RSS

चिन्तन

नालायक सरकार र राष्ट्रियताको सवाल   

“नामर्दकी जोई कुनापसी रोई” भन्ने उखान आजकाल नेपाली जनतामा प्रष्टरुपमा लागू हुन थालेको देखिएको छ । जननिर्वाचीत प्रतिनीधिहरुको सरकारलाई अपदस्त गरि संविधानसभा निर्वाचनमा नराम्ररी पराजय व्यहोरेकाहरुको जमात अव विदेशी प्रभुहरुको छत्रछायांमा वसेर सत्ताको लुछाचुंडी गरिरहेका छन्, नेपाली जनताका रगत र पसिनाको मीठो रसास्वादन गर्नमा रमाईरहेका छन् भने “प्रभु”का पाल्तुले यिनीहरुको प्रत्यक्ष रेखदेख गरिराखेको त कुनै नेपालीको आंखावाट छिपेको छैन । अहिले जनसंविधानको खेति गोडमेल गरि फस्टाउनुपर्ने वेला मेहनती किसानहरुलाई पाखा लगाएर वुख्यांचाहरुलाई फसल कुर्न राखिएको अवस्था हो । हावाको गतिसंगै वुख्यांचाहरु दायांवायां हल्लिदै छन्, चिल आयो भनेर कुखुरा चोर्न पल्केका धुर्त स्यालहरु यहि वुख्यांचालाई देखाएर गांउभरि फसलको राम्रो गोडमेल र रेखदेख भईरहेको हल्ला पिटाईराखेका छन् भने पुतली मानवले गोडमेल गरेर फसल भित्र्याउला र खाउंला भनेर पर्खिराखेका छौं हामी । यसरि विवेकलाई छाडेर शुन्यतीर दौडिन वाध्य पारिएका हामी नेपाली जनताहरु आफ्नै भित्रीवारीमा परचक्रीले दाईं गरिरहदा चुपचाप सहनुपर्ने कति निरीह भएका छौं ? 

शाहीकालमा सत्ताको लागी राजाको पाउमा दाम चढाएर ढोग्दापनि नपत्याईएका र निर्वाचनमा पनि जनतावाट गलहत्याईएकाहरु अहिले राष्ट्रिय अस्मिता सुम्पिदिदा “प्रभु” दाहिना भएपछि राज्यको हर्ताकर्ता भएका छन्, यही वेला सिमा क्षेत्रका नेपालीहरु सुकुम्वासी वन्ने र विहारी सुकुम्वासीहरु नेपाली भुमीमा हुकुम्वासी वन्ने क्रमले तिव्रता पाउदैछ । तर सिंगो नेपाललाई नै भारतीय भुमी संझने नयां लेण्डुप दोर्जेहरुलाई कुनै जनता विस्थापीत भएकोमा चासो छैन, सिमा मिचिएको महशुश भएको छैन, लाज पचाएरै उनिहरुले नेपाली भुमी नमिचिएको दावी गरिरहेको देख्दा कुन स्वाभिमानी र राष्ट्रभक्त नेपालीको मन नकुंडिएला ?

हालै प्रमुख निर्वाचन आयुक्तले राजिनामा दिए, यसप्रति कतिको ध्यान पुगेको छैन त कतिले आ आफ्नै विश्लेषण गर्दै होलान् तर जुन देशमा जनतावाट वहिष्कृतहरुले सत्ता चलाउंछन्, जनमतको खिल्लि उडाईन्छ भने त्यहां चुनावको कुनै महत्व रहदैन । जव निर्वाचनको कुनै महत्व रहदैन भने निर्वाचन आयोग वा निर्वाचन आयुक्तको के अर्थ रहन्छ र ? जसरि नागरिक सर्वोच्चताको उपहास हुंदा तात्कालीन प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिनुभयो, त्यसरि नै निर्वाचन आयोगको अवमुल्यन हुंदा निर्वाचन आयुक्तले राजीनामा दिनुभएको छ । स्वाभीमान, अस्तित्व र हैसियत विर्सेर पदमात्र ओगटि वस्नुलाई नै महानता ठान्नेहरुका लागी यो राजीनामा एउटा राम्रो शिक्षा हो भने जनतावाट तिरस्कृत भएकाहरुलाई भेला पारेर वनाईएको कठपुतली सरकारसामु नैतिकताको चुनौती पनि हो ।

विकसित पछिल्ला घटनाक्रमहरुलाई नियालेर हेर्दा मुलुकको संक्रमण झन् झन् जटिलता तर्फ लम्किरहेको देखिन्छ । विस्तृत शान्ति संझौता र वाह्रवुंदे समझदारी रद्दिको टोकरिमा मिल्किसके, जनताको गणतन्त्रलाई जवरजस्ति सैन्यवादी गणतन्त्रतर्फ घिसारिदैछ, हत्या, हिंसा, अराजकता र विदेशी दवदवा थेग्न नसकिने गरि वढिरहेको छ तर वर्तमान सत्ता साझेदारहरुलाई यसको कुनै चिन्ता देखिदैन वरु उनिहरु यसैलाई लोकतान्त्रिक गणतन्त्र भन्दै जनतामा भ्रम छरेर सत्ताको अंशवण्डामा तंछाड मछाड गरिरहेका छन् । यसवाट उनिहरु शान्तिप्रति निष्ठावान् र राज्य तथा जनताप्रति कतिसम्म उत्तरदायी छन् भन्ने प्रष्ट भइसकेको छ भने उनिहरुको लक्ष्यपनि यसतर्फ उन्मुख देखिदैन ।

