RSS

विचार

प्रवासिएका नेपाली र नेपाली क्रान्तिमा तिनको भूमिका

– इन्द्रमोहन सिग्देल ‘वसन्त’

मानवजातिको इतिहासलाई हेर्ने हो भने १७औं शताब्दीको सेरोफेरोमा युरोपभरी पुंजीवादी क्रान्ति सम्पन्न भएको पाइन्छ । सामन्तवादविरुद्ध पुंजीपतिवर्गको नेतृत्वमा भएको त्यो क्रान्तिको लहरपछि सामान्यतः सबै पश्चिमा मुलुकहरू र विशेषतः युरोपमा जुन औद्योगिक क्रान्ति सम्पन्न भयो त्यसले यावत उत्पादनसम्बन्धी लगायत मानिसका जीवनसम्बन्धमा समेत गुणात्मक परिवर्तन ल्याइदियो । उद्योग तथा कलकारखानाको विकासका कारण रोजगारीका खोजिमा मानिसको ती विकसित ठाउंहरूमा हुने स्थानान्तरणले ठूला-ठूला औद्योगिक केन्द्रहरू र व्यापारिक शहरहरूको स्थापना हुन थाले । उत्पादक शक्तिहरूको  केन्द्रिकरणका लागि राष्ट्रिय पुंजीवादको विकासको पूरा अवधिभरी यो स्थानान्तरण सामान्यत आन्तरिक नै हुने गर्दथ्यो । तर पुंजीवादको साम्राज्यवादमा विकास भइसकेपछिको वर्तमान भूमण्डलीकरणको सन्दर्भमा यो प्रक्रिया आन्तरिक मात्र नरहेर विश्वव्यापी हुन पुगेको छ । अहिले साम्राज्यवादी तथा विकसित मुलुकहरूमा हुने खासगरी उत्पीडित राष्ट्रका श्रमजीविवर्गको घना उपस्थिति प्रतिस्पर्धात्मक विश्व श्रमबजारमा उत्पादक शक्तिहरूको केन्द्रिकरण तथा घरेलु श्रमका लागि हुने गरेको छ ।

रोजगारीका लागि नेपाली श्रमजीवीवर्गको बाहिरी देशमा पलायन, भारतमा औपनिवेशिक शाषन चलाइरहेको ब्रिटिश सरकार र तत्कालीन नेपाली शाषकहरूका बीच सन् १८१६मा भएको सुगौली सन्धिपछि भारतबाट शुरु भएको हो । सामन्ती उत्पादनसंग सम्बन्ध रहेको तथा आन्तरिक बन्दव्यापारबाट नै मूलतः आत्मनिर्भर रहेको देशको आर्थिक-सामाजिक स्थितिमा सुगौली सन्धिले नेपालमा अर्ध-औपनिवेशिक शोषणको शुरुवात गराएको थियो । उक्त सन्धिले एकातिर भारतीय एकाधिकारवादी पुंजीलाई नेपालमा भित्र्याएर राष्ट्रिय सम्पत्तिको दोहन गर्ने र अर्कोतिर यसले श्रमजीवी नेपालीहरूलाई तत्कालीन ब्रिटिश-भारतमा भाडाका सिपाहीका रूपमा काम गराउने एवं भारतीय श्रमबजारबाट नेपालीहरूको श्रमको शोषण गर्ने बाटो खोलिदियो । यसैको प्रतिफलस्वरुप नेपाल अर्ध-उपनिवेश बन्न गइसकेपछि देशमा नोकरशाही तथा दलाल पुंजीवादको एकहदसम्म विकास त हुन थाल्यो तर त्यसले राष्ट्रिय पुंजीको विकासलाई अवरोध पुर्‍याउने हुनाले नेपाली श्रमजीवीवर्गले देशभित्रै रोजगारीको अवसर पाउने कुरा संभव थिएन । यसरी सुगौली सन्धिले पैदा गरेको देशको अर्धसामन्ती तथा अर्धऔपनिवेशिक स्थिति नै नेपाली श्रमशक्ती विदेश पलायन हुनुपर्ने बाध्यताका पछाडिको मूल कारण भएको कुरामा कुनै शंका छैन ।

रोजगारीका लागि १९औं शताब्दीको दोस्रो दशकदेखि शुरु भएको नेपाली श्रमजीवीवर्गको भारत पलायनको यो प्रक्रिया अहिलेसम्म पनि अवरुद्ध छैन । राणा शाषनको पालामा होस् या पञ्चायती काल अथवा ०४५/०४६ को जनआन्दोलन पश्चात् बनेका तथाकथित प्रजातान्त्रिक सरकारहरूको समयमा नै किन नहोस्, नेपाली शाषकहरूको भारतप्रतिको रबैया राष्ट्रिय स्वाभिमानको पक्षमा नभएर राष्ट्रिय आत्मसमर्पणवादी रहंदै आएको छ । राष्ट्रको स्वार्थलाई विदेशी शाषकवर्गसंग सौदाबाजी गर्ने सामन्ती तथा दलालहरूको प्रतिक्रियावादी सत्ताले देशमै राष्ट्रिय अर्थतन्त्रको विकास गर्ने तथा रोजगारीको सिर्जना गर्नेतिर होइन बरु श्रमजीवीवर्गको विदेश पलायनलाई देशमा जनआक्रोश मत्थर पार्ने उपयोगी अष्त्रको रूपमा लिएर यसलाई थप प्रश्रय दिने काम गरिरहेको छ । वैदेशिक श्रम ऐनको निर्माण गर्ने र उर्जाशील युवा जनशक्तिलाई विदेशमा पैठारी गर्न दलालहरूलाई स्वीकृति दिने कार्यले प्रतिक्रियावादी सरकारको राष्ट्रघाती तथा जनघाती चरित्रबाहेक अरु केही पुष्टी गर्दैन ।

साम्राज्यवादको अन्तरवस्तु भनेको उत्पादनमा हुने अराजकता र वितरणमा हुने अनियमितताका कारण पैदा हुने सामाजिक अन्तरद्वन्द्व नै हो । यसैकारण लेनिनले साम्राज्यवादलाई युद्धको पर्यायवाचीका रूपमा व्याख्या गर्नुभएको छ । यही अन्तरवस्तुकै कारण साम्राज्यवाद संकटग्रस्त बन्दै गइरहेको स्थितिमा साम्राज्यवादी शाषकहरूले यसको अस्तित्व रक्षाका निम्ति ९०को दशकबाट आर्थिक उदारीकरणको नाममा संरचनागत पुनर्समायोजन (Structural Readjustment) को नीति अगाडि ल्याए । यो विकासशील तथा विकसित पुंजीवादी मुलुकहरूलाई समेत आफ्नो नियन्त्रणको नीतिगत दायरामा फसाउने र बहुराष्ट्रिय कम्पनीहरूलाई विना अवरोध विश्वभर विस्तार गर्ने योजनाअन्तर्गत अगाडि सारिएको साम्राज्यवादी नीति नै थियो र यसको कार्यान्वयनले विश्वभरी र मुख्यतः विकासशील मुलुकहरूमा बहुराष्ट्रिय कम्पनीहरूको विस्तार हुनथाल्यो । उत्पादक शक्तिहरूको थप केन्द्रिकरणको माग गर्ने हुनाले यसले श्रमबजारलाई विश्वभर विस्तार गराइदियो ।

यो समग्र प्रक्रियाका कारण नेपाली श्रमजीवीहरूका लागि आफ्नो श्रम बेच्ने थलो केबल भारतमात्र रहेन बरु विस्तार भएर अहिले यो विश्वभर र मुख्यतः पूर्वी एशीया र पश्चिम एशीयाका विकासशील मुलुकसम्म पुगेको छ । खाडी मुलुकका टन्टलापुर घाम लाग्ने मरुभूमिहरूमा उंट चराउनेदेखि लिएर विषालु उद्योग कल-कारखानामा काम गर्न, होटेलहरूमा भांडा माझ्न र आधुनिक घरेलु दासका रूपमा आफ्नो श्रम बेच्न बाध्य नेपाली युवाहरू अहिले पूर्वी एशीयाका साथै विश्वभरी छरिएर रहेका छन् । यसको यकिन संख्या त अहिले किटान गर्न सकिन्न तर नेपालको कुल जनसंख्याको एक तिहाइको हाराहारीमा हुन आउने उर्जाशील युवाशक्ति रोजगारीका लागि विदेशमा भौंतारिइरहेको कुरामा कुनै शंका छैन । यो प्रक्रियाले नेपाली युवाहरूका लागि विदेश सास्तिपूर्ण रोजगारीको थलो र स्वदेश बूढाबूढी र बाल-बच्चाका लागि बसीखाने थलो बनाएको छ । यो स्थितिको अन्त गर्नका निम्ति सामन्तवाद तथा साम्राज्यवादी शोषणलाई खत्तम गरी राष्ट्रिय पुंजीको विकासद्वारा युवाहरूका लागि स्वदेशमै रोजगारीको ग्यारेण्टी गर्नु नै नेपाली नयां जनवादी क्रान्तिको एउटा महत्वपूर्ण कार्यभार हो ।

राष्ट्रिय स्वाधीनता लगायत वर्गीय, जातीय, लिंगीय तथा क्षेत्रीय समस्या जस्ता नेपाली जनताका आधारभूत समास्याहरूको समाधानका निम्ति नेपाली जनताले अहिलेसम्म थुप्रै बलिदान दिइसकेका छन् । तर त्यसले जनताको आकांक्षा र आवश्यकता अनुसार देशमा कुनै राजनीतिक परिवर्तन ल्याउन सकेन । नेपाली कांग्रेसको नेतृत्वमा सञ्चालित २००७ को आन्दोलनको क्रममा होस् वा २०३६को विद्यार्थी आन्दोलन अथवा संयुक्त वाममोर्चा र नेपाली कांग्रेसको नेतृत्वमा सञ्चालित २०४६ सालको जनआन्दोलनकै क्रममा किन नहोस् नेतृत्वदायी शक्तिहरूको सामन्तवाद तथा साम्राज्यवादपरस्त नीतिका कारण ती सबै आन्दोलनहरू संझौतामा टुंगिए जसका कारण देशमा रूपमा बाहेक सारमा कुनै परिवर्तन हुन सकेन ।

उपरोक्त पृष्ठभूमिमा, नेपालबाट सामन्तवाद तथा साम्राज्यवाद, खासगरी भारतीय विस्तारवादी हस्तक्षेपको अन्त्य गरी नयां जनवादी गणतन्त्र नेपालको स्थापना गर्न नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को नेतृत्वमा फागुन १, २०५२ बाट जनयुद्ध शुरु भयो । जनयुद्धको क्रममा हाम्रो पार्टीले उठाएको संविधानसभा र लोकतान्त्रिक गणतन्त्रको कार्यनीतिक नारा १० वर्षको जनयुद्ध र त्यसैको आडमा सम्पन्न जनआन्दोलनको प्रक्रियाबाट यहांसम्म आइपुग्दा पूरा भएर अहिले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भइसकेको छ । तर, राजतन्त्रको अन्त भए पनि प्रतिक्रियावादी सत्तामा दलाल, नोकरशाह तथा सामन्तवर्गकै पकड अहिलेसम्म पनि यथावत रहेकोले यो गणतन्त्रले उत्पीडनमा परेका नेपाली जनताको आधारभूत  समस्यालाई सम्बोधन गर्न सक्दैन । अर्थात् नेपाली जनताले २००७ सालदेखि सामन्तवाद तथा साम्राज्यवादी हस्तक्षेपका विरुद्ध चलाएको संघर्ष अहिलेसम्म पनि पूरा भएको छैन ।

हाम्रो पार्टीले अहिले संविधानसभा मार्फत सामन्तवाद र साम्राज्यवादको पक्षपोषण गर्ने वर्तमान लोकतान्त्रिक गणतन्त्रलाई सामन्तवाद र साम्राज्यवादविरोधी तथा वर्गीय, जातीय, लिंगीय एवं क्षेत्रीय समस्यालाई समाधान गर्ने जनताको संघीय गणतन्त्रमा फेर्ने र नयां जनवादी गणतन्त्रको मार्ग प्रशस्त गर्ने कार्यनीति अवलम्बन गरेको छ । तर, अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको मिलेमतोमा नेपालमा दलाल पुंजीपति वर्गको प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस तथा एमाले लगायतका विभिन्न यथास्थितिवादी पार्टीहरू जनताको संविधान बन्न नदिने, जनयुद्ध र जनआन्दोलनको मर्ममाथि प्रहार गर्ने र देशलाई पुनः युद्धमा धकेल्ने गम्भीर षड्यन्त्रमा लागिपरेका छन् । कटुवाल प्रकरणमा राष्ट्रपतिद्वारा गरिएको संवैधानिक ‘कु’ (Coup) यो षड्यन्त्रको एउटा प्रारम्भिक अभिव्यक्ति मात्र हो । यसरी देशको वर्तमान राजनीति साम्राज्यवादी र विस्तारवादी स्वार्थ अनुकुल सामन्त तथा दलालहरूको सत्ता निर्माण गर्ने कि सामन्तवाद र साम्राज्यवाद विरोधी देशभक्त, वामपन्थी तथा सच्चा गणतन्त्रवादी जनताको जनवादी सत्ता निर्माण गर्ने भन्ने प्रश्नको वरिपरि घुमिरहेको छ । नेपालको अहिलेको राजनीतिक द्वन्द्व यसैको अभिव्यक्ति बाहेक अरु केही होइन र यो अरु तीव्र बनेर जाने कुरा प्रायः निश्चित छ ।

यसरी देश आमूल परिवर्तनका लागि प्रश्रव पीडाबाट गुजि्ररहेको यस्तो संवेदनशील स्थितिमा देशमै होस् वा विदेशमा कोही पनि स्वाभिमानी देशभक्त नेपाली चुप लागेर बस्न सक्दैन । रोजगारीको खोजीमा प्रवासमा रहन बाध्य भएका नेपालीहरू यो राजनीतिक द्वन्द्वमा प्रत्यक्ष सहभागी हुन नसके पनि परोक्ष रूपमा सहभागी हुन सक्दछन् र हुनु पर्दछ । प्रवासिएका श्रमजीवी युवाहरूलाई तत् तत् देशमा गोलबन्द गर्ने, संविधान बन्न नदिने साम्राज्यवादी तथा विस्तारवादी षड्यन्त्रको भण्डाफोर गर्ने र यही सिलसिलामा जनताको संघीय गणतन्त्र स्थापनाका लागि अन्तर्राष्ट्रिय जनमत सृष्टि गर्ने जस्ता कुराले नेपालमा सामान्तवाद तथा साम्राज्यवाद विरोधी नयां जनवादी क्रान्ति सम्पन्न गर्न महत्वपूर्ण सहयोगी भूमिका खेल्न सक्दछ । स्वदेश तथा विदेशमा रहेका आम उत्पीडित नेपाली जनताको सक्रिय सहभागिताले मात्र नेपालको भूमिबाट सदाका लागि सामन्तवाद र साम्राज्यवादको अन्त गरी नयां जनवादी क्रान्ति सम्पन्न गर्न र यही प्रक्रियाबाट स्वाधीन, शान्त तथा समृद्ध देश निर्माण गर्न सकिन्छ ।

 

दार्शनिक फांटमा दक्षिणपन्थी संशोधनवाद

मोहन वैद्य ‘किरण’

संशोधनवाद भनेको मार्क्सवादलाई तोडमोड गरी त्यसको सारतत्वका विरुद्ध जानु हो । नेपाली दार्शनिक फांटमा दक्षिणपन्थी संशोधनवादको जुन जहर फैलिएको छ, त्यसका केही खास विशेषता यसप्रकार छन् :

अपक्षधरता वा तटस्थता : अपक्षधरता वा तटस्थता दक्षिणपन्थी संशोधनवादको एउटा मूल विशेषता हो । भिन्न दृष्टिकोण, प्रवृत्ति र राजनीतिक धारका बीच संघर्ष चल्दा संशोधनवादीहरू बीचको बाटोमा हिड्ने, सन्ध्याभाषामा बोल्ने र अन्ततः सर्वहारावर्गीय हकहित र विश्व दृष्टिकोणका विरुद्ध गई पूंजीपति वर्गप्रति प्रतिबद्ध बन्दछन् ।

अनुभववाद : दक्षिणपन्थी संशोधनवादको अर्को मूल विशेषता हो- अनुभववाद । माओवाद वा विचारधाराको परित्याग गर्नु वा मार्क्सवादी-लेनिनवादी-माओवादी दर्शनको महत्वलाई गिराउनु, सिर्जनात्मक चिन्तनको नाममा कथित् व्यवहारमा जोड दिनु, क्रान्तिकारी मार्क्सवादीहरुमाथि जडसूत्रवादी-संकीर्णवादी भएको आरोप लगाउनु अनुभववादीहरूको आजको मूल धन्दा हो । उनीहरूले वस्तुवादी बन्नुपर्छ भन्ने नाममा वस्तु वा व्यवहारको अन्धकारमय वा मरणशील पक्षलाई जनताको दुहाई दिंदै उनीहरूको पिछडिएको चेतनालाई आधार बनाई सोच्ने र तदनुसार सुधारवादी राजनीति अवलम्बन गर्ने गर्दछन् । उनीहरु शोषकवर्ग तथा यथास्थितिलाई बढी महत्व दिने र शोषितवर्गको गरिमा, महत्व र ओज तथा क्रान्तिकारी परिवर्तनको महत्वलाई घटाउने गर्दछन् । उनीहरू जडसूत्रवादको विरोधको नाममा क्रान्तिकारी मार्क्सवादमाथि नै प्रहार गर्दछन् ।

वस्तुको उज्यालो पक्ष देख्न नसक्नु र अंध्यारो पक्षको वकालत गर्नुको कारण अनुभववादीहरू अज्ञेयवादको भासमा फस्न पुगेका छन् । क्रान्तिकारी सिद्धान्त, क्रान्तिकारी वर्ग, क्रान्तिकारी पार्टी, क्रान्तिकारी नीति र क्रान्तिको उज्ज्वल भविष्यप्रति उनीहरूको अविश्वास एकदमै बढेर गएको छ । सामन्त, नोकरशाह एवं दलाल पूंजीपतिवर्गमा विश्वास र सर्वहारावर्गमा अविश्वास उनीहरूको मूल विशेषता बन्न गएको छ । फलतः उनीहरू सत्तावादी, शक्तिपूजावादी, पुच्छरवादी र अन्तमा विसर्जनवादीसम्म बन्न पुगेका छन् ।

वस्तुका अन्तर्विरोधी पक्षहरूका बीच जुन एकता र संघर्ष हुन्छ, त्यसमा उनीहरू एकताको सापेक्ष, शर्तबद्ध, अस्थायी र संक्रमणशील चरित्रलाई पूरै नकार्ने र त्यस प्रकारको एकतालाई स्थायी वा प्रधान ठान्ने एवं संघर्षको निरपेक्ष चरित्रका विरुद्ध जाने गर्दछन् । उनीहरूका लागि एकता प्रधान र संघर्ष गौण बन्ने गरेको छ । सिद्धान्त र राजनीतिका अहं मामिलाहरुमा सम्झौता गर्नु, वर्ग समन्वयमा जोड दिनु, पार्टीको स्वतन्त्र पहलकदमीभन्दा सबैथोक संयुक्त मोर्चा वा कार्यगत एकताबाट गर्न खोज्नु, अन्तरपार्टी संघर्षको मर्म र महत्वलाई नकारी पार्टीभित्र स्थायी शान्ति कायम गर्ने प्रयत्न गर्नु यसै गलत चिन्तनका उपज हुन् ।

भंडुवा विकासवाद : दक्षिणपन्थी संशोधनवादीहरूमा पाइने एउटा अर्को विशेषता हो भंडुवा विकासवाद । तदनुसार उनीहरू गुणात्मक छलाङ, क्रान्तिकारी परिवर्तन, सशस्त्र क्रान्ति वा बल प्रयोगको भूमिकालाई नकारी चुनावी बाटो, शान्तिपूर्ण विकासको बाटो अवलम्बन गर्ने र प्रतिक्रियावादी सत्तामा सम्मिलित हुने वा त्यसका लागि ज्यानै होम्ने गर्दछन् । उनीहरू नेपाली क्रान्तिको वर्तमान विशिष्ट चरणलाई सुधारवादी चरण भनेर परिभाषीत गर्दछन् र त्यही कथित् आंशिक सुधारका लागि क्रान्तिकारी रणनीति लक्ष्यको पूरै परित्याग गर्न पुग्दछन् । उनीहरू कानुनी माक्र्सवादी वा संसदीय राजनीतिको भासमा यसरी फस्न पुगेका छन् कि कानुन र व्यवस्थाको परिधि तोड्दै अघि बढ्नु उनीहरूका लागि असम्भव बन्न गएको छ ।

दक्षिणपन्थी संशोधनवादीहरू आफ्ना भनाई वा प्रस्थापनाहरूलाई पुष्टी गर्न तमाम कुतर्कको सहारा लिंदै द्वन्द्ववादको विरुद्ध सारसंग्रहवादको वकालत गर्दछन् विभिन्न अनमेल दार्शनिक एवं राजनीतिक प्रवृत्तिहरूलाई एकै ठाउंमा मिसाई विचित्र प्रकारको खिचडी तयार पार्नु, ठोस परिस्थितिको ठोस विश्लेषण नगरी एकप्रकारको स्थितिमा लागू हुने नीति र नियमलाई अर्को परिस्थितिमा यान्त्रिकरुपले लागू गर्न खोज्नु, चीजलाई अमूर्त ढंगले पेश गर्नु, कुनै पनि चीजको बहुविध पक्षलाई नहेरी यो वा त्यो पक्षमा मात्र सीमित बन्न खोज्नु, वस्तुका प्रधान र गौण पहलुलाई नछुट्याउनु सारसंग्रहवादका मूल विशेषता हुन् । आज नयां जनवाद र पश्चिमा संसदीय प्रजातन्त्रका दुई भिन्न धारालाई एउटै ठाउंमा मिसाई वहुदलीय जनवादको जुन खिचडी तयार पार्ने काम गरिएको छ, त्यो यसको एउटा ठोस उदाहरण हो ।

यसरी छोटकरीमा भन्दा दक्षिणपन्थी संशोधनवादले मार्क्सवादको क्रान्तिकारी आत्माको हत्या र मार्क्सवादको मुटु-वर्गसंघर्ष एवं सर्वहारा अधिनायकत्वको सिद्धान्तमाथि धारिलो छुरी प्रहार गर्दछ । दार्शनिक फांटमा विद्यमान यसप्रकारका गलत चिन्तनका विरुद्ध लड्दै मार्क्सवादी दर्शनको रक्षा, प्रयोग र विकास गर्नु सच्चा क्रान्तिकारीहरूको मूल कर्तव्य हो । 

सच्चिनु नपर्ने र सच्चिनुपर्नेहरू

खगेन्द्र संग्रौला 

माओवादी सच्चिएन, यसलाई घेर्नुपर्‍यो ! माओवादी फेरि पनि सच्चिएन, यसलाई निचोर्नुपर्‍यो ! माओवादी अझै पनि सच्चिएन, यसलाई थला पार्नुपर्‍यो ! माओवादीले यसो भन्यो, माओवादीले उसो गर्‍यो, कसैगरी माओवादी नसच्चिने भो, यसलाई जंगलतिरै लखेट्नुपर्ने भो ! बाह्रबुँदे लगनगाँठोपछि पहिले सानो स्वरमा यदाकदा र अहिले ठूलो स्वरमा अहोरात्र यस्ता गनगन सुनिँदै छन् । गनगन गर्नेहरूमा सनातनी कांग्रेसी र सनातनी एमालेहरू त छन् नै, तीसँग काँध मिलाएर धुर पस्न अनेक रंग र ढंगका कम्युनिस्टदेखि लिएर राजावादी मण्डलेसम्म पनि झर्‍याप्पै एकमुष्ट भएका छन् । यो गनगनमार्गी मोर्चामा नारिएकाहरूबीच सिद्धान्त र विचारधाराका सबै लछुमन रेखाहरू मेटिएका छन् । र, ‘सच्चिएन’ भन्ने यिनको अविरल गनगन साँझपख बाँसझ्याङमा वास बस्न फर्केका डांग्रेका बथानको कर्कश कौलासोजस्तो लाग्छ ।

तर, यो गनगन सत्य होइन । मेरा अपेक्षा र चाहनाअनुसार होइन, यी गनगनकर्ताहरूकै चरित्र र स्वार्थअनुसार माओवादी छलाङपछि छलाङ मार्दै तीव्र गतिमा सच्चिरहेको छ । र, लाग्छ, सच्चिने क्रममा माओवादी किस्ता-किस्ता गरी यी गनगनमार्गीहरूकै राजनीतिक जातमा फेरिइरहेको छ । उदाहरण एक होइन, अनेक छन् । बाह्रबुँदेअघि माओवादी परम्परागत कम्युनिष्ट पाराको विशुद्ध पथमा थियो । सिंगै राज्य जित्छु, आफ्नो आदर्शअनुरूपको राज्य र शासकीय प्रणालीको मौलो गाड्छु र आफ्नो सपनाअनुरूपको समाज निर्माण गर्छु— यो माओवादीको अकाट्य अभीष्ट थियो । यस अभीष्टबाट फिटिक्क यताउता बांगिन खोज्ने उसका कतिपय सहयोद्धाले एकबारको जुनीबाट हातै धुनुपरेका उदाहरण पनि होलान् । तर, गर्दै-भन्दै जाँदा माओवादी बीचबाटोमै अड्कियो । न उसले राज्य जित्न सक्यो न त राज्यले उसलाई हार्ने मौकै दियो ।

हो, यही अक्करको विन्दुमा बाह्रबुँदे लगनगाँठो कस्सियो । यो लगनगाँठो राजावादीले रीत पुर्‍याएर राजा बिसाउने र माओवादीले रीत मिलाएर बन्दुक बिसाउने लिखतको धरातल टेकेर उभिएको थियो । यो मितेरी साइनोपछि माओवादीले मुखै हेर्दिनँ भनेका संशोधनवादी, सामन्तवादी, विस्तारवादी र साम्राज्यवादीका मुख हेर्‍यो । उसले तीसँग हात मिलायो । तीसँग बसेर ऊ बात मार्न र भान्सा गर्न थाल्यो । तीसँग अग्रगमनका शर्तमा संवाद, सहमति र सहकार्य गर्दै शान्तिपूर्ण प्रतिस्पर्धाको राजनीति गर्न ऊ राजीखुसीले तयार भयो । कहाँको कि जित्छु कि मर्छु भन्ने जीवन-मरणको विशुद्ध युद्ध, कहाँको मिलिजुली जाऔँ, परिआउने नियति झेलौँ भन्ने सम्झौतावादी सहमति ! वास्तवमा सहमतिको यो पहिलो विन्दुमै माओवादी आधा सच्चिसकेको थियो ।

संविधानसभाको चुनावपछि संविधानसभाकक्षको द्वारबाहिर विजयी माओवादीहरूको तुफानी लर्को देखियो । लर्कोका जम्मैले कोट लगाएका थिए । अस्तिसम्म लुक्दै र छिप्दै डाँडा-पाखा र फाँट-मैदानमा ज्यान हत्केलामा राखेर कुद्दा ती ज्याकेट लाउँथे । दिउँसो लाउँथे, राति त्यही ओड्थे । जीवन अनियमित र अनिश्चित थियो । चुनावपछि जीवन करिबन नियमित र निश्चित भयो । र नै माओवादी लर्को वाहनबाट ओर्लेर र चिल्ला औपचारिक कोट लगाएर शानका साथ सभाकक्षमा पस्यो । त्यस पदयात्राबाट वाहनयात्रामा र खस्रा ज्याकेटबाट चिल्ला कोटमा सरेर थप एक अंश सच्चिएको माओवादी हो ।

बालुवाटारका सनातनी कर्मचारीले पञ्चायतदेखि सिकेको संस्कारको पुच्छर समातेर अलिकता खान र अलिकता स्वामीभक्ति प्रदर्शन गर्न प्रधानमन्त्री प्रचण्डलाई सवालाखको पलङ मिलाए । सच्चिनु नपर्नेका दृष्टिमा त्यो पलङ प्रचण्ड सच्चिएको जब्बर सबुत हुनुपर्ने हो । तर, प्रचण्डले आदर्श त्याग गरे भनेर तिनले बित्थामा पाखण्ड प्रदर्शन गरे । तिनले त विजयी मुद्रामा तीन हात उफ्रिएर भन्नुपर्थ्यो— ‘सच्चिने दिशामा प्रचण्डको पलङले हामीलाई पनि नाघ्न खोज्यो !’

नौमहिने सरकारपछि माओवादी सच्चिएका झन्झन् दह्रा प्रमाणहरू दृष्टिगोचर भएका छन् । माओवादी केन्द्रीय समितिको बैठकमा माओवादी नेतृत्व कमाउपथ हुँदै विलासपथतर्फ लहसिएको विद्रूप प्रसंग उठ्यो । अझ नेतृत्वका कतिपयले त सत्तादलाली गरेर सम्पत्ति कुम्ल्याएको र सम्पत्ति लुकाएको आशंकासमेत पनि गरियो । र, कसुरदारहरूलाई चिन्न र तिनलाई ठिँगुरा ठोक्न अख्तियार टाइपको आयोग बनाइयो । सादा जीवन र उच्च विचारलाई पार्टीको अविचलित आदर्श मान्ने कम्युनिस्ट पार्टी, अझ त्यसमाथि माओवादी कम्युनिस्ट पार्टीको नेतृत्वभित्र द्रव्यभक्षी प्रवृत्ति उदाउन थाल्नु भनेको माओवादी झनै सच्चिनु हो । सच्चिनु नपर्नेहरू जो छन् ती पनि यसैगरी लामा हात गर्दै र खाँदै, पेट र दिमागमा बोसो हाल्दै र लोकका आँखा छल्न छानबिन आयोगको नाटक गर्दै सच्चिएर सच्चिनु नपर्ने यस विन्दुमा पुगेका न हुन् !

माओवादीले कुट्न छाडेन, यो सच्चिएन भन्ने रोइलो घरिघरि सुनिन्छ । दिमाग छँदाछँदै हात चलाउनु भालुको स्वभाव हो । लोकतन्त्रमा प्रतिपक्षीलाई कुट्ने विचार, तर्क र न्यायले हो । यो कुरा म पनि मान्छु । तर, कुटाइ एकपक्षीय होइन, दुईपक्षीय र बहुपक्षीयसमेत भइरहेको छ । सच्चिनु नपर्नेहरूले पनि कुटिरहेकै छन् । हो, कुटाइमा मात्रा भेद होला । युद्धबाट आएको माओवादीमा आवेगको उच्चता र झोँकको तीव्रता अलि ज्यास्ती नै छ । त्यसैले सच्चिनु नपर्नेहरूका कोमल गाथमा पर्ने उसको हल्का कुटाइ पनि चर्को हुन जाला । तर, कुटाइ दोहोरीको पूरै अपजस माओवादीमाथि थोपरेर यो सच्चिएन भन्नु चाइने अल्लि ठीक नहोला । सच्चिनु नपर्नेहरूले बरु के भन्नु उचित होला भने सच्चिनुपर्ने माओवादीले हाम्रै तहमा ओर्लिएर मात्रा मिलाएर हामीलाई कुटोस् !

माओवादी सच्चिएन भन्ने अर्को गनगनभित्र उसले सम्पत्ति र लडाकु नबुझाएको कुरा पर्छ । द्वन्द्वकालमा जफत गरिएको सम्पत्ति फिर्ता नगरुन्जेल माओवादी सच्चिएको नमानिने हो भने म त भन्छु, यो माओवादी कहिल्यै सच्चिनेछैन । कारण खुलस्त छ । माओवादीकै शब्दमा उसले सामन्त र सुराकीहरूको सम्पत्ति कब्जा गरेथ्यो । तर, बुझाउनलाई अब ऊसँग सम्पत्ति नै छैन । माओवादीले कब्जा गर्‍यो र आफ्ना सम्पत्तिविहीन समर्थक र शुभचिन्तकलाई बाँड्यो । जसलाई बाँड्यो ती माओवादी शक्तिका जग हुन् । यतिका दिनपछि अब आफ्नो शक्तिको जग नै तोडेर उसले त्यो सम्पत्ति कसरी फिर्ता गर्छ ? गर्दिनँ भन्दा ‘तँ सच्चिइनस्’ भन्ने फत्तुर आइलाग्ने हुँदा माओवादी भाका किटीकिटी कन्दै ‘गर्छु-गर्छु’ भन्छ । तर, भए न गरोस् । त्यसैले माओवादी सच्चिएको देख्न चाहने सच्चिनु नपर्नेहरूले सम्पत्तिकब्जाबाट पीडित नागरिकलाई राज्यको कोषबाट उद्धार गर्नु बुद्धिमानी हुनेछ । राज्यको कोषबाट भकाभक झिकेर गठबन्धनका अन्तरेहरूलाई अर्ब-अर्ब रुपियाँ बाँड्न सक्ने सरकारका लागि नाथे यो उद्धार कत्रो कुरा हो र ?

आयो अब सच्चिनु नपर्नेहरूलाई माओवादीले आफ्ना लडाकुहरू तत्कालै सुम्पिदिनुपर्ने गनगन । यो सुपुर्दगी माओवादी सच्चिने अनिवार्य सर्त हो भने म फेरि भन्छु, यो माओवादी कहिल्यै सच्चिनेछैन । आफूसँग लडाकुगण भएर न माओवादी अन्यवादीहरूभन्दा बलियो देखिएको हो । यी सच्चिनु नपर्नेहरूलाई माओवादी निल्नु न ओकल्नु भएको पनि त यही लडाकुगणको अप्रिय उपस्थितिले गर्दा हो । संविधान बनेपछि मात्रै सेना समायोजन-पुनर्व्यवस्थापन हुन्छ भन्ने माओवादी सच्चिने कहिले र कसरी हो ? सच्चिनु नपर्नेहरूको यो रोदनको उत्तर तिनकै कथन र मनसायमा छ । जब तिनले एउटा मात्र माओवादी लडाकुलाई पनि सेनामा समायोजन गरिनेछैन भनेर रुक्मांगद कटवालको बोलीमा लोली मिलाए, माओवादीले उसोभए संविधान बनेपछि हेरौँला भनेर ओठे जवाफ दियो । यो सच्चिनु नपर्ने र सच्चिनुपर्नेबीच बराबरीको जुहारी हो । हो, सेना समायोजन-पुनर्व्यस्थापन शान्ति-प्रक्रियाको मूल गाँठो हो । जबसम्म यो गाँठो फुकाइँदैन, संविधान लेखन केवल गँजडी गफ मात्र हुनेछ । सच्चिनु नपर्ने र सच्चिनुपर्ने दुवै जुहारीबाजले समायोजन-पुनव्र्यस्थापनसम्बन्धी स्रेस्तामा नाकका चालले सहीछाप त गरेकै छन् । यी दुवैका लागि समायोजन-पुनर्व्यवस्थापन सम्बन्धी मार्गदर्शक स्रेस्ता त्यही हो । सच्चिनु नपर्नेहरू त्यो स्रेस्ताप्रति इमानदार भइदिए सके सच्चिनुपर्ने माओवादी सच्चिएको सुनौलो दिन देख्न पाइनेछ ।

म दोहोर्‍याउँछु, माओवादी सच्चिने क्रम निःसन्देह जारी छ । तर, यो कति सच्चिएर कोजस्तो हुने हो, यो अकिञ्चन नागरिकको चिन्ता त त्यसमा पो छ । डर लाग्छ, सनातनी संसदीय आहालमा डुबुल्की मारेर दिनानुदिन सच्चिँदै जाँदा माओवादी राजावादको झन्डा बोकेर गंगाजलमा स्नान गरी दुध छर्किइएका सर्वांग शुद्ध, फटिक एवं कञ्चन गोविन्दराज जोशी र केपी शर्मा ओलीकै नयाँ औतार बन्न पो पुग्ने हो कि ? माओवादी सच्चिने नाउँमा अर्को जोशी र अर्को ओली यो दुःखी देशलाई चाहिएको छैन । बरु माओवादी राजनीतिक दृश्यपटलबाट कतै अलप हुनु बेस हुन्छ !

