RSS

उद्यमशीलता र जन्मदिवस

अणुत्वमहत्वाभ्यां कर्मगुणाश्च व्याख्याता ॥वैशेषिक दर्शन:७।१।१६॥

अणुत्व(परिणाम) र महत्वद्वारा कर्म तथा गुण (पनि) अभिव्यक्त हुन्छ ।

हामी भन्छौं- यो महान कार्य हो, यो सानो कार्य हो । त्यसैगरी कसैको ज्ञान महान हुन्छ त कसैको अल्प । यि सवै कुराहरु व्यवहारवाट मात्रै प्रष्टिने हुन्छन्, यस्ता कार्यहरु व्यवहारको कसीमा परिक्षीत हुन थालेपछि राष्ट्र र जनताको कल्याणका लागि कति महत्वपुर्ण रहेछन् भन्ने प्रमाणीत हुदै जान्छन् ।

मुलुक अहिले संक्रमणकालिन अवस्थावाट गुज्रिरहेको छ । दैनिक हजारौं युवा रोजगारिको खोजीमा विदेशीईरहेका छन् । यसरी श्रृजनशील जनशक्ती निरन्तर विदेश पलायन हुनु राष्ट्रिय उत्पादकत्व वृद्धिका लागि निश्चय नै राम्रो संकेत होईन । Read the rest of this entry »

 
10 टिप्पणीहरु

Posted by on अगस्ट 2, 2011 in BLOG

 

शव्दचित्रमा : गोरखाको गुरुङ पदमार्ग

-विनोद ढकाल, रेडियो गोरखा

प्राकृतिक श्रोत र सम्पदाहरूको धनी एतिहासीक जिल्ला गोरखामा अधिकांश गुरुङ समुदायको मात्र वसोवास रहेको पांचखुवा देउराली, स्वांरा, सौरपानी, लापु, गुम्दा, लाप्राक र वारपाक गाविसलाइ समेट्ने गरि सातदिने पदयात्रावाट गुरुङ समुदायको फरक फरक संस्कृति भेषभुषा, रहनसहन र खानपानको स्वाद लिन तथा यसलाई गुरुङ पदमार्गको रुपमा चिनाउन सकिन्छ । Read the rest of this entry »

 
टिप्पणी छोड्नुहोस्

Posted by on अगस्ट 21, 2010 in BLOG, SPECIAL

 

राष्ट्रिय स्वाधीनता र कपिलबस्तु दिवस अभियान

By हरि नेपाली [1]

केही समय अघि मात्र भारतको सीमावर्ती बजार कवाडीबाट खाने तेल ल्याउने विषयमा विवाद भएपछि भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानहरुले नेपालभित्रै पसेर मोरङ्ग अमाही बरीयातीका ५५ बर्षीय बासुदेब शाहलाई घरमै गोली हानी हत्या गरेका छन् । त्यसैगरी हातहतियार र सुरक्षाकर्मी सहित नेपालमा छिरेकी भारतको उत्तर प्रदेशकी महिलामन्त्री विन्दया चौधरी नेपालको कुनै पनि निकायको अनुमति नलिइ तथा जानाकारी समेत नगराइ कपिलबस्तुको चन्द्रौटा आइपुगेपछि नेपाल प्रहरीले गिरफ्तार गरी भारतीय प्रहरीको जिम्मा लगाएको घटना अझै सेलाइ सकेको छैन भने बारम्बार हातहतियार सहित भारतीय सुरक्षाकमीहरु बलजफती नेपालको भूमिमा आउने क्रम अझै पनि जारी छ । अझ सीमा क्षेत्रमा रहने नेपाली बस्तीहरुमा भारतीयहरुबाट हुने भू-अतिक्रमण, लुटपाट र बलात्कारका घटनाहरु त झन प्रसस्त नै छैन । भारतको मेघालयमा नेपाली भाषीहरुमाथि त्यहाँका खासी समुदायहरुले चरम उत्पीडन अत्याचार मच्चाइरहदा र जिउँदै आगोमा हालेर हत्या गर्ने काम समेत भइरहँदा  पनि भारतीय सरकारले आन्तरिक मामिला भन्दै नेपाली भाषीमाथि भएको आक्रमणलाई प्रोत्साहन दिइरहेको छ । Read the rest of this entry »

 

Kapilvastu Day Movement Global Committee Formed

As part of the World Peace Movement, Nepalese people living in different parts of the world last year decided to commemorate Lumbini and Kapilavastu, Nepal; the birthplace of Gautam Buddha, by observing Kapilvastu Day as a global holiday in order to spread the Buddha’s peace and nonviolence messages all over the world. The Buddha is revered as a Messenger of Peace. He is also known as the Light of Asia who is actually the Light of the world as his message of peace and nonviolence has become more relevant as the world is facing the problems of violence today. The world today has become more violent than ever before. Therefore, we have decided to spread the messages of the Buddha all over the world by observing Kapilvastu Day every year. Read the rest of this entry »

 

शिक्षा नीति : जनकेन्द्रित कि धनकेन्द्रित ?