मुलुक यतिखेर राष्ट्रियता र परिवर्तनको पक्षमा अग्रगामी परिवर्तन चाहनेहरु तथा यथास्थितिवाद र राष्ट्रिय आत्मसमर्पणवाद मार्फत मुलुकलाई सिक्किमीकरण गर्ने अभियानमा लाग्नेहरु विचको तीव्र धुविकरणको प्रकृयामा पुगेको छ । यस्तो अवस्थामा विदेशी हस्तक्षेपवाट मुलुकको अस्तित्व जोगाउदै नागरिक सर्वोच्चता कायम राख्ने हो वा विदेशीको गुलामी स्विकारेर वस्ने भन्ने सवाल गम्भिर ढंगवाट उठेको छ ।  यदि हामीमा अलिकतीपनि देशप्रेम र राष्ट्रियताको भावना जागृत छ भने, राष्ट्रिय स्वाभीमानको कुनै अंशमात्र वांकी छ भने अन्य सवै मतभेद विर्सेर जनताको सार्वभौमीकता र नागरिक सर्वोच्चता फिर्ता गर्न फेरि अर्को जनआन्दोलनमार्फत अन्तिम युद्ध लड्नुको विकल्प छैन ।

उर्जा संकटमा स्वतन्त्र पत्रकारिताको भुमिका        

 …..भरत चिन्तन

आर्थिक मन्दिका कारण विश्ववजारनै संकटग्रष्त वनेका वेला त्यसको प्रभाववाट प्रत्यक्ष रुपमा अछुतो रहेपनि विद्युतिय संकटका कारण मुलुकमा अव चौतफिर् मन्दि देखिएको छ । सामान्य जनजिवनदेखि उद्योगधन्दा कलकारखाना मात्र होईन अत्यावश्यक सेवाका क्षेत्रसमेत अवरुद्ध भएका छन् । जलश्रोतको दोश्रो धनि देशमा विद्युतीय संकट आउनु अनौठो लागेपनि नेपाली जनताका लागीभने यो नौलो घटना होईन,विगतकै घटनाक्रमको क्रमिक विकास र पुनरावृत्तिमात्र हो । संकटले यस्तो विकराल रुप लिन्छ भन्ने ज्ञान सामान्य जनतामा नभएपनि सम्वन्धित क्षेत्रका विज्ञहरुले त पहिलेनै महशुष गरेकै हो । ठुला भनिएका सञ्चारगृहहरुले मौकाको फाईदा उठाउदै सरकारको उछित्तो काढ्ने अवसरको रुपमा आफ्नो व्यवसायिक उत्साह र चतुरता देखाएकाले जनतामा यो सरकार साच्चै नालायक नै हो कि भन्ने आशंका पैदा हुनु स्वाभाविक पनि हो । माओवादीले सरकारको नेतृत्व लिनासाथ उर्जासंकट आईलाग्यो, उर्जा व्यवस्थापन गर्न सकेन, उद्योगधन्दा वन्द गराउने र जनतामाथि अनावश्यक भारमात्र थोपर्‍यो भन्नेजस्ता हल्ला चलाएर मुठ्ठभिर दलाल र सरकारविरोधि तत्वहरुको सेवमा समर्पित हुने सञ्चारमाध्यमहरुले यो संकटको परिस्थिति कसरि श्रृजना भयो र यसले किन यस्तो विकराल रुप लिदैछ, यसलाई समाधानका उपायहरु के के हुनसक्छन् भन्नेतर्फ वहस नचलाउनुलाई पत्रकारिता क्षेत्रकै विडम्वनाको रुपमा लिन सकिन्छ ।

दुर्गम ग्रामीण क्षेत्रका जनताले संधैभरि उर्जा संकट भोग्दै आएपनि शहरमा भने यसको कुनै परवाह थिएन तर अहिले गाउ मात्र होईन शहरपनि अन्धकारमय भएपछि उर्जा संकट वहसको विषय भएको छ । समस्या आउनुपूर्व वास्ता नगर्ने र समस्यामा परेपछिमात्र कुरा उठाउने आम नेपाली परिपाटि हो । अहिले विद्युतीय संकटको घोषणा हुनु र दैनिक १६ घण्टा विद्युत कटौति हुनुले सर्वसाधारण जनतामा नैराश्यता र सरकारमाथि प्रश्नवाचक चिन्ह त तेर्सिएकै होला तर यो एक्कासी भएको भने होईन । वास्तविकतालाई जनतासामु पुर्‍याउने र समाधानको लागि सकारात्मक पहल गर्ने जिम्मेवारी सरकार एक्लैवाट संभव हुदैन । यस कार्यमा सम्पूर्ण सचेत नागरीक र विशेषगरि जनमुखी सञ्चारमाध्यमहरुको गहन भुमिका रहन्छ ।  विगतका सरकारले गाउ गाउसम्म विजुलीका खम्वा गाडिदिए, तारपनि टागिदिए, परियोजनाका नाममा करोडौं घोटाला गरे तर दोषजति जनयुद्धका नाममा थोपरिदिए, जनताले सुईकोसम्म पाएनन् । विद्युतको माग वढिरहेको छ, नया उत्पादन हुन सकिरहेको छैन र चोरिपनि रोकिएको छैन । यस्तो स्थितिमा सेवा कसरी सुचारु हुन सक्छ र ? विद्युत प्राधिकरणमा केहि उच्चपदस्थ पुराना कर्मचारिहरुमा जरो गाडेर वसेको कमिशनमुखि प्रवृत्तिका कारण वियतमा पनि काम गरिरहेका  विद्युतीय टर्वाईनहरुलाई वन्द गराई महंगो ल्पान्ट खरिद गर्ने प्रयास भएको थियो, अर्काथरीलाई ईन्भर्टरको व्यापारवाट फाईदा लुट्ने अवसर चाहिएको छ । अहिले फेरि एकपटक थर्मल ल्पान्टकै चर्चा चलिरहेको छ । कतै संक्रमणकालको फाईदा उठाउदै कमिशनको खेलमा ति पुरानै कर्मचारिहरु विच मिलेमतो त भईरहेको छैन ? सरकारलाई अनावश्यकरुपमा चौतफिर् दवाव श्रृजना गराई आफ्नो स्वार्थपूर्तिमा लाग्ने माफियातन्त्र अहिले निकै सल्वलाईरहेको छ । यसवारे खोजपत्रकारिताले स्वतन्त्ररुपमा पर्याप्त अनुसन्धान गर्न सकिरहेको छैन । सरकारका कुन मन्त्रिले कति भत्ता खान्छन्, कतिवटा गाडि चढ्छन् वा कति मुल्यको कपडा लगाउदछन् जस्ता अनुसन्धानमै नेपाली खोजपत्रकारिता सिमित भईरहेको त छैन ? समाजका विकृतिहरु केलाउनु र जनतासामु उजागर गराईदिनु पत्रकारिताको धर्म हो तर यस्तो संकटको घडिमा पुराना परियोजनाहरुले किन पुर्ण क्षमतामा काम गर्न सकिरहेका छैनन्, कर्मचारितन्त्र र जलमाफियाहरुविच कमिशनको लहरो कसरि जेलिदैछ ? आदि विषयमा वास्तविकताको पर्दाफास गर्न सक्ने पत्रमार नेपालमा जन्मिएकै छैनन् त ? वा मुलधारका समस्यालाई पन्छाएर किनारे छालहरु उराल्नुमै नेपाली पत्रकारिता अल्मलिईरहेको त छैन ? भन्ने प्रश्न अहिले पेचिलो वनेर खडा भएको छ ।

