RSS

Category Archives: HOME

शव्दचित्रमा : गोरखाको गुरुङ पदमार्ग

-विनोद ढकाल, रेडियो गोरखा

प्राकृतिक श्रोत र सम्पदाहरूको धनी एतिहासीक जिल्ला गोरखामा अधिकांश गुरुङ समुदायको मात्र वसोवास रहेको पांचखुवा देउराली, स्वांरा, सौरपानी, लापु, गुम्दा, लाप्राक र वारपाक गाविसलाइ समेट्ने गरि सातदिने पदयात्रावाट गुरुङ समुदायको फरक फरक संस्कृति भेषभुषा, रहनसहन र खानपानको स्वाद लिन तथा यसलाई गुरुङ पदमार्गको रुपमा चिनाउन सकिन्छ । Read the rest of this entry »

 
टिप्पणी छोड्नुहोस्

Posted by on अगस्ट 21, 2010 in BLOG, SPECIAL

 

Kapilvastu Day Movement Global Committee Formed

As part of the World Peace Movement, Nepalese people living in different parts of the world last year decided to commemorate Lumbini and Kapilavastu, Nepal; the birthplace of Gautam Buddha, by observing Kapilvastu Day as a global holiday in order to spread the Buddha’s peace and nonviolence messages all over the world. The Buddha is revered as a Messenger of Peace. He is also known as the Light of Asia who is actually the Light of the world as his message of peace and nonviolence has become more relevant as the world is facing the problems of violence today. The world today has become more violent than ever before. Therefore, we have decided to spread the messages of the Buddha all over the world by observing Kapilvastu Day every year. Read the rest of this entry »

 

भ्यालेन्टाईन डे र नेपाली राष्ट्रियता

भनिन्छ, जिवन एउटा उत्सव हो । हामीले जन्मदा एउटा संस्कार लिएर जन्मन्छौं, हुर्कदा त्यसमा केही परिवर्तन र परिमार्जन हुन्छ, यस संगसंगै हामी जति चेतनशील वन्दै जान्छौं त्यतिनै हाम्रो संस्कारपनि परिष्कृत हुंदै जान्छ । सामान्य दुःखमा पनि हामी संवेदनशील वन्छौं, आंशु झार्न पछि पर्दैनौं । त्यसैगरि अलिकति खुसी लागेमात्रै पनि हांसिदिन्छौं र उत्सव मनाउंछौं । यो संस्कार हामीमा जन्मजात पैदा भएको हुन्छ । तर त्यो उत्सव मनाउने र प्रयोग गर्ने तरिका तथा त्यस सम्वन्धि वुझाई भने व्यक्ति वा समय अनुसार फरक फरक हुन्छ, निरन्तर परिवर्तन भईरहन्छ । एकको उत्सव अर्कोलाई दुःखद हुन सक्छ र एउटाको दुःख अर्काको उत्सवपनि वन्दछ । हामी कुनै विजयमा उत्सव मनाउंछौं तर त्यो विजयको साथमा कसैको हार लुकेको हुन्छ त्यसमा हार्नेको संवेदनशीलता रोएको हुन्छ, उ चुपचाप रहन्छ, उसलाई साथ दिने कोही रहंदैन तर, त्यति नै वेला जित्नेको संवेदनशीलता हांसेको हुन्छ, उत्सव मनाउंछ साथ दिनेहरु धेरै भेटिन्छन् । फरक यत्ति हो उत्सव मनाउनु र नमनाउनुमा अनि जित्नु र हार्नुमा ।  Read the rest of this entry »

 
12 टिप्पणीहरु

Posted by on फ्रेवुअरी 14, 2010 in Editorial, SPECIAL

 

नेपालको सिमाना टिष्टा र सतलज फेरि पनि कायम हुन्छ

– फणिन्द्र नेपाल, 

अध्यक्ष : एकीकृत नेपाल राष्ट्रिय मोर्चा

० नेपाल-भारत वीच भएका असमान सन्धिहरू के-के हुन् , प्रस्टाईदिनुहोस न् ?