– गणेश आचार्य

नेपालका युवा कम्युनिस्टहरु भन्छन्- शिक्षामा आमूल सुधार हुनुपर्छ । जनवादी र वैज्ञानिक शिक्षा प्रणाली लागू गर्नुपर्छ । थोत्रो परम्परागत सामन्ती शिक्षा अब बेकार छ । तर यो भनाइको तात्पर्य के ? जनवादी शिक्षा भनेको कुन चरीको नाम हो ? यो प्रश्नले सर्वसाधारण जनताको मात्र होइन, तिनका निरीह विद्यार्थी छोराछोरीको मन रिंगाउन थालेको पाइन्छ । कारण, ६० प्रतिशत जनमत बटुलेका कम्युनिस्ट पार्टीका ‘माउ’ नेताहरुले ‘जनवादी’ शिक्षाका सपना साकार पार्ने आशामा तुषारापात हुँदै गएको छ । यो गम्भीर र विडम्बनापूर्ण सवाल हो । २००४ मा भर्खर कम्युनिस्ट पार्टी जन्मँदै थियो । चार जनाले कलकत्तामा खोलेको यस पार्टीको मूल्य, मान्यता, आदर्श, नीति र सिद्धान्तहरु शिक्षाको क्षेत्रमा कति अंश लागू भए या हुँदैछन् ? यो आजको यक्ष प्रश्न हो । तमाम विद्यार्थीहरुले कम्युनिस्ट पार्टी सत्तामा गएपछि यसको मूल्यांकन र अनुगमन गर्नु स्वाभाविक छ । Read the rest of this entry »

 
१ टिप्पणी

Posted by on फ्रेवुअरी 23, 2010 in BLOG

 

संघीय प्रदेशमा कुमाल जातिको स्वायत्तता

–      कञ्चन कुमाल

नेपाली समाज आमूल परिवर्तनको विशिष्ट मोडमा सम्भावना र चुनौती सहित अगाडि बढेको छ । दश वर्षको उथलपुथलकारी जनयुद्ध, १९ दिने जनआन्दोलन मार्फत संविधानसभा हुंदै यहांसम्म आइपुग्दा २४० वर्षको एकात्मक, फांसिवादी र निरंकुश चरित्रको राजतन्त्र अन्त्य भएर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेको छ ।

एकात्मक राज्य व्यवस्थावाट उत्पीडनमा परेका विभिन्न जातिमध्ये कुमाल जाति पनि एक हो । यस राज्य प्रणालीबाट आदिवासी जनजातिको रुपमा इतिहासमा आफ्नो राज्यको विकास गर्न लागेको कुमाल समुदायलाई अनेक जालझेल र षड्यन्त्र गरेर भूमीहिन वनाइयो । भूमिका मालिक समथर टारमा रहेका कुमाल समुदाय अहिले अत्यन्तै निम्नस्तरको जिवनशैलीमा वांच्न विवश छन् । Read the rest of this entry »

 
6 टिप्पणीहरु

Posted by on फ्रेवुअरी 17, 2010 in BLOG

 