सञ्चार जगत र वर्गीय पक्षधरताको कुरा

कुमार शाह

सञ्चार जगतमा एउटा व्यर्थैको विवाद हुने गरेको छ – त्यो हो ‘मिसन’ र ‘प्रोफेसन’ । सञ्चारकर्मीहरु बीच व्यङ्ग्य होस् या यथार्थ चल्ने गरेको पाइन्छ । हामी ‘मिसन’ पत्रकार, उहांहरु ‘प्रोफेसनल’ वा हामी ‘प्रोफेसनल’ वा उहांहरु ‘मिसन’ । विषयको गहिराइमा पुग्न गमेर अध्ययन तथा जमेर वहस गर्न जरुरी छ ।

सबै कुराहरु खुला छन् । तिनका अध्ययनको जोड, कोण र हेर्ने धारणाहरु मात्र फरक छन् । मान्छे स्वभावैले स्वार्थी छ । स्वार्थले वर्गीय अन्तर्विरोधलाई घनिभूत र तीव्र बनाएको छ । आपसी ‘त्याग’ र ‘उदारता’ले यो अन्तर्विरोध हल हुने छांटकांट मात्र होइन, सम्भावना नै  छैन । त्यसैले यसले रक्तपातपूर्ण संघर्ष श्रम गरेर खाने र श्रम चोरेर खाने दुई वर्गबीचको निर्णायक प्रक्रिया पनि हो ।

यही प्रक्रियाको वरिपरी घुम्छ- सञ्चारजगत । सञ्चारजगतको अस्तित्व स्वार्थमा छ । स्वार्थ सञ्चारजगतको सार हो । सञ्चारजगत आफैमा केन्द्र होइन । बरु यो कुनै केन्द्रको वरिपरी घुम्ने उपग्रह हो । यो उपग्रह मानव निर्मित हुन्छ । प्राकृतिक उपग्रह (चन्द्रमा)ले नपुगेर मानवनिर्मित भू-उपग्रहहरु अन्तरिक्षमा पठाइएका छन् । ती सञ्चारका विकसित माध्यमहरु हुन् । तिनको माध्यमबाट पूंजीवादी साम्राज्यवादले विश्वलाई पूंजीवादको विकल्प छैन भनेर आफ्नो एकछत्र राजको सन्देश दिन खोजिरहेको छ ।

हिन्दु आख्यानमा वर्णन भएअनुसार सञ्चारजगतको शुरुवातीको बखतमा स्थापित प्रथम सञ्चारकर्मी नारद हुन् । नारदले जति पनि सञ्चार आदान-प्रदान गर्ने कार्य गरे, त्यो ‘उपरवाला’ ब्रम्हा, विष्णु, महेश्वरको स्वार्थपूर्तिको लागि गरे, तर जनताको लागि गरेनन् । नारदस्वार्थ आफू केन्द्र भने थिएन । मार्क्सवादी वैज्ञानिक मान्यताअनुसार ‘सञ्चार’ उपरिसंरचनाको एउटा सानो तर प्रभावकारी अंश हो । अहिलेका समकालिन सञ्चार प्रक्रिया र सञ्चारकर्मीहरु नारदले प्रयोग गरेका सञ्चार प्रक्रिया र नारदस्वार्थका विकसित, उन्नत र परिमार्जित स्वरुप नै हुन् भन्दा फरक पर्दैन । किनकि वर्तमान सञ्चारमाध्यममा विषयवस्तुलाई बढाई-चढाई वा घटाई जसरी पनि सञ्चारमाध्यमद्वारा कलात्मक रुपमा प्रस्तुत गरिन्छ । यो कुरा अभिजात तथा पूंजीपति वर्गको सञ्चार माध्यम र सञ्चारकर्मीहरुको हकमा बढी लागू हुन्छ । अहिले असफल भएपनि र त्यसको विकल्पमा सुन्दर समाजवाद दृष्टि क्षितिजमा देखा परेपनि पूंजीवादको दबदबा छ । त्यसैले हर प्रचारप्रसारमा संयन्त्रहरुलाई विश्वव्यापी फैलाएको छ र आफ्नो वर्गस्वार्थको लागि हजारौं झुठको खेती गरिरहेको छ ।

अहिलेको विश्वको ‘डेमोक्रेसी’को नमूना अमेरिका भएको प्रचार गरिएको छ । स्वयंमा अमेरिकालाई राजनैतिक रुपमा हेर्‍यौं भने प्रतिक्रियावादी, घोर जनविरोधी, वैचारिक रुपमा साम्राज्यवादी, प्रशासन संयन्त्र हेर्‍यौं भने सैन्यवादी र अर्थतन्त्र हेर्दा युद्ध अर्थतन्त्रवादी देखिन्छ । सांस्कृतिक रुपमा छाडा र स्वच्छन्दतावादी देखिन्छ । तर, त्यसको लगानीमा विश्वभर चलेको सञ्चार-नेटवर्कले त्यसलाई ‘नमूना’ र पृथ्वीको स्वर्गको रुपमा प्रचार-प्रसार गर्दछ । ती सञ्चारमाध्यमहरुको विषयवस्तु र त्यसको फोकसिङ अमेरिकाले चाल्ने कदमसंगै यता र उति सर्ने गर्दछन् । विश्वभर अमेरिका युद्धको ठेक्कापट्टाका लागि सहकार्यको टेण्डर आव्हान गर्दछ, नभए एक्लै गर्ने धम्की दिन्छ । यी टेन्डरहरुसंगै उसद्वारा स्रोत प्रदान गरिएका विश्व सञ्चार नेटवर्कहरु कार्यक्रम फेरबदल गर्दछन् ।

नेपालमा बाहृय शक्तिद्वारा गरिने योजनाबद्ध राजनीतिक परिवर्तन या ठूलठूला घटनाहरु घट्नुपूर्व त्यसका संकेतहरु सिएनएन बिबिसी र इण्डियन सञ्चारमाध्यमहरुमा प्रष्ट आभाष हुने गरी आइहाल्छ । यी सञ्चार माध्यमहरुले जनताको भावना र मनोविज्ञानमा धुमिलपन ल्याउने र त्यसैबेला घटना घटाउने गर्दछन् । विदेशी लगानी भएका विग हाउसहरुमा व्यानर समाचार, सम्पादकीय कहिलेकांही नेपालको वस्तुस्थितिको प्रतिविम्ब नहुनेगरी मात्र होइन, ठीक उल्टो गरी नाटकीय रुपमा प्रकाशित हुन्छन् । अहिले दाङ जिल्लाको सिमानामा भएको भारतीय विस्तारवादी सीमा अतिक्रमण र त्यसबेला अन्नपूर्ण पोष्टको भारतीय फौजहरुको नेपाल विरोधी मिचाहा अभिव्यक्तिको भंगेरा टाउके समाचार यसको पछिल्लो उदाहरण हो ।

यसअघिमा निर्णायक मोडहरुमा घटनाक्रम सम्झने हो भने दरबार हत्याकाण्डभन्दा ठीक केही दिन पहिले बिबिसीले गरेको हल्का तर गम्भीर  परिवर्तन र जनमुक्ति सेनाले घोराही आक्रमण गरी शाही सेनाको व्यारेक कब्जा गरेपछि माओवादी विजयलाई लुकाउन कान्तिपुरको २/३ दिनसम्मको व्यानर समाचारहरु आफै बोल्छन् । जहांसम्म ग्लोबल मिडियाअन्तर्गत व्यवसायिक सञ्चारको कुरा गरिन्छ, ती सबैका जननी/श्रोत पश्चिमा साम्राज्यवादी सञ्चार माध्यमहरु नै हुन् । ती पश्चिमा ‘स्वतन्त्र सञ्चार माध्यम’ हरुले अमेरिकाको नेतृत्वमा विश्वभर खोलिएको युद्धको ठेक्कापट्टाको बोलपत्र आव्हान गर्नेदेखि लिएर नाफा कमाउनको लागि ठेकेदार बहुराष्ट्रिय कम्पनीहरुको मुखपत्रको काम गर्दछन् । मध्यपूर्व बग्दादमाथिको आक्रमण होस् या अफगानिस्तानमाथिको, पाकिस्तानमाथिको राजनैतिक हस्तक्षेप होस् या उत्तरकोरिया या त अफ्रिकाको रंगविभेदी लडाई सबैमा पूंजीवादी कथित स्वतन्त्र र व्यवसायिक सञ्चारमाध्यमहरुले ५० प्रतिशत युद्ध त प्रचारप्रसारमार्फत मनोवैज्ञानिक रुपमा नै लडि सिध्याएका हुन्छन्, बांकी ५० प्रतिशत युद्ध मात्र ती युद्ध ठेकेदार बहुराष्ट्रिय कम्पनी सैन्य बलमा लड्छन् । त्यसैले सिंगो पत्रकारिता मिसन पत्रकारिता हो कि व्यवसायिक आफैमा प्रष्ट हुन्छ ।

विकासशील देशहरुमा त विदेशी लगानी र देशकै पनि जनविरोधी सम्भ्रान्त वर्गले गरेको लगानीमा चलेका सञ्चारमाध्यमहरु छन् । सबैको आफ्ना ‘वर्गीय मिसन’ छन् । त्यसमा काम गर्ने श्रमजीवी पत्रकारहरु पेशा गरेर खाएका हिसाबले ‘प्रोफेसनल’ मान्न सकिएला तर उद्देश्यका हिसाबले मिसन पत्रकारहरु नै हुन् । किनकि मालिकले जे लेख भन्छ उनीहरु बाध्य छन्, त्यही लेख्छन् । त्यसैले पनि हो, पत्रकार महासंघको चुनाव र अधिवेसन तथा बैठकहरुमा ‘मालिक पत्रकार’ र ‘श्रमजीवी पत्रकार’ भनि बारम्बार मारामार नै हुने गर्दछ ।

पत्रकारिता जगतको नव प्रतिभाहरुमा अगाडि आइरहेका पत्रकार नवीन विभास आफ्नो ‘हटारु इ पत्रिका’मा लेख्छन् । पत्रकारिता ‘पार्टीकारिता’ र ‘रोटीकारिता’ भन्दा अर्को छैन । उनले ‘मिसन’ पत्रकारितालाई ‘पार्टीकारिता’ र ‘प्रोफेसनल’लाई रोटीकारिता भनी टिप्पणी गरेका छन् । कैयौंको जिब्रोमै झुण्डिएको ‘स्वतन्त्र पत्रकारिता’ उनको नजरमा कहीं छैन । यथार्थ यही हो । कुरो त कतिसम्म पनि हो भने माओवादी नेतृत्वको सरकार आएपछि बनेको ‘श्रमजीवी पत्रकार ऐन’ यी मालिकहरुलाई निल्नु न ओकल्नु भएको छ । आखिर किन यति घांडो हुन पुग्यो त श्रमजीवी पत्रकार ऐन ? जसले पत्रकारको हकहितको कुरा मात्र गर्छ ? कुरो प्रष्ट छ – व्यवसायिक पत्रकारिताको खोलभित्र नाफाखोर मालिकहरुको अकूत कमिसनका साथै श्रमजीवी पत्रकारितामाथिको मालिकत्वमाथि यसले गम्भीर प्रश्नचिन्ह खडा गरेको छ ।

अहिले देशमा फेरि अन्यौलता छाएको छ । सबैभन्दा ठूलो जनादेश प्राप्त दल माओवादी सरकारबाहिर छ । हरुवा दलालहरु सत्तासिन छन् । सीमा अतिक्रमण दिन दुगुणा रात चौगुणा छ । मालिकद्वारा सञ्चालन गरिएका सञ्चार माध्यमहरुले जतिसक्यो भ्रम छर्ने काम गरिरहेका छन् । ती सबै माओवादी विरुद्ध परिलक्षीत छन् । किनकि ती सबै वर्गस्वार्थ परवर्गीय पक्षधरताका कुराहरु छन् ।

‘वर्गीय’ सञ्चार माध्यम वा ‘मिसन’ सञ्चार माध्यमको बारेमा राजनैतिक विश्लेषक सीके लाल मजासंग लेख्छन्- ‘टिभीको त के कुरा माओवादीसंग आफ्नो भन्ने एउटा राष्ट्रिय अखबार समेत छैन । तिनका मुखपत्र जनदिशाबाहेक ।…. ।’ धन्य सीके लाल माओवादीलाई प्रहार गर्न खोजेपनि उनले एउटा कुरा सत्य बोलेका छन् – त्यो हो, नेपालमा विग हाउसदेखि सबै पत्रपत्रिका मिसन हुन् भनेर । त्यसैले ‘स्वतन्त्र’ र ‘व्यवसायिकता’को कुरा ढोंग हो । सबै सञ्चारमाध्यम ‘मिसन’मा छन् र वर्गीय मिसन उनीहरुको साध्य भएको छ ।

कार्यनीति र रणनीतिको सही तालमेल कसरी ?

– नवराज सुवेदी

विश्व कम्युनिस्ट आन्दोलन र नेपाली कम्युनिस्ट आन्दोलन दुवैमा रणनीति र कार्यनीति तथा तीनका अन्तरसम्बन्धका बारेमा ठिक-ठिक ठम्याई र तीनलाई पूरा गर्ने कार्यक्रम र योजनाका अभावमा समस्या उत्पन्न हुने गरेका छन् । वास्तवमा रणनीति कार्यक्रमद्वारा निर्देशित हुन्छ र कार्यनीतिहरु रणनीतिद्वारा निर्देशित हुन्छन् । आधारभूत रणनीति एउटा ऐतिहासिक चरणभरी बदलिंदैन भने कार्यनीतिहरु परिस्थितिअनुसार बदलिईरहन्छन् । तर खास ऐतिहासिक मोडहरुमा भने कार्यनीतिसंग सम्बन्धित रणनीति पनि बदलिन्छ ।

अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहास हेर्दा सर्वहारा वर्गको वर्ग संघर्षमा नेतृत्व विज्ञानका रूपमा रणनीति र कार्यनीतिलाई वास्तविक कार्यान्वयनमा लेनीनले उतार्नु भएको हो । वस्तुतः दोस्रो अन्तर्राष्ट्रियका अवसरवादीहरुद्वारा दमीत भएका मार्क्स एंगेल्सका कार्यनीतिर रणनीति सम्बन्धि सशक्त विचारहरुलाई तत्कालिन स्थितिमा लेनीनले बाढी नै ल्याइदिनु भयो । त्यति मात्र होईन, लेनीनले दोस्रो अन्तर्राष्ट्रिय ताका समाप्त पारिएका क्रान्तिकारी कार्यनीतिलाई फर्काउने कार्य मात्र गर्नु भएन, एकातिर सशस्त्र विद्रोह र अर्कोतिर धेरै प्रतिक्रियावादी दुमाभित्र पनि संघर्ष गर्दै वहांले तीनलाई विकसित समेत गर्नुभयो र नयां विचारहरुलाई थपेर तीनलाई समृद्ध बनाउनुभयो ।

दोस्रो अन्तर्राष्ट्रियको अवधिमा संसदवादलाई संघर्षको सम्पूर्ण स्वरुप ठानियो । सर्वहारा वर्गको अधिनायकत्व प्राप्तीका लागि सर्वहारा श्रमजीवी वर्गलाई भिषण वर्ग संघर्षमा उतार्ने कुरा त्यतिखेर हेरिएन । सबै प्रकारका कानुनी संघर्ष उपयोग गरेर सर्वहारा श्रमजीवी वर्गलाई तत्कालीन व्यवस्थाका सीमा र घेरा ननाघ्ने गरी मात्र प्रशोधित गर्ने कुरा गरियो । त्यसकारणले त्यो अवधिमा न सर्वहारा वर्गको अभिन्न रणनीति बन्न सक्थ्यो । न विस्तृत कार्यनीति नै ।

स्टालीनले ठिकै भन्नु भएको छ – ‘दोस्रो अन्तर्राष्ट्रियले त्यतिखेरको सन्दर्भमा संसदिय संघर्षको स्वरुपलाई उपयोग गरेर अपराध गरेको थिएन, तर संसदीय संघर्षको महत्वलाई अतिशयोक्तीपूर्ण ढंगबाट उस्ले प्रस्तुत गर्र्यो, त्यसले संघर्षको एकमात्र स्वरुपका रुपमा त्यो संघर्षलाई लियो । त्यतिमात्र होईन, जब गैर संसदीय संघर्षको रुपमा खुल्ला क्रान्तिकारी संघर्ष अपनाउनुपर्ने अवस्था सामुन्नेमा थियो दोस्रो अन्तर्राष्ट्रियका पक्षधरहरुले त्यस कुराप्रति पीठ्यू फर्काएर त्यो संघर्षलाई कांध थाप्न अस्वीकार गरे ।’

आज पनि विश्व कम्युनिस्ट आन्दोलन र नेपाली कम्युनिस्ट आन्दोलनमा संसदवाद, विसर्जनवाद र दक्षिणपन्थी अवसरवादबाटै बढि खतरा छ । त्यो स्थितिमा सर्वहारा वर्गका लागि अभिन्न रणनीतिका साथै विस्तृत क्रान्तिकारी कार्यनीतिको आवश्यकता छ । त्यस्तो कार्यनीतिको आवश्यकता छ, जसद्वारा नेपाल कम्युनिस्ट पार्टीको २००६ सालदेखिको ‘राष्ट्रको सम्पत्तिको मालिक जनता हुने र तमाम सामन्तवादी साम्राज्यवादी र पूंजीवादी आधिपत्य खतम पार्ने ‘उद्देश्यलाई साकार पार्ने दिशामा वढ्न सकियोस् ।

नेपाली कम्युनिस्ट आन्दोलनमा विसर्जनवाद र अवसरवादले बेलावेलामा टाउको उठाउने मात्र होईन, कम्युनिस्ट आन्दोलनलाई तहसनहस पार्न खोज्यो । दोस्रो महाधिवेशनकालमा रायमाझी र तेस्रो महाधिवेशन पश्चात खुश्चोमी संशोधनवादले नेतृत्व नै हत्यायो । त्यस खालको नेतृत्वको विसर्जनवादी अवसरवादी नीति भएपछि त्यसले लिने नीति पनि घरेलु प्रतिक्रियावादी घेरामा कैद वा कथित महाशक्ति (तत्कालीन सोभीयत सामाजीक साम्राज्यवाद)का प्रभूत्ववादी क्रियाकलापलाई वल पुग्ने खालको हुनु स्वाभाविक थियो । तर यो कुरामा खुसी मान्नु पर्दछ कि त्यसखालको गलत नीति र नेतृत्वको तरिकालाई क्रान्तिकारीहरुले छिट्टै चिन्न सफल भए । साथै त्यसखालको नेतृत्वलाई परास्त गरी छाडे । त्यसपछि पनि नेपाली कम्युनिस्ट आन्दोलनमा समय समयमा संसदवादी अवसरवादी र पदलोलुप प्रवृत्तिहरु देखा परे । विशेष गरी २०३९ यताको तत्कालीन माले (पछि एमाले) ले अपनाएको सामन्ति राजतन्त्र एवं साम्राज्यवाद विस्तारवाद परास्त नीति र त्यसको मलजलका लागि अपनाईएको वर्गसमन्ववादी संसदवादी कार्यनीति त्यस्का ज्वलन्त उदाहरणहरु हुन् । त्यो नीतिको पराकाष्ठा स्वरुप विगतमा एमाले राजाको कठपुतली देउवा सरकारमा समेत सामेल हुन पुग्यो ।

पहिलेको चौथो महाधिवेशनले विसर्जनवादी निीति त अपनाएन तर जनउभारमा आउने उतार र चढावहरुको ठोस विश्लेषण गरेर कार्यनीति पनि त्यस अनुरुप तय गर्ने कुरामा चौम पनि चुक्यो । चौमले कार्यनीति तय गर्दा धेरै जसो देव्रे गल्ती र अपवाद स्वरुप केही दाहिने गल्ती गर्र्यो । जनमतसंग्रहलाई बहुदलको पक्षमा पार्न अपेक्षीत मेहनत गर्न नसकी चुनावको मुखसम्म बहिष्कारमा जोड दिनु गल्ती थियो भने देशभक्त र जनतान्त्रिक शक्तिहरुको सरकारको लामो समयसम्म बोकेको नारा दाहिने गल्ती थियो ।

देशको अहिलेको सन्दर्भमा हाम्रो पार्टी नेकपा (एकीकृत) र एकीकृत नेकपा (माओवादी) जस्ता क्रान्तिकारी शक्तिहरुले कस्तो कार्यनीति अपनाउने ? यो सवाल तात्कालिक नीतिलाई मात्र नभई रणनीतिलाई पनि एक वा अर्को ढंगबाट प्रभावित पार्ने सवाल हो । त्यसमाथि अझ हामीभन्दा पनि देशको शक्ति सन्तुलनमा अझ बढी प्रभाव पार्न सक्ने शक्ति एनेकपा (माओवादी)ले आफ्नो कार्यनीति तय गर्दा सबै परिस्थितिको विश्लेषण गर्नु पर्दछ र त्यसबारे गम्भिर बन्नु पर्दछ ।

एनेकपा (माओवादी) ले विगतमा २०५८ साल यता गोलमेच सम्मेलन, अन्तरिम सरकार संविधानसभाको कार्यनीति अघि सार्र्यो । अन्तरिम सरकार र संविधानसभाको कार्यनीतिलाई उसले पछिसम्म पक्रेको छ भने गोलमेच सम्मेलनको सट्टा राजाले खारेज गरी आन्दोलनको बलमा पुनर्स्थापीत भएको नयां स्वरुपको व्यवस्थापिका संसदको विस्तार प्रति सहमति जनायो । त्यसो गर्नु कार्यनीतिक रुपमा ठिक थियो । त्यसैगरी व्यवस्थापिका संसदले गणतन्त्रबारे स्पष्ट दृष्टिकोण नदिदै संविधानसभाको निर्वाचनमा जानु जोखिमपूर्ण भएकाले त्यस्को सुनिश्चिततामा अडान राखेर सरकारबाट हट्नु पनि सही निर्णय थियो । संविधानसभाको निर्वाचन पश्चात खरिपाटी भेलासम्म पुग्दा उस्ले लोकतान्त्रिक गणतन्त्र कि जनगणतन्त्र भन्ने सवालमा छलफल गरी जनताको संघीय लोकतान्त्रिक राष्ट्रिय गणतन्त्र पारित गर्र्यो । वस्तुतः एकातिर पार्टीको आन्तरिक एकता र अर्कोतिर तात्कालीक कार्यनीति अपनाएको थियो । शब्द संयोजन जे भएपनि त्यो कार्यनीति बढिमा परिस्कृत लोकतान्त्रिक गण्ढातन्त्रकै कार्यनीति हो ।

एनेकपा (माओवादी) सरकारबाट बाहिरिएको अवस्थामा भर्खरै सम्पन्न उसको पिवी बैठकबाट आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकारको कार्यनीति केसमा पेश भएको छ । तर यो पछिल्लो कार्यनीतिबारे बाहिर र स्वयं एनेकपा (माओवादी) भित्रै पनि गम्भिर प्रश्न उठेको छ र त्यसरी उठ्नु स्वाभाविक पनि हो । मेरो नीजि विचारमा एनेकपा (माओवादी) ले प्रस्तुत गरेको यो कार्यनीतिको सट्टा ‘नागरिक सर्वोच्चता वहाली र विस्तृत शान्ति सम्झौता कार्यान्वयनका लागि व्यवस्थापिका संसदभित्र र बाहिर संघर्ष उस्को कार्यनीति वन्नु पर्दथ्यो । तर त्यस्को सट्टा उस्ले आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकारको नारा जसरी दिएको छ, त्यस्ले देशमा विद्यमान अन्य राजनीतिक शक्तिहरुको आधारभूत चरित्रप्रति नजरअन्दाज त गरेन भन्ने प्रश्न ज्वलन्त रुपमा उठेको छ । किनभने एमालेको वामपन्थी शक्ति र ईमान्दार लोकतान्त्रीक गणतन्त्रवादी प्रजातान्त्रिक शक्ति बीचको एकतामा मात्र वल दिएको भएपनि त्यो नारा केही हदमा उचित हुन्थ्यो । तर त्यसलाई लत्याएर नेपाली कांग्रेसको समर्थनमा विजय गच्छदारको फोरमदेखि राप्रपाको दीपक बोहरासम्म गठजोड गरी २०५२/५३ को संसद व्यूताउने चेष्टा एमालेले गरेको सन्दर्भमा यस प्रकारको कार्यनीतिले एनेकपा (माओवादी)को छवि धूमिल मात्रै हुन जान्छ । सरकार बनाउने सन्दर्भलाई विश्लेषण गर्दा सबैभन्दा ठूलो पार्टी भएका नाताले एनेकपा (माओवादी) ले त्यो अधिकार राख्छ भन्नु सामान्य र उपरी रुपमा सत्य हो । तर यहांको राजनीतिक दलहरुको चरित्रलाई नजरअन्दाज गरेर त्यसलाई कार्यनीति नै बनाउनु सहि होइन । त्यसमाथि वर्तमानमा संविधान पनि वहुमतिय प्रणाली गरिएको छ । त्यो स्थितिमा प्रष्ट गरेर भन्ने हो भने एनेकपा (माओवादी) ले अब बनाउने राष्ट्रिय सहमतिको सरकार संसदिय फोहरी खेलमा चुर्लुम्म नडुबीकन सम्भव हुनेछैन । बताईरहनु परोईन कि त्यस्तो काम क्रान्तिकारीहरुको काम होईन । त्यति कुरा प्रस्ट जान्दाजान्दै त्यस खालकेा कार्यनीतिक नारा अपनाउनु आत्मघाति नहोला भन्न सकिन्न । त्यसैले यो कार्यनीति बारे पुर्नविचार गर्नु वेश हुनेछ ।

समष्टिमा एउटा क्रान्तिकारी पार्टीका लागि सही कार्यनीति अपनाउने वा नअपनाउने भन्ने कुराले दुरगामी अर्थ राख्दछ । त्यसमा गरिने सानो गल्तीले पार्टीको छवी धुमिल हुन सक्दछ । साथै कार्यनीति र रणनीतिबीचकेा अन्योन्याश्रीत सम्बन्धलाई आाखा चिम्लेर कम्युनिस्ट पार्टी अगाडि बढ्न सक्दैन । त्यसरी बढ्दा पार्टी विसर्जनवादमा फस्न सक्छ । अहिले सबैले विशेष गरी एकीकृत नेकपा (माओवादी) ले यसलाई मनन गर्ने बेला आएको छ ।

                           -लेखक नेकपा (एकीकृत)का वरिष्ठ नेता हुनुहुन्छ ।

 

क्रान्तिको समस्या दक्षिणपन्थी संशोधनवाद कि जडसुत्रवाद ?    

 – देवेन्द्र पौडेल ‘सुनिल’

मार्क्सवाद सिर्जनशील र गतिशील सामाजिक विज्ञान हो । यसलाई प्रयोग गर्ने सन्दर्भमा थप विकसित हुंदै यो मार्क्सवाद, लेनिनवाद, माओवाद बन्न पुगेको छ । मालेमावादलाई जस्ताको तस्तै जहां पनि प्रयोग गर्ने दृष्टिकोणलाई हामीलाई जडसूत्रवाद भनेर बुझ्दछौं । मालेमावादीहरूले अवश्य पनि जडसूत्रवादका विरुद्ध संघर्ष गर्नुपर्दछ । आजभोली एकातिर ठूलठूला क्रान्तिबाट प्राप्त भएका सर्वहारा वर्गीय सदरमुकामहरू कसरी कमजोर बन्न गए भन्नतिरबाट छलफल सुरु हुन थालेको छ भने अर्कातिर मालेमावादको सिर्जनात्मक विकासको नाममा खुला तथा मिहिन संशोधनवाद हुर्किन थालेको छ । पुराना विचारबाट क्रमशः मुक्त हुन खोज्ने नयां परम्परा शुरु हुन थालेको छ । रुढीलाई तोड्ने, जड्तालाई त्याग्ने र मालेमावादलाई देश, काल र परिस्थितिअनुसार विकसित गर्ने कुरा अवश्य पनि सही विषय हो । तर पनि यहांनेर ध्यान दिनैपर्ने अर्को विषयमा पनि हाम्रो जोड जानुपर्दछ । स्थापित भइसकेको मान्यताहरूलाई भत्काउनु, मालेमावादका आधारभूत कुराहरूलाई पनि सिर्जनात्मक विकासका नाममा त्याग गर्नु जडसूत्रवाद विरुद्धको संघर्ष होइन । यस्तो प्रवृत्तिलाई मालेमावादी दृष्टिकोणले हेर्दा दक्षिपन्थी देखिन्छ । आजको २१औं शताब्दीको मुख्य समस्या नै दक्षिणपन्थी संशोधनवाद हो ।

खासगरी दोस्रो अन्तर्राष्ट्रियका केही नेताहरूले माक्र्सवादलाई बिसर्जन गराउनेतिर संघर्ष गरे । पहिलो अन्तर्राष्ट्रियका केही नेताहरू खासगरी पु्रादो, बाकुनिन, लासाल, ब्लांकी आदिले मार्क्स-एंगेल्सहरूलाई यान्त्रिक मानिसको रुपमा बुझ्ने गर्दथे । त्यतिबेला जडसूत्रवाद भन्ने पदावली ज्यादै कम प्रयोग गरिन्थ्यो । बल प्रयोगको सिद्धान्त तथा बल प्रयोगकै प्रणालीमा टिकेको पुंजीवादी दुनियालाई बदल्नका लागि बल प्रयोगकै कुरा अनिवार्य भएको सिद्धान्त मार्क्स र एंगेल्सले विकसित गरे । एकातिर विचारधारात्मक संघर्षको भिषण मोर्चाको सामना मार्क्स र एंगेल्सले गर्नुपरेको थियो भने अर्कातिर श्रमजीवी वर्गको अन्तर्राष्ट्रिय स्तरमा नै संगठनात्मक संरचना निर्माण गर्नु थियो । काल्पनिक समाजवादीहरू तथा अवसरवादीहरूले मार्क्स र एंगेल्सको सिद्धान्तहरूलाई अस्वीकार गरे । यति हुंदा पनि १९६४ मा भएको पहिलो अन्तर्राष्टियमा मार्क्स र एंगेल्सले जमेर अवसरवादका विरुद्ध संघर्ष गर्नुभयो । तथा अराजकतावादीहरूलाई विचारधारात्मक रूपमा परास्त गर्नुभयो । १८७१ मा ब्लांकीहरूको नेतृत्वमा फ्रान्सको पेरिस सहरमा सशस्त्र विद्रोह भयो । दक्षिणपन्थी विचलन र अराजकतावादी अवसरवादका विरुद्ध त्यहांका क्रान्तिकारी योद्धाहरूले भिषण संघर्ष गरे । मार्क्स र एंगेल्सले त्यसलाई शुरुका दिनमा केही आशंका गरे पनि पछि अन्ततः त्यसलाई स्वागत गरेर र त्यहांबाट शिक्षा लिन संसारभरीका क्रान्तिकारी उत्पीडित श्रमजीवी वर्गलाई अपिल गरे ।

दोस्रो अन्तर्राष्ट्रिय कालमा पनि सापेक्षित रूपमा लेनिन, कार्ल लिब्नेट, रोजा लक्जमवर्ग, क्लारा जेटकिन आदिले मार्क्सवादको सिर्जनात्मक प्रयोग गर्दै त्यसलाई विकसित गर्न मेहेनत गरे भने उता कार्ल काउत्कसकी, प्लेखानोव, बर्नस्टीन आदिले मार्क्सवादमाथि नै जडसूत्रवादको आरोप लगाए । पछि स्टालिन र ट्राटस्कीहरूको पालासम्म आइपुग्दा पनि ट्राटस्कीवादीहरूले स्टालिन, कालिनिनहरूलाई जडसूत्रवादीको आरोप लगाए । अवश्य पनि स्टालिनका केही सीमा कजमजोरी थिए, त्यसको समीक्षा हुनैपर्दछ । तर पनि मुख्य कुरा उनका कमजोरी भन्दा पनि तत्कालीन अवस्थामा साम्राज्यवादका विरुद्ध संघर्ष गर्ने मामलामा तथा मार्क्सवाद, लेनिनवादलाई जीवन व्यवहारमा लागू गर्ने सन्दर्भमा स्टालिनले महत्वपूर्ण कार्यहरू गरेका छन् । रुसको सन्दर्भमा लेनिनवादलाई विकसित गर्ने कार्य स्वयं स्टालिनले गरेको कुरा इतिहासबाट लुकेको छैन । उता ट्राटस्की र लेनिनहरूको संघर्ष हुंदा ट्राटस्कीहरूले लेनिनहरूलाई पनि जडसुत्रवादी देख्ने गर्दथे । यसरी दोस्रो अन्तर्राष्ट्रिय देखि तेस्रो अन्तर्राष्ट्रियसम्म आइपुग्दा विश्व सर्वहारा आन्दोलनको मुख्य संघर्षको विषय दक्षिणपन्थी संशोधनवाद नै हुन पुग्यो । केही जडसूत्रीय कमजोरीहरू पनि त्यो अवधिमा देखापरे । तर त्यो विषय मुख्य थिएन । त्यसपछि तृतीय अन्तर्राष्ट्रियको समयमा विश्व सर्वहारा आन्दोलन साम्राज्यवादविरोधी संयुक्त मोर्चाको रूपमा विकसित हुन थाल्यो । कोमिन्टर्नदेखि कोमिन्फ्रमसम्म आइपुग्दा पनि विश्व सर्वहारा आन्दोलनको लागि मुख्य खतरा दक्षिणपन्थी संशोधनवाद नै हुन पुग्यो । त्यो अवधिमा खासगरी १९३६ देखि ४० सम्मका रुसी कम्युनिष्ट पार्टीका घटनाहरूले कम्युनिष्ट पार्टीभित्र दुई लाइन संघर्षको बारेमा प्रयोग गरिएका तरिकाहरू अवश्य पनि सच्याउनुपर्ने खालका छन् ।

 त्यसैगरी चिनियां कम्युनिष्ट पार्टभित्र पनि शुरुकै गठन प्रक्रियादेखि नै दक्षिणपन्थी विचलनका विरुद्ध माओत्सेतुङहरूले संघर्ष गर्न थाल्नुभयो । छन तु स्यु हरूले माओलाई अतिवादी जडसूत्रवादी देख्ने गर्दथे । छन तु स्यु हरूको दक्षिणपन्थी विचलनका विरुद्धमा संघर्ष गर्दा अवश्य पनि वाङमिङ, लिलिसान प्रवृत्तिहरू पनि देखापरे । तर पनि मुख्य प्रश्न त्यतिबेला पनि दक्षिणपन्थी विचलनका विरुद्ध निर्णायक संघर्ष गरेर मात्रै चिनिया कम्युनिष्ट पार्टीले च्याङकाइसेक प्रतिक्रियावाद र जापानी साम्राज्यवादका विरुद्ध विजय प्राप्त गर्न सफल भएको हो । १९४९ को नयां जनवादी क्रान्तिपछि निरन्तर रूपमा माओले दक्षिणपन्थी प्रवृतिकै विरुद्ध संघर्ष गर्नुभयो । लिउ साओची, तेङ सियाओफफेङ जस्ता दक्षिणपन्थीहरूका विरुद्ध संघर्ष गर्दागर्दै माओले त्यसलाई अझ व्यवस्थित पार्न महान् सर्वहारा सांस्कृतिक क्रान्तिको शुरुवात गर्नुभयो । त्यसपछि लिन प्याओ जस्ता व्यक्तिहरू समर्थनको नाममा देखापरे । त्यसका विरुद्ध पनि माओले संघर्ष गर्नुभयो । उता सोभियत रुसमा भएको बीसौं महाधिवेशनपछि निर्णायक रूपमा शान्तिपूर्ण संक्रमणकालको रुपमा विश्व कम्युनिष्ट आन्दोलन पुगेको निष्कर्ष निकाल्दै औपचारिक रूपमा नै खुला संशोधनवादको बाटो सोभियत रुसले लिन थाल्यो । त्यसलाई टिटोहरूले समर्थन गरेर र विश्व कम्युष्टि आन्दोलन दुई ध्रुवमा विभाजन भयो । एकातिर माओले नेतृत्व गर्नुभएको चिनियां शिविरको पक्षमा देखापर्र्यो भने अर्कातिर रुसी संशोधनवादीहरू खुश्चोव र ब्रेझ्नेवहरूले नेतृत्व गरेको संशोधनवाद देखा पर्न थाल्यो । अन्ततः १९९० सम्म आइपुग्दा आधिकारीक रूपमा दक्षिणपन्थी संशोधनवाद प्रतिक्रियावादमा पतन भयो । यी कुराहरूले के पुष्टी गर्दछ भने आजको २१ औं शताब्दीमा पनि मालेवादीहरूको लागि दक्षिणपन्थी संशोधनवाद नै मुख्य खतरा हो । एकातिर उदारवादी वित्तीय पुंजीवादले नयां प्रकारले संसारमा भूमण्डलीकृत संजाल कायम गरेको छ भने अर्कातिर फेरि संसारमा जातीय हिंसाका भड्काउहरू पनि देखा पर्न थालेका छन् । यस्तो परिस्थितिमा संसारभरीका श्रमजीवी सर्वहारा वर्गले विश्व कम्युनिष्ट  आन्दोलनलाई नयां प्रकारले पुनः संगठित गर्नुपर्ने परिस्थिति सिर्जना भएको छ । दक्षिणपन्थी संशोधनवाद तथा विसर्जनवादका विरुद्ध निर्णायक संघर्ष नगरीकन मालेमावादको रक्षा र विकास हुन सक्दैन । शायद आजको नयां दुनियांमा जसरी पुंजीवादी सदरमुकामहरूमा नयां संकट पैदा भएको छ । त्यही नयां  संकटकै बीचबाट क्रान्तिका नयां ज्वारभाटाहरू पैदा हुंदै जानेछन् ।