–  नेपालको इतिहासमा तात्कालिन व्रिटेनसँग ब्रिटिस पक्षले १८१५ डिसेम्वर २ मा प्रस्ताव गरेको र नेपालले १८१६ मार्च ४ तारिखमा सही गरेको सुगौली सन्धि सवैभन्दा पहिलो र हानिकारक असमान सन्धि हो । यो जत्तिको असमान सन्धि कुनै पनि छैन । Read the rest of this entry »

 
9 टिप्पणीहरु

Posted by on जनवरी 24, 2010 in Interview, SPECIAL

 

राष्ट्रियताको आन्दोलन र नेपाली भुमी

नेपाली भुमीमाथी भारतीय पक्षवाट निरन्तर हस्तक्षेप भइरहेको खवर पत्रपत्रीकाहरूमा प्रकाशीत भइरहन्छन् तर केहिसमय हल्लाखल्ला मच्चिएपछि यस्ता कुरा त्यतिकै सेलाएर जानेगरेको पनि छ । यतिवेला एनेकपा माओवादीले राष्ट्रियताको आन्दोलनलाइ प्रमुखताका साथ उठाएपछि यसले पुनः चर्चा पाएको छ । केहि देशभक्त स्वाभिमानी नेपालीहरू सुगौली सन्धि मार्फत इष्ट इण्डिया कम्पनीले प्राप्त गरेको भुभागसमेत भारतले नेपाललाइ फिर्ता गर्नुपर्ने तर्कसमेत गर्दैछन् । यसर्थ, नेपालको भुमी कहांसम्म हो र हाम्रो स्वाभिमान के हो भन्नेवारे सवैले वुझ्नु जरूरी देखिन्छ। विश्वमै सवैभन्दा पुरानो संस्कृति र मानव सभ्यताको विकास भएको दक्षीण एशीयामा पर्ने हिमालय खण्डको इतिहास पुरै खोतलेर हेर्दा नेपालको अस्तित्व त्यतिवेलै प्रभावशाली रूपमा स्थापीत भएको पाइन्छ । यसैले यहां नेपालको ऐतिहासीकता र त्यसपछि विस्तारीत भुमी पत्ता लगाउने सिलसिला पौराणीक कालवाटै शुरू गरिएको छ ।

स्कन्द पुराण अनुसार Read the rest of this entry »

 
17 टिप्पणीहरु

Posted by on जनवरी 18, 2010 in BLOG, SPECIAL

 

नेपाली सेनालाई भारतीयकरण गर्ने खतरनाक योजना

– रामकृष्ण अधिकारी

धोकापूर्ण दिल्ली सम्झौतालगत्तै तात्कालीन प्रधानमन्त्री मात्रिका कोइरालाको नेतृत्वमा बनेको भारतपरस्त गठबन्धन सरकारमार्फत नेपाली सेनालाई अप्रत्यक्ष रूपले आफ्नो कमान्डमा राख्ने भारतको बिस्तारवादी नीति वर्तमान कठपुतली सरकारमार्फत व्यावहारिक ढंगले कार्यान्वयन हुने खतरा देखिएको छ ।

००७ सालको राजनीतिक परिवर्तनपछि नेपाली सेनालाई व्यावसायिक तालिम दिने बहानामा भित्रिएको तत्कालीन भारतीय सैनिक मिसन अनुसार भारतको सुरक्षा छाताभित्र नेपालाई राख्ने भारतीय षड्यन्त्रलाई पूर्णता दिन वर्तमान कठपुतली सरकार लागिपरेको रहस्य खुल्न आएको छ । एउटा सार्वभौम मुलुकको प्रधानसेनापतिलाई उक्त मुलुकको राजनीतिक एजेन्डामाथि भारतको सेनाप्रमुखले दिएको ठाडो निर्देशनका ’boutमा राज्यस्तरबाट स्पष्टीकरण सोधिनुको साटो उसकै दबाबमा सेनाको भाबी नेतृत्वलाई प्रभावित पार्ने गरी चौतर्फी विरोधको बाबजुद नेपाली सेनाभित्र गरिएको बढुवा प्रकरणले वर्तमान सरकार भारतीय सैनिक मिसनको ‘अभिभारा’ पूरा गर्न लागेको पुष्टि भएको छ । Read the rest of this entry »

 
१ टिप्पणी

Posted by on जनवरी 2, 2010 in Analysis, NEWS

 

HAPPY NEW YEAR 2010

Dear Friends and viewers,
Today, I will not treat you with my daily dose of gloom and doom. I wish you a HAPPY NEW YEAR on behalf of BIVAS- विभाष   Let me hope that this will be a year of love and solidarity.

Thanks for all the friends who support and gave me valuable advise, response and comments for the past year.
Looking forward a year of hope and progress…………..
 …………………………………  BHARAT CHINTAN DHAKAL

 
3 टिप्पणीहरु

Posted by on जनवरी 1, 2010 in SPECIAL