भ्यालेन्टाईन डे र नेपाली राष्ट्रियता

भनिन्छ, जिवन एउटा उत्सव हो । हामीले जन्मदा एउटा संस्कार लिएर जन्मन्छौं, हुर्कदा त्यसमा केही परिवर्तन र परिमार्जन हुन्छ, यस संगसंगै हामी जति चेतनशील वन्दै जान्छौं त्यतिनै हाम्रो संस्कारपनि परिष्कृत हुंदै जान्छ । सामान्य दुःखमा पनि हामी संवेदनशील वन्छौं, आंशु झार्न पछि पर्दैनौं । त्यसैगरि अलिकति खुसी लागेमात्रै पनि हांसिदिन्छौं र उत्सव मनाउंछौं । यो संस्कार हामीमा जन्मजात पैदा भएको हुन्छ । तर त्यो उत्सव मनाउने र प्रयोग गर्ने तरिका तथा त्यस सम्वन्धि वुझाई भने व्यक्ति वा समय अनुसार फरक फरक हुन्छ, निरन्तर परिवर्तन भईरहन्छ । एकको उत्सव अर्कोलाई दुःखद हुन सक्छ र एउटाको दुःख अर्काको उत्सवपनि वन्दछ । हामी कुनै विजयमा उत्सव मनाउंछौं तर त्यो विजयको साथमा कसैको हार लुकेको हुन्छ त्यसमा हार्नेको संवेदनशीलता रोएको हुन्छ, उ चुपचाप रहन्छ, उसलाई साथ दिने कोही रहंदैन तर, त्यति नै वेला जित्नेको संवेदनशीलता हांसेको हुन्छ, उत्सव मनाउंछ साथ दिनेहरु धेरै भेटिन्छन् । फरक यत्ति हो उत्सव मनाउनु र नमनाउनुमा अनि जित्नु र हार्नुमा ।  Read the rest of this entry »

 
12 टिप्पणीहरु

Posted by on फ्रेवुअरी 14, 2010 in Editorial, SPECIAL

 

सामाजिक सुरक्षा – बहस र विवाद

– गणेश रेग्मी

बितेका केही वर्षदेखि नेपालमा रहेको बेरोजगारीको समस्या र मजदुरहरूले पाउने गरेको अपर्याप्त ज्यालाको विषयमा श्रमबजारमा तीव्र बहस र विवाद हुँदै आइरहेको छ । रोजगारदाताहरू विद्यमान श्रम कानुन ‘श्रमबजारलाई उपयुक्त नभएको’ भन्ने तर्क गरिरहेका छन् भने ट्रेड युनियनहरू पनि श्रम कानुनले समग्र श्रमबजारलाई छुन नसकेकोमा आक्रोशित छन् । खासगरी मजदुरहरूको न्यूनतम वेतन, उनीहरूको सामाजिक सुरक्षा, ट्रेड युनियन अधिकार र सामूहिक सौदाबाजी, अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुरहरूका सवालमा विद्यमान श्रम कानुन पर्याप्त छैन । श्रम कानुनमा जे छ, तिनको पनि कार्यान्वयन पक्ष अत्यन्तै फितलो छ । श्रम अदालत र श्रम कार्यालयहरूबाट दिइने निर्णयहरू पनि मजदुरहरूका लागि एकदमै ढिला, भद्दा र झन्झटिला छन् । Read the rest of this entry »

 
१ टिप्पणी

Posted by on फ्रेवुअरी 7, 2010 in Analysis, BLOG

 

सिक्किमको विधानसभा र नेपालको संविधानसभा

हुकुमबहादुर सिंह

सन १९७५ भन्दा अघि सिक्किमको भारतसंग “बिशेष सम्वन्ध” थियो । पछि १९ अप्रिल १९७५मा भारतको सम्बिधानमा ३८सौ संसोधनगरेर भारतले सिक्किमलाइ आफ्नो २२औ प्रान्तमा गाभ्न सफल भयो । भूटान भारतको संरक्षित’ र अर्ध स्वतन्त्र’ राज्यको रूपमा रहंदै आएको छ । नेपालको सम्वन्धमा कुरा गर्दा भारतीय नेताहरूले प्रयासः सिक्किम र भूटानसित जोडेर कुरा गर्ने गर्दै आएका छन् । यसबाट भारतीय नेताहरूको नेपालसंगको समवन्धको वास्तविक अर्थ के हो थाहा लाग्दछ । २००८ सालमा नेहरूले भारतीय संसदमा “भारत हिमालय सम्म आफ्नो सुरक्षा सिमा सम्झन्छ ।” भनेर घोषणा गरेका थिए  भने पछि १० जुन १९६९मा भारतका विदेश मन्त्री दिनेश सिंहले भारतले नेपालका साथ “बिशेष सम्वन्ध” कायम गर्न चाहन्छ भनेका थिए । यस्ता खालका भनाइहरू भारतका अन्य नेताहरूले समय समयमा भन्दै आएका छन् र अहिले पनि विना हिच्किचाहट भन्दै छन् । तर नेपालको राष्ट्रिय सार्वभौमिकतामाथि हस्तक्षेप र आक्षेप लाग्ने खालका अभिव्यक्ति र कार्यको नेपालमा विगतमा र अहिले पनि ठूलठूला विरोधहरू हुदै आएका छन् । ती सवै जसो विरोधहरूको आयोजना र नेतृत्व सधैभरि नेपालका वामपन्थी युवा विद्यार्थीहरू र देशभक्तहरूले गर्दै आएका छन् । Read the rest of this entry »