शहरि उर्जासंकटको समाधानमा नया वनाउनुका साथै भएका परियोजनालाई पूर्ण क्षमतामा सञ्चालन गराउनु पनि अर्को प्रमुख उपाय हुन आउछ । जव हामी हाम्रा भएका योजनाहरुनै राम्रोसंग व्यवस्थापन गरेर चलाउन सक्दैनौं भने नयामात्र वनाउनुको कुनै अर्थ रहदैन । तसर्थ सरकारको ध्यान यसतर्फपनि केन्दि्रत हुनुपर्दछ । विद्युत चोरिले मुलुकमा विकराल रुप लिईसकेको छ । यसको नियन्त्रण सरकार एक्लैले गर्नसक्ने कुरापनि भएन समाजमा सन्देशवाहकको भुमिका निर्वाह गर्ने कार्य सञ्चार जगतकै हो । परियोजनाहरुको अनुगमन र निर्माणमा सामुदायिक सहभागिता अभिवृद्धि नभएसम्म विद्युत क्षेत्रले यो दर्दनाक पीडावाट मुक्ति पाउने छैन । जनतामा सचेतना र सरकारलाई जनचावना अनुरुपको मार्गदर्शन गर्ने कर्तव्यपनि सञ्चार क्षेत्रकै हो । नकारात्मक पाटोलाई उराल्नुमात्र पत्रकारिता होईन भन्नेकुरा हामि सवैले वुझ्नु जरुरी छ ।

नेपालको भौगोलिक अवस्थितिका कारणपनि सम्पुर्ण ग्रामिण क्षेत्रसम्म विजुली पुर्‍याउनु तत्काल संभव हुदैन तसर्थ सरकारले ग्रामीण क्षेत्रमा नविकरणीय उर्जालाई वैकल्पिक श्रोतको रुपमा अनुदान दिनुपर्दछ । विगतका सरकारकै पुनरावृत्तिको रुपमा शहरमुखि भएर यो सरकारले काम गर्नेछैन भन्ने आशा सम्पुर्ण जनताले राखेका छन् । कतिपय अवस्थामा नविकरणीय उर्जासमेत सामान्य जनताको पहुचभन्दा वाहिर भएका उदाहरणपनि हामिसामु छन् । यस्तो अवस्थामा दाउरा वा मट्टतिेल नै उर्जाको श्रोत रहेको छ । वाटोघाटोको असुविधा र चर्को ढुवानिभाडाका कारण निम्न आयस्तरका जनताहरुलाई सरकारि अनुदानले कुनै राहत पुगेको देखिदैन । यसकोलागि ढुवानिमा अनुदान भरपर्दो विकल्प हुन सक्दछ । अमलेखगञ्जका जनताले पाउने मुल्यमा हुम्ला जुम्ला वा मुगुका जनताले पेट्रोलियम पदार्थ किन्न पाउनुपर्दछ । निश्चित व्यापारिक स्वर्थका व्यवसायी वाहेक अन्य कसैलाई यसले घाटा पुग्ने छैन । यस्तो अवस्थामा व्यक्तिगत स्वार्थ र अधिकारको मात्र खोजि गर्ने तर राष्ट्र र जनताप्रतिको आफ्नो दायित्व पुरा गर्न नचाहने सामाजिक कुतत्वहरुलाई समाजसामु नंग्याउने कार्य स्वतन्त्र पत्रकारितालेमात्र गर्न सक्दछ । सरकारको विरोध गर्नुमात्र पत्रकारिता होईन, सरकारलाई रचनात्मक सुझाव र सहयोग तथा सकारात्मक दवाव सिर्जना गराउनुनै वास्तविक पत्रकारिता हो भन्ने कुरापनि हामिले भुल्नु हुदैन ।

