिर धकेल्ने षड्यन्त्रमा लागेका छन् । यो योजना कार्यान्वयन गराउनका लागि साम्राज्यवादी र विस्तारवादीहरुको इशारा र निर्देशनमा देशीय दक्षिणपन्थी र यथास्थितिवादीहरु एवं प्रतिक्रियावादीहरुको १८ दलीय अपवित्र र अप्राकृतिक गठबन्धनमा र भारतीय पुरानो दलाल नेपाली कांग्रेसको सहयोग र आडभरोसामा भारतीय विस्तारवादको नयां नेपाली दलाल नेकपा (एमाले)को नेतृत्वमा कठपुतली सरकार निर्माण हुन पुगेको हो । Read the rest of this entry »

 
 

कालापानीमा भारतीय सेना : राष्ट्रिय अस्मितामाथि प्रश्न

– रतन भण्डारी

सुदूरपश्चिमाञ्चल विकास क्षेत्र राज्य विभेदको मात्र नभई वैदेशिक हस्तक्षेप एवं राष्ट्रघाती सन्धि सम्झौता केन्द्र रहंदै आएको इतिहास नौलो हैन । यस क्षेत्रमा घटित राष्ट्रघाती घटनाक्रमलाई खोतल्दै जांदा सन् १८६४ तिरै नेपालको एकल स्वामित्वमा रहेको महाकाली नदीको हालको शारदा ब्यारेजदेखि दक्षिण, नदीको बीचबाट रेखा तान्दै तत्कालीन इस्ट इन्डिया कम्पनी सरकारले तयार पारेको नक्सामा महाकालीमा भारतको हक कायम गराउने प्रयास गर्‍यो । जुन घटना नेपालको सीमा अतिक्रमणको इतिहासमा पहिलो मानिन्छ । त्यसपछि चन्द्रशमशेरले शारदा नहर निर्माण क्रममा ४०९३ दशमलव ८८ एकड भू-भाग कम्पनी सरकारलाई बुझाए । Read the rest of this entry »

 
टिप्पणी छोड्नुहोस्

Posted by on डिसेम्बर 31, 2009 in BLOG, GUEST