 
3 टिप्पणीहरु

Posted by on फ्रेवुअरी 4, 2010 in Analysis, BLOG

 

त्रिकोणात्मक शक्तिसंघर्ष : इतिहास र वर्तमान

– शक्ति वस्नेत ‘सुरेश सिंह’

प्रवृत्तिगत दृष्टिले नेपाली राजनीति फेरि एकपटक त्रिकोणात्मक संघर्षको अवस्थाबाट गुज्रिरहेको छ । संविधाननिर्माणका निम्ति निर्धारित समयसीमाको नजिक पुग्दैजांदा सबै प्रवृत्तिहरू नयां स्तरबाट सङ्गठित र ध्रुवीकृत हुादै गइरहेका छन् । उसो त नेपाली राजनीतिक इतिहासका विभिन्न चरणहरूमा पनि त्रिकोणात्मक शक्तिसंघर्षको अवस्था रहादै आएको देखिन्छ । ००७ साल अगाडि राणा, राजा र काङ्ग्रेसबीचको शक्तिसङ्घर्षमा राजा र काङ्ग्रेस मिलेर राणा शासनको अन्त्य गरे । ००७ सालपछि पुनः देखापरेको राजा, राणा र काङ्ग्रेसबीचको शक्तिसङ्घर्षमा राजा र राणाहरू मिलेर काङ्ग्रेसलाई विस्थापित गरेर २०१७ सालमा महेन्द्रको नेतृत्वमा ‘कु’ गरियो । पञ्चायतको स्थापनापछि राजा, काङ्ग्रेस र कम्युनिस्टहरूबीच नयां शीराबाट सुरु भएको शक्तिसङ्घर्ष ०४६ मा पुग्दा काङ्ग्रेस र कम्युनिस्टको घोषित/अघोषित कार्यगत एकता भएपछि राजतन्त्रात्मक संसदीय व्यवस्था पुनर्स्थापीत हुनपुग्यो । तत्पश्चात् सतहमा प्रकट भएको माओवादी, संसदवादी र दरबारबीचको त्रिकोणात्मक शक्तिसंघर्षमा माओवादी र संसदवादी शक्तिहरूबीच कार्यगत एकता र तालमेलको स्थिति बनेपछि राजतन्त्रको अन्त्य भयो । त्यसपछि फेरि विभिन्न तीनवटा प्रवृत्तिहरूबीचको टक्कर नयां स्तरमा प्रकट भइरहेको छ । राष्ट्रिय राजनीतिमा देखिएका यी तीनवटा प्रवृत्तिहरूलाई निम्नानुसार हेर्न सकिन्छ । Read the rest of this entry »

 
टिप्पणी छोड्नुहोस्

Posted by on फ्रेवुअरी 4, 2010 in Analysis, BLOG

 

धरापमा शान्ति प्रक्रिया

सुदर्शन मंगोल

तत्कालिन नेपाल सरकार र नेकपा (माओवादी) बीच भएको विस्तृत शान्ति सम्झौताको मूल प्रस्तावनामै भनिएको छ- ‘नेपाली जनताले ००७ साल पहिलेदेखि हालसम्म पटक-पटक गर्दै आएका ऐतिहासिक संघर्ष र जनआन्दोलनमार्फत् लोकतन्त्र, शान्ति र अग्रगमनका पक्षमा प्रकट भएको जनादेशको सम्मान गर्ने, देशमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय, लैंगीक समस्याहरुलाई समाधान गर्न राज्यको अग्रगामी पुनःर्संरचना गर्न संकल्प गर्ने ।’ त्यस्तै सोही सम्झौताको बुंदा नं. ३ को ‘राजनैतिक, आर्थिक-सामाजिक रुपान्तरण र द्वन्द्व व्यवस्थापन’ विषयक अवधारणामा प्रस्टरुपले भनिएको छ- ‘सामन्तवादका सबै रुपहरुको अन्त्य गर्ने, आर्थिक, सामाजिक रुपान्तरणको न्युनतम साझा कार्यक्रम आपसी सहमतिले तय गरेर लागू गर्दै जाने, सामन्ती भू-स्वामित्वको अन्त्य गर्दै वैज्ञानिक भूमिसुधार कार्यक्रम हरुवा चरुवालगायत आर्थिक, सामाजिकरुपले पछाडि परेका वर्गलाई जग्गालगायत आर्थिक, सामाजिक सुरक्षाको व्यवस्था गर्ने नीति लिने ।’ Read the rest of this entry »