हाम्रो देशको सन्दर्भमा पनि यतिबेला संसदीय संशोधनवाद र दक्षिणपन्थी विचलनका विरुद्ध निर्णायक संघर्ष नगरीकन क्रान्तिकारी आन्दोलन विकास हुन सक्दैन । मूलभूत रूपमा एकीकृत नेकपा (माओवादी) ले दक्षिणपन्थी विचलनका विरुद्ध संघर्ष गरिरहेको छ, तर पनि पछिल्लो संक्रमणकालीन परिस्थितिमा पार्टी आएपछि यो विषय कमजोर बनेको छ । संसारभरीका श्रमजीवी जनताहरूले माओवादीबाट वास्तवमा नै नयां प्रेरणा लिने कार्य भएको थियो । समाजावादी शिविरमाथि भइरहेको पुंजीवादी हमलाको शशक्त जवाफ भएको थियो । समय आफ्नै रफ्तारमा कुदिरहेको भएपनि धेरै ढिला भइसकेको छैन । फेरि एकपटक नयां संकल्पसहित  पार्टीलाई नयां आधारमा पुनर्गठित गर्दै पार्टी पंक्तिमा देखा पर्दै गइरहेको खराबीहरूका विरुद्ध संघर्ष गर्दै गयौं भने पार्टीलाई फेरि एकपटक नयां किल्लाको रूपमा विकसित गर्न सकिन्छ । एकातिर देशी विदेशी साम्राज्यवादी तथा प्रतिक्रियावादी शक्तिहरूका विरुद्ध निर्णायक संघर्ष गर्नुपर्ने चुनौती छ भने अर्कातिर नेपालकै सन्दर्भमा विकसित भएको दक्षिणपन्थी संशोधनवाद तथा संसदीय संशोधनवादका विरुद्ध पनि संघर्ष गर्नुपर्ने चुनौती नेपाली क्रान्तिकारीहरूको जिम्मामा छ । जडसूत्रवादबाट सतर्क रहादै मालेमावादका आधारभूत सैद्धान्तिक रणनीतिक विषयहरूको पक्षमा उभिदा स्वयं जडसूत्रवादीको आरोप लाग्न सक्दछ । मार्क्स, एंगेल्स, लेनिन, स्टालिन, माओहरूले जस्तै यी आरोपहरू लागे पनि क्रान्तिको पक्षमा विश्व सर्वहारा आन्दोलनको पक्षमा दृढतापूर्वक उभिनु नै यतिबेला नेपाली क्रान्तिकारीहरूको जिम्मेवारी हो ।

                             -लेखक एकीकृत नेकपा (माओवादी )का पोलिट ब्यूरो सदस्य हुनुहुन्छ ।

 

नेपाली कम्युनिष्ट आन्दोलनका दुई धारबारे संक्षिप्त चर्चा

 – कुमार पौडेल

अर्ध सामन्ती र अर्ध औपनिवेशिक नेपालको आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक संरचनाको अन्त्यको लागि २२ अपि्रल १९४९ मा क. पुष्पलाल श्रेष्ठको नेतृत्वमा नरबहादुर कर्माचार्य, निरन्जनगोविन्द वैद्य, नारायणविलास जोशीसहित चारजनाको सक्रियतामा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको थियो । यसको प्रारम्भिक घोषणापत्र एवं पर्चामै सामन्ती राजतन्त्रको अन्त्य गरी नेपालमा जनवादी गणतन्त्र स्थापना गर्ने उद्देश्य थियो । कम्युनिष्ट पार्टी स्थापना भएको एक वर्षमै राणाविरोधी आन्दोलनसमेत भएको थियो । त्यो समयमा संगठनात्मक रूपमा पार्टी कमजोर थियो तर आफ्नो हैसियतअनुसार नेकपाले राणा शासन अन्त्यको लागि महत्वपूर्ण भूमिका खेल्यो । राणाशासन अन्त्यको लागि भएको संघर्ष उत्कर्षमा पुग्ने क्रममा सामन्तवादको नेतृत्वको रूपमा रहेको राजतन्त्रको नै अन्त्य गर्ने कुरामा तत्कालीन आन्दोलनमा बहस नभएका होइनन् । पार्टीको कमजोर अवस्था र नेपाली कांग्रेसको राजापरास्त नीतिको कारणले कमजोर राजतन्त्रलई राजगद्दीमा राखी शुद्ध गर्ने काम गर्र्यो जसको परिणाम नेपालको लोकतान्त्रिक आन्दोलन सधैं राजाहरूको कोपभाजन बन्न पुग्यो ।

रुसमा क. स्टालिनको नेतृत्वमा रहेको समाजवादी रुस र क. माओको नेतृत्वमा स्थापना भएको जनवादी चीनको प्रभावमा परेर दुनियांभरीका धेरै देशहरूमा कम्युनिष्ट पार्टीहरू निर्माण भए । त्यसैको सेरोफेरोमा नेपालमा पनि कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । नेपाल कम्युनिष्ट पार्टीले आफ्नो संगठनात्मक विस्तारको प्रक्रियालाई तीव्र पार्न थाल्यो । साथै पार्टीको नेतृत्वमा ठूला-ठूला किसान आन्दोलनहरू पनि हुन थाले । त्यसै क्रममा २००८ सालमा भएको नेकपाको प्रथम राष्ट्रिय सम्मेलनले संस्थापक महासचिव क. पुष्पलाललाई हटाइ मनमोहन अधिकारीलाई पार्टीको महासचिव बनाइयो ।

२०१० सालमा नेकपाको प्रथम महाधिवेशन भयो । महाधिवेशनले मनमोहन अधिकारीलाई पार्टी नेतृत्वमा निर्वाचित गर्र्यो भने नेपाली क्रान्तिको कार्यक्रम गणतन्त्रलाई बनाइयो । तत्कालीन अवस्थामा नेकपाले डा. केआई सिंहको सिंहदरबार काण्डलाई समर्थन गरेको थियो । त्यसकारण पार्टीमाथि प्रतिबन्ध लाग्न पुग्यो । पछि २०१२ सालमा मनमोहन अधिकारी उपचार गर्नको लागि चीन जाने भए, त्यो अवस्थामा पार्टीमाथिको प्रतिबन्ध खुला गर्नको लागि मनमोहनले राजाको वैधानिक नायकत्वमा नेपालमा समाजवादी सम्भव छ भन्ने वक्तव्य दिंदै बिन्तीपत्र हाल्न पुगे र पार्टीमाथिको प्रतिबन्ध खुला भयो । उनको ठाउंमा पार्टी पोलिटब्युरो सदस्य डा. केशरजंग रायमाझी कार्यबाहक महासचिव बन्न पुगे । नेपाली कम्युनिष्ट आन्दोलनमा पहिलो राजावादी कम्युनिष्ट मनमोहन अधिकारीलाई मानिन्छ । उनी आजिवन कम्युनिष्टको खोलमा राजतन्त्रको प्रत्यक्ष अप्रत्यक्ष सेवक रहंदै आए ।

नेकपाको दोस्रो महाधिवेशनले पुनः डा. माझीलाई महासचिव बनायो । महाधिशेनले गणतन्त्रको कार्यक्रम पास गर्र्यो तर नेतृत्व राजावादी ‘माझी एण्ड डीपी अधिकारी कम्पनी’ले कब्जा गर्न पुग्यो । रायमाझी शुरुमा द्वैध रूपमा राजाको पक्षमा रहे भने २०१७ सालको फौजीकाण्डपछि नांगो रूपमा राजतन्त्रको तावेदारी गर्न थाले । एउटा कम्युनिष्ट पार्टीको महासचिवले राजतन्त्रको सैनिक कदमलाई समर्थन गर्ने काम ऐतिहासिक गद्दारी थियो । २०१९ सालको तेस्रो महाधिवेशनले गद्दार रायमाझीलाई पार्टीबाट निष्कासित गरी तुल्सीलाल अमात्यलाई महासचिव बनायो तर उनले पार्टी संगठन संचालन गर्न सकेनन । साथै, रुसी प्रतिक्रान्तिलाई समर्थन गरेको र त्यस अनुकुलको कार्यक्रम पेश गरेको हुनाले उनको पार्टी क्रमशः संगठनात्मक र वैचारिक रूपमा विघटनको दिशामा पुग्यो ।

नेपालमा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनाको लागि सबभन्दा पहिले विश्वप्रसिद्ध कम्युनिष्ट घोषणापत्र अनुवाद गर्ने, आजिवन राजतन्त्रविरुद्ध सम्झौताहीन संघर्ष गर्ने, नेपाली जनवादी क्रान्तिको प्रधान शत्रु किटान गर्ने र क्रान्तिको मुख्य रुपरेखा तयार पार्ने क. पुष्पलाल हुनुहुन्थ्यो । उहांले नेपाली कम्युनिष्ट आन्दोलनलाई राजतन्त्र, भारतीय विस्तारवाद र सोभियत संशोधनवादको भ्रमबाट मुक्त गर्दै नेपाली जनवादी कृषि क्रान्तिको बाटोमा देशलाई दिशानिर्देश गर्ने काम गर्नुभयो । राजतन्त्रको अन्त्यका लागि राजतन्त्रविरोधी सम्पूर्ण शक्तिहरूलाई एकगठ पारी अगाडि बढाउनको लागि संयुक्त जनआन्दोलनको कार्यक्रम अगाडि सार्नुभयो । जसको परिणाम २०४६ साल र ०६२-०६३ को जनआन्दोलन सफल हुन सकेको थियो । तसर्थः नेपालमा राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनाको लागि क. पुष्पलालले अघि सारेको कार्यनीति प्रकारान्तरमा सफल हुंदै गएको छ ।

राजतन्त्रको अन्त्य गरी जनवादी गणतन्त्र स्थापनाको लागि २०२८ सालमा भएको झापा संघर्षको महत्वपूर्ण भूमिका रहेको छ । त्यसले राजतन्त्रविरुद्ध दिएको गम्भीर धक्काले नेपाली समाजमा गहिरो प्रभाव त पार्र्यो तर झापाको आन्दोलनको नेतृत्व कालान्तरमा गएर राजतन्त्रको मतियार बन्न पुग्यो ।

राधाकृष्ण मैनाली, सीपी मैनाली र अहिलेको एमाले गुट अन्त्यमा आएर राजतन्त्रको पक्षमा उभिन पुगे । १० वर्षको जनयुद्ध र दोस्रो जनआन्दोलनको धक्काले एमाले गुटलाई राजतन्त्रको पक्षमा दह्रोसंग उभिन दिएन र अन्तमा संविधानसभाको पहिलो बैठकबाट गणतन्त्रको पक्षमा उभिन बाध्य भयो । तर राजतन्त्रप्रतिको उसको मोह अझ पनि कायम छ । परिस्थितिले साथ दिए नेपालमा पुनः राजतन्त्र फर्काउन एमाले गुट चाहन्छ ।

आफूलाई मार्क्सवादको धुरन्धर पण्डित ठान्ने मोहनविक्रम सिंहले आफूलाई सधैं राजतन्त्रको अन्त्यको लागि निरन्तर संघर्ष गर्दै आएको बताउने गर्दछन् । तर राजतन्त्रविरोधी उनको भूमिका भने सधैं शंस्कास्पद रहंदै आएको छ । राजतन्त्र र पञ्चायती व्यवस्थाको विरुद्ध लड्दै आएको नेपाली कांग्रेस जतिबेला राजाको बर्बर दमनको अवस्थामा थियो त्यो बेला उसका कार्यकर्ताहरू मारिरहेका थिए । नेकामाथि ‘अराष्ट्रिय तत्व’को बिल्ला लगाइएको थियो, उसका नेताहरूलाई फांसीको सजाय सुनाइएको थियो । त्यस्तो अवस्थामा नेकामाथि एमवीको गम्भीर प्रहार भइरहेको हुन्थ्यो । त्यो अवस्थामा राजतन्त्रविरुद्ध संघर्षको निम्ति नेकासंग घोषित वा अघोषित कार्यगत एकता गर्नु पर्दथ्यो, त्यो उनले गरेनन् । जसको परिणाम हुन्थ्यो- राजतन्त्रको सेवा गर्नु ।

त्यस्तै झापा आन्दोलन पछाडि झापाली कम्युनिष्टहरूमाथि राजतन्त्रको निर्मम दमन, बर्बर अत्याचार, हत्याका घटना घटिरहेका थिए । त्यो अवस्थामा झापा आन्दोलनविरुद्ध नानाथरी आरोप लगाउादै एमवी नांगो रूपमा उत्रे । पूर्वका मनमोहन, भरतमोहन कम्पनी र पश्चिमका मोहनविक्रम, शम्भुराम, विष्णुबहादुर मानन्धरहरूको झापा आन्दोलनविरुद्ध साझा सोच थियो, जसले प्रतिक्रियावादी राजतन्त्रलाई दमन गर्नको लागि उक्साइरहेको थियो । त्यसैले क्रान्ति, वर्गसंघर्ष बलिदानप्रति उनीहरू सधैं नकारात्मक बने र राजतन्त्रको आयु लम्ब्याउनको लागि भूमिका समेत खेल्न पुगे ।

राजतन्त्रको अन्त्यको संघर्षमा क. पुष्पलालले उठाउनु भएको संयुक्त जनआन्दोलन, कृषि क्रान्तिको कार्यक्रमको झण्डालाई क. प्रचण्डले माथि उठाउनुभयो । उहांको नेतृत्वमा भएको १० वर्षको जनयुद्ध महान् तथा ऐतिहासिक थियो । जसले नेपाली कम्युनिष्ट आन्दोलनमा आजसम्म भएका राजावादी तथा सबै प्रकारका सम्झौतापरस्त चिन्तनको विरुद्ध निर्मम संघर्ष गर्दै गणतान्त्रिक आन्दोलनको दिशालाई विजयको दिशामा अगाडि बढाउने काम गर्र्यो । तर मोहनविक्रम प्रवृत्ति भने गणतन्त्र प्राप्तिको भिषण बलिदानीपूर्ण संघर्षलाई ‘शहीदको खेती र राजापरस्त चिन्तन’ भन्दै धुंवाधार विरोधमा उत्रियो । माओवादी आन्दोलनको कुनै पनि सकारात्मक पाटो उसले देख्न सकेन । क्रान्तिको लागि दुष्मनको बंकरमा पड्किने नेपाल आमाका होनहार सन्तानको रगतहको मूल्यलाई उसले सधैं अवमूल्यन गर्र्यो । २००७ देखि ०१७ साल पञ्चायती व्यवस्थाको काल, बहुदलीय संसदीय व्यवस्थाको काल, राजा ज्ञानेन्द्रको निरंकुश काल हुंदै आजसम्म उनको चिन्तन र चरित्र सधैं राजतन्त्र र सामन्तवादको पक्षमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा उभिएको पाइन्छ ।

नेपालको कम्युनिष्ट आन्दोलनमा राजतन्त्रको पक्षमा उभिएको नेतृत्वको रूपमा डा. केशरजंग रायमाझीको धारको निरन्तरतामा विभिन्न पक्ष वा चिन्तनको निरन्तरता भएको पाइन्छ । मनमोहन अधिकारीको राजावादी धारको असली प्रवक्ताको रूपमा उभिएका डा. रायमाझी राजाको पक्षमा खुलेर उभिएपछि विभिन्न पात्र र प्रवृत्तिहरू खुलेर वा अप्रत्यक्ष रूपमा सघाउन पुगेका थिए । डा. रायमाझीले राजतन्त्रको खुला समर्थन गर्न थालेपछि र २०१९ सालको तेस्रो महाधिवेशन पछाडि कम्युनिष्ट पार्टी विभाजन भएपछि पार्टीका थुप्रै कार्यकर्ताहरू राजतन्त्रको समर्थन गर्दै पञ्चायती व्यवस्थामा प्रवेश गर्न पुगेका थिए । त्यसबाट बचाउंदै क. पुष्पलालले २०२५ सालमा ने.क.पा. पुनर्गठन गरी नेपालबाट राजतन्त्रको अन्त्य गरी जनवादी गणतन्त्र स्थापना गर्ने कार्यक्रम ल्याएपछि नेपालका किसान, मजदुर र हजारौं तरुणहरू नेपाल कम्युनिष्ट पार्टीको झण्डा वरिपरि गोलबन्द हुन पुगेका थिए । शाही सत्ताको अन्त्य र गणतन्त्र प्राप्तिको लक्ष्य क. पुष्पलाल जीवित छंदै त्यो अभिभारा पूरा नभए पनि उहांका उत्तराधिकारी क. प्रचण्डको नेतृत्वमा महान् जनयुद्ध र जनआन्दोलनको धक्काले राजतन्त्र अन्त्य गर्न सफल भएको थियो । नेपालमा राजावादी धारको नेतृत्व गर्दै आएका रायमाझी, मनमोहन, डी.पी., कृष्णराज बर्मा, विष्णुबहादुर मानन्धर, रोहित मात्र नभएर मोहनविक्रम सिंहसमेत राजतन्त्रको रक्षा कवचको रूपमा रहंदै आएका थिए ।

देशको राष्ट्रिय परिस्थिति क्रान्तिको लागि अनुकुल हुंदाहुंदै पनि आत्मगत तयारीको कमीको कारण नेपाली कम्युनिष्ट आन्दोलनको राजावादी धारले लामो समयसम्म नेतृत्व कब्जा गरेको कारण क्रान्तिको कार्य अगाडि बढ्न सकेको थिएन । क. पुष्पलालले नेपाली क्रान्तिको आधारभूमि तयारी गर्नुभयो । झापा आन्दोलनले मनोगत र आत्मगत कमजोरी भए पनि व्यवहारमा मालेमावाद सिद्धान्तलाई लागू गर्न खोज्यो भने क. प्रचण्ड नेतृत्वको एकीकृत नेकपा (माओवादी) भने नेपाली विशेषतासहितको मार्क्सवादको प्रयोग र विकास गर्न सफल रह्यो । नेपाली क्रान्तिको कार्यभार पूरा गर्न अझ बांकी छ । त्यसको लागि आजको भूमण्डलीकृत एक ध्रुवीय साम्राज्यवादी विश्व व्यवस्थाको अन्त्य र त्यसको जगमा उभिएको नेपालको दलाल, नोकरशाही र सामन्तहरूको सत्तालाई निर्मूल गर्न जनआधारित लेनिनवादी संगठनात्मक सिद्धान्तको अनुशासनमा बांधिएको नयां कम्युनिष्ट पार्टी निर्माण गर्नु पर्दछ । त्यसबाट इतिहासका अधुरा क्रान्तिको अभिभारा पूरा गर्न सकिन्छ ।

नेपाली कम्युनिष्ट आन्दोलनको दुई धार रायमाझी-मनमोहनको धार र पुष्पलाल-प्रचण्डको धारबीचमा चल्दै आएको लामो संघर्षमा अघिल्लो धार प्रतिगामी, पुनरुत्थानवादी र परम्परावादी धार हो भने पछिल्लो धार अग्रगामी धार हो । अहिले नेपालमा पछिल्लो धारले विजयी क्रान्तिको विचारको नेतृत्व गरिरहेको छ । पछिल्लो धार नै आज २१औं शताब्दीको क्रान्ति सम्पन्न गर्ने प्रतिक्रान्ति रोक्ने द्वन्द्वात्मक भौतिकवादलाई सही आधारमा प्रयोग गर्ने, दृष्टिकोण भएको हुनाले शान्ति प्रक्रियादेखि आजसम्मको घटना प्रक्रियाको आधारमा र साथै हामीले विकास गरेको विचारको आधारमा नयां विचार संस्लेषण गरेर जानु पर्दछ । हाम्रा उपलब्धि र कमजोरीलाई सही ढंगले संस्लेषण गर्न सकिएन भने हामी आगामी विश्व क्रान्ति र नेपाली क्रान्तिको कार्यभार पूरा गर्न सक्दैनौं । त्यसैले एकीकृत नेकपा (माओवादी) को आगामी सातौं महाधिवेशनले त्यो कार्यभार पूरा गर्नु पर्दछ ।

 

पार्टी एकताको बारेमा

 -भीआई लेनिन

यस अधिवेशनले पार्टीका सम्पूर्ण सदस्यहरूको ध्यान यस कुरातर्फ आकर्षित गर्दछ कि यस समयमा अनेक परिस्थितिहरूका कारण देशका निम्न पुंजीवादी वर्गमा ढुलमूलपन बढिरहेको छ । पार्टी पंक्तिमा एकता तथा ऐक्यवद्धता पार्टी सदस्यहरूको बीचमा पूर्ण रूपमा पारस्परिक विश्वासको प्रत्याभूति र यस्तै वास्तविकता सम्मिलित सहकार्य विशेष रुपबाट आवश्यक छ । जसमा सर्वहारा वर्गको पूर्णमूक्तिको इच्छा सांचो अर्थमा मूर्त होस् ।

फेरि पनि, ट्रेडयुनियनहरूका विषयमा पार्टीमा बहस हुनुभन्दा पहिले नै पार्टीमा गुटबन्दीका केही लक्षणहरू देखिन लागेका थिए । अर्थात् फरक-फरक कार्यक्रमहरूलाई लिएर अलगअलग गुट बन्न लागेका थिए जुन केही हदसम्म अरुहरूसंग अलग रहने र स्वयं आफ्नै दलको अनुशाषन स्थापित गर्ने प्रयास गरिरहेका थिए । उदाहरणको निम्ति त्यसप्रकारको गुटबन्दीको लक्षण मास्कोको एक पार्टी सम्मेलनमा (नोभेम्बर १९२०) र खारकोवको एक पार्टी सम्मेलनमा तथाकथित ‘मजदुरहरूको विरोध पक्ष’ नामक दलद्वारा र अंशतः तथाकथित ‘जनवादी केन्द्रीयतावाद’ नामक दलद्वारा प्रकट भए ।

सम्पूर्ण वर्ग सचेत मजदुरहरूले स्पष्ट रुपबाट यो कुरा बुझ्नु पर्दछ कि कुनै पनि प्रकारको गुटबन्दी खतरनाक तथा हानिकारक हुन्छ । किनभने अलग अलग दलहरूका प्रतिनिधिहरूले पार्टी एकताको रक्षा गर्ने जतिसुकै गहिरो इच्छा राखे पनि व्यवहारमा गुटबन्दीको परिणाम यस्तो हुन्छ कि एक आपसमा मेलमिलापका साथ काम गर्ने कुरामा ढिलासुस्ती हुन पुग्दछ । यसका साथै जनविरोधी तत्वहरू जुन त्यसमा लुकिछिपी आएका हुन्छन् तिनले फुटलाई झन् बढाउने तथा क्रान्तिविरोधी कामको निम्ति त्यसलाई प्रयोग गर्ने धेरै जोडदार र बारम्बार प्रयास गर्दछन् ।

सर्वहारा वर्ग सुसंगत कम्युनिष्ट पथबाट अलिकति पनि विचलित हुंदा वर्ग विरोधीहरूले कसरी फाइदा उठाउंछन् त्यसको ज्वलन्त उदाहरण ‘क्रोस्तादूतको विद्रोह’मा भेटिन्छ । जब कि सबै देशहरूका पूंजीवादी प्रतिक्रान्तिकारीहरू साथै ह्वाइटगार्डहरूले तत्कालै सोभियत व्यवस्थाका नाराहरूलाई त्यस उद्देश्यबाट स्वीकार गर्ने तत्परता प्रकट गरेका थिए । संभवत तिनीहरूले रुसमा सर्वहारा वर्गको अधिनायकत्व सहितको सत्तालाई उल्टाउन सकियोस् भन्ने चाहना राखेका थिए । जब कि समाजवादी क्रान्तिकारीहरूले र आम रूपमा सम्पूर्ण पुंजीवादी प्रतिक्रान्तिकारीहरूले क्रोश्तादूतमा रुसको सोभियत सरकारका विरुद्ध देखाउनका निम्ति विद्रोहको नारा सोभियत सत्ताको नाममा दिएका थिए । यी कुराहरूबाट यो पूर्णरूपमा सिद्ध हुन जान्छ कि ह्वाइटगार्डहरूले रुसी सर्वहारा क्रान्तिको ठोस आधारलाई कमजोर बनाउने तथा नष्ट गर्ने एक मात्र उद्देश्यद्वारा कम्युनिष्टहरूको अझ यहांसम्म कि सबभन्दा बढी क्रान्तिकारीहरूको भेष धारण गर्ने प्रयास गर्दछन र त्यसमा सफल पनि हुने गर्दछन् । क्रोश्तादूतको विद्रोहभन्दा ठीक पहिले पेत्रोग्रादमा मेन्सेविकद्वारा जुन पर्चाहरू बांडिएका थिए त्यसबाट पनि यही सिद्ध हुन्छ कि मेन्शेविकहरूले कसरी रुसी कम्युनिष्ट पार्टीमा देखिने मतभेदहरू र गुटबन्दीका प्रारम्भिक तत्वहरूबाट फाइदा उठाएका थिए । उनीहरूले क्रोश्तादूतका विद्रोहीहरू एवं समाजवादी क्रान्तिकारीहरू र ह्वाइटगार्डहरूको मनोबल बढाउन र तिनीहरूको समर्थन गर्न सकियोस् । जब कि उनीहरू विद्रोहका विरोधी हुन् र तथाकथित सानातिना सुधारहरूका साथ सोभियत सत्ताका समर्थक हुन् ।

यस विषयको प्रचारका लागि एकातर्फ त यो विषय सविस्तार सम्झाउनु पर्दछ कि पार्टी एकताको दृष्टिकोणबाट र सर्वहारा वर्गको अधिनायकत्वको सफलताका आधारभूत शर्तका रूपमा सर्वहारा वर्गको मुक्तिको संकल्प, एकताबद्धताको दृष्टिकोणबाट गुटबन्दी कति हानीकारक र कति खतरनाक छ र अर्कोतर्फ सोभियत सत्ताका शत्रुहरूका नविनतम हथकण्डाहरूका खास विशेषताहरू सम्झाउनु पर्दछ । यी शत्रुहरूले अहिले यस कुरालाई राम्रोसाग बुझिसकेका छन् कि खुल्ला रुपले आम ह्वाइटगार्डहरूको झण्डामुनि प्रतिक्रान्ति सफल हुन सक्दैन । त्यसकारण अब तिनीहरूले पाइतालादेखि टुप्पीसम्मको बल लगाएर यस कुराको प्रयास गरिरहेका छन् कि रुसी कम्युनिष्ट पार्टीमा देखिने मतभेदहरूको फाइदा उठाउंदै कुनै न कुनै रूपमा प्रतिक्रान्तिलाई अगाडि बढाउन सकियोस् ।

प्रचार प्रसारद्वारा आजभन्दा पहिलेका त्यस्ता क्रान्तिहरूका पाठ पनि सिकाउनु पर्दछ जहां प्रतिक्रान्तिकारी तत्वले क्रान्तिकारी पार्टीभित्रको विरोधी पक्षको समर्थन गरेको थियो । जुन त्यस पार्टीको सबभन्दा धेरै निकट थियो ताकि क्रान्तिकारी अधिनायकत्वको जरा काट्न सकियोस र त्यसको सत्ता पल्टाउन सकियोस । साथै अगाडि बढेर प्रतिक्रान्तिकारी पुंजीपति एवं जमिन्दारहरूको पूर्ण विजयको निम्ति मार्गप्रशस्त गर्न सकियोस् ।

गुटबन्दीका विरुद्धको व्यवहारिक संघर्षमा पार्टीका हरेक संगठनलाई गुटबन्दीको कुनै पनि हरकतलाई रोक्नका निम्ति कडा कारबाही गर्नुपर्दछ । पार्टीका कमजोरीहरूको आलोचना जुन नितान्त आवश्यक छ । हरेक व्यवहारिक सुझाव कति पनि ढिलाइ नगरी संभव भएसम्म धेरैभन्दा धेरै नापे तौलेका शब्दहरूमा पार्टीका प्रमुख स्थानीय तथा केन्द्रीय संस्थाहरूका सामु विचार तथा निर्णयका निम्ति प्रस्तुत गर्नुपर्दछ । यसका अतिरिक्त सबै आलोचना गर्नेहरूले यो ध्यान राख्नै पर्दछ कि उनीहरूको आलोचनाको तरिका यस्तो होस कि त्यसमा चारैतिरबाट शत्रुद्वारा घेरिएको पार्टीको स्थितिलाई पुरा ख्याल राखिएको होस् । आलोचनाको विषयवस्तु यस्तो होस कि सोभियत तथा पार्टीको कार्यमा प्रत्यक्ष रुपबाट भाग लिएर व्यवहारिक रूपमा पार्टीको अथवा पार्टीका अलगअलग सदस्यहरूका गल्तीहरूको प्रकृतिको जांच परख गर्न सकियोस् । पार्टी आम नीतिको कुनै विश्लेषण, त्यसको व्यवहारिक अनुभवको कुनै मूल्यांकन उसका निर्णयहरूको पालनाको कुनै छानबिन, गल्तीहरूका प्रकृतिको जांच पडतालको तरिकाको कुनै अध्ययन इत्यादि कुनै पनि हालतमा प्राथमिक बहसको निम्ति ती दलहरूका अगाडि प्रस्तुत गरिनु हुंदैन । जुन कुनै ‘कार्यक्रम’ आदिको आधारमा संगठित गरिएका हुन् बरु तिनलाई सिधासिधै पार्टीका सबै सदस्यहरूद्वारा बहसको निम्ति प्रस्तुत गर्नुपर्दछ । यस कार्यका निम्ति अधिवेशन यो आदेश जारी गर्दछ कि ‘विवाद बुलेटिन’ र विशेष लेखमालाहरू धेरै नियमित रुपबाट प्रकाशित गरियोस् साथै यस कुरालाई सुनिश्चित गर्नका निम्ति निरन्तर प्रयत्न गरियोस् जसले आलोचना आधारभूत कुराहरूमा केन्द्रित रहोस् र यस्तो स्वरुप धारण नगरोस जसबाट सर्वहारा वर्गका वर्ग शत्रुहरूलाई सहायता मिलोस् ।

संघाधिपत्यवाद तथा अराजकतावादको दिशामा हुने भडकावलाई सिद्धान्ततः अस्वीकार गर्दै जसमाथि छुट्टै एउटा विशेष प्रस्तावमा विचार गरिएको छ र केन्द्रीय समितिलाई यो आदेश दिइन्छ कि त्यसले हरेक प्रकारका गुटबन्दीलाई एकदम अन्त्य गरोस् । अधिवेशनले यो पनि घोषणा गर्दछ कि ती प्रश्नहरूसाग सम्बन्धित सबै व्यवहारिक सुझावहरूलाई उदाहरणका निम्ति तथाकथित ‘मजदुरहरूको विरोध पक्ष’ नामक दलले विशेष रुपबाट ध्यान दिएको छ । जस्तो कि पार्टीबाट गैर सर्वहारा तथा अविश्वसनीय अंशहरूलाई निकालेर बाहिर फाल्ने, नोकरशाही कार्यप्रणालीका विरुद्ध लड्ने, जनवाद तथा मजदुरहरूको पहलकदमीलाई विकसित गर्ने आदि सुझावहरूलाई अधिकतम ध्यानपूर्वक जांच पडताल गर्नु र व्यवहारिक कार्यको कसीमा दांज्नु आवश्यक छ । पार्टीले यो बुझ्न जरुरी छ कि अनेक प्रकारका कठिनाइका कारण हामीले यी प्रश्नहरूका बारेमा सबै आवश्यक कारबाही गर्न सकेका छैनौं । परन्तु अव्यवहारिक तथा गुटगत मानसिकताबाट भरिएका तथाकथित आलोचनाहरूलाई बिना मरमुलाहिजा पार्टीले नयां तरिकाहरू अपनाउादै लगातार ती सबै सुलभ साधनहरूबाट नोकरशाहीका खराबीहरूका विरुद्ध जनवाद तथा पहलकदमी बढाउनका निमित्त र त्यस्ता तत्वहरूलाई पत्ता लगाउन तिनको पर्दाफास गर्न (पाखुरा समाउन) तथा तिनीहरूलाई पार्टीबाट निकालेर बाहिर फाल्न आदिका लागि आफ्नो लडाइं जारी राख्नेछ जो लुकीचोरी पार्टीमा घुसेका छन् ।

 

रुसी कम्युनिष्ट पार्टीको दशौं अधिवेशनको प्रारम्भिक मस्यौदा

पहिलोपल्ट ‘प्रोजेक्तोर’ पत्रिका अंक २२, १९९२३ मा प्रकाशित ।

 

नयां ढंगको पार्टी निर्माणमा अन्तर्संघर्षको भूमिका

मोहन वैद्य ‘किरण’

माओले पार्टीको जीवनलाई मान्छेको जीवनजस्तै बाल, युवा, प्रौढ र वृद्धावस्था हुंदै एकदिन समाप्त हुने कुरा बताउनुभयो र पार्टीको भित्री अन्तर्विरोधलाई पार्टीको जीवन ठान्नुभयो । उहां भन्नुहुन्छ –’पार्टीभित्र अन्तर्विरोध रहेन र तिनको समाधानका लागि सैद्धान्तिक संघर्ष चलाइएन भने पार्टीको जीवन खत्तम हुन्छ ।’

माओले पार्टीको निर्माण र विकासको सवाललाई अन्तर्विरोधको नियमको आधारमा ग्रहण गर्नुभयो र भन्नुभयो- ‘हाम्रो पार्टी पनि एकको दुईमा विभाजित बनेको छ ।’ नयां ढंगको पार्टीको निर्माण कसरी हुन्छ ? उहांले भन्नुभयो- त्यो एकता, संघर्ष र रूपान्तरणका आधारमा सम्पन्न हुन्छ । उहांले नयां ढंगको पार्टीको निर्माणका निमित्त शुद्धीकरण आन्दोलनमा जोड दिनुभयो र त्यसको सार खिच्दै ‘एकताको भावनाबाट प्रेरित हुनु, आलोचना या संघर्षको माध्यमबाट अन्तर्विरोधहरूलाई हल गर्नु र नयां आधारमा नयां एकता कायम गर्नुपपर्ने’ कुरा बताउनुभयो । उहांले यसलाई अझै जोडदार रूपमा भन्नुभयो- ‘हामीले एकताको पुरानो आधारलाई ध्वस्त पानुपर्दछ, सिधै संघर्षमा जानुपर्दछ र नयां आधारमा नयां एकता हासिल गर्नुपर्दछ । कुन कुरा सही हो, पानी नबग्ने पोखरी या अघि बढ्ने याङ त्से नदीको अनन्त धाराप्रवाह ? पार्टी यसै दिशामा छ, जनता र वर्ग पनि यसैमा छन् ।’ यसरी माओले पार्टीलाई पानी जमेको शान्त पोखरी नभई गर्जदै अघि बढ्ने याङ त्से नदीको अनन्त धाराप्रवाहको रूपमा लिनुभयो । माओको पार्टी एकता, नयां ढंगको पार्टी वा पार्टीको विकाससंग सम्बन्धित कुराको व्याख्या विपरितहरूको एकताको नियममा आधारित छ । तदनुसार प्रथम अवस्थामा विपरितहरू परस्पर संघर्ष गर्दै एकजुट हुन्छन् र दोस्रो अवस्थामा ती एक अर्कामा बदलिन्छन् । यसरी एकता, संघर्ष र रूपान्तरणका रूपमा हुने परिवर्तनलाई माओले गुणात्मक परिवर्तनको रूपमा लिनुभएको छ र त्यसैले त्यसलाई ‘नयां आधारमा नयां एकता’ बताउन पुग्नुभएको छ । उहांले पार्टीको यसप्रकारको विकासलाई घट्नु र बढ्नुका रूपमा हुने क्रमिक विकास वा मात्रात्मक विकासका अर्थमा नभई ‘एकताको पुरानो आधारलाई ध्वस्त’ पारेर गरिने विकासको अर्थमा अर्थात् छलाङको अर्थमा ग्रहण गर्नुभएको छ र पार्टी जीवनको यो क्रम लगातार उच्चस्तरमा विकसित हुंदै जाने कुरा बताउनु भएको छ ।