पत्रकारहरु स्वतन्त्र हुनुपर्दछ । डर त्रास र पराधीन मानसिकताले पत्रकारिता गर्दैन । हामिकहा विदेशिको सामरीक स्वार्थ, राजनैतिक दलहरुको सत्ता स्वार्थ तथा माफियातन्त्रको पुजिगत स्वार्थविच पत्रकारिता फस्टाउदैछ । सुकुम्वासिले जग्गा कव्जा गर्दा कोकोहोलो मच्चाउने पत्रकारिता भारतले नेपाली भुमि कव्जा गर्दा मौनता साध्छ भने त्यसलाई कस्तो राष्ट्रवाद भन्ने ? यिनै प्रवृत्तिका कारण नेपाली जनताले राष्ट्रिय भावनाले ओतप्रोत पत्रकारिताको अनुभव गर्न सकेका छैनन् । यस्ता प्रवृत्तिगत विकृति नसुध्रेसम्म पत्रकारिताको वदनाम भईनै रहन्छ । स्वतन्त्र पत्रकारिता हात्तिको देखाउने दातजस्तो वा मागिखाने भाडोको रुपमा परिभाषीत नहोस । अन्यथा स्वतन्त्र पत्रकारिताको नारा जतीसुकै फलाकेपनि जनतासामु भने त्यो सधैं प्रभावहीन नै रहन्छ । यसतर्फ सम्वन्धित सम्पुर्ण व्यक्ति तथा निकायहरु र विशेषगरि पत्रकार आन्दोलनको नेतृत्व गरिरहेको नेपाल पत्रकार महासंघले गम्भिरतापुर्वक सोचनुपर्ने देखिन्छ ।  

सन्दर्भ शहिद दिबसः सम्झना शहिदहरुमा              

– भरत ढकाल

समय गतिशील छ, परिवर्तनशील छ । कुनैपनि वस्तुले आफ्नो अस्तित्व रक्षाकोलागी समयकै गति अनुसार आफुलाई पनि परिवर्तन गर्नु जरुरी छ । समयको गतिमा चल्न नसक्नेहरु स्वतः पछाडि धकेलिदै जान्छन् र नयां गतिमा अघि बढ्नेहरुवाट क्रमशः विस्थापित हुदै जान्छन् । कुनै पनि वस्तुको उत्पत्ति, विकास र अन्त्य निश्चित छ तर त्यसको अन्त्य भएको मानिदैन जसले आफुलाई निरन्तर परिवर्तन गरिरहन्छ र आवश्यकता अनुसार रुप,आकारप्रकार र स्वाभाव समेतको विकास गर्दै आफुलाई गतिशिलरुपमा अगाडि लैजान सक्षम हुन्छ । यसै परिवर्तनको सिलसिलामा नेपाल अहिले हिन्दु अधिराज्यबाट धर्म निरपेक्ष र संघिय गणतन्त्रात्मक राज्यमा परिवर्तन भएको छ । अर्को अर्थमा भन्नुपर्दा अव यहांको राज्यव्यवस्था जड हिन्दुवादी र शाही पुजन शैलिमा नभई संवैधानिक र कानुनी मान्यताको आधारमा संघिय ढांचावाट संचालन हुनेछ । वास्तवमा कुनैपनि व्यवस्था आफैमा खराब हुदैन, त्यसलाई प्रयोग र संचालन गर्नेहरुले कुन ढंगवाट त्यसको उपयोग गर्दछन् सोहि आधारमा त्यसको सफलता असफलताको निर्धारण हुन्छ । व्यवस्थाको गलत विश्लेषण गरेर क्षणिक लाभ उठाउनेहरुकैकारण इतिहासमा व्यवस्था परिवर्तनका ठुला ठुला मोडहरु देखापर्दछन् । तर परिवर्तनको क्रममा कुनैपनि व्यवस्थाले पुरानोलाई पूर्णतयाः निषेध गरेर जान सक्दैन । पुरानोको गहन अध्ययन र विश्लेषणपछि जनताको आवश्यकता र तात्कालिन परिवेश अनुसार नयां ढंगवाट विकास गरेपछि अर्को व्यवस्था जन्मन्छ । यसरि हरेक नयां व्यवस्था निर्माणको चरण पुरानोवाटै शुरु हुन्छ । मुलुक अहिले परिवर्तनको संघारमा छ । यहां हामीलाई आमुल परिवर्तनको खांचो छ, जसको शुरुवात संविधानसभाको पहिलो वैठकवाट भएको छ ।

