RSS

बहुउपयोगि जडिवुटी टिमुरको बेवास्ता

19 सेप

अगन्धर तिवारी, म्याग्दी

म्याग्दीको घतान गाविसमा पाइने बहुउपयोगी टिमुरको पछिल्लो समय बेवास्ता हुनथालेको पाइएको छ ।

दुईवर्ष अगाडि जिल्ला वन कार्यालय र एलएफपी नामक गैर सरकारी संस्थाले गाउंमा टिमुर उत्पादक समुह गठन गर्नलगाएर आर्थीक सहयोग गर्ने बताएपछि शुरु गरिएको टिमुर व्यवसाय पछिल्लो समय सङ्कटमा पर्नथालेको किसानहरूले बताएका छन् ।

वन कार्यालयले टिमुरका बिरुवा उत्पादन गरेपछि प्रतिगोटा दश रुपैयांका दरले किनिदिने भनेपछि किसानले उत्पादन गरेका झण्डै पांचहजार बिरुवा नर्सरीमै खेरगएको किसानहरुले बताएका छन् ।

गतवर्षहरुमा टिमुर प्रतिपाथी २५० देखि ३५० रुपैयांसम्ममा बिक्रि हुने भएपनि सम्वन्धित निकायको बेवास्ताका कारण बोटमै रहेका छन् । टिमुर टिप्ने समय साउनको पहिलो सातादेखि शुरु हुनेभएपनि अहिलेसम्म टिप्न थालिएको छैन ।

गतवर्ष तोरीपानी लगातका गाउंबाट मात्रै करिव ४० लाख रुपैयांको टिमुर निर्यात भएको भएतापनि यो वर्षभने अहिलेसम्म कतै निर्यात गर्न नसकिएको एक किसान गौमायां बानियांले बताइन् । बानियांका अनुसार पछिल्लो समय केटाकेटीहरुले २०० रुपैयांमा बिक्रि गरिने भएपनि व्यवसायिक उत्पादन हुनसकेको छैन ।

विभिन्न मसला, दन्तमन्जन लगायत दर्जनौ रोगको औषधीका रुपमा प्रयोग हुने टिमुरको उपयोगिताका ’boutमा जनचेतना फैलाई तोरीपानी लगायतका गाउंमा उत्पादीत टिमुरको बजारीकरणमा सहयोग पुर्‍याउन किसानहरुले सम्वन्धित निकायसंग अनुरोध गरेका छन् ।

 
2 टिप्पणीहरु

Posted by on सेप्टेम्बर 19, 2009 in NEWS

 

2 responses to “बहुउपयोगि जडिवुटी टिमुरको बेवास्ता

  1. kishore

    जनवरी 17, 2010 at 11:51 बिहान

    Dear sir,
    Kindly provide me the botanical and the english name for timur so that I will be able to dicuss with my friends abroad to find market and to find new ways to cultivate it.
    Thank you
    Kishore

     
  2. Roshan Baskota

    फ्रेवुअरी 21, 2012 at 6:13 बेलुका

    Zanthoxylum alatum is the botanical name for timur found in Nepal.

     

टिप्पणी छोड्नुहोस्