अन्तसंघर्ष वा दुईलाइन संघर्षको सञ्चालनका क्रममा माओले विपरित तत्वहरूको एकता अर्थात् एकको दुईमा विभाजनको प्रश्नलाई निकै गम्भीरतापूर्वक लिनुभयो । गल्ती गर्ने साथीहरूप्रति कस्तो रुख हुने ? उहांले भन्नुभयो- ‘पहिलो संघर्ष गर्ने र दोस्रो उसलाई सघाउने ।’ पार्टीभित्र रहेका गलत विचारहरूलाई परास्त गर्न र साथीहरूलाई सच्याउनका लागि माओले पार्टीमा बारम्बार शुद्धीकरण आन्दोलन चलाउनुभयो । विचारधारात्मक संघर्षलाई निकै प्रश्रय दिनुभयो । उहांले एकता, संघर्ष वा रूपान्तरणको पद्धतिको राम्रो प्रयोग गर्नुभयो । उहांले भविष्यमा गल्तीबाट बच्नका निम्ति अतीतका गल्तीबाट सिक्ने र रोगीलाई बचाउनुका निम्ति रोगको उपचार गर्ने सिद्धान्तमा जोड दिनुभयो । साथै उहांले कुन कुरामाथि पनि जोड दिनुभयो भने ट्राटस्की, छन् त्यु श्यू, च्याङ् क्वो थाओ, ल्यू शाओ ची, ख्रुश्चेभ जस्तासंग यो तरिका सम्भव छैन ।

माओले फुटका विरुद्ध एकतामा जोड दिनुभयो, परन्तु उहां संघर्षबिनाको एकता- एकमना एकता (Mono-ethic Unity) को कडा विरोधी हुनुहुन्थ्यो । उहां भन्नुहुन्थ्यो- ‘एकमना एकताबारे कुरा गरिरहने तर संघर्षबारे कुरा नगर्ने मार्क्सवादी-लेनिनवादी होइन ।’ उहां पार्टीभित्र कुनै सन्त वा शतप्रतिशत मार्क्सवादी हुन नसक्ने र एउटा व्यक्ति पनि विश्लेषणको पात्र हुने अर्थात् त्यो पनि सही र गलतमा विभाजित हुने कुरा बताउनुहुन्थ्यो ।

दुईलाइन संघर्षको द्वन्द्ववादमा माओ निकै कुशल हुनुहुन्थ्यो । उहां एकातिर ‘हरेक कार्यनीतिक चरणमा संघर्ष चलाउनुका साथै सम्झौता गर्नु पनि आवश्यक रूपमा सही हुन्छ ।’ भन्न पुग्नुहुन्थ्यो । कैयौं कमरेडहरूको विरोध हुंदाहुंदै पनि उहां सातौं महाधिवेशनको केसमा वाङ मिङलाई राख्न तयार हुनुहुन्थ्यो भने अर्कोतिर गलत तत्वहरूलाई छुट दिन हुन्न भन्दै ल्यू, पेग ते हुई जस्तालाई कठोर दण्ड दिन पनि पछि पर्नुहुन्नथ्यो । जब स्थिति जटिल हुंदै जान्छ, जस्तो कि पछिल्ला लुसान कन्फ्रेसन्सनमा लिनप्याओपन्थीहरू एकदमै लुकेर अचानक हमला ( Surprise Attack) गर्न आएका थिए, त्यो बेला उहां भन्नुहुन्थ्यो- ‘लुसान सम्मेलनपछि मैले तीन तरिकाको प्रयोग गरे : पहिलो- ढुङ्गा हान्नु थियो, दोस्रो- माटोमा बालुवा मिसाउनु थियो र तेस्रो- पर्खालहरूमा सुरुङ बिच्छ्याउनु थियो ।’ यसरी दुईलाइन संघर्षमा द्वन्द्ववादको प्रयोग गर्दा उहां कहिले निकै कडा, कहिले निकै नरम, कहिले बाङ्गोटिङ्गो मोडको रफ्तारसंगै निकै बक्र र घुमाउरो पनि बन्ने गर्नुहुन्थ्यो । परन्तु, सिद्धान्त र कार्यदिशाको प्रश्नमा उहां दृढ हुनुहुन्थ्यो । उहां भन्नुहुन्थ्यो- ‘कार्यदिशा र सिद्धान्तका प्रमुखका प्रमुख प्रश्नमा मैले कुनै छुट दिइन ।’

पार्टीभित्र उहां उग्रवाद र दक्षिणपन्थी संशोधनवादका विरुद्ध, विशेषतः दक्षिणपन्थी संशोधनवादका विरुद्ध भीषण तरिकाले जुध्नुभयो । उहांले जनता र आन्दोलनका बीचमा देखा पर्ने प्रवृत्तिहरूलाई उग्र, दक्षिण र मध्यका रूपमा विश्लेषण गर्नुभयो । यस सन्दर्भमा उहांले सन् १९६२ यता पार्टीमा ‘रूपमा वाम र सारमा दक्षिण’ को रूपमा प्रकट अवसरवादको पनि उल्लेख गर्नुभयो र ती सबैका विरुद्ध संघर्ष गर्नुपर्ने कुरामा जोड दिनुभयो । विभिन्न प्रवृत्तिसागको अन्तर्संघर्ष वा दुईलाइन संघर्षमा कस्तो रुख अपनाउने, त्यसबारे उहैले भन्नुभयो- बीचका मानिसहरूलाई आफ्नो पक्षमा ल्याउनुपर्दछ र दक्षिणपन्थीहरूलाई एक-एक गरेर प्रहार गर्दै जानुपर्छ । उहांले संशोधनवादलाई पुंजीवादी विचारधाराकै एउटा रूप बताउनुभयो र त्यसको साम्राज्यवादसंग अटुट सम्बन्ध रहेको कुरामाथि प्रकाश पार्नुभयो ।

माओले पार्टीभित्रको दुईलाइन संघर्षले शत्रुतापूर्ण रूप लिन सक्ने, असल पक्षमाथि खराब पक्षको विजय हुनसक्ने र एउटा क्रान्तिकारी पार्टी संशोधनवादी पुंजीवादी पार्टीको रूपमा बदलिन सक्ने कुरामाथि राम्रो प्रकाश पार्नुभयो । उहांले सन् १९६२ मा भन्नुभएको थियो- ‘माक्र्सवाद-लेनिनवाद र संशोधनवादका बीचको संघर्षमा कसको जीत र कसको हार हुने भन्ने कुरा अझै अनिश्चित छ । यहांनेर कुन कुराको प्रबल सम्भावना छ भने संशोधनवाद विजयी बन्नेछ, हामी हार्नेछौं ।’ यसको अर्थ के हो भने पार्टीभित्रको एकता, संघर्ष र रूपान्तरणको क्रममा गलत पक्षले सही पक्षलाई हराउन सक्छ र त्यो परिवर्तन गुणात्मक ढंगले उल्टो दिशामा पनि हुन सक्छ । माओको के जोड रहृयो भने यद्यपी यो अस्थायी चीज हो, परन्तु त्यसप्रकारको खतराप्रति जनता र कार्यकर्ताहरूलाई पूरै सतर्क पार्नु आवश्यक छ । चीनमा जब दुईलाइन संघर्ष चर्कदै गयो र त्यसले पटक-पटक शत्रुताको रूप लिन थाल्यो, त्यो परिस्थितिमा माओले महान् सर्वहारा सांस्कृतिक क्रान्तिको थालनी गर्नुभयो, जसको उद्देश्य विश्वदृष्टिकोणको समस्या समाधान गर्नु थियो, संशोधनवादको मूलोच्छेदन गर्नुभएको थियो ।

यस सन्दर्भमा उहांले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको एकतासम्बन्धी प्रश्नमा अत्यन्तै ध्यान दिनुभयो । ख्रुश्चेभ आधुनिक संशोधनवादमा पतन भएपछि उहांको निर्देशनमा रुसी पार्टीलाई जुन पत्र पठाइयो, त्यसमा फुट र फुटवाद र एकताको प्रश्नमा राम्रो प्रकाश पारिएको छ । फुटवादी कुन हो ? त्यसको सिद्धान्तसित, मार्क्सवाद-लेनिनवादसित, क्रान्तिकारी सर्वहारावादी पार्टीसित फुट्ने तथा संशोधनवाद, संशोधनवादी कार्यदिशा, सुधारवादी बुर्जुवा पार्टीमा गिर्नेलाई फुटवादी बताइएको छ र सच्चा कम्युनिष्टहरू कहिल्यै पनि फुटवादी हुंदैनन् भन्ने कुरामा जोड दिइएको छ । सो पत्रमा अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको इतिहासमा एकता र फुटका अनुभवहरूलाई संश्लेषण गर्दै भनिएको छ- ‘एकता, संघर्ष र फुटसम्म पनि र नयां आधारमा नयां एकता अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको विकासको द्वन्द्ववाद यस्तै छ ।’  ‘एकता, संघर्ष या फुटसम्म पनि नयां आधारमा नयां एकता’ : यो नयां ढंगको पार्टी निर्माण तथा विकाससम्बन्धी माओवादी मान्यताको एक मूल विशेषता हो । यसले पार्टीको विकास प्रक्रियालाई एकता र संघर्षसम्म मात्र सीमित राख्दैन, अपितु रूपान्तरण, छलाङ र नयां आधारमा नयां एकता कायम गर्दै निरन्तर विकसित हुंदै जाने अर्थमा ग्रहण गर्दछ । यसरी माओ क्रान्तिकारी सिद्धान्त र कार्यदिशाको निम्ति कम्युनिज्म र क्रान्तिको उज्ज्वल भविष्यको निमित्त भीषण वर्गयुद्ध र दुईलाइन संघर्षहरूमा भिड्नु भयो । नयां ढंगको पार्टी निर्माण सम्बन्धी माओवादी मान्यताको विकास पनि ठीक यसै भिडन्तको क्रममा भयो । यी भीडन्तहरूमा उहां डग्नुभएन र यसै भीडन्तमा जानुलाई अर्थात् ज्वारभाटाको विरुद्ध जानुलाई उहांले मार्क्सवाद-लेनिनवाद बताउनुभयो ।

निर्वस्त्र बादशाहहरू

खगेन्द्र संग्रौला 

अचेल छापाहरू एकाबिहानै कोमल मानवीय भावना बास बस्ने हृदयको एकान्त कुनामा असैह्य आघात पार्ने क्रूर समाचारहरूको जुलुसै लिएर आउँछन् । आज मात्र निधारमा शिक्षक-शिक्षिकाको जलप लगाएका तीन कुपढ पात्रका सपनै बिगार्नेखालका कलंकित नाम मेरा आँखालाई डस्न आइलागे ।

कुनै वेला म पनि शिक्षक थिएँ । म उत्तम शिक्षक थिइनँ होला, तर म अधम पनि थिइनँ । शिक्षक नाउँधारी यी तीन पात्रका कर्मका कुरूप नतिजा हेर्दा मलाई लाज र घृणाले मुख छोपूँ-छोपूँ लाग्यो । कुरा महिना दिनजसो अघिको हो । ललितपुरको प्युटारमा एक प्रधानाध्यापिका रहिछन्, विमला गोले । कल्लीकुमारी विकलाई तिनले बोक्सीको बात लाइन्, निर्घात चुटिन् र दुनियाँका मुखेन्जी उनै विकको दिसा खुवाइन् । ती दिशामार्गी शिक्षिकालाई यथोचित सजाय के होला र गणतन्त्र नेपालमा पीडित विकलाई कस्तो न्याय दिइएला भनी हेर्न लोक व्यग्र प्रतीक्षामा थियो । तर, चार दिनको प्रहरी हिरासतपछि नारीपीडक ती नारी आरामले फुकुवा भइछन् । पीडक छुट्नु के थियो गाउँलेहरूले फूलमाला लगाइदिएर तिनको धुमधाम बढाइँ गरेछन् । यसरी संकीर्ण चित्त र अन्धसंस्कारका ती दास-दासीहरूले नेपालको सामाजिक मानचित्रको एक टुक्रारूपी प्युटारको निधारमा कहिल्यै नमेटिने कलंकको टीका लगाइदिए ।

कल्लीकुमारीको आहत हृदयमा चहर्‍याइरहेको घाउ आलै छ । तर, उच्छृंखलतासामु निहुरिने सत्ता, कुकर्मलाई संरक्षण दिने राजनीतिक दलहरू र मूढमति समाजले प्रमाणपत्र प्राप्त अपराधीलाई लाजै नमानीकन ससम्मान क्षमादान गरिसक्यो । नारीपीडक नारी विमला आफ्नो अपराधको पश्चात्ताप र प्रायश्चित गर्न हुनुपर्ने खोरको एकान्त बासमा हो । तर, विजयी मुद्रामा मुस्कुराउँदै र कल्लीकुमारीको हृदयको घाउमा नुनचुक लगाउँदै थप नैतिक प्रदूषण फैलाउन ती सानले विद्यालय धाउन थालेकी छिन् । तिनको चुरीफुरी देखेर तिनलाई संरक्षण र क्षमादान दिने दलहरूका अन्तरेहरू सके दंग परेका होलान् ।

आयो कुरा अब एक जुँगामुठे उपद्रयाको । ठिमीको नवरत्न इंग्लिस स्कुलमा एक थान विज्ञान शिक्षक रहेछन्, रवीन्द्र मानन्धर । मति रहेछ तिनको उत्पात तामसी र सन्काहा । विद्यार्थीहरूलाई कुट्न के निहुँ पाऊँ भनेर तिनका निर्मम हात चिलाएछन् । अनि, निहुँ बनाउन तिनले अबोध विद्यार्थीलाई गाँठा परेका प्रश्न सोधेछन् । सिकाएको भए न उत्तर दिन जानून् ! विद्यार्थीहरू परेछन् अक्क न बक्क । बस्, तामसी तोरिलाहुरेलाई भनेजस्तो निहुँ हात परिहाल्यो । अनि तिनले दशजना बालबालिकालाई रबरका कोर्राले कुटेर सुम्ला बसाउँदै थला पारेछन् । शिक्षाको चेतै नखुलेका शिक्षक नामधारी ती जीव पनि आफ्नो कर्मको फलअनुसार हुनुपर्ने खोरैमा हो । तर, छाती तन्काएर ङिच्च हाँस्दै ती पनि स्कुलमै हल्लिरहेका होलान् । आपराधिक कर्मको पर्वाह नगरी ढाल बनेर आफ्नो पिछलग्गुहरूलाई जोगाउने राजनीतिक दलहरू छँदै छन् । यिनको लम्पट राजनीतिमा एक व्यक्तिबराबर फगत एक भोट हो । व्यक्ति साधु होस् वा चोर, परोपकारी होस् वा परपीडक, नैतिकवान् होस् वा अनैतिक, शिष्ट होस् वा अशिष्ट केही फरक पर्दैन । बस्, एक व्यक्तिबराबर एक भोट !

अखबारको ढाडमाथि सबार भएर आएको तेस्रो कथा झनै भयावह छ । यो कथाका नरपिचाशरूपी स्रष्टा हुन्, राजधानीको नाभीमा रहेको आदर्श विद्यामन्दिरका पूर्वशिक्षक वीरेन्द्र श्रेष्ठ । यी श्रेष्ठको नाम सम्झ्यो कि आङ त्यसैत्यसै सिरिङ हुन्छ, मुटु काम्छ, र सिंगै शरीर हुँडलिएर बान्त होला-होलाजस्तो लाग्छ । यी मनुवा रहेछन् हद दर्जाका द्रव्यपिचाश । यिनले पैसाको लोभले युवती ख्याति श्रेष्ठको एकबारको जुनी नै जखम गरिदिए । बरा ख्याति थिइन् आफ्ना आमा-बांकी आँखाका नानीसरहकी एक्ली सन्तान ! ती अबोध र निर्दोष युवती पाइलट बन्ने रंगीन सपना मनमा कोरल्दै आफ्नो पढाइमा मग्न थिइन् । तिनले कसैको केही बिगारेकी थिइनन् । तर, चरम क्रूरताका कुरुपतम प्रतिमूर्ति वीरेन्द्रले अनाहकमा तिनको जीवन कोपिलामै निमोठिदिए । र, तिनका अंग-प्रत्यंग क्षत-विक्षत तुल्याएर बर्बरताको अकल्पनीय कथा रच्दै चारै दिशामा मिल्काए । क्यासिनोगामी वीरेन्द्र सके क्यासिनोप्रेमी पुरानो शक्तिकेन्द्रका सन्तानहरूका हित्तचित्त मिलेका सहकर्मी पनि होलान् । र नै त होला, प्रहरीका पन्जामा परेर पनि तिनले केरकार गर्ने प्रहरी अधिकृतहरूअगाडि राजसी धाक-रबाफ देखाउन छाडेका छैनन् । अहिल्यै वा अलि दिनपछि कुनै अदृश्य शक्तिकेन्द्र वा कुनै दृश्यमान् राजनीतिक दलको इसारामा तिनलाई खोरबाट मुक्तिमार्गको निकास दिइयो भने हामीले आश्चर्य मान्नुपर्ने छैन । आखिर यस्तो हुनु त राजनीतिको नित्य दिनचर्या न भइरहेछ !

मूल्यच्यूत राजनीति अपराधको माखेसांलोमा जेलिएको छ । दलविशेषको स्वार्थी थैलोमा लुसुक्क मुन्टो छिराइदिए पुग्यो । शिक्षा क्षेत्रमा सबैखालका अपराधमा पञ्चखत माफी यस्सै पाइहालिन्छ । अहिले कीर्तिपुर विश्वविद्यालयका उपकुलपतिको मोसो पोतिएको निरीह अनुहार मेरा आँखाअगाडि नाचिरहेछ । मोसो पोत्ने पराक्रमी बाहुबलीहरू उनकै विद्यार्थी थिए । मोसो पोतिने पात्रको क्लान्त शिर अपमानबोधले ढलेको छ, अपमानका स्रष्टाहरू तिनकै अगाडि मैमत्त मुद्रामा डुक्रिरहेका छन् । तिनलाई दलहरूको भरपुर आशीर्वाद प्राप्त छ । राजविराजका क्याम्पस प्रमुखका ढाडभरिका सुम्ला टन्टनी टन्किँदै अझै दुखिरहेका होलान् । ती सुम्लाका रचनाकारहरू पनि सायद उनैका विद्यार्थी थिए । कुटिने अभागीका ढाडका रगत लतपतिएका सुम्ला आलै छन्, कुट्ने भाग्यमानीहरू दश दलका नाइकेहरूका अनुकम्पाले खोरबाट छुटिसके । अपराधका दागैदाग लागेका तिनका गर्धन र निधार हेर्नु, ती फूलमाला र अबिरले चिरिच्याँट्ट शोभायमान छन् । रातोदिन लोकतन्त्रको भजन गाउने दस दलका नाइकेहरू आफ्नो पराक्रमी पठ्ठाहरूको कमाल र क्याम्पस प्रमुखका आँखाका आँशु देखेर सके पुलकित भएका हुनन् ।

लाग्छ, यस ड्याङका बाँदरमति र बाहुबली शिक्षक-विद्यार्थीहरू र यिनका यावत् दुष्प्रवृत्तिलाई बडो उदारतासाथ अभिभावकत्व प्रदान गर्ने राजनीतिक खेलाडीहरू निर्वस्त्र बादशाहका लघु आकारका गोर्खे कार्बन कपीहरू हुन् । प्रसंग ह्यान्स क्रिस्चियन एन्डरसन लिखित ‘बादशाहका नयाँ लुगा‘को हो । भूगोलका रगतले कोरिएका साँध-सिमाना नाघेर संसारैभरि फैलिएको यो कालजयी कथा पहिलोचोटि पुरानो एसएलसीको अंग्रेजी गद्य संग्रहमा पढेको थिएँ । अलि दिनअघि गुरुकुलमा यसको नाट्य मञ्चन हेर्ने सुयोग मिल्यो । तत्क्षण भेष, मुद्रा, ध्वनि र हाउभाउ बदल्दै बहुभूमिकामा आफ्नो अब्बल सीप र प्रतिभा प्रदर्शन गरेर सुनील पोखरेल र भोला सापाकोटाले कमालै गरे । निर्वस्त्र बादशाहको कौतुकमय कथा अहंकारी र विलासी तानाशाह र प्रलोभन, भय र आत्महीनतावश तानाशाहका निष्प्राण गोटी बनेका चाकरीबाजहरूको बिछट्टको मनोविज्ञानको सटिक चित्र हो । यो अमानवीकृत पात्रहरूको अविस्मरणीय कथा हो । नाट्य-मञ्चमा निर्लज्ज मुद्रामा उत्रिएको काल्पनिक कथाको निर्वस्त्र बादशाहले मलाई सेरोफेरोको विद्रूप यथार्थका अनेकथरी निर्वस्त्र बादशाहरूको सम्झना गरायो ।

भारतीय चक्रब्यूहमा राष्ट्रियता

-सोमत घिमिरे

माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि राजनीतिमा तीव्र रूपमा घटना–परिघटना भइरहेका छन्। आफ्नो राजीनामाको सन्दर्भमा जब प्रचण्डले विदेशी प्रभुहरूका सामु नझुक्ने भने, तबदेखि राष्ट्रवादका तीनथरी बाँसुरी बजिरहेका छन्। पहिलो जनजीविका र अस्तित्वसँग जोडिएको राष्ट्रवाद, दोस्रो महेन्द्रको विश्वविद्यालयबाट प्रतिपादित राजा नरहे राष्ट्रियता रहँदैन भन्ने राष्ट्रवाद र तेस्रो माओवादी नेतृत्वले पनि सकेसम्म भारतलाई खुसी पार्न खोजेको, अन्तिममा केही सीप नलागेपछि भारतलाई गाली गरेर सरकारबाट बाहिरिएको आरोप लगाउने राष्ट्रवाद।गणतन्त्र घोषणादेखि अहिलेसम्म राजालाई नदेख्दा नरमाइलो मानेका काठमाडोंका कुलीनका लागि अहिले …दशैं’ आएको छ, जसले पुरानो बाँसुरीलाई पुछपाछ गरी राजतन्त्र चाहिन्छ नभने पनि राजाविना राष्ट्रियता जोगिँदैन भन्ने धुन बजाइरहेका छन्। यस्तो …राष्ट्रवादी बाँसुरीवादन’लाई अहिले ठूला सञ्चारमाध्यम खुलमखुला स्थान दिइरहेका छन्। राजतन्त्रको वकालत गर्न नसकेका कुलीनलाई ठूला सञ्चारमाध्यमले साइत जुराइदिएका छन्। यस्ता प्रवृत्तिका मानिसले निकट भविष्यमै भारतले नेपाललाई कप्लक्कै निल्दै छ भन्ने कुरा घुमाउरो पाराले व्याख्या गरिरहेका छन्। उनीहरुका कुरा सुन्दा लाग्छ, नेपाल एउटा यस्तो पाउरोटी हो, जसलाई भारतले ब्रेकफास्ट खाएझैँ खान सक्छ। यस्तो ध्याउन्नमा लागेकाहरूको सबैभन्दा ठूलो इच्छा हो: राजनीतिक दलहरूलाई, खासगरी माओवादीलाई भारतको सेवकका रूपमा प्रमाणित गर्ने। कांग्रेस र एमालेको एउटा हिस्सा भारतीय चक्रब्यूहमा फसेर जनताबाट धेरै टाढा भएको तथ्य प्रमाणित भइसकेको छ। खड्ग ओली वा सुजाता कोइरालालाई भारतसँग जोडेर गरिने व्याख्याले कुनै अर्थ नराख्ने भइसकेको छ। माओवादीलाई पनि भारतपरस्त दलका रूपमा प्रचार गर्न सके आर्यघाटमा जलाइसकिएको राजतन्त्रलाई बौराउन सकिन्छ कि भन्ने खेलमा कुलीनहरूले भाग लिने कुरालाई अन्यथा लिनु पर्दैन।इतिहासदेखि नै विश्लेषण गर्ने हो भने नेपाली राजनीति अहिले अत्यन्तै तरल अवस्थामा छ। राष्ट्रनिर्माणको वेला दलहरूका आपसी र आन्तरिक मतभेद अत्यन्त नराम्ररी बढ्दै गएका छन्। यस्तो अवस्थामा भारतीय भूमिकाको पारो नकारात्मक रूपमा बढ्नुलाई अत्यन्तै दुखद् रूपमा लिएर नेपाली राजनीति नयाँ रूपमा संगठित हुने छाँटकाँट भने देखिएको छैन। भारतीय अवतार नयाँ र नौलो होइन, यसलाई प्रतिरोध गर्ने उचित रणनीतिको अभाव भने सर्वत्र देखिएको छ। कुनै न कुनै दिन उसको बिरासतलाई तोड्नैपर्थ्यो, तोड्ने प्रयास हुंदा तरल परिस्थिति सिर्जना हुन गयो। यस्तो तरलतामा मात्रै सबैभन्दा फाइदाजनक ढंगबाट आफ्नो स्वार्थको रक्षा गर्न सकिने भारतको अनुभव र विश्लेषण रहेको पाइन्छ। नेपालको स्रोत–साधन, खासगरी जलस्रोतमाथि आँखा गाडेर बसेको भारतले दलहरू कमजोर भएको वेला अनेक हत्कण्डा अपनाएर यसलाई आफ्नो पक्षमा नपार्ला भन्न सकिँदैन।

भारतकै प्रत्यक्ष–अप्रत्यक्ष भूमिका कारण यतिखेर फोरममा दुईचिरा परेको छ भने एमाले प्राविधिक रूपमा मात्रै एक ठाउँमा छ। कांग्रेस कतिवटा छन्, बुझ्नै सकिंदैन। माओवादीभित्र पनि बहस र विवाद छ। यसै त फोरममा दुईखाले मान्छे थिए, एउटा आन्दोलनबाट आएका र अर्का आन्दोलनको भाग खान आएका। दल बन्ने प्रक्रियामै विजय गच्छदारलाई अपवित्र गठबन्धनले यति ठूलो भाग लगाइदियो जसले गर्दा उनले दललाई लात्ता हान्ने साहस गर्न पाए। राजनीतिका कुख्यात खेलाडी विजय गच्छदारलाई पार्टी प्रवेश गराउनु उपेन्द्रको गल्ती थियो होला । तर संविधानसभाको निर्वाचनपछाडि जुन शालीनता प्रदर्शन गरे, गच्छदारका नौटंकी जसरी हेरे, त्यसबाट उपेन्द्रको राजनीतिक सुझबुझको परिचय पाइन्छ । एउटा आन्दोलनबाट जन्मेको संस्था फोरम दल बन्ने अभ्यासमै थियो, तर प्रचण्ड सरकार ढालेर माधव नेपाललाई प्रधानमन्त्री हुनुपर्ने रहरका बीच फोरमलाई राष्ट्रिय / अन्तर्राष्ट्रिय परिस्थितिले दल बन्ने अवसरै दिएन । यसको अर्थ राजनीतिक दलहरू दल बन्न सकेकै छैनन् । तुलनात्मक रूपमा द्वन्द्व र बहसको संस्कृतिलाई माओवादीले ग्रहण गरेको छ। तर, लामो समयसम्म दलीय व्यवस्थाको वकालत गर्ने कांग्रेस–एमाले दल बन्न नसकेको देख्दा फोरम दल बन्न सकेन भनेर कसैले नभने हुन्छ ।  नेपाली राजनीतिक दलहरू बलियो भएको हेर्न नचाहने भारतीय शासकहरूको खानदानी बानी हो । अहिले त्यो बानीले माओवादीबाहेक सबैतिर तीर हान्यो । नेपाली राजनीतिलाई तरल अवस्थामै राखिरहने र त्यही तरलताका बीच आफ्ना स्वार्थलाई पौडी खेलाउने बानी परेको भारतका लागि अहिलेको अवस्था सबैभन्दा हितकर छ । माओवादीले यस्तै सवाललाई लिएर आँधीबेरीको सृष्टि गर्‍यो भने भारत उठ्नै नसक्ने गरी पल्टन पनि सक्छ,  दलहरूका मकुण्डा पनि सडकमा पुग्न सक्छन् ।

अहिले राजनीतिक खेल जसरी अगाडि बढिरहेका छन्, तिनले एक वर्षअगाडि संविधानसभाको निर्वाचन भएको कुरालाई ओझेलमा पारेका छन् । यी खेलहरू सत्ता समीकरणमा केन्द्रित छन्, यसका एक खेलाडी माधव नेपालको त परिचय नै फेरिएको छ ।  दुई–दुई ठाउँबाट हारेको व्यक्ति भनेर उल्याइने व्यक्तिको सट्टा उनी मन्त्रीमण्डल पूर्ण बनाउन नसक्ने, सबैभन्दा धेरै विनाविभागीय मन्त्री नियुक्ति गर्ने, मन्त्रीमण्डलको पूर्णता भइनसक्दै थाम्नै नसक्ने ठूलो मालाको भारी बोक्ने, हाँसी–हाँसी आवरण र शिलान्यास गर्ने प्रधानमन्त्रीका रूपमा चर्चित हुँदै छन । अनेक हत्कण्डाका कारण माओवादी सरकारबाट बाहिर पर्‍यो । जब राजनीतिक दल सरकारबाट बाहिर आउँछ उसका लागि ठाउँ भनेको सडक नै हो ।

सरकारमा पनि बस्न नदिनु र सडकमा जाँदा पनि गाली गर्नु अराजनीतिक चरित्र मात्रै हो । राष्ट्रियताको सन्दर्भमा होस् या संविधान निर्माणको, ऊ सडक छाडेर कहीँ जान सक्दैन, अहिलेका लागि आन्दोलनबाहेक अर्को विकल्प छैन । वर्षायामको आन्दोलन कति जम्छ, त्यो हेर्न बाँकी छ । राष्ट्रियतालगायत संविधान निर्माणका सवाललाई एकीकृत गरेर ऊ आन्दोलनमा गयो भने दशैं–तिहारको बीचसम्म देशले फेरि कोल्टे फेर्नेछ । यो सरकारलाई कठपुतली र बुँख्याचा भनेर गाली मात्रै गर्नुको कुनै तुक छैन, माओवादीले पनि अबको आन्दोलनको स्पष्ट खाका, उचित रणनीति र सन्दर्भअनुसारका अडान तय गर्नुपर्ने देखिन्छ । 

सरकार, भागबण्डा र व्यावसायीक पत्रकारिता

नरबहादुर अधिकारी

देशीविदेशी प्रतिगामी शक्तिको आडभरोसामा निर्मित वर्तमान खिचडी सरकारले अघिल्लो सरकारले गरेको निर्णयहरु एकपछि अर्को धमाधम उल्टाएर आफ्नो असलियत प्रदर्शन गरेको छ । दशबर्षे जनयुद्ध र जनआन्दोलनले समाप्त गरेको सामन्ती राजतन्त्रका पृष्ठपोषकहरु यतिबेला सत्तासिन भएका छन् । एकीकृत नेकपा माओवादीको नेतृत्वले सामन्ती एवं प्रतिगामी वर्गका अवशेषहरुलाई नामेट पार्न एक कदम अघि बढ्नेबित्तिकै रंगिएका स्यालले आफू बाघ भएको अभिनय गरेजसरी गणतन्त्रवादी भएका संसदीय पार्टीहरुले आफ्नो सक्कली चरित्र देखाई छोडे । जन्मजात राजासंग घांटी जोडेर बांचेका प्रजातन्त्रवादी भनाउंदाहरु र फासिष्ट ज्ञानेन्द्रका पाउमा मोहर राखेर दण्डवत् गर्दै कुर्चीको भीख माग्ने ‘वामपन्थी’का बीचमा अब कुनै अन्तर जनताले देख्ने गरी बांकी रहेन ।

एक महिनासम्म आकार पूरा गर्न नसकेको लोभी-पापीहरुको सरकारले फासिष्ट महेन्द्रका धर्मपुत्र र महेन्द्रपथका प्रवक्ता कटवाललाई स-सम्मान प्रधानसेनापतिमा थमौती गर्‍यो । यो थमौतीको औचित्य पुष्टि गर्न उसले नागरिक सर्वोच्चताका हरणकर्ता महेन्द्रपथका संशोधित अर्का संस्करण रामवरण यादवको कदमलाई संवैधानिक बताएर देशीविदेशी अन्नदाताहरुलाई खुसी पार्न लाचारीपूर्वक आफ्नो नपुंसकता समेत उद्घाटित गर्‍यो । अघिल्लो सरकारले शान्ति प्रक्रियाविरोधी कटवाललाई कार्वाही गर्दा अदालतको मानहानी  भयो । उसका मतियार आठ जर्नेलहरुको पदावधि नथप्दा अदालतको आदेशको उल्लंघन भयो । जनप्रतिनिधिहरुद्वारा चुनिएका रामवरणले सैन्य शक्तिको आडमा जननिर्वाचित सरकारलाई हुकुम फर्मान गर्दा संवैधानिक भयो । अदालतमा विचाराधीन तिनै विषयमा आज जनताद्वारा तिरस्कृत हरुवाहरुको नकचरो सरकारले भटाभट निर्णय गर्दा सवै संवैधानिक र नियम कानूनसंगत भयो । कुतर्क र बेशरमको पनि सीमा हुन्छ । तर, लिङ्ग नछुट्टिएकाहरु आफू लाजशरम मान्दैनन् र आफ्नो अमर्यादित अभिनयले विलासी पाखण्डी वर्गलाई मनोरञ्जन प्रदान गर्दछन् । ‘ …. लाई भन्दा देख्नेलाई लाज’ भनेझै स्वाभिमानी जनताले भने लाजले शिर निहुराउनु पर्ने हुन्छ । नेपाली राजनीतिमा अहिले यस्तै भइरहेको छ ।

छिमेकी मित्र राष्ट्र भनिएकोबाट हजारौ जनता सताइएर आज आफ्नै आंगनमा आफ्नै देशमा शरणार्थी भएका छन् । हाम्रा सीमाहरुमा विदेशीले भकाभक बांध बांधेर गाउंबस्ती डुबाएको छ । बंकरहरु खनेर आतंक एवं सन्त्रास फैलाएको छ । कुटपिट, लुटपाट, बलात्कार हुंदै हाम्रा आमा दिदीबहिनीहरु भक्कानिएर हाम्रै अगाडि रोइरहेका छन् । हाम्रो सरकार कहां छ ? के गरिरहेको छ ? प्रश्न गरिरहेका छन् । तर, हाम्रा हरुवा प्रधानमन्त्री छिमेकी दादागिरी राष्ट्रका राजदुत राकेश सूदको धापमा नकचरो हांसो हांसेर जगत हंसाइरहेका छन् । आफ्नै घर माइतीमा जनताले हारको धूलो चटाइदिएको, आफ्नै पार्टीका स्वाभिमान भनिने नेता कार्यकर्ताको तिरस्कारको बिम्व बनेको तर प्रजातन्त्रवादी पार्टीका हुकुमी नेता-पिताको हुकुम फर्मानबाट परराष्ट्रमन्त्री बनेकी सुजाताले राकेश सूदभन्दा एक कदम अगाडि बढेर भारतले नेपाली जनता र सीमामा ज्यादती नगरेको भन्ने भनाई सुन्दा ती नाकाबासीले सुजाताको रुप भारतीय प्रवक्ताको रुपमा देखे होलान् या भारतीय गुप्तचर संस्था ‘र’ को नेपाल प्रमुखको रुपमा ?