आफुलाई विश्वकै एकमात्र हिन्दुराजाको रुपमा चिनाउने नेपाली राजसंस्था अब रहेन । यसलाई बचाउन केहि स्वदेशी दलाल तथा विदेशी शक्तिकेन्द्रहरुले अन्तिम अवस्थासम्म पनि कोकोहोलो मच्चाइरहेका थिय र अझै पनि विभिन्न षडयन्त्रका तानावानाहरु वुन्दैछन् । यो स्विकार्य छ कि हिन्दर्ुधर्म संसारमै सवैभन्दा पुरानो धर्म हो र नेपालमा हिन्दुधर्मावलम्विहरुको वाहुल्यता छ । तर यसको अर्थ यो हुदैनकि यहि आधारमा हिन्दुराज्य र हिन्दुराजाको आवश्यकता छ । हिन्दर्ुधर्म र हिन्दु राजा राख्नर्ुपर्छ भनि तर्क गर्नेहरुले सर्वप्रथम हिन्दुराजाको अवधारणा धर्मकै कुन सिद्धान्तअनुसार सहि छ भन्नेवारे प्रष्ट पार्नु सक्नर्ुपर्छ । वेद हिन्दुहरुको प्रमुख ग्रन्थ हो, जसलाई पवित्र ग्रन्थ मानिन्छ । छन्दात्मक शैलिमा लेखिएको यो ग्रन्थ विश्वमै सवैभन्दा प्राचिन र उच्च सभ्यताको झल्को दिने काव्य हो भनि पश्चिमा गैरहिन्दुहरुले समेत स्विकार  गरेका छन् । तर वेदले व्याख्या गरेको व्यवस्था र नेपालको शाही शाषकिय संरचनामा कहिं कतै सामञ्जस्यता भेटिदैन वरु धर्मको नाममा केवल सत्य र विज्ञानको खिल्लि उडाउने काममात्र भएको छ । वेदमा राजा शव्दको प्रयोग त भएको छ तर त्यसको अर्थ विस्तृत र व्यापक छ संकिर्ण्र्ााारिवारिक घेराभित्र राजा शव्दको प्रतिनिधित्व खोज्नु केवल मुर्खतासिवाय केहि हुदैन । वेदले व्याख्या गरेको राजा कस्तो छ त – एउटा उदाहरण हेरौं –
भतो भूतेषु पय आदधाति स भूतानामधिपतिर्वभूव
तस्य मृत्यूश्चरति राजसूयं स राजा राज्यमनु मान्यतामिदम् ।।अथर्वः४।८।१ ।।
      जो समस्त जनतामा दुग्धादी पोषणतत्वको व्यवस्था मिलाउन सक्छ, अवसरहरुको श्रृजना गराउन सक्षम छ, जनहितकोलागि आफ्नो प्राण उत्सर्ग गर्नपनि पछि हछ्दैन, त्यस्तो व्यक्तिको मृत्युलेपनि राजसूय प्राप्त गर्दछ र त्यस्तो व्यक्तिमात्र राजा वन्न लायक हुन्छ । जनतालेपनि त्यस्तै व्यक्तिलाई मान्यता प्रदान गर्दछन् । यहां राजा शव्दले राष्ट्र प्रमुखको अर्थवोध गराउछ । जसलाई जनताले सक्षम ठानेर मान्यता प्रदान गर्दछन् । असक्षम भए नगर्न पनि सक्छन् । यसरी हेर्दा जनताले मत दिएर चुनेको ब्यक्ति मात्र राजा अथवा राष्ट्र प्रमुख बन्न सक्ने रहेछ र उसले जनताका आधारभुत आबस्यकता तथा बिभिन्न नयाँ अबसर हरु श्रृजना गराउन राज्यको कार्यकारिणी अधिकार ग्रहण गर्दछ । राजा चुन्ने सार्वभौमिक अधिकार जनतामा रहनेछ  ाजा बन्नु कसैको बंशाणुगत वा पैतृक आधार होइन सक्षमता र प्रत्यक्ष जनमतको आबश्यकता पर्ने रहेछ भन्ने कुरा प्रष्टरुपमा बुझ्न सकिन्छ । राजामा हुनुपर्ने गुणहरु हर्ेदा हिन्दुवादीहरुले भनेजस्तो राजाको कुनै आभास यहाँ पाईदैन ।
      यसैगरी शासनन व्यवस्थाको सम्बन्धमा यस्तो उल्लेख गरियको छ ।
स्वराडसि सम्पन्नहा सत्रराडस्यभिमातिहा
जनराडसि रक्षोहा सर्वराडसि मित्रहा ।।यजु ५।२४।।
      स्वराज्यले  शत्रु वढाउछ, निरंकुश र आक्रामक हुन्छ । सत्रराज्यले अभीमानिहरुको बृद्धि गराउछ, अशान्ति फैलाउछ ।जनराज्य रक्षात्मक हुन्छ, दुष्टहरुको अन्त्य हुन्छ भने जनराज्यमा सबै मित्रवत् हुन्छन् कोहि कसैको शत्रु हुँदैन । यि व्यवस्थाहरु क्रमशः एक पछि अर्को उत्तम मानिन्छ ।

        राज्यको वारेमा माथीको उदाहारणमा गहिरीएर विश्लेषण गर्ने हो भने स्वराज्यले फासिष्ट तानाशाही शासन व्यवस्था लाई इँगित गर्दछ । जहाँ जनतामाथि वर्वर दमन गरिन्छ, शाषकले जनतालाई होइन, केवल आफ्नो मात्र हित गर्दछ । राज्यमा शोषणको चरम रुप देखा पर्दछ र जनता व्रि्रोह गर्न वाध्य हुनुपर्ने अवस्थामा पुग्दछन् । राज्य भित्रै एकअर्कामा तनाव र शत्रुता पर्ुण्ा व्यवहार देखापर्दछ ।शाषक वर्ग भने राष्ट्रिय ढुकुटीमाथि रजाईं गर्नमै मस्त हुन्छन् । यस्तो व्यवस्था अति निकृष्ट मानिन्छ त्यस्तै सत्र राज्यमा अभिमानीहरुको वृद्धि हुन्छ, जनतामा राज्य व्यवस्थाप्रति निराशा पैदा हुनेगरि शाषक वर्गमा स्वार्थ र अभिमानले डेरा जमाएको हुन्छ । नेतृत्व वर्गमै आपसि हानथाप तथा खुट्टा तानातानको स्थिती पैदा हुने तथा निश्चित केहि पहुँच भएकाहरुकोमात्र हालिमुहालि चल्ने हुदा सत्रराज्य केवल अभिमानि र फटाहाहरुकोमात्र र्स्वर्ग हुन्छ ।जनराज्य रक्षात्मक हुन्छ, यहाँ रक्षात्मक भन्नुको अर्थ सन्तुलन हो ।माथि उल्लेखित दुवै व्यवस्थाका खराबीलाई अन्त्यगरी साधारण जनतादेखि राज्यसंचालनमा प्रत्यक्ष हात भएका तथा त्यहाँसम्म पहुँच हुनेहरु विचको खाडलवाट सन्तुलित अवस्थामा राज्य रहनुनै जनराज्य हो । त्यसैगरि र्सवराज्य  त्यस्तो शाषन व्यवस्था हो, जहां जनताहरु पर्ूण्ारुपमा स्वतन्त्र र र्सार्वभौम रहन्छन् । जहां अभाव हुन्छ, त्यहां तनाव हुन्छ र्सवराज्य त्यस्तो राज्य हो जहां कुनै अभाव महशुस हुदैन त्यसकारण तनाव व्रि्रोह आदिको कुनैपनि अस्तित्ववोध हुदैन । सवैमा आपसि भातृत्व र मित्रताको भावना विकाश हुने भएकोले शान्ति र अमन चैनको पूर्ण आभास मिल्दछ । शाषन व्यवस्थाका यि स्वरुपहरुलाई वर्तमान परिस्थितिको संरचनामा ढालेर परिभाषित गर्न खोज्ने हो भने राजनैतिक दर्शनका प्रमुख वादहरु  Ism  संग तुलना गरेर हर्न सकिन्छ । जस्तै स्वराज्यको स्वरुप तानाशाहितन्त्र र फासिवादी चरित्रको शाषनव्यवस्थासंग मिल्दोजुल्दो देखिन्छ । त्यस्तै सत्रराज्यको स्वरुप पुँजिवादी चरित्रको वहुदलिय शासन नव्यवस्थासंग मिल्दो देखिन्छ । त्यस्तै जनराज्यको परिभाषा जनवादीय पद्धतिसंग मेल खाने देखिन्छ भने र्सवराज्यको परिभाषा वामपन्थी क्रान्तिकारीहरुले भन्ने गरेको तर विश्वभर व्यवहारमा देख्न नपाइएको साम्यवादसंग मिल्दो शाषनपद्धति हो भनेर व्याख्या गर्दा अत्युक्ति नहोला ।