 
टिप्पणी छोड्नुहोस्

Posted by on फ्रेवुअरी 2, 2010 in BLOG, GUEST

 

राष्ट्रिय स्वाधीनता र मुक्ति आन्दोलन

मधुसूदन वैद्य

नयां नेपाल निर्माणको ऐतिहासिक मोडमा राष्ट्रिय स्वाधीनताको प्रश्न प्रमुख एजेण्डा बनेर नेपालको राजनीतिक क्षितिजमा मडारिएको छ । व्रिटिस साम्राज्यवादले नेपालमाथि थोपारिएका असमान सन्धि र सम्झौतालाई आधार मान्दै भारतीय शासकहरुले नेपालमाथि चौतर्फी हस्तक्षेप सदियौंदेखि गर्दै आएका छन् । भारतको प्रत्यक्ष हस्तक्षेप नेपालमा राजनैतिक मात्र नभएर नेपालको राष्ट्रियता, राष्ट्रिय सम्पदा र ऐतिहासिक धरोहरमाथि विभिन्न प्रकारले भइरहेका छन् । Read the rest of this entry »

 
टिप्पणी छोड्नुहोस्

Posted by on फ्रेवुअरी 2, 2010 in BLOG, GUEST

 

अयोग्य लडाकु कि माओवादी ?

एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादी (संक्षिप्त नामः माओवादी) का शिविरमा रहेका लडाकूहरू धमाधम अयोग्य सावित हुंदै शिविरबाट बाहिरिंदै छन् । सडक निर्माण गर्दाको ज्याला १२ हजार र अनमिनले दिएको १० हजार रूपैयां खल्तीमा राखी, अनमिनले नै दिएको एकजोर कपडा पहिरिएर रित्तो झोला बोक्दै बाहिरिएका छन् । उनीहरूसंग शिविरमा रहेको एउटा प्रमाणपत्रको छेस्को बाहेक अरू केही छैन । जुन छेस्को न खान मिल्छ, न लगाउन नै दिन्छ । डिग्री गरेका जेहेन्दार मानिसका प्रमाणपत्र त दराजमा राख्दा-राख्दा मुसाले काटेर धुजा-धुजा भएको अवस्थामा अनमिनले दिएको त्यो छेस्को के काम ? त्यसमा पनि अनमिनले अयोग्य भनेको, माओवादीले अयोग्य हो भनेर साछी बसेको सर्टिफिकेट लिएर जागिरका लागि कसैको दरबाजा खट्खटाउंदा पाउने कुरै भएन । आमूल परिवर्तनको लागि ज्यान हत्केलामा लिएर लडेका लडाकाहरूलाई परिवर्तनपछि राज्यले राम्रोसंग सम्बोधन गर्ला भनेर आशा लिएका विचराहरू धमाधम अयोग्यताको प्रमाणपत्र लिएर पो फर्कनुपर्‍यो । Read the rest of this entry »

 
3 टिप्पणीहरु

Posted by on जनवरी 31, 2010 in BLOG

 

श्रमिक हितमा टाउको दुखाइ किन ?

– हरि नेपाली

विश्व बजारमा श्रम बेच्ने क्रमको विकास संगसंगै नेपाली मजदुरहरुको संख्या मध्यपुर्वको खाडी मुलुक कतारमा साढे तीन लाखको हाराहारीमा पुगिसकेको छ । “अकबरी सुनलाई कसी लाउनु पर्दैन भनेझै जतिसुकै कठिन परिस्थितीका वावजुद पनि शालिन, इमान्दार, परिश्रमी र मेहनती ढंगले काम गर्न सक्ने देशका व्यक्तिहरुको रुपमा नेपाली मजदुरहरुले पहिचान बनाएको प्रशंसा हामीले गरिरहनु पर्दैन स्वयं यहाँका कम्पनी मालिक र अन्य देशका व्यक्तिहरुले गरिरहेका छन् । Read the rest of this entry »

 
2 टिप्पणीहरु

Posted by on जनवरी 31, 2010 in BLOG