देश, जनताको हविगत यस्तो छ तर हाम्रा प्रजातन्त्रवादी वामपन्थी पार्टीहरु कमिशनको स्केलले नापेर मन्त्रालयको भागबण्डामा कुकुर बिरालोमा परिणत भएका छन् । पशुपतिको दानपेटिका राष्ट्रको गराउंदा सडकमा आगो बाल्नेहरु मन्त्रालयको कमिशनमा किन आंखा नगाडून् । महादेवका त्रिनेत्र शायद नेपाली संसदीय पार्टीका नेताहरुले दानवकस वा दाइजो पाएका छन् । पाटी-पार्टीको लडाई आफ्नो ठाउंमा छ, पार्टीभित्र कमाउ मन्त्रालय गुटमुटाउने सवालमा गुटगुटको भिडन्त पनि सांढे जुधाईभन्दा कम रोचक छैन । यही सांढे जुधाईले फोरमलाई नामअनुसारको काममा परिणत गर्‍यो । मन लागेको बेला आफ्नो व्यक्तिगत स्वार्थले मात्र पार्टी फोर्नका लागि  नै सायद यस पार्टीको नाम फोरम राखिएको त होइन ? कांग्रेसमा रामचन्द्र, देउवा, सुशील गुट, एमालेमा झलनाथ खनाल, केपी, नेपाल गुटभित्रको गांड कोराकोर पनि फोरमभन्दा कम रोचक छैन । तर, यिनीहरु तुरुन्तै अलग-अलग चुलाचौका बनाउने पक्षमा छैनन् । किनकि विगतको अलग-अलग चुलाचौकाले यिनीहरुको पारंगत जिब्रो र लाद्रे भुंडीलाई झन् सन्तुष्ट गर्न सकेन । त्यसैले यिनीहरु पार्टीभित्र सकभर एक्लै हसुर्ने उपाय नलागे ‘मिलिजुली खाऊं, झगडा गरि बसौं’को  रणनीति नै लाभदायक देखेका छन् । यी बाहेक केही सदावहार क्रान्तिकारी पार्टीहरु छन् । जो कुरा त बडो आदर्शको गर्दछन् तर आदर्शको नौटंकी र माओवादीलाई खिस्सीट्युरी गरेर लघुताभासद्वारा सीमित आफ्नो आडम्वर पेश गर्नु नै उनीहरुको रणनीति, कार्यनीति र कार्यदिशा सबथोक हुन्छ । केन्द्रीय सत्तामा नजाने नयां जनवादी एवं समाजवादी कार्यक्रमभन्दा तलको कुरा नगर्ने, माओवादी सुविधाभोगी, उपयोगवादी, सुधारवादी भएको आरोप लगाउने, आफूहरु मात्र सच्चा क्रान्तिकारी, वामपन्थी गणतन्त्रवादी भएको  स्वाङ पार्ने तर कांग्रेस एमालेको पछि लागेर लुरुलुरु रामवरण यादवको सैन्यवादी अधिनायकवादी फर्मानलाई समर्थन गर्ने, कटवालको पुनर्वहालीको निम्ति राजनैतिक आरती बाल्ने, भाकल समेत गर्न पछि नपर्ने मशाल तथा नेमकिपा र तिनका नेताहरु पनि राजनैतिक जगतका हांस्यपात्र सावित भएका छन् यतिबेला ।

अर्को एउटा जमात छ, जो नीति, नैतिकता, आदर्श, जनता राष्ट्रका निकै ठूला र अमूर्त कुरा गर्दछ । राजनैतिक विषयलाई अराजनैतिक र अराजनैतिक विषयलाई राजनैतिक बनाउन खप्पिस छ । गणतान्त्रिक नेपालमा उसको विरोध कसैले गर्नुहुन्न । उसले जसको जस्तो र जतिखेर पनि आन्द्राभुंडी उधिन्न छुट पाएको छ । आफूलाई स्वतन्त्र, व्यवसायिक, अराजनैतिक, आदर्शवान् ठान्दछ । दृष्य अदृष्य स्रोतबाट सञ्चालित वीग हाउस मिडिया र कथित स्वतन्त्र, व्यवसायिक पत्रकारहरु नेपालको स्वाभिमान र नेपाली जनताको पीडामा राकेश सूद र सुजाताले अपमान गर्दा आंखा चिम्लन्छ, नागरिक सर्वोच्चतामाथि रामवरणले तरबार चलाउंदा पीठ्यूं फर्काउंछ, कटवालले शान्ति प्रक्रियालाई चुनौति दिंदा झुलेर बस्छ, विद्या भण्डारी र माधव नेपालले न्यायालयमा विचाराधीन विषयमा बोल्दा, निर्णय गर्दा मुखमा सातु हुलेको छ । त्यो जमातलाई यतिबेला लेख्न र बोल्नको लागि सामग्रीको खडेरी छ किनकि यतिबेला प्रचण्डको छोराले रक्सी खाएको छैन । प्रचण्डले लाख वा हजारको पलङ किनेका छैनन् । हिसिला यमीले कर्मचारी नियुक्ति गरेकी छैनन्, बाबुराम र बादलले टाई बांधेका छैनन्, वाइसिएलले घर कब्जा गरेका छैनन्, किरणले छट्टै दस्तावेज पेश गरेका छैनन् । माओवादीहरु खरीपार्टीमा बाझाबाझ गरेका छैनन् र यतिबेला माओवादीहरुले एकै रंगको कालो टोपी पनि लगाएका छैनन्, अनि के लेखून, के बोलून विचरा स्वतन्त्र व्यवसायिक पत्रकारहरु ?

Historical Relations with India and Border

 Hari Roka 

 Since the high snow covered mountains have distinctly separated the northern border, it was natural for Nepal to have more interaction with the southern neighbour and to develop religious, cultural and linguistic proximity with it. Nepal and India have a 2,500 yearlong recorded economic, religious, cultural and political history of friendship. As Nepal served as a transit in the trade with Tibet, Caucasian region, Mongolia and Russia, the Kathmandu Valley and other towns had developed as dry ports in ancient times (Rose 1971).

For natural and environmental reasons, the mid-hill area became the first habitation for the people of Nepal. In the beginning, the people of hill found the Terai[1] impenetrable because of extreme heat, dense forests and the epidemic of malaria. But it cannot be denied that the plainsmen did inhabit the Terai combating malaria even then. At that time, both malaria and dense forest had served as the defense line of the Nepalese border by discouraging the infiltrators from the south. Following the war of 1814-16, Nepal had to forfeit areas like Saptari, Mohottari, Bara, Parsa and Rautahat[2] in the east and Seoraj, Khajahani, Palhi, Majhkhanda, Banke, Bardiya, Kailali Kanchanpur in the west, areas like Kumaun, Gadwal on the west of the Mahakali River and other territories. However, Nepal’s boundary in the east, south and west became finally settled after the British government returned Banke, Bardiya, Kailali and Kanchanpur districts in accordance with a treaty signed with Nepal during the reign of the then Prime Minister Janga Bahadur Rana. The northern border was finalised through the Nepal-China War of 1791-92 and the treaty of 1961 (Regmi 1988).

Though the issue of delineation of border has been settled, Nepal has not been able to maintain its status of an independent country in diplomatic, economic and political fields. The Nepalese people started their migration to India after the war. The Nepalese government which felt humiliated because of the defeat in the war, started to raise taxes and fill its coffer in the name of preparation for war. The exorbitant tax rate and the high interest loan from the local usurers compelled the people to migrate to India. The flight of the Nepalese people was further precipitated by the East India Company’s recruitment of the Gurkhas in its army and the settlement of Nepalese in the vicinity of the Gurkha regiment (Regmi 1972).

Nepal’s trade was limited to India only immediately before and after the Treaty of Sugauli. When the trade between India and Tibet (China) became affected by the war and the border was delineated in the south, the process of settlement in the Terai was expedited. During the last two decades of the twentieth century, Nepal opened its Terai to the traders, farmers and workers from the plains of north India to encourage the clearing of the forest for farming. This is why no difference is found in the colour, language, values and culture among the people living across the Nepal -India border (Rose and Fisher 1970). Because of the common values, culture, way of life and the availability of market for the Nepalese timber, herbs, rice, jute and other forest products the tendency of liberalisation became stronger than building restriction along the border.

Politically, the provision in Clause 7 of the Sugauli Treaty requiring for Nepal to obtain permission from Britain to establish relation with the third country had also created difficulty for Nepal[3] (Hussein 1970). Nepal did not even need to think about its southern borders because of her compulsion to become over dependent on Britain in conformity with this provision.

The memorandum signed by Edward Gardner and G Uiles states that it would be impossible to delineate the border without deputing surveyors from both sides to undertake a survey while the 8­th point of the same memorandum states that the survey shall be considered to have been accomplished after the signature and the seal of authorized persons obtained in a way acceptable to both sides (Hussein 1970). After 1860, the delineation of Nepalese border was accomplished and the practice of keeping tab on the immigrants was also started with the help of the employees of the customs wherever such customs exist and by the boatmen and the postman who would record the people’s movement and later inform the government (Regmi 1972).

The then Prime Minister Chandra Shamsher set up a police station at Birgunj in 1916 with a view to counter the possible influence of the militants fighting for the independence of India. After three years, police stations were set up in other districts also. In this way police force was systematically deployed along the border only after 1916 from the point of view of the security (Lidwig and Stiller 1993). The British rulers had sent a 12-point agreement letter demanding regulation of Nepal India border to help quell the Indian rebellion. The Nepalese government, however, accepted it to implement it only in a few districts.[4] Later in 1923, the UK and Nepal formally signed an agreement of friendship, in which Nepal’s Independence was recognized by the UK (Wikipedia ND) .

Nepal expanded its trade relation with other countries after the Treaty of 1923. As the Japanese goods were cheaper than the British goods, the Nepalese traders ordered Japanese goods, which could be sold in Indian markets also. This is why the Nepalese government kept the relaxation on border intact (Lidwig and Stiller 1993).

 

[1]  The flat land that stretches east to west along the Nepal-India border in the south.

[2]  These five areas were temporarily occupied by the British East India and     were handed over to Nepal on December 1816.

 [3]  After 1816, the then Prime Minister Bhimsen Thapa had tried to recruit the service of a Frenchman and the British had put this provision in place to lay restriction on this.

[4]  The terms of the agreement were as follows:

a) To prepare the list of robbers, criminals and bad characters every six months and hand it over to the police of another country.

b) If anyone in this list crosses the border the border police of other country shall be promptly informed.

c) A list of persons committing serious crime like theft shall be prepared and handed over to the police of other country.

d) The superintendent of Indian police and the office of Nepal, ‘Amini Goswara shall meet directly in connection with the control of crime and hold necessary discussion on the matter.

e) The Indian and the Nepalese police shall visit each other’s check posts at least twice a week.

f) The police of both the countries shall not pursue criminals into the territory of other country. Instead, they shall duly inform the magistrate of the other country and request the border police to arrest and detain them.

g) In case of serious crime, the police of both the countries shall have the right to enter the territory of the other country. In case of specific types of criminals, the police of one country shall not have the right to enter the territory of another country even if required permission has been already taken from the magistrate of the country concerned.

h) According to the above clause, the criminals thus arrested, should be handed over to the local authorities.

i) If the Indian magistrate of an area requests the help of the Nepalese police in controlling robbery or crimes of serious nature, it should be immediately informed to the Resident.

j) If any incident of robbery takes place in a village, the suspected people of the area should be summoned for interrogation. If such persons are not available in the village, a search should be launched to find them.

k ) The individuals and groups with criminal attitude or bad character are found to have entered the territory of the other country; the border police of that country should be informed about this. The police of that country should maintain surveillance over them and when they return, the information of the same should be passed to the police station of the area they live in.

l) In case there is enough evidence of the fact that robbers are taking shelter in a house or the robbed property is being hidden there, such a house can be searched. But such a search should be carried out secretly to ensure that the robbers do not escape or the property shifted to another place.

Of the above clauses the government completely rejected the clause ‘m’ concerning the visit of each other’s police stations, and clause ‘l’ concerning the search of a house. Even in relation to clauses from ‘f ’ to ‘k’ the Nepalese government agreed to implement only in some districts. The Nepalese government, however, did not express any objection over clauses ‘f ’ to ‘j’.

सर्वसत्तावाद र हनुमान चालिसा

खगेन्द्र संग्रौला

सेरोफेरोको परिवेशमा फौजी ताण्डवको सङ्केत दिने गन्ध फिँजिन थालेको छ । यसले अपुताली खाएका राजा ज्ञानेन्द्रको असोजतन्त्रीय हैकमका आखिरी दिन सम्झाउाछ । त्यो बेला पत्रिका पसल, चिया पसल, मदिरालय र वाहन बिसौनीमा जङ्गी अड्डाका सुलसुले भेटिन्थे । झल्ला भेष, कुटिल नजर, वाचाल जिब्रा र तीखा कान तिनको चिनारी थिए । ती सदैव सन्दिग्ध रूपमा प्रस्तुत हुन्थे । कुरा सुन्ने कोही भेट्यो कि उत्तेजक भाकामा बोल्न थाल्थे । ती भन्थे – ‘अब शाषन गर्ने पालो कि प्रचण्डको हो कि ज्ञानेन्द्रको, अरु चोरका दिन गए ।’ संसद्वादी दल र तिनका नेताको निन्दा गर्नु तिनको नित्य धन्दा हुन्थ्यो । निन्दाको विषाक्त पन्तुरो खोल्दै ती कुर्लिन्थे – ‘गिरिजालाई झुन्ड्याउनु पर्छ, माकुनेलाई जिउँदै गाड्नुपर्छ । शासनको बागडोर कि प्रचण्डलाई कि ज्ञानेन्द्रलाई !’ 

सरकारका कर्म प्रतिविम्बित हुने जनमानसको ऐनामा दल र तिनका नेताको छवि निकै विरूप भएको थियो । माथिका द्वेषयुक्त वचनको अभिप्राय त्यो विरूप छविमा कालो मोसो पोत्नु र जनमानसमा दल र नेताप्रति थप वितृष्णा पैदा गर्नु थियो । यो ज्ञानशाही अभियानको अनिष्टकारी अभीष्ट थियो, जनमनमा राजनीतिक रिक्तता सिर्जना गर्नु र त्यसमा मकरतन्त्रे फौजी शासन राख्ने खाली ठाउँ बनाउनु ।

लाग्छ, इतिहास सर्लक्कै दोहोरिएको छ । र, अहिले अर्को कालखण्डमा सैन्यवादी सन्त्रासको सामाजिकीकरण गर्ने उही निरङ्कुश धन्दा सुरु भएको छ । पत्रिका पसल, चिया पसल, मदिरालय र वाहन बिसौनीमा उस्तै सुलसुले उसैगरी फाटफुट प्रकट हुन थालेका छन् । संवादको मेसो मिलाएर यी सुलसुले भन्छन्- ‘प्रचण्ड हिरो हो, माकुने कीरो । गिरिजा कोइराला वंशको राजा हो, फोरम विदेशी दलाल हो । यिनको लुते सरकार पानीको फोको हो । घुम्दैफिर्दै फेरि आउँछ पालो उही शुरवीर प्रचण्डको !’ पहिले यस्ता रहस्यमय पात्र प्रचण्डको नाउँको हाराहारी ज्ञानेन्द्रको नाउँ लिन्थे । अहिले ज्ञानेन्द्रको सट्टा रुक्माङ्द कटवालको नाउँ लिँदैनन् । सके संवादमा जङ्गी अड्डाका महारथीलाई बर्दीधारी शासकको रूपमा उभ्याउँदा गुप्त चालबाजीको पोल खुल्ने डरले होला । बस्, पहिले र अहिलेको फरक यत्ति हो ।

असोतन्त्रमा गोरखाली राजाले आफूलाई कुर्सीरुपी न्याय दिएकोमा दङ्ग पर्दै शेरबहादुर देउवा शाही प्रधानमन्त्री बनेका थिए । अहिले बाहिर गिरिजाबाबु र भित्र कटवालबाबुको कृपा पाएर मखलेल हुँदै माधवकुमार नेपाल प्रधानमन्त्री बनेका छन् । पुरानाहरूको यो नयाँ सरकारको रूप हाँडीघोप्टेको बाह्र ठाउँ टालेको जाँगेजस्तो देखिन्छ । माधव सरकारको मति र सम्भावित दिशामा पनि इतिहासको उसैगरी पुनरावृत्ति भएको छ । पहिले पार्टी फुटाउन लगाएर देउवालाई प्रधानमन्त्री पदको बक्सिस दिइएको थियो । अनि सत्ताको सुस्वादु चारोले लोभ्याउँदै आन्दोलनरत एमालेलाई रत्नपार्कबाट नारायणहिटी दरबारतिर लुखुर-लुखुर डोर्‍याइएको थियो । एमाले ‘आधा त्रुटि सच्चियो’ भन्दै ज्ञानेन्द्रलाई जाती राजा सावित गर्न र जान-अन्जान माघ १९ को जनपिराहा फौजी ढोका खोलिदिन शाही तबेलामा लुसुक्क छिरेको थियो । अहिले उही एमाले दृश्यरूपमा संविधानलाई कुल्चिँदै बाहिर निस्केका राष्ट्रपति रामवरण यादवलाई निर्दोष सावित गर्न र अदृश्यरुपमा कटवाललाई फौजी हैकमको निहुँ रचिदिन प्रधानमन्त्रीको कुर्सीमा उकालिएको छ । दलहरुभित्र फुटको बीउ छर्नु, अन्योल र तिक्तता सिर्जना गर्नु र जनमानसमा दलको निस्तेज, पामर र लम्पट विम्ब प्रक्षेपण गर्नु असोजतन्त्रको कुटिल कलाको कमाल थियो । आखिर अहिले पनि ताल उही छ । प्रधानमन्त्रीदेखि मन्त्रीसम्म कीर्तिमानी हरुवाहरूको बाहुल्य छ । सरकार नाउँको यो राजनीतिक दिशाहीन, नैतिक निष्ठाहीन र कान्तिहीन झुन्ड हास्यास्पद कार्टुन सङ्ग्रह बनिरहेको छ । ‘मालदार’ मन्त्री पदका लागि भइरहेको हानथापको कुरूप क्रीडाबाट काङ्ग्रेस र एमाले भावनात्मकरूपले भित्रभित्रै चिरा परिरहेका छन् । फोरम त झन् फोरिनै लागेको छ । कतिपय लोभीपापी सांसदले ‘मालदार’ मन्त्रालय हात पार्ने दाउमा पहिलेजस्तै बोकाझैँ बेचिन खुट्टा उचालेका कथा सहरमा छ्यास्छ्यास्ती सुनिदै छन् । जब माधव सरकारको यो रूप र रङ्ग नागरिकका नजरमा पर्छ, यसलाई हेर्न नसकेर परक्क मुन्टो बटार्दै घृणाले ती मुख छोप्छन् । सरकारको यो वीभत्स रूप जनमानसमा दल र तिनका नेताप्रति विमोह पैदा गर्ने अचुक अस्त्र हो । उसो त यो लोकतान्त्रिक गणतन्त्र प्रदूषित तुल्याउने अस्त्र पनि हो । यो अगोचर अस्त्रको अगोचर स्रष्टा कहाँ छ ? जङ्गी अड्डामा कि लाजिम्पाटमा ? कि यी दुईको प्रेमपूर्ण मिलनबाट पो यसको स्रष्टा बनेको हो कि ?

इतिहासको उल्टो यात्राका कुलीन पैरवीकार यो भयकारी पश्चगमनको औचित्य सिद्ध गर्ने आधार खोज्न ‘सर्वसत्तावाद’को शरण परेका छन् । यिनले प्रधानमन्त्रीको आसनमा बसेर माओवादी प्रचण्डले लाल सर्वसत्तावादको भूत थोपर्न खोजेको देखे । अनि यिनले सञ्चार माध्यमभरि धुवाँधार कोलाहल मच्चाए । यो कोलाहलको थर्कोले अहिले सिङ्गो अकास कामिरहेको छ । प्रचण्डले कहीँ कतै नटिकेको र एक महिना पनि नटिक्ने लाल सर्वसत्तावाद लाद्ने धृष्टता गरेकै हुन् त ? कुलीन पैरवीकार साँझपख बाँस झ्याङमा फर्केको सारौँको बथानझैँ समवेत स्वरमा कर्कश खल्बली मच्चाउँदै भन्छन् – हो, गरेकै हुन् । तिनले कसरी गरे, गुरुदेव ? तिनले नेपाली सेनालाई छुन खोजेर गरे । तिनले राष्ट्रिय सेनामा आफ्ना लाल लडाकु घुसाउन खोजेर गरे । तिनले निष्कलङ्क र महान् महारथी कटवाललाई बर्खास्त गरेर गरे । उल्टो यात्राका यी पैरवीकार निधार मुजा पार्दै थप तर्क गर्छन् – प्रधानमन्त्री प्रचण्डले भूल गरे, राष्ट्रपति यादवले भूल सच्याइदिए । यिनको यो लहडी तर्कमा राजनीतिक र नैतिक अर्थलाई पूरापूर निषेध गरिएको छ । र, यसमा केवल नौ सिङे कानुनी व्याख्याको सहारा लिइएको छ । कार्यकारी अधिकार पाएका प्रधानमन्त्रीले कार्य गर्नु भूल हो कि कार्यकारी अधिकारै नपाएका राष्ट्रपतिले कार्य गर्नु भूल हो ?

हाम्रा घरानियाँ पैरवीकारमा भिन्न मत सुन्ने संयम र सहिष्णुता शून्य छ । जब कोही भिन्न मत अघि सार्ने आँट गर्छ, माओवादीको बिल्ला भिराएर उसको मुखै थुन्न खोजिन्छ । आफ्नो पहुँच र प्रभावले भ्याएसम्म ठूला सञ्चार माध्यममा भिन्न मत राख्ने पात्रलाई विचार नचल्ने दलितको चुत्थो दर्जामा दर्ज गर्न भगिरथ प्रयास गरिन्छ । र भनिन्छ – लाल सर्वसत्तावादको झाँको झार्न प्रयोग गरिने लोकतान्त्रिक विधि यही हो । भिन्न मत प्रकट हुने सबै मुख थुन्नु र जोडाबिनाको खेल मैदानमा आफैँ आफ्नो जितबाजीको घोषणा गर्नु  कति शानदार लोकतान्त्रिक विधि ! जुद्ध शमशेर, महेन्द्र र ज्ञानेन्द्रलाई मन पर्ने लोकतान्त्रिक विधि आखिर यही त थियो । धनपति, पहुँचपति र ठूला सञ्चार माध्यमका अधिपति यतिधेरै कुलीन भलाद्मीले दलबलका साथ मुख थुन्न यत्रो यत्न गर्दा पनि नागरिक आन्दोलनका दुई-चार अभियन्ता भयाक्रान्त मुद्रामा बहसको मैदान छाडेर नभागेका देख्दा मलाई आश्चर्य लाग्छ । विचार, विवेक, नैतिकता र आँटको कुन धातुले बनेका हुनन् यति धेरै शक्तिमान् बाबुसाहेबका यति धेरै पैतालामुनि दबिएर किचिकिची हुन अस्वीकार यी ज्याद्रा जीव ?

लाल रङ्गको होस् कि श्वेत रङ्गको होस्, सर्वसत्तावाद खराब चीज हो । तर, हाम्रा पश्चगमनप्रेमी दल र तिनका कुलीन पैरवीकार कल्पित लाल सर्वसत्तावादको डरले थुर्थुर काम्दै र कटिमुनिको लघु वस्त्र भिजाउँदै श्वेत सर्वसत्तावादको दमनकारी दुलोमा सहारा खोज्न आतुर छन् । कुन्नि, तिनलाई प्रचण्डको कल्पित लाल सर्वसत्तावादभन्दा कटवालको वास्तविक श्वेत सर्वसत्तावाद आत्मीय, प्रीतिकर, सुन्दर र गुनिलो लाग्दो हो कि !

बनिसक्दा बिग्रिसक्ने बिजोकको नियति लिएर जन्मेको बाइस मुखे गठबन्धन सरकार श्वेत सर्वसत्तावादको डरलाग्दो रिहर्सल हो । एमाले यो रिहर्सलको निमित्त नायक हो । सिद्धान्त र आदर्श, प्रतिबद्धता र उत्सर्ग, दृष्टि र दिशा, विषाद र पश्चात्ताप, लाज र ग्लानि सबै राजनीतिक नैतिक सद्गुण शून्य भएको एमालेको पथ भनेको लाभदायक कुर्सीपथ हो । नाकै अगाडिको कुर्सीभन्दा पर ऊ देख्दैन । पसिना काढ्दै ज्ञानेन्द्रको त्रुटि सच्याएको फल चुनावमा मददाताले यसलाई राम्रैसँग चखाइदिएका थिए । तर के लाग्छ ? कुर्सीको नशामा लठि्ठँदा-लठि्ठँदा यसको स्मरणशक्ति क्षीण भएको छ । त्यसैले हिजोको आजै त्यो शिक्षाप्रद लोप्पा यसले भुसुक्कै बिस्र्यो । मतदातागणका करकमलबाट भोलि अर्को झन् दह्रो लोप्पा खान आज ऊ श्वेत सर्वसत्तावादको ढोका खोलिदिन आतुर छ । एमालेमा मार्क्सवाद र अन्य उपयोगी ज्ञानशास्त्रहरु पढेका विद्वत्जन पनि छन् भन्ने सुनेको थिएँ । पार्टीलाई संहारकारी श्वेत सर्वसत्तावाद सवार हुने घोडा बनाइएको दृश्य मृतवत् मुद्रामा टुलुटुलु हेर्नु थियो भने तिनले किन यी शास्त्र पढे होलान् ? तिनको यो व्यर्थको पठन त यी शास्त्रहरुकै घोर अपमान हो । तिनले खुरुखुरु हनुमान चालिसा पढे पुगिहाल्थ्यो!

नपाउने हरुवाले कुर्सी पायो गद्दैसित खायो भनेझैँ पुतली प्रधानमन्त्री बनेको क्षणदेखि नै माधवकुमार नेपाल प्रचण्ड सरकारका निर्णय उल्ट्याउन, माओवादीलाई जतिसक्दो चाँडो भिडन्तमा निम्त्याउन र विध्वंशकारी द्वन्द्वको मोर्चा खोल्न कटिबद्ध छन् । सहमति र सहकार्य यिनको देखाउने दाँत हो, यिनको चपाउने दाँत खसोखास भिडन्त हो । पहिले शाही सत्ताको स्वादिलो तर मार्दै भक्तिपूर्वक ज्ञानेन्द्रको त्रुटि सच्याउन मरिमेटेको एमालेलाई आफ्ना मन्त्रीहरु पक्राउ पर्नुभन्दा एक सेकेन्ड अघिसम्म पनि त्यसको आभाष थिएन । अहिले राष्ट्रपतिको कथित सत्कर्मको गौरवगान गर्न, महारथी कटवालको कुर्सी जोगाइदिन र श्वेत सत्तालाई बाटो बनाइदिन कन्दनी कसेर हिँडिरहेको एमालेलाई यो सरकारबाट गिर्ने क्षणको पनि आभास हुने छैन । कुटिलमति कुसुलेका हातमा नाचिरहेको पुतलीरूपी एमाले जब सत्ताबाट धुलामा खस्छ, यसको अनुहार लात्तले हानिएको गोबरको थाप्रोजस्तो देखिने छ ।

‘प्रधानमन्त्रीको सम्बोधन’

हिरामणि दुःखी 

प्यारा विदेशबासीहरू एवम् अप्ठ्यारा देशबासीहरू !

सर्वप्रथम, लाल जय हिन्द नेपाल,

हाम्रा गाथगादीमा सुविस्तै र निकाआरामै छ । आज गणतन्त्र दिवश । यो दिवशले सबैमा र विशेष गरी हामीमा सुख शान्ति, मनमा चयन र शुभलाभ प्राप्त भैरहोस् भन्ने श्री पशुपतिनाथसंग प्रार्थना गर्दछु ।

प्यारा विदेशबासीहरू !

तपाईहरूले नेपालको यो अप्ठ्यारो परिस्थितिमा पनि मलाई प्रधानमन्त्रीको कुर्चीमा विराजमान गराउन निकै ठूलो मेहनत गरिदिनुभयो, यो गुणका लागि मुरीमुरी धन्यवाद र कृतज्ञता प्रकट गर्दछु । हुन त म आफै पनि आफ्ना पौरखले नै यो कुर्चीमा पुग्न निकै कसरत गरेकै हुं । जंगलवादीहरूले देशमा उपद्रो मच्चाईरहेको बेला राजा ज्ञानेन्द्रज्यूका हुकुमबाट देउवा सरकारलाई पदमुक्त गरी उहांकै छत्रछायांमा हुर्कने र उहांको आदेशानुसार हिंडडुल गर्ने सरकार गठन गर्न हुकुम भएका बखत मलाई प्रम बनाइबक्स्योस् भनेर विन्तिपत्र लेखी दायांवायां सही छाप गरी राजाका बाहुलीमा चढाएकै हो । त्यतिबेला राजाबाट मतिर थोरै नजरबक्स भएकै हो । त्यसैले नेपाली पोशाक सिलाएर ठिकठाक पारेकै थिएं । पछि त कुन्नी कस्ले भांजो हाल्यो वा सर्वहारा झण्डा ओढेका कारण स्वयम राजा नै झस्किबक्स्यो र मैले त्यो अवसर पाउन सकेको थिएन । उता मेरी धर्मपत्नी गायत्रीले ज्योतिषीलाई चिना हेराएकै थिइन् । ज्योतिषीले एकपटक प्रम हुनसक्ने जोग छ भनेको खबर गायत्रीले त सुनाइरहन्थिन् । फेरि अर्कोपटक राजाबाट प्रमका लागि विज्ञापन खोलिबक्स्यो । त्यो बेला पनि आवेदन हालेकै थिएं । मौसुफबाट अन्तरवार्ता नै नलिएर त्यो आयोगको विज्ञापन खारेज गरी उनै देउवालाई पद बक्सभयो । त्यो बेला पनि मेरो सपना अधुरै रहृयो । दौरा सुरवाल त्यत्तिकै पुराना भए र रङ खुइलिएर गए । ०६३ को संसद पुनर्स्थापना भएपछि त मेरो पालो आउंछ कि भन्ने आश गरें, बुढा गिरिजाले के छोड्थे ।

संविधान-सभाको चुनावमा त पक्का जितिन्छ र यसपाली त मेरो विकल्प नै हुने छैन भनेको त झन् चुनावै पो हराइदिए अप्ठ्यारा देशवासीहरूले । त्यसपछि त यो प्रधानमन्त्री सर्धानमन्त्री भांडमै जाओस् भनेर पार्टीको नेताबाटसमेत राजीनामा दिएर घरमा बसेको थिएं । घरमा त बस्नखानै दिएनन् प्रचण्डहरूले । हत्तु गरेर संसदमा आइदिन अनुरोध गरेपछि गएं । म नजन्मिदै कम्युनिस्ट पार्टीको सदस्य बनेका सुशीलचन्द्र अमात्यलाई बलीको बोको बनाएर छिरियो संसदमा । विचरा प्रचण्डले मलाई सदनमा छिराएर आफ्नै खुट्टामा बञ्चरो हानेको पत्तो पाएनन् । अथवा मप्रति बढी नै विश्वास पो गरेका हुन् कि ? आफ्नोजस्तै झण्डा भएको पार्टी भन्ठानेर विश्वास गरे होलान्, हामीले त उहिल्यै बेलायतमा गएर हाम्रा तत्कालिन अध्यक्ष मनमोहन अधिकारीले ट्रेडमार्कको रुपमा दर्ता गरेर आएका थिए । यो कुरा भूमिगत भएका प्रचण्डले थाहा पाएनछन् कि ?

जे होस् र जसरी होस् प्यारा विदेशबासीहरूले अहोरात्रको मेहनत, अह्रनखटन र खाइनखाईको कष्ट व्यहोरेर भए पनि मलाई यो कुर्ची थमाइदिनुभएको छ । अब उप्रान्त हजुरहरूको आदेशको शिरोपर गर्दै जे जसो हुकुम हुन्छ, त्यो पूरा गर्ने बाचा गर्दछु । म आफू भारतीय मूलको भएकाले मेरो मातृभूमि नेपाल भएपनि पितृभूमि भारत नै हो । त्यसैले शताब्दियौंदेखि भारतवर्षबाट अलग भएको मातृभूमिलाई पितृभूमिसंग मिलन गराउन कुनै कसुर बांकी राख्ने छैन । हामीले हाम्रो हिन्दु धर्मअनुसार संकल्प मन्त्रमा ‘भारत वर्षे, भरतखण्डे, हिमवत्सरे नेपाल देशे’ भन्न छोडेकै छैनौं । त्यसैले पितृभूमि र मातृभूमिको पुनर्मिलन गराउने विषयमा पनि मेरो सरकारको प्राथमिक कार्य हुनेछ । त्यसो गर्दा अप्ठ्यारा देशबासीहरूले लेण्डुप दोर्जेको आरोप लगाउने भएकाले अलिकता कष्ट पर्नेछ । तराईको सम्म जमीनभरि अलग गरेर उतैतिरको भेषभुषा र पहिरनमा मिलाउनका लागि मार्ग प्रसस्त गर्न फोरवादी हिन्दीभाषी महोदयहरूसंग प्रतिवद्धता व्यक्त गरिसकेको जानकारी यसै मन्तव्यमार्फत् चढाउन पाउंदा हामी खुसी नै छौं ।

आधुनिक युगमा प्रवेश गरेर पितापूर्खाहरूको अवस्था जान्न नपाएका सबैतिरका विदेशबासी मित्रहरूलाई नेपालमा आएर पुर्खाको इतिहास जान्न जति पनि सजिलो होस् भनेर हाम्रो देशलाई विदेशबासीहरूका लागि खेलमैदान नै बनाइदिने मेरो सरकारको नीति हुनेछ । हाम्रो बलबुता, बुद्धि र पैसाले भ्याउन नसकेर खेर गइरहेको प्राकृतिक साधनस्रोत, जडिबुटी, खानीखनिज सबै मनलागि उपभोग गर्न विदेशवासीहरूलाई छुट दिने मेरो सरकारको दोस्रो नीति हुनेछ । हिमालपारीको रातो झण्डावालाले आफूलाई विश्वको ठूलो शक्ति आर्जन गर्न चुरीफुरी गर्दैछ । त्यसलाई तह लगाउन र साइज घटाउनका लागि पितृभूमिका र समुन्द्रपारीका मित्रहरूलाई आफ्ना सबै कर्म यस नेपाल भूमिमा गर्न दिने निर्णय सरकारले लिनेछ । यसमा कुनै सन्देह लिनु मुनासिव हुने छैन ।

अप्ठ्यारा देशवासीहरू !

