RSS

Category Archives: NEWS

Kapilvastu Day Movement Global Committee Formed

As part of the World Peace Movement, Nepalese people living in different parts of the world last year decided to commemorate Lumbini and Kapilavastu, Nepal; the birthplace of Gautam Buddha, by observing Kapilvastu Day as a global holiday in order to spread the Buddha’s peace and nonviolence messages all over the world. The Buddha is revered as a Messenger of Peace. He is also known as the Light of Asia who is actually the Light of the world as his message of peace and nonviolence has become more relevant as the world is facing the problems of violence today. The world today has become more violent than ever before. Therefore, we have decided to spread the messages of the Buddha all over the world by observing Kapilvastu Day every year. Read the rest of this entry »

 

नेपाली सेनालाई भारतीयकरण गर्ने खतरनाक योजना

– रामकृष्ण अधिकारी

धोकापूर्ण दिल्ली सम्झौतालगत्तै तात्कालीन प्रधानमन्त्री मात्रिका कोइरालाको नेतृत्वमा बनेको भारतपरस्त गठबन्धन सरकारमार्फत नेपाली सेनालाई अप्रत्यक्ष रूपले आफ्नो कमान्डमा राख्ने भारतको बिस्तारवादी नीति वर्तमान कठपुतली सरकारमार्फत व्यावहारिक ढंगले कार्यान्वयन हुने खतरा देखिएको छ ।

००७ सालको राजनीतिक परिवर्तनपछि नेपाली सेनालाई व्यावसायिक तालिम दिने बहानामा भित्रिएको तत्कालीन भारतीय सैनिक मिसन अनुसार भारतको सुरक्षा छाताभित्र नेपालाई राख्ने भारतीय षड्यन्त्रलाई पूर्णता दिन वर्तमान कठपुतली सरकार लागिपरेको रहस्य खुल्न आएको छ । एउटा सार्वभौम मुलुकको प्रधानसेनापतिलाई उक्त मुलुकको राजनीतिक एजेन्डामाथि भारतको सेनाप्रमुखले दिएको ठाडो निर्देशनका बारेमा राज्यस्तरबाट स्पष्टीकरण सोधिनुको साटो उसकै दबाबमा सेनाको भाबी नेतृत्वलाई प्रभावित पार्ने गरी चौतर्फी विरोधको बाबजुद नेपाली सेनाभित्र गरिएको बढुवा प्रकरणले वर्तमान सरकार भारतीय सैनिक मिसनको ‘अभिभारा’ पूरा गर्न लागेको पुष्टि भएको छ । Read the rest of this entry »

 
१ टिप्पणी

Posted by on जनवरी 2, 2010 in Analysis, NEWS

 

कालापानीमा विस्तारवादको नंग्रा

– रमेश लम्साल

“पश्चिम किल्ला कांगडा, पूर्वमा टिष्टा पुगेथ्यौं, कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौं” यो राष्ट्रिय गीत नसुन्ने र जीवनमा एकपटक नगाउने व्यक्ति कमै होलान् । तर, यो राष्ट्रियगीतमा उल्लेख गरिएको बहादुरी अनि सिमाना रक्षाको मर्मलाई लत्याएर भारतको आडभरोसामा आफ्नो कुर्सी टिकाउने खेलमा नेपालका राजनीतिक दलहरू अविछिन्न रूपमा लागिरहेका छन् । भारतले एकपछि अर्को गर्दै नेपालको भू-भागमाथि हस्तक्षेप गरिरहे पनि कानमा तेल हालेर सुत्ने राज्य सञ्चालकबाट खोसिएको र लुटिएको भूमि फिर्ता ल्याउने सपना कोही कसैले देखेको छ भने त्यो सपनाबाहेक अरू केही हुन सक्दैन । Read the rest of this entry »

 
टिप्पणी छोड्नुहोस्

Posted by on डिसेम्बर 31, 2009 in BLOG, NEWS

 

समझदारी अभावमा अलपत्र श्रम ऐन

रामकृष्ण अधिकारी

अधिकतम सामाजिक सुरक्षा, अधिकतम श्रम लचकता, सर्वाधिकार सम्पन्न राष्ट्रिय मजदुर आयोग कि श्रम अदालत या श्रम कार्यालय भन्नेजस्ता प्रश्न यतिबेला पुनः सतहमा आएका छन् । श्रम ऐन संशोधनका लागि तयार पारिएको मस्यौदामा उद्योगी र मजदुरका आ-आफ्नै अडानले यो विषय अहिले चर्चामा छ । जुन विषयले अहिले मजदुर र उद्योगी दुवै पक्षलाई सशंकित बनाएको छ । Read the rest of this entry »

 
टिप्पणी छोड्नुहोस्

Posted by on डिसेम्बर 27, 2009 in BLOG, NEWS

 

किन ओझेलमा परेको छ सरकारी ऋणपत्र ?