       राज्यव्यवस्था संचालनका लागि व्यवस्थापिका कस्तो ढांचाको हुन्छ त भन्ने संबवेदले यसरी उल्लेख गरेको पाइन्छ
सभा च मा समितिश्चावतां प्रजापतेर्दुहितरौ संविदाने
ये ना संगच्छा उपमा स शिक्षाच्चारु वदनि पितरः सङ्गतेषु ।।
विद्म ते सभे नाम नरिष्टा नाम वा असि
ये ते के च सभासदस्ते मे सन्तु सवाचसः ।। अथर्व ७ । १२ । १,२ ।। 
   राज्यका सभा र समिति रुपि दुइ कन्याहरु एक आपसमा समभाव राख्दै हामी सवैको कल्याण गरुन् । सभासदहरु समक्ष आफ्ना कुराहरु सजिलै पुर्‍याउन सकियोस । हे सभासदहरु ! तपाईंहरु एक आपसमा र सभामा पनि सत्य र जनहितका पक्षमामात्र  बोल्नुहोला । हे सभा म ति म्रो सम्मान गर्छु जो ति म्रा सभासद्हरु छन् उनीहरु हामिसंग सदा सत्यमात्र बोलुन् । अहिले आम नेपाली जनतालाई चाहिएको व्यवस्था यहि हो । स्वयत्त स्थानिय स्तरको समिति र राष्ट्रिय स्तरको सभा एक आपसमा समन्वय गर्दै राज्यमा जनताको समानुपातिक प्रतिनिधित्व भएमात्र सवैको आवाज समान र निष्पक्ष रुपमा सुनिन्छ । यस्तो सभामा जनताकोपनि पूर्ण विश्वास रहन्छ भने सभासदहरु सदा सम्माननिय रहन्छन् । जव सभासदहरु आ आफै व्यक्तिगत प्रतिष्पर्धामा उत्रने कार्य गर्दछन् त्यहां जनमतको, जनभावना अनुरुपको कार्य हुन सक्दैन र जनताका समस्याहरु ज्युँ का त्युँ रहन्छन् व्यवस्था असफल हुनुको यो प्रमुख कारण वन्दछ । यदि सभासदहरुले आफ्ना हरेक कदमहरु जनसमक्ष पारदर्शी बनाई राष्ट्रनिर्माणमा आफ्ना कदमहरु अडिग राख्न सक्ने हो भने सवल नेपाल निर्माण गर्न हामी सक्षम हुनेछौं । यहि कर्म गर्न नसक्नु नै हाम्रो राष्ट्रिय विकासको प्रमुख वाधक तत्व हो ।
       विकेन्द्रित शाषनप्रणालिमा केन्द्र र स्थानिय सरकारविचको संवन्ध कस्तो हुन्छ भन्नेवारे वेदमा यस्तो भनिएको छ 
 यद राजनो विभजन्त, इष्टापूर्तस्य षोडशंयमस्यामी सभासदः
अविस्तस्मात्प्रमुञ्चति दत्तः शितिपात् स्वधा ।।
सर्वान् कामान् पुरत्यत्या भवत्
अकुत्रि्रो˜विर्दत्तः शितिपान्नोपदस्याति ।।अथर्वः ३ । २९ । १,२ ।।
     विभाजित प्रदेशहरुले आफ्नो आयको सोह्र प्रतिशत कर राजा – राज्य ) लाई बुझाउनु पर्दछ । जुन करबाट उसको – स्वायत्त प्रदेशहरुको ) आत्मनिर्णयको अधिकारलाई सुनिश्चित गर्दै विकासनिर्माणका योजनाहरुमा प्रभावकारि ढंगवाट लगानी गरिन्छ ।

     यहां राजा शव्दले राष्ट्रप्रमुखमात्र नभई केन्द्रसरकारको अर्थवोध गराउछ । संघिय संरचनाभित्र संपूर्ण राज्यहरुवाट केन्द्रले लिएको कर तिनै क्षेत्रहरुमा प्रभावकारि योजना निर्माण तथा संचालनमा लगानी गरिन्छ । वेदमा उल्लिखित यो संरचनाले मुलुकमा विद्यमान एकिकृत केन्द्रिकृत सामन्ति राज्यसंरचनाको ठिक विपरित संघिय राज्यको स्वरुप प्रस्तुत गरेको छ ।
        