सर्वप्रथम गणतन्त्र दिवशको अवसरमा गणतन्त्र चाहने र गणतन्त्रको वकालत गर्ने देशबासीहरूमा अब उप्रान्त मजस्तो पवित्र आत्मा भएको, ठूलाबडाहरूले जे अह्रायो त्यो खुरुखुरु मान्ने र उनीहरूकै निर्देशनलाई शिरोधार्य गर्ने व्यक्तिलाई यति विघ्न हेलाहोचो नगर्ने सद्बुद्धि पलाओस् भन्ने आर्शिवाद दिन चाहन्छु । मलाई यो कुर्चीमा विराजमान भएदेखि निकै सकस परिरहेको छ । कुर्चीबाट उठेर अगाडि झुण्ड्याएको ऐनामा हेर्छु आफ्नो अनुहारमा लेण्डुप दोर्जेको अनुहार टांसिएको पाउंछु । अनुहारलाई सफा गर्न खोज्दा पछाडिको कुर्ची फुत्किने भयले तर्सन्छु । अगाडि हेर्छु तातो कराही छ, पछाडि हेर्छु रापिलो भुङ्ग्रो छ । तावाबाट उफ्रन खोज्छु भुङ्ग्रोमा जाकिने खतरा देख्छु, भुङ्ग्रोबाट बच्न खोज्छु फेरि तावामै छटपटिई रहन्छु । यस्तो अप्ठ्यारो अवस्थामा मलाई किन पुर्‍यायौ जनता जनार्दन ? त्यसैले त अप्ठ्यारा देशबासीहरू भनेको हुं ।

मेरो सरकार गठन भएदेखि यो सरकारले पुरानो सरकारका सबै निर्णयहरू उल्ट्याइदिने सोचेर हाललाई केही निर्णयहरू उल्टाइदिएका छौं । पुरानो सरकार आफ्नै बलबुता र आफ्नै पौरखमा देशबासीहरूले नै बनाएको र यो मेरो सरकार विदेशबासीहरूको आर्शिवाद, बलबुता र ध्याउन्न तिगडमबाट भएकाले दुबै सरकारको एकैथरी काम हुने कुरा भएन । पहिलाको सरकारको विचार अन्तर्राष्ट्रियतावादी भए पनि काम भने राष्ट्रवादीमात्र गरेकाले मैले त झन् अन्तर्राष्ट्रियतावादलाई नै प्रमुख प्राथमिकतामा राखेर काम गर्न शुरु गरेको छु । त्यो काम मैले प्रमको सपथ खांदादेखि नै कार्यान्वयन गरेको छु । मैले देशबासीका नाममा पनि सपथ खाइन र ईश्वरका नाममा पनि खाइन । मैले मनमनै विदेशी प्रभुहरूको नाममा सपथ लिएको छु ।

नारायणहिटी सङ्ग्रहालयमा गणतन्त्र स्मारक बनाउनु मुनासिव छैन भन्ने कुरा स्पष्ट गर्न चाहन्छु । मेरो चाहना गणतन्त्र पनि होइन र मैले यो गणतन्त्र ल्याउने काम पनि गरेको होइन । मैले त राजा ज्ञानेन्द्रको कदमलाई आधा सच्चिएको भनेको थिएं । पूरा नसच्चिएकोमा मात्र मेरो दुखेसो थियो राजा ज्ञोनन्द्रसंग । यदि मलाई प्रधानमन्त्री बनाइदिएको भए उहिल्यै राजाको पूरै कदम ठिक हुन्थ्यो । पोहोरसाल गणतन्त्र स्थापना हुंदाको दिन पनि मैले बेबीकिङसम्म भए पनि राख्नलाई अन्तिम अडान राखेकै थिएं । पछि गिरिजाबाबुले खुट्टा छोडेपछि मेरोमात्र के लाग्थ्यो र । गणतन्त्र घोषणा गर्न बाध्य भयौं । त्यसैले यो गणतन्त्र ल्याउन जनयुद्धको उपद्रो मच्चाएर, १२बुंदे सहमतिमा हामीलाई छिराएर, शान्तिवार्तादेखि संविधान-सभाको चुनावसम्म सबै हरकत माओवादीले नै गरेकाले उसैलेमात्र गणतन्त्र मनाउने, स्मारक बनाउने र के-के गर्नुपर्छ गरोस् भनेर मैले हटाउने निर्णय गरेको हुं । नारायणहिटीबाट राजालाई हटाएर सरकार कब्जा गरेकाले त्यहींभित्र गणतन्त्र स्मारक बनाउने निर्णय गर्‍यो होला माओवादीले । अब ऊ सरकारबाट पनि हटेको छ र गणतन्त्र ल्याउन रोल्पाबाट जनयुद्ध शुरु गरेको, १२ बुंदेको वातावरण पनि रोल्पामै गरेको हुनाले त्यो स्मारक पनि रोल्पैतिर थवाङमा बनाओस् कि घोरनेटीमा बनाओस् । त्यो उसैको चासोको विषय हो । हामीले त जनआन्दोलनमा पहिलो शहीद दाङमा हाम्रै पार्टीका भएकाले रत्नपार्कमा सहिदस्मारक बनाउने सोचेका हौं । अर्को कुरा नारायणहिटीमा फेरि नाती महाराजलाई ल्याउने हाम्रो भित्री मनसुवा भएकाले पनि त्यसो गर्नुपरेको हो । पछि अशुभ नहोस् भनेर ।

अन्तमा, अप्ठ्यारा देशवासीहरू तिमीहरूले मलाई संविधान-सभाको चुनावमा दुबै ठाउंबाट हराए पनि म प्रम भइछाडें । ‘ठूलो रुखको ओत लागेपछि एक झरी पानी ओत्छ’ भन्ने उखान देशवासीहरूले बिर्सेजस्तो छ । मैले त्यही ठूलो रुखको ओत लागेकाले घरका मान्छेले तिरस्कार र बहिस्कार गरेपनि ओत पाइहालेा । जसले ओत दियो उसैको मलजल त गर्नै पर्‍यो । चुनावमा लात्ति हान्ने अनि अहिले हाम्रो काम गरेन भनेर भन्नु मुनासिव हुनेछैन । धेरै दिन ओत लागिराख्न पाइएला भन्ने त मलाई पनि लागेको छैन, तर जति दिन बस्न सक्छु उसैको नुनको सोझो गर्ने बाचासहति अहिलेलाई यति नै ।

श्री पशुपतिनाथ र ज्योतिषहरूले हाम्रो परिवारको कल्याण गरुन् । लाल जय हिन्दनेपाल ।           

-२०६६, जेठ १५ रोज ६ मा शुभम् । 

हरुवाद्वारा ‘गणतन्त्र स्मारक’’ को सरुवा

गाउंले यात्री

‘हरुवा’हरुको तीन सदस्यिय पिण्डे सरकारले एउटा ऐतिहासिक निर्णय गरेको छ – पूर्ववर्ती सरकारका निर्णयहरु उल्ट्याउने निर्णय । सोही निर्णयका आधारमा नारायणहिटी दरबारमा निर्माणाधीन ‘गणतन्त्र स्मारक’ रत्नपार्कमा सारिएको छ । र, दोस्रो गणतन्त्र दिवसको अवसरमा हरुवाहरुका नाइके पिण्डे सरकारका नयां प्रधानमन्त्री माकुने उर्फ ‘नेपाल मास्ने कुलङ्गार’ले रत्नपार्कमा खाल्डो खनेर ‘गणतन्त्र स्मारक’लाई गाडिसकेका छन् ।

गणतन्त्रको घोषणा हुनुपूर्व राजदरबार रहेको नारायणहिटी गणतन्त्रको घोषणासंगै ऐतिहासिक नारायणहिटी संग्रहालयमा परिणत भएको छ । पूर्ववर्ती प्रचण्ड सरकारले नारायणहिटीमा राजतन्त्रको कुनै अवशेष बांकी नराख्ने र पुनः कुनै पनि हालतमा राजतन्त्र फर्किन नदिने भन्दै गणतन्त्र स्मारकलाई दरबार परिसरमै बनाउने निर्णय गरेको थियो ।

प्रचण्ड सरकारले नारायणहिटीबाट पूर्वराजाका जहान परिवारलाई लखेटेपछि बिचरा नाति महाराजलाई कहिले निर्मल निवास र कहिले नागार्जुन दरबारतिर बस्दा-बस्दा निमोनिया हुने खतरा बढिरहेको छ रे । जंगलको बीचमा केटाकेटीलाई असुरक्षा पनि बढेको महसुस भइरहेको छ होला । त्यसैले समयमै बुद्धि पुगे इतिहासमा आधा सच्चिएको प्रतिगमन पूरै सच्चिन पनि सक्छ । भोलि महाराजहरुले नारायणहिटीतिरै बस्ने विचार गरिबक्स्यो भने ठाउं खाली पनि त हुनुपर्‍यो नि । त्यसैले हाम्रा अति दुरदर्शी प्रधानमन्त्री माकुनेज्यूको निर्णयले नेपाली जन्तुहरु ज्यादै हर्षित भएका छन् ।

सांच्ची राजतन्त्रको दरबारमा गणतन्त्र स्मारक ठडिएको बिचरा कलिला नाति महाराजले कसरी हेर्न सकिबक्सेला ? बेलैमा विचार पुर्‍याएकोले माकुनेज्यू धन्यवादका पात्र हुनुहुन्छ । तर, उहांले उक्त स्मारक रत्नपार्कमा गाड्ने सोच्नु भो यो अलि व्यवहारिक देखिएन, कहिलेकांही महाराजहरु घुम्न, डुल्न, सयर गर्न आउादा त्यतैतिर तर्सायो भने…. माकुने महोदय, समय अझैं बितेको छैन, भर्खर त सपथ खानु भो, अरु कयौं त खानै बांकी छ । हप्तादिन नबित्दै पदमुक्त प्रधानसेनापतिको पद बचाऊकाण्डदेखि गणतन्त्र स्मारक सरुवासम्मका ऐतिहासिक निर्णय गरिसक्नु भो, सय दिनको पूरै हनिमुन बांकी छ । त्यसैले नारायणहिटीबाट रत्नपार्कतिर सारेको गणतन्त्र स्मारक बाग्मतीको किनारतिरै हुत्याइदिए हुन्छ । त्यसो भएमा गणतन्त्रभरि बाग्मतीतिर, गणतन्त्रविरोधी अरु सबै दरबारतिर, भएन त कमाल ?

नयाँ चमत्कार जे कहिल्यै भएको थिएन अर्थात् भइरहेको भन्दा फरक भयो, सायद त्यसैलाई सबैले नयां भन्छन् क्यारे । अनि जे कसैले सोचेकै थिएनन् त्यो भइहाल्यो भने चाहिं चमत्कार । हो, नेपालमा अहिले हेर्दाहेर्दै नयां चमत्कार भएको छ ।

पहिलो चमत्कार, नराम्ररी हारेपछि सरकार बनाउन पाइने रहेछ । त्यसमा झन् दुई ठाउंबाट हारेपछि प्रधानमन्त्री नै हुन पाइने रहेछ । दोस्रो चमत्कार, एक ठाउंबाट हारेपछि रक्षामन्त्री, गृहमन्त्रीदेखि अरु के-के मन्त्री हुन पाइने रहेछ । अझै के-के हुन पाइने हो त्यो परिणाम आउन बांकी नै छ । शायद तीन ठाउंबाटै हारेको भए राष्ट्रपति नै हुन पाइन्थ्यो कि ? माकुने महोदय अलि सोझा रहेछन् दुई ठाउंबाट मात्र उठे । यसो माइती देशतिरबाट पनि उठिहाल्नुपर्छ, गायत्रीजीले काम पाइहाल्थिन् नि मेरा स्वामीलाई भोट नदिनुहोला भन्दै हिड्नलाई ।

जेहोस्, सक्यो भने यो सरकारले एक वर्षअघि बिदाई गरेको राजतन्त्रको पुनर्जन्म गराउंदै एक वर्षअघि जन्मिएको गणतन्त्रको मलामीमात्रै हैन पिण्ड दिन समेत भ्याउने निश्चित छ । त्यसैले यो पिण्डे सरकारले यसप्रकारको अरु कुनै नयां चमत्कार गरिहाल्यो भने पनि नेपाली जनताले आश्चर्य मान्नुपर्ने छैन । किनकि त्यसप्रकारको चमत्कारमा खुसी मनाउने अलिअलि जन्तुहरु पनि यही नेपालमै छन् ।

यी र यस्ता थुप्रै चमत्कारका बाबजुद के निष्कर्षमा पुग्न सकिन्छ भने चुनावमा जित्नैपर्ने केही छैन । आखिर चुनाव हारेपनि डाडु पन्यूं पाइदो रहेछ क्यारे अनि किन चुनावै जित्नुपर्‍यो ? सांच्चै मन्त्री नै हुने हो भने त हार्दै हिड्नुपर्ने पो भो त । कि कसो ? चुनाव जित्ने जिल्लारामहरु ?

gaunle.yatri@gmail.com

 

प्रचण्डले उठाएको राष्ट्रवादको झन्डा

फणिन्द्र नेपाल

दश वर्षे जनयुद्धमा निस्कनुपूर्व नेकपा माओवादीले अघि सारेका राष्ट्रियतासँग सम्बद्ध मागहरू आफू सत्तासीन भएपछि बिर्सिएको हो कि भन्ने शङ्काको सुविधामा रमाउनेहरूलाई प्रधानमन्त्री प्रचण्डले नेकपा माओवादीले प्रज्वलित गरेको राष्ट्रियताको दियो कदापि ननिभ्ने प्रतिबद्धता ब्यक्त गरेर नेपाली राष्ट्रियताको हुर्मत लिन खोज्नेहरूलाई वैशाख २१ गते देशवासीका नाममा गरेको संबोधन मार्फत गतिलो झापड हानेका छन् । प्रधानमन्त्री प्रचण्डको उक्त सम्बोधन नेपालको इतिहासमै एउटा यस्तो ऐतिहासिक दस्तावेज बनेको छ, जसमा नेपालको वीरतापूर्ण, गौरवशाली र स्वाभिमानी चरित्र उद्भासित भएको छ ।प्रचण्डको वक्तव्यमा अभूतपूर्व रूपमा नेपालको शान, सौकत र प्रतिष्ठा चुलिएको छ । हिजोसम्म हामी आफ्नै देशमा पराजित मानसिकतामा अर्धमृत बाँचेका थियौँ, प्रचण्डले हामीलाई आज पहिलोपटक नेपाली जाति विजयी मुद्रामा स्वाभिमानपूर्वक बाँच्न सक्छ भन्ने अनुभूति दिलाएका छन् । नेपालको राष्ट्रियताको इतिहासले प्रचण्डको प्रस्तुत वक्तव्यमार्फत् नयाँ मोड लिएको छ र यो निःसन्देह कोसेढुङ्गा साबित हुनेछ ।

नेपालको राजनीतिमा ‘राष्ट्रियता’ बहुधा प्रतिपक्षको नारामा सीमित रहँदै आएको थियो । सत्तामा नरहँदा, प्रतिपक्षी हुँदा र जनतालाई उत्तेजित पार्नुपर्ने स्थितिमा राष्ट्रियताको उपयोग हुँदै आएको थियो र सत्तामा पुगेपछि त्यो विस्मृतिको गर्तमा उपेक्षापूर्वक फ्याँकिने गर्थ्यो तर प्रचण्डले प्रधानमन्त्रीको कुर्सीबाट राष्ट्रियताको रक्षाको सार्वजनिक उद्घोष गरेर राष्ट्रवादको झण्डोत्तोलन गरेका छन् र यसबाट नेपाली जाति अझै प्राणवान् रहेको पुष्टि भएको छ । प्रधानमन्त्रीको कुर्सीमा बसेर विदेशी प्रभुहरूका सामु शिर निहुराउन तयार नहुने उद्घोष कुनै सामान्य गफ होइन । यो कुनै उत्तेजना र भावुकतावश गरिएको आत्मपरक कथ्य पनि होइन बरु यो नेपालमाथि विदेशीहरूको नाङ्गो हस्तक्षेप विरुद्ध एउटा स्वाभिमानी नेपालीले गरेको शालीन प्रतिरोध हो र यो राष्ट्रियतामाथि लागेको पीडादायी घाउका कारण अन्तर्हृदयबाट प्रस्फुटित चित्कार हो ।

प्रचण्डले सङ्केत गरेका विदेशी प्रभुहरू को हुन्, जसको सामु नेपालका प्रत्येक शासकले विगतमा शिर निहुराउँदै आएका थिए । यसबारे स्पष्ट भएपछि मात्र प्रचण्डको उद्गारको लाक्षणिकता बुझ्न सकिन्छ । इतिहासमा नेपाली नेतृत्वका प्रभुका रूपमा अमेरिका र भारत स्थापित हुँदै आएका छन् । यी दुई मुलुकमध्ये

भारत नेपालको राजनीतिमा आफ्नो वर्चस्व कायम राख्न सफल हुँदै आएको छ । त्यस्तै अमेरिकालाई साम्यवादको परम शत्रुका रूपमा हेर्ने गरिन्छ । नेपालमाथि आफ्नो प्रभुत्व कायम गर्न यी दुई मुलुकले खेल्न खोजेको र खेल्दै आएको अनपेक्षित् भूमिका प्रति प्रचण्डले गरेको सङ्केत यथार्थको नजिकमात्र होइन प्रचलित पदावलीमा यसलाई कटुसत्य नै भन्नुपर्छ ।

कुर्सीको निम्ति विदेशीको मुख ताक्ने र राष्ट्रियतालाई ताकमा राख्ने हिजोको नेतृत्वको लत्रिएको छविको कालिमालाई धोई पखाली गरी प्रचण्डले त्यसमा यस्तो टलक र चमक थप्ने विलक्षणता देखाएका छन्, नेपालको इतिहासमा यस्तो साहस अमरसिंह थापाले मात्र देखाएका थिए । सुगौलीसन्धिपूर्वको नेपाल-अङ्ग्रेज युद्धका बेला

अङ्ग्रेज पक्षले उनीहरूसँग मिल्न प्रलोभन दिँदा अमरसिंह थापाले ‘म बाघको डमरु हुँ सिनो खाने कुकुर होइन’ भन्दै त्यस्तो प्रस्ताव ठाडै लत्याएका थिए । प्रचण्ड अमरसिंहकै पथका यात्री बनेका छन् ।

विदेशी प्रभुहरूले नेपालको सम्प्रभुतामाथि पटकपटक प्रहार गर्दै आएका र नेपालको नितान्त आन्तरिक मामिलामा चरम हस्तक्षेप गर्दै नमागिएको सल्लाह र निर्देशन मान्न बाध्य पार्ने गरेको परिप्रेक्ष्यमा ती प्रभुहरूका सामुन्ने शिर ननिहुराउने प्रतिबद्धता व्यक्त गर्नु भनेको सार्वभौमसत्ता ठुला र साना दुबै मुलुकको एउटै, उत्रै र उस्तै हुन्छ भन्ने सन्देश दिनु पनि हो र प्रचण्डले यो सन्देश ती प्रभुहरूसम्म स्पष्ट भाषामा प्रवाहित गरेर नेपालको आफ्नै स्वतन्त्र छवि छ भन्ने कुरा गर्वका साथ सिद्ध गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले कुर्सीमा बसिरहन वा कुर्सी बचाउन आफूलाई बेच्ने अमर्यादित चरित्र देखाएनन् । यो उनको राजीनामा प्रकरणको सबभन्दा क्रान्तिकारी र सकारात्मक पक्ष हो । सत्तामा पुग्न र सत्तामा टिक्न भारतलाई रिझाउनुपर्छ भन्ने मान्यताका विरुद्ध विदेशी प्रभुहरूलाई फूल, अक्षता र नैवेद्यको भेटी चढाउने कुनै किसिमको उत्साह नदेखाउनु बृहत्तर राष्ट्रिय स्वार्थप्रति प्रचण्डको निष्ठापूर्ण समर्पणभावको द्योतक हो । उनका विरुद्ध विदेशी प्रभुहरूले ल्याउन खोजेको आँधीबेहेरीका बीच आफूलाई बचाउन हारगुहार गर्न छाडेर सर्वप्रथम राष्ट्रियताको दियोलाई बचाउन उत्साहपूर्वक अघि सरेबाट उनी सामान्य राजनीतिज्ञ नभएर वास्तवमै राजनेता हुन् भन्ने स्पष्ट भएको छ । यसबाट नेपालको राष्ट्रवादको झण्डा सगरमाथामा फहराउन पुगेको छ ।

(लेखक एकीकृत नेपाल राष्ट्रिय मोर्चाका अध्यक्ष हुनुहुन्छ ।)

 

राष्ट्रपतिको बेवारिसे डायरी

खगेन्द्र संग्रौला

श्री राम-जानकीजी ! यो के भयो ? एक वर्षभित्रै बुढेसकालको मेरो जीवनमा ठूलो उथल-पुथल भयो । आफैंलाई छामेर हेर्छु, आखिर म के नै थिएँ र ? कांग्रेसको तेस्रो काँटको मधेसी नेता थिएँ । मलाई कोइराला किचन क्याबिनेटको सदाबहार बफादार सदस्य भनेर गिज्याइन्थ्यो । कोही त मलाई कोइराला किचन क्याबिनेटको प्युसोसमेत पनि भन्थे । यसो विचार गर्दा मलाई यसरी गिज्याएको ठीकै हो भन्ने लाग्थ्यो । गणेशमानजी रुँदै पार्टीबाट हिँड्नुभयो । म किचन क्याबिनेटमै रहेँ । किसुनजी गोता खाएर पार्टीबाट पाखा लाग्नुभयो । तैपनि म जहाँको तहीँ रहेँ । सधैँ संस्थापन पक्षको छातामुनि अचल, अटल । म जोखिम उठाउन नचाहने मान्छे । त्यो ठाउँ मलाई सुरक्षित लाग्थ्यो । त्यही छाताको ओत लागेर त हो मलाई दुईपटक स्वास्थ्यमन्त्री बन्ने सौभाग्य प्राप्त भएको । हो, त्यो छाता मलाई खुबै फाप्यो । त्यो लाभदायक छाताको याद आउँदा अहिले कृतज्ञताले शिर झुकाएर मलाई ‘गिरिजाबाबुकी जय’ भन्न मन लाग्छ । तर, डर लाग्छ, यो जयजयकार कसैले सुनिहाल्यो भने मलाई कोइराला कांग्रेसको किचन क्याबिनेटको राष्ट्रपति भनेर पो गिज्याउला कि ! श्री राम-जानकीजी ! यो कति अप्ठ्यारो पद ! आफूलाई लागेका कुरा निर्धक्क भएर भन्न पनि नपाइने ।

अच्छा । म भन्न खोज्दै थिएँ, मेरो जीवनमा कति छिटो कत्रो कायापलट भयो ! अतीततिर फर्केर हेर्दा मलाई बडो उदेक लाग्छ । राष्ट्रपतिको चुनाव नजिक आउँदै थियो । रामराजाप्रसाद सिंह वा माधवकुमार नेपाल दुईमध्ये एकले सत्ताको यो सबैभन्दा अग्लो कुर्सी पड्काउने निश्चित थियो । जनमतद्वारा लत्याइएका र दलहरूद्वारा एक्ल्याइएका हामी कांग्रेसीहरूका ओठ-तालु सुकेका थिए । पुरानो पार्टी हो, चुनावमा उपस्थिति त जनाउनैपर्छ भन्ने कुरा उठ्यो । अनि आइलाग्यो, उम्मेदवारीको खानु न पिउनुको लफडो । हार्नैका लागि कोही किन उम्मेदवार बनोस् ? जित्ने लक्षण भए तँ होइन म भनेर कत्रो मारामार हुन्थ्यो ! पहाडी कांग्रेसीहरूले म मधेसी कांग्रेसीलाई उम्मेदवार बन्न त के टाढैबाट उम्मेदवारी सुँघ्नसम्म पनि दिने थिएनन् । आखिरमा कांग्रेसको उपस्थितिका लागि म हेपिएको मधेसीले हारिदिनुपर्ने भयो । गिरिजाबाबुले ‘तँ उठ्’ भन्नुभयो । हाम्रो कांग्रेसमा गिरिजाबाबुको बोली भनेको भगवान्को बोली हो । आदेश पाउनेले बूढाको आदेश काट्नु त परै जाओस्, त्यस्तो कल्पनासम्म पनि गर्न सक्दैन । व्यर्थमा यो क्या झ्याउलो आइलाग्यो भनेर भित्रभित्रै मुर्मुरिँदै नेताश्रीको कष्टपूर्ण आदेश मैले निहुरिएर स्वीकार गरेँ ।

तर, भाग्यको लेखान्तर भनुँ कि, दुर्घटनाको खेल भनुँ कि, मूल्यहीन राजनीतिको नौटंकी भनुँ कि मेरो तालुमा नचिताएको आलु फल्यो । प्रचण्ड घरी-घरी चमत्कारका कुरा गर्थे । चमत्कारको यो रटना मलाई कम्युनिस्टहरूको कुटिल वाक्छल हो भन्ने लाग्थ्यो । तर, ममाथि चमत्कार भयो, प्रचण्डको चमत्कारले उनैलाई लोप्पा ख्वायो । म साँघुरो कांग्रेसी वृत्तको रामवरण यादव सिंगो राष्ट्रको महामहिम राष्ट्रपति रामवरण बनेँ । चुनावमा भित्ता-भित्तामा प्रचण्ड गणतन्त्र नेपालको पहिलो राष्ट्रपति बनेका थिए । हाम्रा गिरिजाबाबुको पनि राष्ट्रपति बन्ने भयंकर धोको थियो । पुर्पुरोमा सधैँ हार मात्र लेखिएका अभागी माधवजीले खुट्टा नउचाल्ने कुरै भएन । रामराजाप्रसाद सिंहलाई त कम्युनिस्टहरूले निर्विकल्प विकल्प तिमी नै हो भनेर उचाल्नुसम्म उचालेका थिए । तर, यी सबैको हारको हदै पीडादायी चाङमाथि मेरो जितको गौरवमय झन्डा फहरायो । त्यो देखेर म आफैं जिल्ल परेँ । अहो ! श्री राम-जानकीजी ! मलाई यो के भयो ? म गिरिजाबाबुको खटन खुरुखुरु मान्दै हिँडेको थिएँ । मेरो काँधमाथि आफैंले सोच्नुपर्ने, निर्णय गर्नुपर्ने, जोखिम उठाउनुपर्ने, विवाद झेल्नुपर्ने कुनै पनि जिम्मेवारी थिएन । म त सधैँको मूक अनुयायी । जब यो जिम्मेवारी आयो, मलाई एकाएक सगरले थिचेजस्तो लाग्यो । मलाई भनन्न रिँगटा लाग्यो । सिंगो ब्रह्माण्ड मेरा आँखाअघिल्तिर फन्फनी घुम्यो । अहो ! म मूर्च्छित पो हुने हुँ कि ? विजयी राष्ट्रपति मूर्च्छा पर्‍यो भन्ने अवगाल पो चल्ने हो कि ?
विस्फारित नजरले सेरोफेरोको वातावरण हेर्छु, त्यो सब रामवरणमय छ । चर्चा उही रामवरणको छ, महिमा उसैको छ, सर्वत्र गगनभेदी जयजयकार उसैको छ । त्यो सब सुन्दा लाग्छ, मलाई करिबन यसो भनिँदै छ :

त्वमेव माता च पिता त्वमेव,
त्वमेव रक्षक पालक त्वमेव ।
त्वमेव गौरव महिमा त्वमेव,
त्वमेव सर्व मम देवदेवः ।।

छाती छाम्दै आफैंलाई सोधेँ- ए रामवरण, हिजोको आजै के भइस् तँ ? भित्र कताकता राजापछिको राजै पो भएँ कि भन्ने लाग्यो । तर, गणतन्त्रमा यो भन्न नमिल्ने अनुभूति थियो । यस आशयलाई मैले आफैंभित्र भूमिगत राखेँ ।

खचाखच भीडको बीचमा म देख्छु, अलिबेर अघिसम्मका परचक्रीहरू सबका सब ओठमा औपचारिकताको कृत्रिक मुस्कान झुन्ड्याएर म महामहिम रामवरणलाई बधाई दिन तँछाड-मछाड गरिरहेका छन् । तिनलाई मेरो अनुहारको छेवैमा आफ्नो अनुहारलाई सजाएर टेलिभिजनमा देखिन कत्रो रहर छ ! यता मलाई भने उकुस-मुकुस भएको छ । उभिँदा लड्छु कि, लड्छु कि जस्तो लाग्छ । तिनलाई हेर्ने कसरी हो ? तिनका अभिवादन फर्काउने कसरी हो ? मुसुक्क हाँस्ने हो कि अनुहार अह्ररो पार्ने हो मलाई केही थाहा छैन । बधाईको जवाफमा धन्यवाद भन्ने हो कि राजाले झैँ दुई हत्केला अघि सारेर कृपाको आशीर्वाद दिने हो, मलाई त्यो पनि थाहा छैन । भित्र कताकता लाग्छ, राजापछि राजाको ठाउँमा आएको राष्ट्रपति हुँ, मैले केही न केही राजसी गुण त देखाउनुपर्ने नै होला । खै, के हो के होइन, म अलमलमा छु । म गोलमालमा छु । म त्यसै-त्यसै जिल्लाराम भएको छु ।

जब फूलमाला पहिराएर, घर्‍याप्प सलामी अर्पण गरेर पहिलोपटक मेरो सवारी चलाइयो, त्यो वेला म अर्कै, अलि बेग्लै भइसकेको थिएँ । म माथि आकाशमा उठेँ, अरू तल धुलामा छुटे । राष्ट्रभरिको समस्त सम्मानको म एकाधिकारी बने, अरूहरू सम्मानकर्ताको दर्जामा रहे । हेर्छु, राजाको सवारीमा झैँ अगाडि सडक पूरै खाली छ । सुन्छु, राजाकै सवारीमा झैँ साइरनको एकोहोरो आवाजले आकाश चिरा-चिरा पारिरहेको छ । म राष्ट्रपति कि राजा ? विधि, शैली, औपचारिकता, हातमलाइ, शिरझुकाइको ताल सब उही छ । गोप्य रूपले आफ्नो अन्तरलाई भनेँ, ‘हेर्, रामवरण ! आजका मितिले तँ अघोषित राजा भइस् ।’ सित्तीमिति नमुस्कुराउने म अरसिक मानव गमक्क पर्दै आफ्नै सम्मानमा मुसुक्क हाँसे ।
म सोझै भगवान् पशुपतिनाथको दर्शन गर्न गएँ । जाँदाजाँदै लाग्यो- आखिर गिरिजाबाबु पनि त मेरा नाथै हुन् । त्यसैले रोलक्रमले पहिले बाबुजीको दर्शन गरेँ, त्यसपछि आराध्यदेव भगवान् पशुपतिनाथको । शुरुका मेरा दिन बेचैनी र दुःखमा बिते । म जे गर्छु, कुरा काटिहालिन्छ । गिरिजाबाबुको दर्शन गर्‍यो, कांग्रेसी राष्ट्रपतिको बात लाग्ने । कुमारी जात्रा र भोटो जात्राको दर्शन गर्न गयो, हिन्दु राष्ट्रपतिको आरोप आइलाग्ने । गर्नलाई काम केही छैन । परम्पराको पुच्छर समातेर हिँडु, परम्परै छैन । संविधानले कतै पनि मलाई यो गर्नू, त्यो नगर्नू भनेको छैन । म आफ्नै निवासमा कैदी बनेँ । अनि दिक्क भएको वेला बसिबियाँलो गर्न बालबालिकालाई भेट्न थालेँ । पद छ त्यत्रो राष्ट्रपतिको, काम छ केवल केटाकेटीलाई दर्शन दिनु र तीसँग ठट्टा गर्नु । मलाई यो पद एकदमै खल्लो लाग्यो । अनि चार थान सल्लाहकार नियुक्त गरेँ । संविधानले सल्लाह दिएर होइन, यिनै सल्लाहकारले सल्लाह दिएर राज्यमन्त्रीसरह तलब-भत्ता-सुविधा भोग गर्न पाउने गरी सल्लाहकारहरू राखेँ ।

लुकाउन नमिल्ने कुरा भनुँ, यी सबै सल्लाहकार मेरो मातृसंस्थाका सन्तति हुन् । हाम्रो भाषा मिल्छ, संस्कार मिल्छ । अल्छी छन्, यिनले मलाई उठाउने सल्लाह त के देलान् र ? तैपनि यिनले मलाई गिराउने सल्लाह निश्चय नै नदेलान् भन्ने मेरो आशा थियो । सल्लाहकारको रायबाट कहाँ जाने कहाँ नजाने, के बोल्ने के नबोल्ने म सिक्दै गएँ । गुणग्राही लोकले प्रतिक्रिया राम्रै गर्‍यो । हेर, राष्ट्रपति यादव साँचो अर्थमा कांग्रेसी वृत्तबाट माथि उठेर राष्ट्रकै राष्ट्रपति बन्ने सिकाइको तीव्र प्रक्रियामा छन् । यी महामहिम वचन र व्यवहारको पदीय मर्यादा सिक्दै छन् । यी विवादास्पद मामिलामा तौलिएर बोल्ने कूटनीतिक भाषाको अभ्यास गर्दै छन् । हेर है, यिनले गणतन्त्रको धर्म थाम्ने भए । यिनले राष्ट्रको गौरव उठाउने भए । अहाहा, कति राम्रो !

सबै चीज शान्त थियो । मलाई आनन्द थियो । तर, जब कटवालकाण्ड सुरु भयो, मेरो जीवनमा अर्को उथलपुथल आइलाग्यो । मकहाँ कोही निवेदन गर्न आउन थाले । कोही मेरो चाकरीमा धाउन थाले । मलाई उक्साउन आउनेहरू त झन् कति हो कति ! दर्शन दिन मलाई भ्याइ-नभ्याई भो । एउटा लर्को आउँछ र भन्छ- महामहिम ! माओवादी अतिवादले डसेर लोकतन्त्र धरापमा पर्‍यो । अर्को लर्को आउँछ र आक्रोश पोख्छ, महामहिम ! माओवादी सर्वसत्तावादले विधिलाई खरानी बनाउने भयो । कर्मचारीतन्त्रमा राजनीतिकरण, न्यायपालिकामा राजनीतिकरण, सेनामा राजनीतिकरण- महामहिम ! सृष्टिमा पैरो जाने खतरा उत्पन्न भयो ।

– त म के गरूँ ?
– महामहिमले लोकतन्त्रलाई उद्धार गरिदिनुपर्‍यो । महामहिमले नागरिक सर्वोच्चताको रक्षा गरिदिनुपर्‍यो ।
– कसरी ?
– कटवालबाबुलाई काँध थापेर । यिनलाई कारबाहीमुक्त गरेर ।

पहिले त कुरा सुनेर म झस्केँ । शाही संस्कार लिएर आएका जर्नेललाई मैले काँध थापेर लोकतन्त्रको उद्धार हुन्छ ? अनि नागरिक सर्वोच्चता ? नागरिक सर्वोच्चताको रक्षा गर्ने काम व्यवस्थापिका-संसद्को होइन ? न्यायपालिकाको होइन ? जागरुक नागरिकगणको होइन ? मेरो क्षेत्राधिकारभित्रको काम हो र यो ? म ज्यादै पीडादायी द्विविधामा परेँ । सन्तापको चक्रवात्ले मलाई फन्फनी रिँगायो । श्री राम-जानकीजी ! म विवादको भुमरीमा पो परूँला कि ? कत्रो दुःखले आर्जेको यो मेरो छवि ध्वस्त पो होला कि ? अनि भोलिको पुस्ताले मलाई थुक्ला कि ?

असैह्य मानसिक अन्तर्द्वन्द्वले गर्दा म थलापरेँ । अनि आफ्ना वकिल र सल्लाहकारहरूलाई सोधेँ- कुरो के हो, भन । मेरो अधिकार कति हो ? मेरो कर्तव्य के हो ? यो गन्जागोल परिस्थितिमा मैले गर्नुपर्ने के हो ? तिनले एकस्वरले भने- महामहिम संवैधानिक राष्ट्रपति होइसिन्छ । लोकतन्त्रमा ग्रहण लाग्दा त्यसको उद्धार गर्नु हजुरको दायित्व पनि हो, कर्तव्य पनि हो । ‘ए हो र ?’ भनेर मैले सोधेँ । ‘हो कि हो’ भनेर तिनले मलाई विश्वस्त तुल्याए । विज्ञ हुन् भनेर दह्रो तलब-भत्ता दिएर राखेको छु । यिनले भनेको नपत्याए मैले कसले भनेको पत्याउनु ? आखिरमा मैले पत्याएँ ।

एकदिन गजब भयो । मेरो दर्शन गर्न र आफ्नो गुनासो पोख्न शीतलनिवासमा सत्रदलको संयुक्त जुलस आउने भयो भनी सल्लाहकारहरूले दंग पर्दै मलाई सुनाए । सत्रदल रे ? जम्मा दल त्यही बाइस-चौबीसवटा होलान् । सत्रदल भनेको त दुईतिहाइ दल पो हो बा । श्री राम-जानकीजी ! संसारका आँखा मतिर फर्किएका छन् । संसारको आशा मैमाथि एकोहोरिएको छ । सारा गगनमण्डलमा आवाज घन्किरहेछ- रामवरण आऊ, लोकतन्त्र बचाऊ । पहिले निर्दलवालहरू राजालाई यसै भन्थे, अहिले बहुदलवालहरू मलाई यसो भन्न थाले । होइन, म राजै पो बनाइँदै छु कि !

झ्यालछापडि छेलिएर बाहिर चियाएँ, सत्रदलको संयुक्त जुलुस मलामीको लस्करजस्तो छ । सबभन्दा अगाडि पहिले हाम्रो पार्टीले प्रधानमन्त्री बनाएका सूर्यबहादुर थापा छन् । उनको नेतृत्वमा पछि लागेका छन् कांग्रेसीहरू र कम्युनिस्टहरू । अनुहार हेर्दा ती रुन, कराउन, गुहार माग्न आएका हुन् भनेर यसै बुझिन्छ । हो, आएर तिनले त्यसै गरे । दर्शनार्थीलाई बसाएर आफू अलिबेरमा आउने मेरो तरिका छ । त्यसै गरेँ । सत्रदलका नेताहरू अताल्लिँदै जुरुक्क उठे । तिनका अनुहारमा आतंकको भाव थियो । मलाई पहिले राजाको दर्शन गर्न नारायणहिटी राजदरबार जाँदाको याद आयो । हामीले यसै गरेका थियौँ । समय फरक छ, स्थान फरक छ, सन्दर्भ फरक छ । तर, तरिका ठ्याक्कै उस्तै छ । होइन, म राजै भएँ कि कसो ? यी सब कटवाल जोगाऊ अभियानमा मेराअगाडि हात मलिरहेका छन् । रोइरहेका छन् । घुँडासम्म निहुरिएर मेरो चाकरी गरिरहेका छन् । श्री राम-जानकीजी !