–      रमेश लम्साल

 राष्ट्रको विकास निर्माणका लागि खर्च गर्ने भनेर सरकारले नेपाल स्टक एक्सचेन्जमा सूचीकृत गरेको ऋणपत्रले हालसम्म उल्लेखनीय बिक्रीदर कायम गर्न सकेको छैन । सरकारी उदासीनता र ऋणपत्रबारे आम लगानीकर्तालाई राम्रोसंग जानकारी नगराउंदा ऋणपत्र केवल सूचीकृत निकायकै रूपमा मात्र रहन बाध्य छ । स्टक एक्सचेन्जमार्फत सरकारी ऋणपत्रको कारोबार गर्न थालेको करिब तीन वर्ष भए पनि उद्घाटनका दिनमा बाहेक नेपाल स्टक एक्सचेन्जमा यसको कारोबार हुन सकेको छैन । लगानीकर्ताले आफ्नो लगानीको प्रतिफल तत्काल खोज्ने र व्यावसायिक सुरक्षासमेत चाहने भएकाले ऋणपत्रको कारोबार हुन नसकेको बताउने पनि कम्ती छैनन् । Read the rest of this entry »

 
१ टिप्पणी

Posted by on डिसेम्बर 14, 2009 in Analysis, NEWS

 

दाङमा पशुपालन : कृषि क्रान्ति अभियान

– अमृत खरेल / दाङ

‘मिलेर यही काम गरे, दुई/चार हजार कमाउन किन जानुपर्थ्यो दुबई र कतार ? दाङ तुलसीपुर नगरपालिका-५ का जयलक्ष्मी सहकारी डेरी उद्योगका अध्यक्ष घनश्याम ढकालले त्यसै यसो भनेका होइनन् ।

सांच्चै दाङका मिहिनेती जनताले सामूहिक रूपमा उन्नत पशुपालन गरेर थोरै समयमै सामुहिक लगानीबाट गाउंमा बसेरपनि राम्रै आयआर्जन गर्न सकिन्छ भन्ने साबित गरिदिएका छन् । Read the rest of this entry »

 
१ टिप्पणी

Posted by on डिसेम्बर 11, 2009 in NEWS

 

नेपाली जनप्रगतिशील मञ्च कतारको प्रथम महाधिवेशन सम्पन्न

– खालिद सावन eskhalitsaavan@gmail.com

विगत दुईवर्षदेखी सवैभन्दा वढी नेपालीहरुको गन्तव्य रहेको मुलुक कतारमा कार्यरत प्रवासी नेपालीहरुको माझमा निरन्तर वैचारिक तथा सामाजीक कार्यमार्फत लोकप्रीयता हासील गर्दै आएको संस्था नेपाली जनप्रगतिशील मञ्च कतारले आफ्नो पहिलो महाधिवेशन भव्यताका साथ सम्पन्न गरेको छ ।

कार्यक्रममा वोल्दै प्रमुख अतिथी संविधान सभाका सभासद तथा एनेकपा माओवादीका केन्द्रिय सदस्य जोख वहादुर महरा

“प्रवासी मजदुर अधिकारका लागी हाम्रो उद्घोषण, नागरिक सर्वोच्चताका पक्षमा प्रथम महाधिवेशन” भन्ने मुल नाराका साथ यहि नोभेम्वर २८ का दिन कतारको राजधानी दोहा स्थित भारतीय सांस्कृतिक केन्द्र (ICC) हलमा आयोजित सो कार्यक्रममा कतारका लागी नेपाली राजदुत महामहिम डा. सूर्यनाथ मिश्रको विशेष आतिथ्यता रहेको थियो भने संविधान सभाका सभासद तथा एनेकपा माओवादीका केन्द्रिय सदस्य जोख वहादुर महराले प्रमुख आतिथ्यता ग्रहण गर्नुभएको थियो । Read the rest of this entry »

 
3 टिप्पणीहरु

Posted by on डिसेम्बर 4, 2009 in NEWS