वास्तवमा धर्म प्राचिनकालमा राज्यव्यवस्था संचालनको सिद्धान्त थियो, जसरी अहिले विश्व राजनीतिमा विभिन्न वादहरु प्रचलित छन् । तर सिद्धान्तलाई आफ्नो स्वार्थ अनुकूल परिभाषित गरेर सत्तामा हालिमुहालि चलाईराख्ने प्रवृत्तिका कारण धर्मप्रति श्रद्धा र आस्था होइन वितृष्णा फैलदै गएको पाइन्छ । कतिपय अनुकरणीय व्यवहारिक कुराहरु समेत ओझेलमा पारेर केवल गणेश र हनुमानका चाकडिवादको सिद्धान्तमामात्र लिप्त हुनेहरुकै कारण अहिले धर्म दुषित र समयभन्दा निकै पछि परेको हो । अहिले सचेत जनताको वलमा आफ्नो लुटको श्रोतवाट विमुख वन्नुपरेपछि ति तत्वहरु तिलमिलाएका छन् र विभिन्न प्रोपगण्डाहरु खडा गरेर अझै पनि जनतामा भ्रम र्छर्ने प्रयत्न गरिरहेका छन् । यदि आफुलाई वास्तवमै धर्मको अनुयायि ठान्ने हो भने धर्म र राष्ट्रवादका नारा उचालेर राजनिति गर्नेहरुले धार्मिक मान्यता तथा वर्तमान परिवेश अनुसार संघीय गणतान्त्रिक व्यवस्थालाई आत्मसाथ गर्न सक्नुपर्दछ । अन्यथा एकदिन उनिहरु जनतावाट स्वतः वहिष्कृत हुनुपर्नेछ । सांचो अर्थमा भन्ने हो भने धर्मको पालना गरेको तवमात्र ठहर्दछ जव राज्य र जनताप्रति उत्तरदायि राजनिति गरिन्छ । वर्ग विशेषको स्वार्थ र सेवामा धर्मलाई प्रयोग गर्ने र बदनाम गर्ने अधिकार कसैलाई पनि छैन । निरंकुश र सामन्ति शाषन जोगाउन धर्म र राष्ट्रवादका नारा जति फलाकेपनि जनता यसको र्समर्थनमा उत्रने छैनन् । धर्मका नाममा लुटको स्वर्ग चाहनेहरुको अव चेत खुल्नु जरुरी छ । 

राष्ट्रियताको सवालमा एकजुट वनौं

भरत ढकाल

सामरीक महत्वको दृष्टिकोणबाट अत्यन्तै संबेदनशील मुलुक नेपालको राष्ट्रिय अस्मिता माथि दक्षिण एसियामा दादागिरी मच्चाउदै आइरहेको भारतीय बिस्तारबादले पटक पटक धावा बोलिरहेकै छ । सुगौली सन्धि मार्फत बि्रटिस उपनिबेशकालमा होस वा कोसी, गण्डकी, कर्णाली , महाकाली, टनकपुर जहांसुकै होस नेपाली आमाको मानमर्दन भइरहेकै छ । त्यति मात्र होइन कैलाली, कञ्चनपुर, कालापानी, सुस्ता जहांसुकै देश दुखेको छ । यसै क्रममा हालै सिमा सुरक्षाबलको नाममा भारतीय सुरक्षा दस्ताले इलामको अन्तु डांडाको बिसौं रोपनी जग्गा कब्जा गरेका छन् । यसरी खुल्लेआम राष्ट्रियता बलत्कार भइरहदां समेत बिस्तारबाद बिरुद्ध आबाज उठाउनेहरु टुकी बालेर खोज्नु पर्ने आबश्यकता भएको छ । बिगतका नालायक सरकारको आˆनो स्वार्थ पुर्तिका लागि भारतकै शरण पर्ने बानिका कारण नेपालमा हस्तक्षेपकारी भूमिकामा देखिदै आएको बिस्तारबादले नेपाली भूमीमा भारतीय घुस पैठ बृद्धि गर्दै जाने र चरणबद्ध रुपमा नेपाली भूमीमा कव्जा जमाउदै जाने नीति लिइ आएको देखिएको छ । यस प्रकारले बल मिच्याई हामीले कतिञ्जेल सम्म सहदै बस्ने ?

भारत र नेपाल बिच हालसम्म स्पष्ट सिमांकन हुन सकेको छैन । दुइ देश बिचको सिमा व्यबस्थापन बिषयमा पटक पटक सहमति र केही कार्यहरु समेत भए तर हरेक प्रकृयालाई ढिलाई गर्ने र लम्व्याउने काम गर्दै आइरहेकोले भारतको भित्री नियत स्पष्ट भइसकेको छ । स्पष्ट सिमांकन नगर्ने र नेपाली भूमि मिच्दै जाने भारतको दोधारे चरित्र अब अन्त्य गरिनु पर्दछ । नेपालको राजनीतिलाई अस्थिर बनाइराख्ने र केही सहयोगको बाहानामा भारतीय स्वार्थ अनुकुल चल्न बाध्य पार्ने शैलीको कार्य गर्न गराउन सक्रिय भारतीय दलालहरु र तिनका केही पिछलग्गु नेपालीहरुका कारण राष्ट्रिय अर्थतन्त्र समेत धरासायी हुदै गइरहेको छ । पशुपतिनाथ मन्दिरको पुजारी नियुक्ति र अबकाश सम्बन्धी घटनाले पनि भारतीय हस्तक्षेपको नांगो रुपमा प्रर्दशन गरि सकेको छ । यसरी सामाजिक, आर्थिक , राजनैतिक , साास्कृतिक  हरेक क्षेत्रमा भइरहेको भारतीय दबदबा कहिलेसम्म नेपालीहरुले चुपचाप सहि बस्ने भन्ने प्रश्न अहिले ज्वलन्त रुपमा उठी रहेको छ । इतिहासमा बिर गोरखालीका नाममा बिश्वमै पहिचान राखेका नेपालीहरु अहिल्यै निरह नेपाली भन्ने पहिचानमा सिमित भएका भने पक्कै होइनन् तसर्थ तमाम देशभक्त जनसमुहलाई राष्ट्र र राष्ट्रियताको सबालमा एक ढिक्का बनाई बिस्तारबादको बिरुद्धमा प्रतिरोध अभियान सञ्चालन गरिनु पर्दछ ।