रुक्मांगद कटवाल त्यसैगरी आए । तिनले शीतलनिवासभरि हल्का कम्पन उत्पन्न हुने गरी मलाई सलोट गरे । अनि यी जंगी जर्नेल सहाराको याचना गर्दै तुरुक्क रोए । भने- महामहिम ! जिपीबाबु र केपीबाबुले रायमाझी प्रतिवेदनबाट मलाई कति राम्रोसँग मुक्त गरिदिनुभएको थियो । अहिले त्यही प्रतिवेदनको कुरा कोट्याएर मलाई घोचिँदै छ । जिपीबाबु र केपीबाबुको फैसलालाई बदर गर्ने तागत यो देशमा कुन पाजीको छ ? तैपनि हेरिस्योस् महामहिम ! त्यो पत्रु प्रतिवेदनलाई चिहानमुनिबाट झिकेर मलाई घोचिँदै छ । आफ्नो त कामै आशीर्वाद र सान्त्वना दिने । मैले दिएँ । भनेँ- यसरी घोच्न पाइँदैन । अनि कटवालले हौसिँदै सैनिक लबजमा निवेदन गरे- हजुर अघि लागिदिनूस्, हजुरका लागि म ढाड ओछ्याउन तयार छु ।

अब आउन थाले मकहाँ एकपछि अर्को गर्दै विदेशी राजदूत । अरूका कुरा त्यस्तै हुन्, हिन्दुस्थानका राकेश सुदले हाक्काहाक्की कुरा गरे । तिनले के कुरा गरे, मैले यहाँ भन्न मिल्दैन । भन्नूस् त, सुदले नै कटवाललाई बोकेपछि बोक्न बाँकी अब को रह्यो ? कटवाल जोगाऊ, प्रचण्ड हटाऊ- कुरो घुमाएर तिनले करिबन यसो भने । मेरो शुष्क नेपाली विवेकको एक कुनामा एउटा विचार-तरंग उठ्यो । सुदले जे भन्छन्, त्यो नै लोकतान्त्रिक विधि हुने हो र ? हाम्रो सम्प्रभुता, हाम्रो राष्ट्रिय स्वाभिमान, हाम्रो आत्म-निर्णयको हक भन्ने चिजै हुँदैन ? मेरो यो विचार-तरंगलाई वे अफ बंगालबाट आएको कालो बादलले तत्कालै ढाकिदियो । अनि मनको अर्को कुनामा अर्को विचार-तरंग उठ्यो । नेपालमा कसैलाई नरेश बनाइदिने र बनाइएको नरेश मन नपरे त्यसलाई बिगारिने यिनीहरू नै त हुन् । हाम्रो आजसम्मको इतिहास यस्तै छ, परम्परा यस्तै छ । मौकाको कुरा हो, मौकामा म पनि केही किन नबनूँ ? जिपी, केपी, सुद र सेना मेरो पछाडि भएपछि मतिर लाग्न बाँकी अब को रह्यो ? आखिर शक्तिको सर्वोच्चता नै त नागरिक सर्वोच्चता होला ।

श्री राम-जानकीजी ! म भैँसीको ढाडमा चढेर गोठालो लाग्ने सोझो मानिस । म घेराउमा छु । म के गरूँ ? मन बेहद बेचैन छ । आत्मामा आँधी उठेको छ । सन्तापले मेरो कलेजो जलिरहेको छ । म नरेश बनाइएँ रे लौ, त्यसपछि मेरो नियति के हुने हो ? भोलि इतिहासका भित्तामा मेरो कस्तो छवि टाँसिने हो ? मानवीय कि दानवीय ? लोकतान्त्रिक कि निरंकुश ? सुन्दर कि कुरूप ? राम-जानकीय जी आऊ ! यो विकराल भवसागरबाट मलाई बचाऊ । 

कमरेड केपीको पितृश्राद्ध

विश्वप्रकाश शर्मा  

मुस्ताङको चिसोबाट झरेर कमरेड केपी शर्मा ओलीले झापाको गर्मी पोखरामा पोखिरहँदा काठमाडौंमा सरकार-सेनापति द्वन्द्व उत्कर्षमा पुगिसकेको थिएन । कमरेड केपीले व्यक्त गरेको ‘गर्मी‘ थियो- अनुहार हेर्दै बाँदरजस्ता र उटपट्याङ मात्रै छन् संविधानसभामा । आफ्नै झापाली नेताको अभिव्यक्ति-सम्मानमा मान्छेका कथा नकोरेर म सेनाप्रकरणमा अलमलिन चाहिनँ । यद्यपि, प्रसंगबीच कतै आई उभिनेछ त्यो सन्दर्भ ।सत्तारूढ पार्टीका‘ कमरेड केपी ‘सरकारविरोधी नेता‘ हुनुहुन्छ । आफैंमा खल्लो लाग्ने यो परिचयप्रति उहाँ आनन्दित भइरहँदा पंक्तिकार आपत्ति लेखिरहँदैन । सरकारमा आफ्नो दल सामेल हुनुको अर्थ जसोजसो बाहुन, उसैउसै स्वाहा निश्चयै हुन्न । तर, असहमतिको साइजलाई तन्काउँदै तन्काउँदै जता-जता लग्न पनि उन्मुक्त हुनुहुन्छ कमरेड केपी । तर, संविधानसभाप्रति नै अनास्था भड्कने ढंगको अभिव्यक्ति राख्न कस्तै असहमतिका बीच पनि ‘टङस्लिप‘ गर्न उहाँ स्वतन्त्र हुनुहुन्न । नेपाली जनताको रगत र पसिनासँग साटेर कुँदिएको संविधानसभा हाम्रो आस्थाको थलो हो । भलै- त्यो उचाइ, सौन्दर्य र आस्था भरपुर विकसित गर्न सकेको छैन, संविधानसभाले । तर, त्यसको दोषी सरकार, दलहरू र कमरेड केपीजस्तै हाम्रा अन्य नेता हुन् । संविधानसभा आफैँमा दोषको कारक होइन र हुन सक्दैन । त्यसैले ‘संविधानसभा नै परिवर्तन गर्नुपर्ने‘ कमरेड केपीको पोखरा अभिव्यक्ति (७ वैशाख, नयाँपत्रिका पृष्ठ ११) बेतुकको मात्र छैन, बोल्ने, सुन्ने, छाप्ने, पढ्ने र त्यसउपर टिप्पणी लेखिरहेको पंक्तिकारले समेत अरूहरूबाट कुरीकुरी ग्रहण गर्नुपर्ने बेढंगको पनि छ ।संविधानसभाको बनोटभित्र कमरेड केपी ओलीलाई समेट्ने निर्णय झापा क्षेत्र नम्बर ७ का जनताले लिएनन् । झापाली भूगोलभित्रैबाट खडा भएर त्यहाँ पुग्ने अवसर पंक्तिकारलाई पनि मिलेन । तर, आफू बाहिर रहनुको अर्थ संविधानसभाभित्रका सबैलाई अयोग्य देख्नु पूर्वाग्रह र दृष्टिअयोग्यता मात्रै हो । नकारात्मक कोणबाट हेरिरहँदा थुप्रै अपुग औँल्याउन सकिएला । तर, सकारात्मक दृष्टिले हेरौँ- त्यहाँभित्र सिंगो नेपाल छ, सबै जाति, सबै पार्टी, क्षेत्र, वर्ग र समुदायको प्रतिनिधित्व छ । यसर्थ हामी बाहिर रहेकाले पनि अमूक पार्टी, अमूक जाति, अमूक युवा या अमूक समुदायका सेन्टिमेन्ट, मुद्दा र स्वरूपमा आफूहरूलाई त्यहाँभित्र देख्न सक्नुपर्छ । अनि सक्नुपर्छ- ‘हामी‘ ले यो साझा थलोलाई विश्वास, भरोसा र आस्थाको थलोमा विकसित गर्न । सक्नैपर्छ- निर्धारित समयमै संविधान निर्माण गर्न र त्यसलाई लोकतान्त्रिक बनाउन । निश्चय नै संविधानसभामा ठूलो संख्यामा माओवादी उपस्थिति छ । त्यति भएकै आधारमा ‘संविधान तिनले बनाउनै नसक्ने‘, ‘संविधानसभा नै परिवर्तन गर्नुपर्ने‘ जस्ता कमरेड केपीका लक्षित अभिव्यक्तिहरू जायज छैनन् । संविधान कुनै एक दलविशेषले होइन, सबै दलले ऐक्यबद्ध भएर बनाउने हो । यो ज्ञान राख्नुहुन्छ उहाँ । तर, उहाँको पूर्वाग्रह-चिन्तनले पोखरामा बोल्यो- ‘अनुहार हेर्दैमा बाँदरजस्ता मात्रै छन् संविधानसभामा ।‘ कुनै विदेशी मित्रले प्रश्न गर्दा म कसरी भनूँ- यो मेरा एक राष्ट्रिय नेताको अभिव्यक्ति हो भनेर । त्यो अभिव्यक्ति त बाबुको बिर्तावाला उस्तै स्कुलिङको खुलामञ्चको गालीसँग कुम जोडेर उभिएको थियो । कमरेड केपीको चस्मादोषलाई, तर माफी गरेर म आफूलाई र उहाँलाई पनि भावप्रतिनिधित्वका दृष्टिले संविधानसभाभित्रै देखिरहेको छु । त्यस हिसाबले सोध्नुपर्दा- कमरेड केपी आफ्नो अनुहार ऐनामा कस्तो देख्नुहुन्छ कुन्नि ? प्रधानमन्त्रीले हुकुमप्रमांगीबाट देश चलाइरहेको‘ धारणा पोखराको सोही कार्यक्रममा कमरेड केपीले राखिरहँदा काठमाडौंमा उहाँको पार्टीका मन्त्रीहरू सेनापतिको फुली खोल्न प्रधानमन्त्रीसँग मन्त्रणामा थिए । सत्तारूढ दोस्रो ठूलो दलले हुकुमप्रमांगीका विपक्षमा मन्त्रिपरिषद्भित्रै लड्नुपर्ने हो, पोखराको लेकसाइडतिर होइन । तर, गम्भीर विषयमा यतिवेला उहाँको पार्टीको छाया सर्वत्र देखिन्छ, पार्टी कहीँ देखिँदैन । जरुरी थियो, संक्रमणकालको यो पछिल्लो खण्ड पूरा गर्न सरकार र सेनाबीचको सम्बन्धमा मधुरता । तर, युद्धकालीन ‘ह्याङ‘ बाट दुवैथरी नेतृत्व शुरुदेखि नै मुक्त रहन सकेनन् । केपी कमरेडको दलले सरकारमा रहेर पनि दुईथरी ‘अति‘ को समन्वय गर्न सकेन र सन्तुलनको खोजीमा सघाउन अग्रसर भूमिकामा रहन चाहेन प्रतिपक्ष । परिणाममा अप्रिय दृश्यपान गर्दो छ देश, पर कतै अनिष्टको अनुमान गर्दै । सेना सरकारको नियन्त्रणमा रहनैपर्छ । तर, यो मनोविज्ञानलाई व्यवस्थित कार्यान्वयन गर्न राजनीतिक दललाई सुरुमै विश्वासमा लिन सक्नुपर्थ्यो, सरकारले । अन्तरिम संविधानको मर्म त्यही हो र नागरिक सर्वोच्चताको विपक्षमा छैनन् कुनै दल । तर, सरकारको शैली हुकुमी देखियो, यस प्रकरणमा पनि । उसले ठाडै निर्णय ठोक्ने, अरूले चाहिँ सलाम ? शान्तिप्रक्रियाको सफलताका लागि कम्तीमा संवेदनशील विषयमा सहमति र सहकार्यलाई नरोज्ने हो भने नेपाली राजनीतिका आगामी दिनहरू अझ जटिल बन्नेछन् । जबर्जस्त अघि बढ्ने, नत्र सरकार छाड्ने मनोविज्ञान नवयुग र नवीन संस्कृति निर्माणका लागि बाधक मनोविज्ञान हो । जरुरी छ-सहकार्य र एक नयाँ विश्वासको । साँच्चै, नयाँ नेपाल बनाउने कुरा कमरेड केपीले भनेझैँ वर्षमा एकदिन पितृश्राद्ध गरेजस्तो होइन । कम्तीमा उहाँले यो चाहिं सही भन्नुभयो, पोखरामा त्यस दिन । तर, सहकार्यलाई व्यवस्थित गरेर तोकिएको मितिमा नयाँ संविधान बनाउन हामी अयोग्य भयौँ भने पितृश्राद्ध होइन, हामी सबैको श्राद्धको मिति तोकिनेछ । हामी सबैलाई चेतना भइरहनुपर्ने हो, यतिचाहिँ । 

जनयुद्धका वीर योद्धा कल्याण

 – कामना ‘गोरखाली’ 

“ बलिदान परिणाममुखी हुनुपर्दछ ।” क.कल्याण  

जीवनपछि मृत्यु आफैंमा शाश्वत छ तर मृत्युका प्रकृतिहरू फरक-फरक हुने गर्छन् । संसारमा यस्ता मान्छेहरू पनि जन्मने गर्छन्, जो भौतिक रूपमा मरेर पनि युगयुगसम्मका लागि जनताको दिलदिमागमा बसिरहेका छन् । इतिहास निर्माणको मुक्तिमार्गमा लामबद्ध हुँदै नयाँ नेपाल निर्माण गर्ने क्रममा आफ्नो जीवन र जगतलाई बदल्दै जीवनको उत्सर्ग गर्ने हजारौं नेपाल आमाका वीर र महान् शहीद काशीनाथ लामिछाने (क.कल्याण) पनि एक हुनुहुन्छ । इतिहास निर्माण तिनै मान्छेहरूले गर्दछन्, जसले आमूल परिवर्तनका खातिर आफ्नो जीवनको घेरा तोडेर देश र जनताको मुक्ति र परिवर्तनप्रतिका निम्ति कुनै प्रवाह नगरी जनक्रान्तिमा निरन्तर अगाडि बढ्ने जुनसुकै दुःख कष्ट उठाउन हरपल तयार रहन्छन् । त्यसै बीचमा आफू र आफ्नो परिवारको साँघुरो जीवनको घेरा तोडेर त्यसरी नै भौतिक सुख सुविधालाई त्यागि शोषित, उत्पीडित जनताको मुक्तिका लागि लड्ने क्रान्तिको पुञ्जतारा हुनुहुन्छ महान् शहीद क.कल्याण । सदिऔंदेखि देशमा चलिआएको तानाशाही फाँसीवादी सत्ताको विरुद्ध न्यायप्रेमी शोषित, पीडित जनताको भाग्यरेखा कोर्ने अभीष्ट लक्ष्य लिएर महान् जनयुद्धको थालनी भयो । यद्यपि, उहाँले आफूलाई न्यायपूर्ण आन्दोलनका अग्रमोर्चामा उभ्याउँदै नेपाली जनताको मुक्तिसङ्ग्राममा सामेल रहँदाकै अवस्थामा क्रान्तिले सुम्पेको योजनामा समावेश हुनुभयो । गोर्खाली भूमिमा जन्म लिई जीवनयात्राका क्रममा थुप्रै युद्ध ट्रेञ्चहरूसँग सङ्घर्ष गर्दै वर्गसङ्घर्षका दुश्मनका विरुद्ध दृढताका साथ अघि बढ्दै एक होनाहार वीर योद्धा काशीनाथ लामिछाने क.कल्याण ।   ऐतिहासिक गोरखा जिल्ला तान्द्राङ-९, काउलेमा २०२० साल असोज २० गते बुबा पदमप्रसाद लामिछाने र आमा हिमकुमारी लामिछानेको कोखबाट मध्यमवर्गीय परिवारमा जन्मनुभएका उहाँ परिवारको पहिलो सन्तान हुनुहुन्थ्यो । उहाँको परिवारमा दुई बहिनी र एक मात्र भाइ हुनुहुन्छ ।

सानै उमेरदेखि फुर्तिलो, बलियो र तीक्ष्ण विद्रोही साथै सत्य र न्यायका पक्षमा सधैं दह्रो अडान राख्ने उहाँका गुणहरू हुन् । उहाँले नजिकैको प्राथमिक विद्यालयबाट औपचारिक अध्ययनको शुरुवात गर्नुभयो ।

जुनसुकै विषयको पनि गहन अध्ययनपश्चात् सही निचोड निकाल्न सक्ने क्षमता साथै सबैसँग मिल्नसक्ने जनप्रीय नेता हुनुहुन्थ्यो । पढाइमा अत्यन्तै लगनशील, अनुशासित जहिले पनि राम्रो श्रेणीमा उत्तर्णि हुनुहुन्थ्यो । उहाँ नजिकैको श्री दुल्लभ उच्चमाध्यमिक विद्यालयको क्याम्पसमा अध्ययन गर्दै त्यही गाउँको निमाविमा शिक्षक हुनुहुन्थ्यो । अध्ययन/अध्यापनलाई त्यहीं थाती राख्दै महान् लक्ष्य र उद्देश्यलाई आत्मसाथ गर्दै आफ्नो व्यक्तिगत जीवनलाई पनि वर्गीय मुक्ति सङ्घर्षमा समावेश गराउँदै उहाँ २०५३ को पूर्वाद्धमा पार्टीको सदस्य भएर वर्गीय आन्दोलनमा समर्पित हुनुभएको थियो ।  

स्थानीय फटाहा सुराकीको रिपोर्टले ०५४ सालमा कथित सुरक्षाकर्मीले गिरफ्तार गर्‍यो । जेलजीवन युद्धको ट्रेञ्चका रूपमा आत्मसाथ गरी सङ्घर्ष गरिरहनुभयो । काला कर्तूतका विरुद्ध जेलका बन्दीहरूलाई सङ्गठित गरी सङ्घर्षको गतिलाई बढाउनुभयो । सत्यको अनिवार्य जित हुन्छ भनेझैं प्रतिक्रियावादीको केही सीप लागेन । उहाँ २०५८ सालमा रिहा भएर पार्टीको सम्पर्कमा आउनुभयो । 

क्रान्ति र पार्टीप्रति दृढतापूर्वक आफ्नो जीवनलाई समर्पित गरेर जाने क्रममा उहाँ पार्टी सेल, पार्टी एरिया सदस्य, जिल्ला सदस्य हुँदै पार्टी क्षेत्रीय ब्यूरो सदस्य भएर आफ्नो जिम्मेवारीलाई बहन गर्नुभएको थियो । पार्टीको शुद्धीकरणको स्पिरिटअनुसार पछिल्लो स्थितिमा सबै पार्टी समितिहरू एक तह तल झर्ने स्पिरिटलाई आत्मसात गरी उहाँ पार्टी उपब्यूरो सदस्य हुनुहुन्थ्यो । २०६० सालमा पार्टीको आवश्यकता र उहाँको सैन्य क्षेत्रमा काम गर्ने इच्छाका कारण स्थानान्तरण भएर वासु स्मृति चौथो ब्रिगेड अन्तर्गत १० नं. बटालियन ‘सी’ कम्पनी कमिसारको भूमिका निर्वाह गर्नुभयो । २०६२ साल भदौदेखि प्रताप स्मृति ब्रिगेड १० नं. बटालियनको सहकमिसारको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो । उहाँ इलाका प्रहरी कार्यालय नुवाकोट, भीरपुस्तान रिपिटर टावर लम्जुङ, रुकुमको खारा वेश क्याम्पलगायतका आक्रमणमा सहभागी हुनुभएको थियो । उहाँले शुरुवातदेखि नै दुश्मनका हरयातनाका बाबजुद आफूलाई कडाइका साथ उभ्याउनुभयो । शुरुदेखि नै उहाँ निस्वार्थ भावनाले जनताको सेवा गर्न समर्पित हुनुहुन्थ्यो । उहाँ गोर्खाली जनताको जनप्रिय नेता साथै आँखाको नानी हुनुहुन्थ्यो । उमेरले पाको भएता पनि काममा भरासिलो एवं परिपक्व हुनुहुन्थ्यो । क्रान्तियात्रामा कहिल्यै थकानको महशुश गर्नुभएन । सायद संवेदनशीलताको उच्चताले मानिसलाई विद्रोही र गम्भीर बनाउँदोरहेछ । उहाँमा घमण्ड कहिल्यै आएन । सिक्ने र सिकाउने मामलामा धेरै अगाडि रहनुहुन्थ्यो ।

महान् युद्धको अन्तिम र निर्णायक रणनीतिक प्रत्याक्रमणको दोस्रो योजना कार्यान्वयनका क्रममा मकवानपुर जिल्लाको पूर्वी ग्रामीण इलाकामा शाहीसेना जनदमनमा निस्केको थियो । ३ नं.डिभिजन केन्द्रित योजनाको तयारीमा रहेका बेला दुश्मन हाम्रो इलाका मकवानपुरको झुरझुरेमा शाही हत्यारो जत्थामाथि जनमुक्ति सेनाको तर्फबाट आक्रमण भयो । फस्ट एसल्टको भूमिका निर्वाह गरी लड्ने क्रममा उहाँले २०६२ माघ ८ गते उच्च शहादत प्राप्त गर्नुभयो । त्यहाँ उहाँलगायत २५ जना होनाहार योद्धाहरूको शहादत भएको थियो । उहाँको उच्चशहादत देश र जनताको मुक्तिका खातिर वर्गदुश्मनसँग लड्दा लड्दै भएको थियो । उहाँको महान् विचारलाई पछ्याउँदै क्रान्ति मार्गमा अविचलित भइ अगाडि बढ्नु नै उहाँलगायत सम्पूर्ण शहीदहरूप्रति सच्चा सम्मान हुनेछ । 

जीवन समस्या हो भने सङ्घर्ष त्यसको समाधान हो । परिवारिक समस्याहरूमा सङ्घर्ष गर्दागर्दै उहाँ वर्गीय मुक्ति सङ्घर्षमा हाम फाल्नुभएको थियो । क्रान्ति कुनै भोजभतेर होइन भन्नेमा उहाँ जानकार हुनुहुन्थ्यो । हामी बीचमा उहाँले सङ्घर्ष, मुक्ति, स्वतन्त्रका कुराहरू पनि प्रायः उठाइरहनुहुन्थ्यो । उहाँको अनुपस्थितिको पीडालाई आक्रोशमा व्यक्त गर्नुपरेको सङ्घर्ष सदैव स्मरणयोग्य भएको छ । एक्कासी आइपर्ने पीडाका तीव्र तरङ्गहरू सहज रूपले पचाउन निकै कठिन हुँदोरहेछ । उहाँको बिछोडले आज मुटु चिरा-चिरा भएको छ । तर सबै हृदयमा उहाँले जीवनमा गहिरो छाप छोडी जानुभएको छ । एउटा महान् योद्धाको भौतिक शरीर निस्तेज पारे पनि उहाँका विचारले हामी बाँचेकालाई मार्गदर्शन दिइरहेको छ । जसले आफ्नो जीवन शोषित, पीडित जनताका हितमा अर्पण गर्दछ, तिनै महान् शहीद क.कल्याणलगायत महान् जनक्रान्तिका क्रममा आफ्नो जीवन बलिदान गर्नुभएका हजारौं वीर शहीदहरूले देखाएको बाटोमा विजयको अन्तिम चरणसम्म क्रान्तिको सिपाही भएर जनताको दुश्मनप्रति लडिरहन सम्पूर्ण क्रान्तिकारी योद्धाहरूलाई आग्रह गर्दै वीर शहीद क.काशीनाथ लामिछानेको तेस्रो स्मृति दिवसका उपलक्ष्यमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । 

(लेखीका शहीद कल्याणकी छोरी हुन् । हाल वासु स्मृति ब्रिगेड, चैनपुर चितवन)

शहीद र बलरामहरू

खगेन्द्र संग्रौला

भूपी शेरचन बन्नुअघि नशा-धमनीमा तातो रगतको उत्ताल वेगबाट उत्पन्न आवेगको भाकामा भूपेन्द्रमान शेरचन ‘सर्वहारा‘ले रचेको कविताको यो एउटा जिउँदो अंश हो । यसको शक्तिको एउटा कथा म सम्झन्छु । कुरा निर्दलीय पञ्चायतकालको शाही हुकुमी राजको हो । उस वेला विद्यालयमा म अंग्रेजीको मास्टर थिएँ । एक दिन नेपालीका मास्टर विद्यालयमा गयल परे । प्रधानाध्यापकले मलाई नेपालीको गर्जो टार्न दस कक्षामा खटाए । किन हो थाहा छैन, विद्यार्थीहरूले मसँग भूपेन्द्रमान शेरचन ‘सर्वहारा‘को यही कविता पढाइमागे । तिनको छनोट मलाई मन पर्‍यो । मैले रैथाने पञ्च, प्रशाषक र जासुसहरूले नसुनून् भनेर सानो स्वरमा कविताको अर्थ खुलाएँ । तैपनि, एक कान, दुई कान, मैदान हुँदै मेरो स्वर तिनका कानमा पुगेछ । शाही प्रमुख जिल्ला अधिकारीले मलाई तिनको अड्डामा डाकेर ठिंगे लगाए । र, विद्यार्थीहरूलाई उत्तेजित गराउने गरी भूपीका कविताको विद्रोही व्याख्या किन गरिस् भनेर तिनले मलाई केरकार गरे । मैले भनेँ – यो कविता रचेको भूपीले हो, यो कविता पाठ्यपुस्तकमा राखेको सरकारले पत्याएका पण्डितहरूले हो । कवितामा जे छ, मैले त्यही मात्र व्याख्या गरेको हुँ । तातो कविताको चिसो व्याख्या गर्न मिल्दैन । बाँकी कुरा कि भूपीले भन्लान् कि यो कविता चयन गर्ने सरकारी पण्डितहरूले भन्लान् ।

मेरा कुरो सुनेर तामसी प्रजिअ बिलखबन्द परे । तिनले आइन्दा यसो नगर्नू भनेर संकेतको भाषामा ध्वाँस दिँदै मलाई फुकुवा गरे ।
विषयको बाना मिलाएर लोकका आँखा छल्न पञ्चायती पाठ्यपुस्तकमा भूपीको यो कविता राखिएको थियो । तर, यस कविताको साँचो अर्थ लगाउन भने मौन निषेधाज्ञा जारी गरिएको थियो । कारण स्पष्ट छ । देश बनोस् भनेर अन्याय-अत्याचारविरोधी संग्राममा म मारिँदै छु भन्ने जान्दा-जान्दै मरेर जाने सपूत शहीद हो । त्यस्तो शहीद परिवर्तनको प्रेरक हो । त्यस्तो शहीद साहसको प्रतीक हो । त्यस्तो शहीद त्यागको प्रतिमूर्ति हो । त्यस्तो शहीद उदात्त संस्कृतिको बीज हो । त्यसैले शहीद आततायी शासकको डरलाग्दो शत्रु हो । र नै, भूपेन्द्रमान-भूपीको उद्वेलनकारी कविताको बागी अर्थ खुलाउँदा निरंकुश शासनको जिल्ला चौकीदार डरले त्यसरी थुर्थुर काम्यो ।

हिजोदेखि आजसम्म शहीदको परिभाषा गर्ने काम राजनीतिका बलरामहरूले गर्दै आएका छन् । लोकगीतको बलराम खाँट्टी दूधमा पानी हालेर गर्नु गरिरहेछ । राजनीतिका बलरामहरू शहीदरूपी खाँट्टी दूधमा नक्कली सहिदरूपी पानी हालेर गर्नु गरिरहेका छन् । यो पञ्चायती हैकमदेखि चलिआएको संक्रामक सांस्कृतिक रोग हो । पञ्चायती राजमा शहीद दिवसको दिन प्रधानमन्त्री, मन्त्री र सरकारी हाकिमहरू मलामीको लर्कोजस्तो आवेग र उमंगविहीन जुलुसमा हल्लिँदै शहीदगेट पुग्थे । र, तिनले सैनिक सलामीसाथ शहीदलाई श्रद्धाञ्जली चढाउँथे । सन्तानब्बे सालमा शहादत प्राप्त गर्ने चार महान् सपूतका शिरमाथि ती सपूतको ज्यान लिने लिखतमा लालमोहरको छाप ठोक्ने राजा त्रिभुवनको सालिक थियो, जो अझै छँदै छ । जसरी भूपीको विद्रोही कविताको साँचो अर्थ खोल्न वर्जित थियो, त्यसैगरी सपूतका ज्यान लिने मतियार त्रिभुवनको सालिक शहीदगेटमा सबैभन्दा माथि किन छ भनेर प्रश्न सोध्न पनि वर्जित भयो । यसरी सच्चा शहीदका शिरमाथि शाही काइते शहीद थोपरेर पञ्चायती राजका राजनीतिक बलरामहरूले गर्नु गरेका थिए । 

शहीद को हो ? कोही कुन योग्यता र गुणले शहीद बन्छ ? यी प्रश्नहरू अनुत्तरित छन् । शासनको आसनमा बसेर हुकुमी शैलीमा जो पायो उसलाई शहीद घोषणा गर्ने हाम्रा राजनीतिक बलरामहरू यी प्रश्नको उत्तर दिने लेठो गर्दैनन् । त्यसको सट्टा ती सक्कली शहीदमा बलरामे शैलीमा नक्कलीलाई मिसाउने उही पञ्चायती पारालाई चुपचाप पछ्याइरहेका छन् । आखिर शहीद को हो ? कोही कुन योग्यता र गुणले शहीद बन्छ ? जो निजी लोभ, निजी लाभ, निजी भोग र निजी सुख-सयलभन्दा माथि उठेर लोकहितका लागि प्राण आहूति गर्छ, ऊ शहीद हो । जो आफ्नो महान् ध्येय, लक्ष्य वा आस्थाका निम्ति जस्तोसुकै यातना सहेर पनि राजीखुसीले मृत्यु वरण गर्छ, ऊ शहीद हो । हृदयको विशालता शहीदको अलंकार हो, लक्ष्यको उच्चता शहीदको आभा हो र शौर्यको विरल प्रदर्शन शहीदको प्रकाश हो ।

शहीदको महत्ता दुर्लभ हुनुमा छ । शहीदको प्रेरणादायी शक्ति विलक्षण हुनुमा छ । शहीदको महानता भय, यन्त्रणा र मृत्युमाथि विजयप्राप्त गर्नुमा छ । शहीदको गौरव आफ्नो सर्वस्व अरूलाई दिनुमा छ । शहीदको पहिचान आभा, ओज र गरिमाको असामान्य उचाइ निर्माण गर्नुमा छ । शहीदको अजेय शक्ति आत्मोत्सर्गको वेदीबाट जन्मिने झल्झलाकार प्रकाशमा छ । तब न शहीद !

कोही देशको अस्तित्व जोगाउन शहीद बन्छ । कोही जातिको संस्कृति बचाउन शहीद बन्छ । कोही स्वतन्त्रता प्राप्त गर्ने यज्ञमा चरु भएर होमिँदै शहीद बन्छ । कोही दासता, अन्याय, विभेद र वञ्चनालाई नाश गर्न शहीद बन्छ । 

युद्धमोर्चामा दोहोरो हानाहानमा मर्ने पात्र शहीद होइन । कारण त्यस शस्त्रधारीसँग शस्त्रधारीको बराबरीको खेल हो । सशस्त्र द्वन्द्वमा दुईतिरको चेपमा परेर मर्ने पात्र शहीद होइन । ऊ द्वन्द्वपीडित हो । आन्दोलनमा अन्जानवश हुलमुलमा परेर ज्यान गुमाउने पात्र शहीद होइन । सडक-दुर्घटनामा मर्ने पात्र शहीद होइन । शहीद त आस्थाले हुन्छ, संकल्पले हुन्छ, साहसले हुन्छ, निःशस्त्र अवस्थामा यातना र मृत्युका मुखेन्जी नलत्रीने दृढताले हुन्छ । तर, राजनीतिका हाम्रा बलरामहरू मुखियाले भिखारीलाई भिख बाँडेझैं शहीदको पदवी जथाभावी बाँडिरहेका छन् । सडक छेके पुग्छ । दुर्घटनामा परी मर्ने पनि शहीद घोषित भइहाल्छ । टायर बाले पुग्छ । ग्याङ-फाइटमा मर्ने पनि शहीद घोषित भइहाल्छ । दुई-चारवटा वाहन तोडफोड गरे पुग्छ । सन्धिसर्पनको झगडामा चोला उठ्ने पनि शहीद घोषित भइहाल्छ । यो शहीद बनाउने बलरामे काइदा हो । शहीदजस्तो अमूल्य अलंकारको यो घोर उपहास हो । 

गंगालाल र दशरथचन्द, शुक्रराज र धर्मभक्त शहीदको ओजन मनग्गे पुग्ने शहीद हुन् । यी सच्चा शहीद हुन् । यिनले जहानियाँ राणा शासनको शोषण र दोहनविरुद्ध हाकाहाकी जेहाद छेडे । यिनले लोककल्याणका निमित्त जीवनको बाजी थापे । आफ्नो कर्मको परिणति फाँसी हुनसक्ने कुरा यी चार सपूतलाई राम्रै थाहा थियो । यिनका लागि दासताभन्दा सहादत पि्रय बन्यो । गंगालाल र दशरथचन्दले घाँटीमा फाँसीको सुर्काने भिर्नुको सट्टा छातीमा ताता गोली दागिनुमा वीरता देखे । तिम्रो अन्तिम इच्छा के छ भनी सोधिँदा तिनले शानले जल्लादसँग आँखा जुधाएर ‘राणाशासनको अन्त्य‘ भने । फाँसीको डोरी हेर्दै शुक्रराजले हुंकार गरे – जुद्ध शमशेर आज मेरो प्राण लिन आतुर छ, तर मेरो आत्मा अमर रहनेछ । यस आत्माले राणासरकारको विनाश बादलपारिको आकाशबाट हेर्नेछ । उसो त धर्मभक्तको आत्मबलिदानको कथा पनि कम गौरवमय छैन । ती पहलमानलाई फाँसी चढाउँदा पहिलोपटक रूखको हाँगो भाँच्चियो । दोस्रोपटक डोरी छिन्यो । तिनले दारा किटेर त्यो चरम यातना सहे । ती लत्रिएनन् । ‘माफी पाऊँ‘ र मृत्युका बीचमा जम्मा एक हातको दूरी थियो । ‘माफी पाऊँ‘ भन्ने दुई शब्दले यी चार सपूतको ज्यान बच्थ्यो । तर, अत्याचारी शासकसामु शिर निहुराएर जीवनको भिख माग्नुभन्दा शिर ठाडो पारेर मृत्युलाई जित्नुमा नै यिनले जीवनको सार्थकता देखे । तब न शहीद !

दुर्गानन्द झाले निरंकुश राजा महेन्द्रलाई ताकेर बम पड्काए । यिनलाई गाथ-गादी ताकेको फत्तुर लाग्यो । मारिनु निश्चित थियो, तर हात उठाएर यी लत्रिएनन् । यिनका लागि जीवनभन्दा आस्था प्यारो लाग्यो । यिनको आस्था निरंकुश शाहीतन्त्रलाई मास्नु थियो । बर्बर शासनको अकल्पनीय यातनाले कृष्ण सेन ‘इच्छुक‘लाई गलाउन सकेन । कालकोठरीका छिद्रहरूबाट छिरेर बाहिर आएको कथा भन्छ – प्राण जाने वेलासम्म यिनले भनिरहे – ‘म माओवादीको जिम्मेवार कार्यकर्ता हुँ । मलाई त्यही हैसियतमा व्यवहार गर ।‘

यी सबै शहीद सशस्त्र सत्ताको क्रूर पन्जामा परेका निःशस्त्र नागरिक थिए । यिनको साहसिक शहादतले क्रूर सत्ताका शस्त्रास्त्रहरूलाई निस्तेज साबित गरिदियो । र, यिनको शहादतते बाँचीबर्ती रहेका मानिसका आत्मालाई ब्युँझायो र तिनलाई स्वतन्त्रताप्राप्तिको लडाइँमा अदम्य ऊर्जाको उपहार दियो ।
शहादत प्राप्त गर्नुअघि न्याययोद्धा कुनै आस्थाविशेषको वा दलविशेषको सदस्य हुन सक्छ । तर, शहादतको गौरवसँगै ऊ आस्था वा दलका सीमाहरू नाघेर राष्ट्रको आकाशमा उठ्छ । ऊ सबै आस्थाको साझा शहीद बन्छ । ऊ सबैका लागि प्रेरणाको स्रोत र प्रातःस्मरणीय विम्ब बन्छ । तब न शहीद !

 

 

3 responses to “विचार

  1. CooL

    डिसेम्बर 5, 2009 at 3:08 बिहान

    बबुरालाई प्रश्न
    शुक्रवार, 04 डिसेम्बर 2009 10:05 खगेन्द्र संग्रौला

    हेमन्तकालीन ठण्डीले काठमाडौँ खाल्डो चिसिँदो छ। तर, राष्ट्रपति रामवरण यादव भने तातिँदै छन्। शीतल निवासमा दर्शनभेट र बिन्तीभाउको तँछाडमछाड चलिरहेछ। राष्ट्रपति यादवका हजुरमा बिन्तीभाउ गरी निस्केका माओवादी अध्यक्ष प्रचण्डले प्रसन्न मुद्रामा भने – राजनीतिको गाँठो फुकाउन सघाउन राष्ट्रपति सकारात्मक रहेछन्। प्रधानमन्त्री माधवकुमार नेपालको चित्तमा चस्को पर्योा होला, कतै राष्ट्रपतिकहाँ धाएर मेरो गद्दी हडप्ने प्रचण्डको प्रपञ्च त होइन? र, अतिशय पीडादायी आशङ्का मेट्न गोधुली साँझपख उनी कुदेर पुगे शीतल निवास। तर, चिताएको बेचैन मनको शान्ति थियो, खनिन आइलाग्यो अरिंगालको गोलो। राष्ट्रपति अप्रसन्न मुद्रामा प्रस्तुत भए। कठोर अभिभावकले लद्दु बालकलाई प्रश्न गरेझैँ राष्ट्रपति यादवले प्रधानमन्त्री माधवमाथि झीरजस्ता प्रश्नको वर्षा गरे। विकल्प खोजेर माओवादीले गर्छु भनेको स्वायत्त गणराज्य घोषणालाई रोक्न यत्न किन नगरेको? बन्नुपर्ने संविधान जेठ १४ भित्र नबने परिस्थिति के हुने हो, थाहा छ? अनि सगरमाथा आधार शिविरमै मन्त्रीपरिषद्को बैठक बस्नु परेको किन? माधव बाबु! प्रधानमन्त्रीको प्राथमिकता आधार शिविरको बैठक हो कि शान्ति प्रक्रियाको पूर्णता र संविधान निर्माण? यी हुन्, राष्ट्रपतिका अनेकौँमध्येका केही प्रश्न।
    निकै चिन्तित र किञ्चित त्रु्कद्ध राष्ट्रपतिका प्रश्न नितान्त सान्दर्भिक थिए। तर, ती प्रश्न परे नितान्त असान्दर्भिक पात्रमाथि। माधवकुमार नेपाल योग्यता र लोकप्रियताको जगमाथि उभिएर प्रधानमन्त्री बनेकै होइनन्। ती राजनीतिक गतिरोधलाई नै गति दिन बलात् बनाइएका हुन्। राष्ट्रपति यादवबाट सोधनी भएका प्रश्न माधवबाबुको चिन्ता र चासोका विषय नै होइनन् भन्ने त तिनको छ महिनाको नौटङ्कीले देखाइसक्यो। प्रतिपक्षी माओवादीसँग संवाद गरी सहमति खोज्न न तिनले कहिल्यै चिन्ता गरे न त चेष्टा नै। कलहको सागरमा शान्ति प्रक्रिया डुबे डुबोस्, मेरो गद्दी डुब्नु हुँदैन। संविधान नबने नबनोस्, मेरो गद्दीको आयु छोटिनु हुँदैन। हामीले देखीजानेको माधवीय अटल मान्यता यही हो। माधवबाबुलाई प्रत्येक दिन सञ्चार माध्यममा अनुहार देखाउन केही न केही रोचक, रोमाञ्चक र सनसनीयुक्त अभिनय गर्नु छ। राजधानीमा टुरिस्ट बसमा सबार हुनुदेखि लिएर सगरमाथा शिविरमा बैठक बस्नु यस्तै अभिनय हुन्। माधवबाबुमा बालसुलभ जिज्ञासा प्रचूर मात्रामा छ। यी अन्तका रोमाञ्चक घटनाको अन्धनक्कल गर्न निकै नै जाँगरिला छन्। र नै माल्दिप्समा समुद्रमुनि मन्त्रीपरिषद्को बैठक बसेको सुनेर हौसिँदै सगरमाथाको काखमा मन्त्रीपरिषद्को बैठक बस्न दलबलसहित यिनको महँगो सवारी भएको हो। राष्ट्रपति यादवलाई सायद माधव गुरुका यी चरित्रगत विशेषताको जानकारी कम छ। त्यसैले त उनका असल प्रश्न कमसल पात्रमाथि परेर खेर गए।
    हिमाली जलवायुमाथि थोपरिएको विकारको उपचार गर्ने सन्देश संसारलाई दिन सगरमाथा शिविरमा बैठक गरिएको रे। सुन्दा कुरो मिठो लाग्छ। तर, जलवायुको विकारको उपचार गर्नुअघि राजनीतिक विकारको उपचार जरुरी छ। अनि मानसिक विकारको उपचार नगरी राजनीतिक विकारको उपचारै हुँदैन। पैसाको खोलो बगाएर हिमवत् खण्डमा बैठक बस्न हेलिकप्टरमा सबार माधव मण्डलीले गर्नुपर्ने काम त आफ्नो विचार र संस्कारमा ढुसी परेर बसेको मानसिक र राजनीतिक विकारको उपचार पो हो। फोहोर पानीले धोएर लुगा सुकिला हुँदैनन्।
    प्रधानमन्त्री माधव राष्ट्रपति यादवको विष्मयकारी कदमका अवैध सन्तान हुन्। त्यसैले उनी आफ्ना जनकछेउ भक्तिभाव टक््रयाउन र आशीर्वाद माग्न जानु स्वाभाविकै हो। तर, प्रतिपक्षी महलका माउ प्रचण्ड राष्ट्रपतिकहाँ धाउनु र राजनीतिक गतिरोधको गाँठो फुकाउन उनीसँग गुहार माग्नु आश्चर्यको कुरा हो। श्री यादव सजावटी राष्ट्रपति हुन्। पदीय सीमा र मर्यादाका दृष्टिले उनी विवादको आगो बल्ने कार्य गर्दैनन्। कटवाल पर्वमा जब गरे, उनी आफैँ विवादको क्लेशकारक भुंग्रोमा परे। र, नवजात राष्ट्रपतीय संस्थाको ओज र गरिमा धेरै नै धमिलियो। छ महिनादेखि राष्ट्रपति यादवको कदम नै महाविवाद र राजनीतिक गतिरोधको कारक बनेको छ। माधव सरकारले संसद्बाट विवाद टुङ्ग्याउन पहल गर्नुको सट्टा विवादको आगोमा घिउ थप्ने काम गर्दा माओवादी नरम सडक सङ्घर्ष हुँदै गरम सडक सङ्घर्षमा धकेलिएको छ। र, अहिले ऊ सत्ताशीनहरूलाई थर्काएर दबाब दिन स्वायत्त गणराज्यको घोषणा गर्ने जब्बर मूडमा छ। यो घोषणा गरिनै हालियो भने यसको सबैभन्दा ठूलो दबाब भोलि माओवादी स्वयंमाथि पर्नेछ। एकतर्फी ढङ्गले गणराज्यको रेखाङ्कन र नामाङ्कन गर्न आज जति सजिलो छ, भोलि सहमति प्राप्त गर्न त्यति नै असजिलो हुनेछ। गणराज्यहरूको घोषणा गर्दा आज उत्पीडित जनका नजरमा हाईहाई भइएला, तर घोषणा यथावत् लागू गर्न नसक्दा तिनले भोलि माओवादीलाई नै बाईबाई गर्ने सम्भावना प्रबल छ। यो घोषणाबाट राजनीतिक द्वन्द्वले झनै उग्ररूप लिने जोखिम त भनिरहनु परोइन। राष्ट्रपति यादवले आफ्ना प्रधानमन्त्री माधवलाई सोधेछन् – यो कदम रोक्न संवादमार्फत् सहमति किन नखोजेको? प्रश्न उत्तम हो। तर, फसाद के छ भने सहमतिको बाटोमा राष्ट्रपति यादव स्वयंको कदम काँडे तगारो भएर ठडिएको छ।
    पहिले राजतन्त्रीय प्रजातन्त्रका शासकहरू आफ्नो कुशासन र भ्रष्टाचारबाट उत्पन्न भएको राजनीतिको गाँठो फुकाइमाग्न राजाकहाँ धाउँथे। त्यसरी नै जसरी अहिले लोकतान्त्रिक गणतन्त्रका नेताहरू राष्ट्रपतिकहाँ धाउन थालेका छन्। राजा समस्याको गाँठो फुकाउने बहानामा शासनको बागडोर मुठ्याउन धारा एक सय सत्ताइसको बल्छी थापेर बस्थे। तर, राष्ट्रपति यादवका हातमा न धारा त्यस्तो बल्छी छ, न उनलाई राजनीतिक द्वन्द्वको हल खोज्न पहल गर्ने पदीय छूट नै छ। राजनीतिक नेताहरूलाई उनले दिनसक्ने अर्ती उपदेश हो, सरसल्लाह हो। हदै भए एकान्त कुनामा डाकेर माता पिताले बाटो बिराउने छोराछोरीलाई हप्काएझैँ हप्काउनु हो जसरी प्रश्नहरूका तीर ताकेर उनले पदप्रेमी प्रधानमन्त्री माधवलाई हप्काए।
    अचेल नेताश्रीहरू दिग्भ्रमित मुद्रामा राष्ट्रपतिकहाँ धाउँदाको दृश्यले हिजोको यस्तै दृश्यको याद दिलाउँछ। हिजो अठाह्र दल यसैगरी गुहार माग्न धाएका थिए। ठूलो नागरिक समाजका ठूला हस्तीहरू र बडेबडे वकिलहरु यसैगरी बिन्ती बिसाउन धाएका थिए। त्यो दर्शन र उक्साहटको अनिष्ट नतिजाले राजनीतिमा अहिले विग्रहको खाडल पैदा गरेको छ। फेरि धाएर, हात मल्दै ‘लौ न हजुर मद्दत पाऊँ’ भनेर सजावटी राष्ट्रपतिबाट के गराउन खोजिएको हो? कि त्यस्तै अर्को अनिष्टकारी घटना?
    दर्शनभेटमा राष्ट्रपतिले भने रे – दलहरूको सहमतिमा म बाधक बन्दिन। यो भनेको के हो? आखिर राष्ट्रपतिको कर्म नै त सहमतिमा बाधक बनेको छ। माओवादीको गणराज्य घोषणाको उद्घोषले राष्ट्रपति यादवलाई पिरोलेछ। यो यथार्थपरक पिरोलो हो। जेठ १४ भित्र संविधान नबन्ला कि भनी राष्ट्रपतिलाई चिन्ता लागेछ। यो राष्ट्रपतिको अभिभावकीय दायित्वबोधबाट उत्पन्न चिन्ता हो। साँच्ची नै यसो हो भने अकर्मण्य र मगनमस्त प्रधानमन्त्री माधवकुमार नेपालको सातो खानुको सट्टा आफ्नो कदमबाट पैदा भएको कलहलाई सुलहमा फेर्न स्वयं राष्ट्रपति यादवले उदारता, विनम्रता र दूरदर्शिता किन प्रदर्शन नगर्ने? उपाय सजिलो छ। भनिदिए हुन्छ – मैले जे गरेँ, अठाह्र दलको अनुनय विनय नकार्न नसकेर गरेँ। मैले जे गरेँ, उच्च नागरिकहरूको रोइकराइबाट पग्लिएर गरेँ। त्यो कर्मको जस मलाई चाहिएन, आइन्दा मलाई अपजस पनि नदिइयोस्। बस्, यति भनिदिए काम तमाम हुन्छ। सहमतिको बाटोमा ठडिएको काँडे तगारो पन्छिन्छ। गणराज्य उद्घोषको एकोहोरो मन्त्र बिसाएर माओवादी अलि शान्त मुद्रामा संविधानसभामा भित्रिन्छ। र, सहमतीय राजनीति पुनः गोरेटोमा फर्किन्छ। सरकार ढाल्ने र थाम्ने कुरो सरोकारवाला दलहरूकै जिम्मामा छाडिदिए भएकै छ। सिठ्ठा पिना निचोरेर तेल आउँदैन। बबुरा माधवबाबुलाई कठिन प्रश्न सोधेर के हातलागी हुन्छ?

     
  2. CooL

    जनवरी 2, 2010 at 2:51 बिहान

    प्रचण्डको आत्म-मन्थन
    शुक्रवार, 01 जनवरी 2010 12:48 खगेन्द्र संग्रौला

    मनोरचना, स्वभाव र शैलीका हिसाबले म कवि हुनुपर्ने हो। रुमानीपन र अराजकतामिश्रित विद्रोही कवि। तर, इतिहासको संयोग र नियमितताको योगले हुन पुगेँ म विद्रोही सेनाको प्रधानसेनापति र विद्रोही दलको अध्यक्ष। यो मेरो जीवनको दुरुह विरोधाभास हो। यही विरोधाभाससँग सम्झौता गर्दै जीवनको नाटकमा अनेक अभिनय गर्नु मेरो नियति बनेको छ।
    म सिंगो राज्य जितेर आफ्नो रोजाइको राज्यव्यवस्था, अर्थनीति र संस्कृति निर्माण गर्ने महायात्रामा हिँडेको थिएँ तर बाह्र बुँदे समझदारीमा अवतरण गर्न पुगेँ। यो बाह्र बुँदे न माओवादीको राजीखुसीको रोजाइ थियो न त संसदवादीहरूको नै। यो आआफ्नो शक्तिको सीमाद्वारा निर्धारित अरुचिकर मिलन थियो। यो मिलन दुई पक्षको आपसी घृणा र वाध्यात्मक प्रेमको विचित्रको लगनगाँठो थियो। माओवादी जनयुद्ध न हार न जितको अक्करमा अड्किएको थियो। संसदवादी दलका ललाट आफ्ना इष्टदेवरूपी राजाका बुटको प्रहारले कुच्चिएका थिए। हामी दुई थरीको यो विवशता एक भएर राजतन्त्ररूपी साझा शत्रुलाई मिल्काउने मतोमा परिणत भयो। महान् गुरु कार्ल मार्क्स भन्थे – मानिस आफ्नो नियतिको निर्माता आफैँ हो, तर परिस्थितिले तोकिदिएका सीमाभित्रमात्र। के लाग्छ, परिस्थितिको कठोर सीमाले मलाई अपवित्र गठबन्धन भन्न मिल्ने बाह्र बुँदे समझदारीद्वारा निर्मित संहिताको चौघेराभित्र स्थित गराइदियो।

    यतिखेर कुपमण्डुक दक्षिणपन्थीहरू बाह्र बुँदेतिर धारे हात लगाउँदै बृद्ध गिरिजाबाबुको सत्तोसराप गरिरहेका छन्। पश्चात्तापको भाकामा यी भन्दैछन् – गिरिजाले परचक्री माओवादीलाई शिरमा बोकेर आफ्नो छँदाखाँदाको दललाई धुलामा पछारे। माओवादीका बन्दुक नखोसी संविधानसभाको चुनावमा जानु महाभूल थियो भनेर पनि यी अलापविलाप गरिरहेका छन्। जीवनमरणको युद्धमा डटेका दुईथरी नेपालीलाई गिरिजाबाबुले अभिभावकीय दायित्व र स्नेहसाथ सहमति र सहकार्यको साझा चौतारीमा उभिन सघाएको महान् तथ्य यी रुन्चेहरु बुझ्दैनन्। सेना समायोजन-व्यवस्थापनको सर्त शक्ति सन्तुलनको वाध्यात्मक नतिजा थियो भन्ने कटु सत्य त यी रुन्चेहरू झनै बुझ्दैनन्। यी ती तत्वहरू हुन् जो गणतन्त्र र संघीयताले आफ्ना सनातनी अग्राधिकार हरण गर्लान् भन्ने भयले सदैव तिनका मुखर विरोधी रहिआएका छन्। रत्तिभर इतिहासबोध नभएका यी कुपमण्डुकका के कुरा गर्नु!

    आदर्श सिद्धान्तका आवरण भिरेका तर दक्षिणपन्थमा गिरेका अनेकथरी तत्व इतिहासको रथलाई उल्टो दिशातिर मोड्न एकगठ भइरहेका छन्। जो प्रतिक्रियामात्र गर्छन्, ती प्रतिक्रियावादी हुन्। शक्तिखोर र नयाँ वानेश्वरका मेरा भाषणमाथि यिनले गरेका प्रतिक्रियामा यिनको वैचारिक र नैतिक टाटपल्टाइ कति प्रस्ट छ! शक्तिखोरमा मैले विद्रोहको भट्टीमा दीक्षित तातो रगत र उच्च आवेग भएका लडाकुलाई मनोवैज्ञानिक तरिकाले शान्तिपूर्ण प्रतिस्पर्धाको राजनीतिक यात्रामा डोर्‍याउन कार्यनीतिक चातुर्ययुक्त उपचार गर्ने चेष्टा गरेको थिएँ। हामी हार्दै पो छौँ कि, हामी लक्ष्यबाट विचलित हुँदै पो छौँ कि, हाम्रो माओवादी नेतृत्व खाओवादी हुन लागेको पो हो कि भनी आशंकित र चिन्तित लडाकुको आशंका र चिन्ता हटाउन नाटकीय शब्दावलीमा केही भन्न म वाध्य भएको थिएँ। तर, प्रतिक्रियावादीले मेरो भाषणको टेप चोरेर, काटकुट गरेर, आफूलाई अनुकूल हुने अंश झिकेर, देशदेशावरमा बाँडेर हल्ला मच्चाए। म कल्पना गर्छुः दक्षिणपन्थीहरूले माओवादीविरुद्ध मनले र वचनले केमात्रै चिताएनन् होला र? नेतृत्वलाई पक्राउ गर्ने, लडाकु शिविरका हतियार कब्जामा लिने, उस्तै परे शिविरमाथि बमबाडी नै गर्ने…..। शक्तिखोरका के कुरा, त्यस्ता भाषण मैले अन्त पनि गरेको छु। प्रक्रियावादीलाई प्रतिक्रिया गर्नकै दुःख भए म ती भाषणका टेप टक्र्याउन सक्छु। टेप सुनून्, रोऊन्, कराऊन्, कोकोहोलो मच्चाऊन्!

    नयाँ वानेश्वरमा मैले स्वदेशी नोकरका विदेशी प्रभुहरूलाई न अनुमोदन गरेको थिएँ, न त हस्तक्षेप गर्न आमन्त्रण नै गरेको थिएँ। मैले त तीसँग राष्ट्रिय स्वाधीनता र सम्प्रभुतासम्बन्धी पाँच एजेन्डामा वार्ता गर्ने कुरा पो गरेका थिएँ। तर दक्षिणपन्थका बहुरंगी पथिकले वार्ताका एजेन्डाको उल्लेखै नगरी ‘प्रचण्डले विदेशी प्रभुहरूका पाउमा घुँडा टेक्यो, हस्तक्षेपलाई निम्त्यायो’ भन्ने आशयको हुइँया पिटे। माउ विषयलाई लुकाएर तपसिलको पुच्छर समात्दै हल्ला गर्नु पनि प्रतिक्रियावादकै एउटा संस्करण हो। र, यो झुर संस्करण हो।

    ‘माओवादी सच्चिएको छैन,’ ‘माओवादी सत्ता कब्जा गर्ने दाउमै छ’ -दक्षिणपन्थी जमातका दुईवटा प्रिय मन्त्र हुन् यी। तथ्य के हो भने माओवादी सत्ता कब्जाको निहुँ अघि सारेर दक्षिणपन्थीहरू आफैँ सत्ता कब्जाको तयारीमा लिप्त छन्। यिनलाई खाली भनेजस्तो निहुँको दुःख छ। माओवादीले सडकमा तोडफोड, हिंसा र विनाश लीला रचोस् र त्यही निहुँमा सत्ता कब्जा गरुँला भनेर यी भगवान्लाई पुकार्छन्। सडकमा लाखौँ मानिस जुट्छन्, तर यिनले हल्ला गर्न मिल्ने तहको उपध्रो हुँदैन। अनि यी तालु ठोक्छन् र सुस्केरा हाल्छन्। सडकमा बीस-पच्चीस हजार जनको राँके जुलुस निस्कन्छ। तैपनि चिताएजस्तो उत्पात केही हुँदैन। अनि यी फेरि तालु ठोक्छन् र फेरि सुस्केरा हाल्छन्। दीर्घकालीन संसद अवरोधलाई निहुँ बनाएर केही गर्न पाइएला कि भन्यो माओवादी बडो चतुर्‍याइँसाथ संसद खोलिदिन्छ। अनि यी फेरि पनि तालु ठोक्छन् र फेरि पनि सुस्केरा हाल्छन्।

    माओवादी चिरा पर्दैछ, माओवादीमा प्रचण्डको पकड खुकुलिँदैछ – यी हुन् यिनका अरू दुई प्रिय मन्त्र। यिनको अव्यक्त इच्छा त चिरियोस् र खुकुलियोस् भन्ने नै हो। यो माओवादीको विनाशमा आफ्नो अस्तित्वको निरन्तरता देख्ने मिथ्या सपना हो। हो, माओवादी जिउँदो दल हो। जिउँदो दलमा निश्चितैरूपमा विचारको घर्षण हुन्छ। कहिलेकाहीँ टेबुल ठोकाठोक पनि हुनसक्छ। केही कामरेडहरू यदाकदा अलि चर्को क्रान्तिकारिताको अभिनय गर्न रुचाउँछन्। अनि तीसँग उचाइ मिलाउन मैले पनि केही चर्को बोल्नुपर्ने हुन्छ। आफ्नै बारेमा केही भन्दा मैले अहंकार गरेजस्तो लाग्ला। तर, जडी कुरा के हो भने प्रचण्ड भनेको पर्वत हो र अरू कामरेड थुम्का हुन्। पर्वत चारै दिशाबाट देखिन्छ, थुम्काहरू एकातिरबाट मात्र देखिन्छन्। प्रचण्ड पर्वतको हैसियतमा छउन्जेल उसको पकड खुकुलिने कल्पना गर्नु हनुमान चालिसा जपेर भाग्य अजमाउन खोज्नुजस्तै बेतुक कुरा हो।
    मलाई लाग्छ, माओवादीको वास्तविक वा कल्पित खोटलाई उछाल्दै फौजी बलले सत्ता कब्जा गर्ने दक्षिणपन्थी दुराशयका पछिल्तिर दुई प्रमुख स्वार्थ छन्। एक, सेना समायोजन गर्न नदिनु। दुई, सविधान बन्न नदिनु। यी दुई कार्य पूरा हुँदा संघीय लोकतान्त्रिक गणतन्त्र संविधानमा संस्थागत हुन्छ र चुनाव आउँछ। चुनाव सम्झ्यो कि यिनलाई संविधानसभाको चुनावी नतिजाको भूतले तर्साउँछ। अनि चुनावी दुर्दशाबाट जोगिन र सत्ताको मह चाटिरहन यी तत्व भ्रष्टाचार, हतियार र दमनको शरण पर्छन्। सम्झँदा मलाई ताज्जुब लाग्छ, पहिले दिव्य बाह्र वर्षमा पनि त यिनीहरू भष्टाचार, हतियार र फौजी दमनको शरण परेकै हुन्। आखिर चुनावमा यिनको दुर्दशा हुनु त्यही कारणले जनताका नजरमा गिर्नुको नतिजा होइन र? अनि आइन्दा?

    जिब्रो अलि खुकुलो हुनु मेरो दुःख हो। हाम्रो माओवादी दलको दुःख आफ्नो सशक्त सञ्चार माध्यम र प्रभावकारी बुद्धिजीवी नहुनु हो। पदमा लुछाचुँडी गर्ने बुद्धिजीवीको कमी छैन। तर, आफ्नो दलका कथनी र करनीको प्रतिरक्षा गर्ने सुबोध्य भाषा र तर्कशीलता भएका जीवको भने ठूलै अनिकाल छ। जनसाधारणले लडेर, आत्मबलिदान गरेर जनमतको कच्चा पदार्थ बनाउँदो रहेछ। तर, त्यो कच्चा पदार्थलाई प्रशोधन गरी जनमतको मूर्त आकारमा ढाल्ने मिडिया रहेछ, बुद्धिजीवी रहेछ। माओवादीको कमजोर कडी यही हो। प्रतिक्रियावादीले मलाई रातोदिन हैरान पारेको पनि यही कमजोर कडीमा प्रहार गरेर न हो। अहो! यिनले मलाई कम्ती सताएका छन् र!

    अँ, कुरो फेरि दक्षिणपन्थकै। माधव सरकार त दक्षिणपन्थी कलाहीन नाटकको रिहर्सलमात्र हो। रंगमञ्चमा जब यो नाटकको मञ्चन हुन्छ, त्यहाँ केपी शर्मा ओली प्रधानमन्त्री, रुक्मांगद कटवाल रक्षामन्त्री र खुमबहादुर खड्का गृहमन्त्रीको अभिनयमा प्रस्तुत हुनेछन्। यो फौजी सरकार संविधानसभाको ढाड टेकेर उभिने छ। बस्, दक्षिणपन्थीद्वारा बुनिदै गरेको कुरूप योजनाको वास्तविक चित्र यही हो। जब यो गोप्य चित्र आँखामा पर्छ, म कुम र भुँडी हल्लाउँदै हाँस्छु। जनजनका संघीय सपनाको हत्या गर्ने यो चित्रले कसरी गरिखाला? माओवादीलाई यी दक्षिणपन्थी शूरवीरहरूले भौतिकरूपमै मासेछन् रे लौ। संविधानमा आफ्नो उज्यालो भाग्य लेख्न आतुर महिला, दलित, जनजाति, मधेश-तराईवासी र कर्णालीवाला मुखमा दही जमाएर, हात बाँधेर यिनलाई टुलुटुलु हेरिरहलान् र? मलाई डर छ, ती सबले यिनलाई चिमोटेर, मुक्क्याएर, लतारेर के के गर्नेछन्। भगवान श्री पशुपतिनाथले यिनको रक्षा गरुन्!

     
  3. ठाकुर मैनाली

    जनवरी 24, 2010 at 2:48 बिहान

    बिरालो बोक्नेहरुको प्रशंसामा

    शुक्रवार, 22 जनवरी 2010 11:57 खगेन्द्र संग्रौला

    तीसँग आँखा जुधाउँदै तिनको राजनीतिक प्रतिपक्ष ठिंग उभिएको थियो। क्यान्टोन्मेन्टमा उसको कम्ब्याट ड्रेसधारी फौज थियो। अहो, फौजसहित त्यो परचक्री त तिनका नजरमा भयंकर बाघजस्तो पो देखियो! अरे बाबा, झम्टिने पो हो कि! चिथोर्ने पो हो कि! बाघको के भर, ज्यानै जखम गर्ने पो हो कि! डरले तिनको हंस हल्लियो। भयमुक्त हुन ती बिरालाको शरण परे। जुध्नु छ बाघसँग, तिनले अबोध र निर्दोष प्रतीत हुने बालबिरालो कुममा बोके। बिरालाको औतारमा कुममा बोकिने पात्र थिए महामहिम राष्ट्रपति रामवरण यादव। भयकारी मनोविज्ञानबाट आक्रान्त दुःखीहरुले क्यान्टोन्मेटका कम्ब्याट ड्रेसबाट आफ्ना आतंकित दृष्टि सैनिक हेडक्वार्टरतिर सरक्क घुमाए। तिनले कुमबासी बिरालालाई आत्मरक्षाकारी कर्म आरम्भ गर्न हौस्याए। रामवरण गुरु परे समतल मधेसमा भैँसी चढेर हुर्किएका सोझा मान्छे, फस्ल्याङ-फुस्लुङ हुँदै ती हौसिए। तिनले चाले कालान्तरमा नागरिकका शिरमाथि सैनिक बुट टेकिन सक्ने अनिष्टसूचक कदम।

    नागरिक आन्दोलन नामक लुरे जमातका नाकमा बालबिरालाको कदमबाट आएको अनिष्टकारी गन्ध ह्वास्सै गनायो। हामी केहीले मुख खोल्यौँ – बिरालाको कदम गलत हो। यो नागरिकका शिरमा सेनालाई गिर खेलाउने प्रपञ्चको पुनरावृत्ति हो। सानो स्वरमा हामीले यसो भन्नु के थियो, बिरालो बोक्ने हस्तीहरु हामीसँग रिसले आगो भए। सञ्चार डबलीमा हामीमाथि तिनले जेहाद छेडे। सञ्चारमा तिनको दह्रो वर्चस्व थियो। देशदेशावरका शक्तिकेन्द्रहरुसम्म तिनको बेरोकटोक पहुँच थियो। तीसँग उदार दातृनिकायबाट हातलागी भएको पैसै नाथे त माटोसरि फालाफाल थियो। तीसँग आफूप्रति आज्ञाकारी लेखकहरुको जमात पनि लर्तरो थिएन। हामीमाथि तिनको धावा सम्झँदा अहिले मेरो आङ सिरिङ्ग हुन्छ। तिनले हामी तीन जनाविरुद्ध साम, दाम, दण्ड, भेद चारै अस्त्र प्रयोग गरे। तिनले राष्ट्रपतिको देवतातुल्य बिम्ब रचना गर्ने यत्न गर्दै कन्नुसम्म कने। हाम्रो दानवी विम्ब बनाउन तिनले आफ्नो प्रतिभा, विद्वता, चातुर्य र शिल्पको अन्तिम थोपोसमेत खर्च गरे। तिनको अभीष्ट थियो – बौद्धिक, आत्मिक र नैतिक तीनै दृष्टिबाट हामीलाई माटामा मिलाउनु। तर, बबुराहरुले सकेनन्। आखिरमा तिनले मेरैजस्तो सानो बुद्धि र मेरैजस्तो पुड्को देह भएका श्री कुलचन्द्र गौतमलाई पम्प भरेर मेरा विरुद्ध उफारे। पम्प जब खुकुलियो, भकुन्डो उफ्रिन छाड्यो। दुःखको कुरो, यो अमोघ अस्त्र पनि सिकार मार्न चुक्यो।
    बाग्मतीको पुलमुनि निकै पानी बगिसकेको छ। अहिले यो कुटिल नाटकको दृश्य फेरिएको छ। हामी नागरिक आन्दोलनका ज्ञानहीन, धनहीन र पहुँचविहीन नागरिक त्रयको चिन्ता जे थियो, त्यो सत्य साबित भएको छ। राष्ट्रपति कदमको बीउबाट उमि्रएको वृक्षमा विखालु फल लाग्न थालेको नाङ्गा आँखाले देख्न सकिन्छ। सैनिक नेृतृत्व सरकारको अरनखटनको ठाडै अवज्ञा गर्दाे छ। सर्वोच्च अदालतको आदेशलाई ऊ पैतालामुनि कुल्चिँदो छ। दृष्टान्तको लस्कर लाउनु पर्दैन, तोरणजङ्गबहादुर सिंह र निरञ्जन बस्नेतको मामिला सम्झे पुग्छ। बात लागेका यी फुलीधारी बाबुजीहरु दण्डहीनताको पुरस्कार पाएर सरकार र अदालतलाई ‘तेरा कुरा इस्’ भनिरहेका छन्। सरकार र अदालत नुन खाएका कुखुराझैँ निस्तेज र निरुपाय भएका छन्।

    रक्षामन्त्री भनिने विद्याकी गरिब विद्यादेवी भण्डारीको चर्तिकला त झन् बयान गरिनसक्नु छ। यो पनि प्रकारान्तरले उही कुमबासी बिरालाको कदमकै नतिजा हो। कार्यकारी अख्तियारको प्राधिकार बस्ने गद्दीमा माधवकुमार नेपाल बसेका छन्। तर, उनैको पार्टीकी विद्यादेवी उनलाई माखो बराबर गन्दिनन्। मानौँ सरकारको आसनमा विद्यादेवी भण्डारी स्वेच्छाचारी साम्राज्ञी हुन्, र माधवकुमार नेपाल हुन् उनका अख्तियारविहीन बिनाविभागीय मन्त्री। विद्या अटेरी सैनिक नेतृत्वको आज्ञाकारी प्रवक्ताको भूमिकामा छिन्। उनी आफ्नो मुखबाट भारतीय सेनानायक श्री दिपक कपुरको भाषा बोलिरहेकी छिन्। उनलाई शान्ति होइन युद्धको मोह छ। उनलाई सुलह र सामाजिक न्याय होइन कलह र अन्याय प्रिय छ। प्रधानमन्त्री भनिने माधव न विद्याको जिब्रोलाई अदपमा राख्न सक्छन्, न सरकारमा पनि म हरुवा नै ठहरिएँ भनेर कुर्सीबाट ओझेल पर्न चाहन्छन्। नागरिक सरकारमाथि सैनिक वर्चस्वको ग्रहण लाग्दैछ, र अदालतमाथि सैनिक तरबार हल्लिरहेछ। सरकार नाउँको जम्बोरी मानौँ खान, खान र फेरि पनि खानमै मग्न छ।

    बिरालो कुममा बोकेर बाघविरुद्ध आत्मरक्षाको रणनीति कोरल्नेहरु बिरालाको बदलिँदो मुद्रा, भंगिमा र चहलपहल देखेर अहिले जिल्लिएका छन्। तिनले पहिले कुमबासी बिरालालाई मुसारे, चुमे र तर खुवाए। बिरालो बढ्दै, छिप्पिँदै र आक्रामक हुँदै गयो। त्यसले शनैःशनै आफ्नो हिंस्रक स्वभाव देखाउन थाल्यो। कुमका स्वामीलाई जब त्यसले नंग्राले कोतर्‍यो, स्वामीजी झस्के। बिल्लीको स्वरुपमा बोकिएका महामहिम रामवरण यादवका पछिल्ला वचनहरुमा असोजतन्त्रका ज्ञानेन्द्र शाहका वचनको गन्ध आइरहेछ। ज्ञानेन्द्र माघ १९ को दाउ पर्खाइमा थिए, वचनको अर्थ बु‰दा लाग्छ, रामवरण जेठ १४ को दाउ पर्खाइमा छन्। कथित संविधानविद्हरु मानौँ यिनलाई भ्रान्तिकारी सपना कृपा गर्न तल्लीन छन्।

    कुरो गजप छ, बिरालो बोक्ने ज्ञानीहरु अहिले पहिले नागरिक आन्दोलनका हामी लुरेहरुले बोलेको भाषा चोर्न थालेका छन्। जब यो चोरी कर्म देख्छु, यी दुखियाहरुको स्वनिर्मित दुर्दशा सम्झेर म द्रवित हुन्छु। पहिले आफूले बोकेका बिरालाका कर्मको बचाउ गर्दै जो हामी लुरेहरुमाथि धावा बोल्थे, अहिले ती आफ्नै परम्पूज्य बिरालासँग ‘संयम’, ‘धैर्य’ र ‘शान्ति’को याचना गरिरहेका छन्। यिनको यो दुःखमा ‘फोहोर गरिसकेपछि दैलो देख्यो’ भन्ने उखान मुसुक्क हाँसेको म देख्छु। बिरालो बिरालै हो, आफूलाई बोक्ने र ढोग्नेलाई त्यसले कोपर्दैन भन्ठान्नु मूर्खता हो। पहिले ज्ञानेन्द्ररुपी बिरालालाई बोक्नेहरुको दुःखबाट यी दुःखीहरुले केही नसिकेको देख्दा मलाई दुःख लाग्छ।

    बिल्लीबाहकहरुबाट पीडित नागरिक आन्दोलनका हामी अकिञ्चन जनहरु यिनप्रति कृतकृत्य छौँ। बिरालालाई ‘संयमित’ र ‘मर्यादित’ बनाइ ‘नियन्त्रित’ गर्ने जिम्मा अब यिनै बिल्लीबाहकहरुका काँधमा सरेको छ। इष्टदेवरुपी बिल्ली तिनैको, कुममा बोकेको तिनैले, रमिता हेर्दै उफारेको तिनैले, आक्रामक बन्न उक्साएको तिनैले, अब त्यसलाई अदपमा राख्ने जिम्मा पनि तिनैको। नागरिक आन्दोलनका हामी अनाम नागरिकहरुलाई क्या हाइसञ्चो † तिमीहरुको प्रिय बिरालो तिमीहरु नै सम्हाल। तिमीहरुको गुणगान गर्दै हामी अब अलि दिन विश्राम गर्छौँ।

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: