RSS

Category Archives: SPECIAL

शव्दचित्रमा : गोरखाको गुरुङ पदमार्ग

-विनोद ढकाल, रेडियो गोरखा

प्राकृतिक श्रोत र सम्पदाहरूको धनी एतिहासीक जिल्ला गोरखामा अधिकांश गुरुङ समुदायको मात्र वसोवास रहेको पांचखुवा देउराली, स्वांरा, सौरपानी, लापु, गुम्दा, लाप्राक र वारपाक गाविसलाइ समेट्ने गरि सातदिने पदयात्रावाट गुरुङ समुदायको फरक फरक संस्कृति भेषभुषा, रहनसहन र खानपानको स्वाद लिन तथा यसलाई गुरुङ पदमार्गको रुपमा चिनाउन सकिन्छ । Read the rest of this entry »

Advertisements
 
टिप्पणी छोड्नुहोस्

Posted by on अगस्ट 21, 2010 in BLOG, SPECIAL

 

भ्यालेन्टाईन डे र नेपाली राष्ट्रियता

भनिन्छ, जिवन एउटा उत्सव हो । हामीले जन्मदा एउटा संस्कार लिएर जन्मन्छौं, हुर्कदा त्यसमा केही परिवर्तन र परिमार्जन हुन्छ, यस संगसंगै हामी जति चेतनशील वन्दै जान्छौं त्यतिनै हाम्रो संस्कारपनि परिष्कृत हुंदै जान्छ । सामान्य दुःखमा पनि हामी संवेदनशील वन्छौं, आंशु झार्न पछि पर्दैनौं । त्यसैगरि अलिकति खुसी लागेमात्रै पनि हांसिदिन्छौं र उत्सव मनाउंछौं । यो संस्कार हामीमा जन्मजात पैदा भएको हुन्छ । तर त्यो उत्सव मनाउने र प्रयोग गर्ने तरिका तथा त्यस सम्वन्धि वुझाई भने व्यक्ति वा समय अनुसार फरक फरक हुन्छ, निरन्तर परिवर्तन भईरहन्छ । एकको उत्सव अर्कोलाई दुःखद हुन सक्छ र एउटाको दुःख अर्काको उत्सवपनि वन्दछ । हामी कुनै विजयमा उत्सव मनाउंछौं तर त्यो विजयको साथमा कसैको हार लुकेको हुन्छ त्यसमा हार्नेको संवेदनशीलता रोएको हुन्छ, उ चुपचाप रहन्छ, उसलाई साथ दिने कोही रहंदैन तर, त्यति नै वेला जित्नेको संवेदनशीलता हांसेको हुन्छ, उत्सव मनाउंछ साथ दिनेहरु धेरै भेटिन्छन् । फरक यत्ति हो उत्सव मनाउनु र नमनाउनुमा अनि जित्नु र हार्नुमा ।  Read the rest of this entry »

 
12 टिप्पणीहरु

Posted by on फ्रेवुअरी 14, 2010 in Editorial, SPECIAL

 

नेपालको सिमाना टिष्टा र सतलज फेरि पनि कायम हुन्छ

– फणिन्द्र नेपाल, 

अध्यक्ष : एकीकृत नेपाल राष्ट्रिय मोर्चा

० नेपाल-भारत वीच भएका असमान सन्धिहरू के-के हुन् , प्रस्टाईदिनुहोस न् ?

–  नेपालको इतिहासमा तात्कालिन व्रिटेनसँग ब्रिटिस पक्षले १८१५ डिसेम्वर २ मा प्रस्ताव गरेको र नेपालले १८१६ मार्च ४ तारिखमा सही गरेको सुगौली सन्धि सवैभन्दा पहिलो र हानिकारक असमान सन्धि हो । यो जत्तिको असमान सन्धि कुनै पनि छैन । Read the rest of this entry »

 
9 टिप्पणीहरु

Posted by on जनवरी 24, 2010 in Interview, SPECIAL

 

राष्ट्रियताको आन्दोलन र नेपाली भुमी

नेपाली भुमीमाथी भारतीय पक्षवाट निरन्तर हस्तक्षेप भइरहेको खवर पत्रपत्रीकाहरूमा प्रकाशीत भइरहन्छन् तर केहिसमय हल्लाखल्ला मच्चिएपछि यस्ता कुरा त्यतिकै सेलाएर जानेगरेको पनि छ । यतिवेला एनेकपा माओवादीले राष्ट्रियताको आन्दोलनलाइ प्रमुखताका साथ उठाएपछि यसले पुनः चर्चा पाएको छ । केहि देशभक्त स्वाभिमानी नेपालीहरू सुगौली सन्धि मार्फत इष्ट इण्डिया कम्पनीले प्राप्त गरेको भुभागसमेत भारतले नेपाललाइ फिर्ता गर्नुपर्ने तर्कसमेत गर्दैछन् । यसर्थ, नेपालको भुमी कहांसम्म हो र हाम्रो स्वाभिमान के हो भन्नेवारे सवैले वुझ्नु जरूरी देखिन्छ। विश्वमै सवैभन्दा पुरानो संस्कृति र मानव सभ्यताको विकास भएको दक्षीण एशीयामा पर्ने हिमालय खण्डको इतिहास पुरै खोतलेर हेर्दा नेपालको अस्तित्व त्यतिवेलै प्रभावशाली रूपमा स्थापीत भएको पाइन्छ । यसैले यहां नेपालको ऐतिहासीकता र त्यसपछि विस्तारीत भुमी पत्ता लगाउने सिलसिला पौराणीक कालवाटै शुरू गरिएको छ ।

स्कन्द पुराण अनुसार Read the rest of this entry »

 
17 टिप्पणीहरु

Posted by on जनवरी 18, 2010 in BLOG, SPECIAL

 

HAPPY NEW YEAR 2010

Dear Friends and viewers,
Today, I will not treat you with my daily dose of gloom and doom. I wish you a HAPPY NEW YEAR on behalf of BIVAS- विभाष   Let me hope that this will be a year of love and solidarity.

Thanks for all the friends who support and gave me valuable advise, response and comments for the past year.
Looking forward a year of hope and progress…………..
 …………………………………  BHARAT CHINTAN DHAKAL

 
3 टिप्पणीहरु

Posted by on जनवरी 1, 2010 in SPECIAL

 

के भनेछन् प्रचण्डले ?

-नागरिक सर्वोच्चता कायम गर्नका लागि दोस्रो चरणको आन्दोलन समापन समारोहमा एकिकृत नेकपा (माओवादी)का अध्यक्ष प्रचण्डद्वारा व्यक्त मन्तव्य । 

हामी नेपाली इतिहासको असाध्यै युगान्तकारी र परिवर्तनको क्षणमा छौं । प्रत्येक महान् क्रान्तिमा क्रान्तिकारी परिवर्तनको थुप्रै उतारचढाव र घुम्ती मोडहरू आउंछन् । हामी त्यस्तै घुम्ती मोडहरूबाट अगाडि बढीरहेका छौं । सामान्यतया क्रान्तिको सफलता नजिक पुग्दै जांदा प्रतिक्रान्ति पनि निकै चर्कोसंग आउने गर्छ । त्यही क्रान्ति र प्रतिक्रान्तिको निकै ठूलो टक्करबाट हामी अगाडि बढीरहेका छौं । नेपाली जनताले लामो समयदेखि सङ्घर्षबाट जुन उपलब्धि हासिल गर्‍यो, ती निकै दुरगामी र ऐतिहासिक महत्वका छन् । Read the rest of this entry »

 
१ टिप्पणी

Posted by on नोभेम्बर 15, 2009 in SPECIAL

 

जनताको मुक्तिका लागि जस्तोसुकै कष्ट भोग्न तयार

हुमप्रसाद बस्याल / दहवन, रोल्पा

 बृहत शान्ति सम्झौता अनुसार विगत ३ वर्षदेखि क्यान्टोनमेन्टमा बस्दै आएका जनसेनाहरु अझैं पनि थुप्रै समस्या र जटिलताका दिन बिताइरहेका छन् । टिन र त्रिपालले बेरेका चिसा घरभित्र ओढ्ने ओछ्याउने र लगाउने लत्ता कपडाहरुको अभाव कायमै छ, हिउंदयामको चिसो बढ्न थालेपछि जनसेना कसरी चिसोबाट बच्ने चिन्तित भएका छन् । चिसो बढिसक्दा पनि कुनै व्यवस्था  नगरिएकाले जीर्ण बनेका त्रिपाल र पुरानै कपडाहरु प्रयोग गर्न उनीहरु बाध्य भएका छन् । Read the rest of this entry »

 
टिप्पणी छोड्नुहोस्

Posted by on नोभेम्बर 5, 2009 in GUEST, SPECIAL