पटक पटक नयां संबिधान जारी भएको नेपालमा हरेक संबिधानले राष्ट्रिय सिमाको सम्बन्धमा “संबिधान जारी हुंदाको बखत कायम रहेको भु भाग नै नेपाली भूमी हुनेछ” भन्ने बुंदा राख्दछ । तर संबिधान जारी हुनु भन्दा अघि के कति भु भाग थियो र अहिले कति छ भन्ने लेखा जोखा कसैले राखेको पाइदैन । यसै अन्योलताको फाइदा उठाउदै भारतले अस्थिर परिस्थीति सृजना गर्ने र नयां संबिधान निर्माण गर्ने समय वरपरमा नेपाली भुभाग कब्जा गर्ने क्रमलाई तिब्र पार्दै आएको देखिन्छ । यदि यस तर्फ समयमा नै सचेतता नअपनाउने हो भने हाम्रो नियती सधै यस्तै हुनेछ र हाम्रा भाबि पुस्ताले हामीलाई धिकार्ने छन् ।

यि माथिका तमाम समस्याहरुलाई मध्यनजर गरेर हेर्दा के देखिन्छ भने हामी भित्र राष्ट्रबादको भाबना जागृत हुन सके समय अझै छ । हामी नेपालीहरु कमसेकम राष्ट्रियताको सबालमा एक जुट हुन सक्यौ भने पनि राष्ट्र र राष्ट्रियताको अस्तित्व जोगाउन समस्या पर्ने छैन तसर्थ अब बिगत देखीका सम्पुर्ण असमान सन्धि सम्झौताको खारेजी तथा स्पष्ट सिमांकन गरि भारतले नेपालको अहिलेसम्म गुमेको भूमी सहित फिर्ता गर्न सरकारी तबरबाटै पहल शुरु गरि नयां सम्झौता गर्नुपर्छ । दुइ देश बिचको खुल्ला सिमानाका कारण दुबै देशको सुरक्षामा असर पर्ने स्थिति देखीएको हुादा खुल्ला सिमानालाई सदाका लागि अन्त गर्दै व्यबस्थित नाकाबाट मात्र आवत जावत गर्न सकिने उपायको खोजी गर्नुपनि अत्यन्त जरुरी भइसकेको छ । यि सबै समस्याहरुको समधानका लागि हामीमा एउटा दरिलो आत्मबिश्वासको खांचो छ । त्यो आत्मबिश्वासले नै सरकारलाई सहयोग पुर्‍याउने छ । सरकारका गल्तिहरुलाई तत्काल औल्याई निरन्तर राष्ट्रियताको पक्षमा लाग्न सहयोगी र उत्प्रेरक दुबै भुमिका निर्बाह गर्ने भनेका जनतानै हुन् ।  तसर्थ सम्पुर्ण न्यायप्रेमी र देशभक्त जनसमुदायहरु अब पराधीन मानसिकता बोकेर नबस्ने समय आइसक्यो । हाम्रो परिक्षाको यस घडीमा खरो उत्रन सकेमात्र हामी सबैको कल्याण हुने छ, राष्ट्र र जनताको अस्तित्व संरक्षण हुने छ । 

 

4 responses to “चिन्तन

  1. राकेशचन्द्र ओझा

    जुन 17, 2009 at 2:36 बिहान

    आ ब्रह्मन्नित्यस्य प्रजापतिर्ॠषिः। लिंभोक्त्ता देवताः। स्वराडुत्कृतिश्छन्दः। षड्जः स्वरः॥
    आ ब्रह्म॑न् ब्राह्म॒णो ब्र॑ह्मवर्च॒सी जा॑यता॒मा रा॒ष्ट्रे रा॑ज॒न्यः शुरे॑ऽइषव्यो॒ऽतिव्या॒धी म॑हार॒थो जा॑यतां॒ दोग्ध्रीं धे॒नुर्वोढा॑न॒ड्वाना॒शुः सप्तिः॒ पुर॑न्धि॒र्योवा॑ जि॒ष्णू र॑थे॒ष्ठाः स॒भेयो॒ युवास्य यज॑मानस्य वी॒रो जा॒यतां निका॒मे-नि॑कामे नः प॒र्जन्यों वर्षतु॒ फल॑वत्यो न॒ऽओष॑धयः पच्यन्तां योगेक्ष॒मो नः॑ कल्पताम्॥२२॥
    मन्त्रार्थाः सिद्धयः सन्तु पूर्णाः सन्तु मनोरथाः। शत्रूणां बुद्धिनाशोऽस्तु मित्राणामुदयस्तव। (शुक्ल यजुर्वेद अध्याय २२, मंत्र २२) ।
    अपन देशमे सुयोग्य आ’ सर्वज्ञ विद्यार्थी उत्पन्न होथि, आ’ शुत्रुकेँ नाश कएनिहार सैनिक उत्पन्न होथि। अपन देशक गाय खूब दूध दय बाली, बरद भार वहन करएमे सक्षम होथि आ’ घोड़ा त्वरित रूपेँ दौगय बला होए। स्त्रीगण नगरक नेतृत्व करबामे सक्षम होथि आ’ युवक सभामे ओजपूर्ण भाषण देबयबला आ’ नेतृत्व देबामे सक्षम होथि। अपन देशमे जखन आवश्यक होय वर्षा होए आ’ औषधिक-बूटी सर्वदा परिपक्व होइत रहए। एवं क्रमे सभ तरहेँ हमरा सभक कल्याण होए। शत्रुक बुद्धिक नाश होए आ’ मित्रक उदय होए॥

     
  2. Desh Bhakta

    जुलाई 18, 2009 at 10:18 बेलुका

    ani Prachanda path chahi No.1 dadaharu ko gyang ho ki deshdrohi bad ho?

     
  3. aanrtha bhayoo aaba

    अगस्ट 26, 2009 at 11:27 बिहान

    jaha gaypani maya ko voo

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: