RSS

अपराध नियन्त्रण गर्न मोबाइल पत्ता लगाउने प्रविधि ल्याइने

08 जुलाई

मोबाइल टेलिफोनको प्रयोगबाट आपराधिक क्रियाकलाप, धम्की, फिरौती रकम माग्ने जस्ता प्रवृत्ति व्यापक रूपमा बढेपछि सरकारले मोबाइल टेलिफोन कम्पनीहरुलाई शंकास्पद नम्बर प्रयोग भएको स्थान पत्ता लगाउने प्रविधि किन्न निर्देशन दिएको छ ।  

आपराधिक क्रियाकलापमा मोबाइल टेलिफोनको प्रयोग वढि भएको देखिएपछि  हालै मुख्यसचिव भोजराज घिमिरेले नै टेलिफोन सेवा प्रदायक कम्पनीहरुलाई बोलाएर त्यस्तो सफ्टवेयर किनेर प्रविधि जडान गर्न निर्देशन दिएको जनाइएको छ ।

नेपाल टेलिकम, स्पाइस नेपाल, युटिएल र एसटिएम सञ्चारका सहित चारवटै मोवाइल सेवा प्रदायक कम्पनिका प्रतिनिधि सहभागी उच्च अधिकारीले सरकारको निर्देशनअनुसार आपराधिक घटना रोकथाम गर्न त्यस्तो प्रविधि जडान गर्ने प्रतिवद्धता जनाएका थिए ।

आपराधिक क्रियाकलापमा संलग्नले मोबाइल टेलिफोनलाई दुरुपयोग गरेर धम्क्याउने अपहरण गर्ने गरिरहदा पनि कहाँ बसेर सम्पर्क भइरहेको छ भनेर पत्ता लगाउने उपकरण अहिलेसम्म मोबाइल टेलिफोन कम्पनीहरुले राखेका छैनन् ।

हालै ख्याति हत्या प्रकरणमा पनि अभियुक्त विरेन प्रधानले मोबाइल फोनको प्रयोग गरेर फिरौती रकम असुलेका थिए । मोबाइल फोनबाट तथानाम गाली गर्ने धम्की दिने अपहरणको योजनासमेत बनाउने प्रहरीको विभिन्न अनुसन्धानले देखाएको छ ।
नेपाल टेलिकमसंग मात्र आपराधिक क्रियाकलापमा प्रयोग भएको आशंकामा प्रहरीले दैनिक कम्तीमा आधा दर्जन मोबाइल फोनका ग्राहकको विवरण माग्ने गरेपनि कुन मोबाइल कहाँबाट प्रयोग भैरहेको छ भन्ने विषयमा भने जानकारी दिन टेलिकमसँग सफ्टवेयर छैन।

स्पाइस नेपालले भने केही समयअघि देखिनै यस्तो सेवा सुरु गरिसकेको छ। मेरो मोबाइलको प्रयोग गरेर विशेषगरी तराईमा धम्की फिरौती असुली हुन थालेपछि यो कम्पनीले प्रविधि जडान गरेको हो । यो उपकरणले शंकास्पद मोबाइल नम्बरबाट भएका कुराकानी स्वचालित रुपमा रेकर्ड समेत गर्नेछ। विदेशमा मोबाइल सेवा प्रदायकहरुले सुरुमै यस्तो उपकरण जडान गरेका हुन्छन् । यद्यपी नेपालकै सबैभन्दा ठूलो र धेरै मोबाइलका ग्राहक रहेको नेपाल टेलिकमले भने अहिलेसम्म यस्तो सफ्टवेयर राखेको छैन ।

‘सरकारको निर्देशनअनुसार टेलिकमले यस्तो उपकरण किन्ने प्रक्रिया अघि बढाइसकेको छ’- टेलिकमका एक उच्च अधिकारीले भने । यो सफ्टवेयर किनेपछि प्रहरीलाई मोबाइल टेलिफोनको प्रयोग गरेर आपराधिक कार्य गर्ने व्यक्ति वा समूह बसेको क्षेत्र पत्ता लगाउन सजिलो पर्नेछ ।

 
6 टिप्पणीहरु

Posted by on जुलाई 8, 2009 in HOME

 

6 responses to “अपराध नियन्त्रण गर्न मोबाइल पत्ता लगाउने प्रविधि ल्याइने

  1. एलर्ट

    जुलाई 8, 2009 at 9:37 बिहान

    हो अव चैं केहि हुन्छ की ?

     
  2. नीता पाठक, चितवन

    जुलाई 8, 2009 at 9:40 बिहान

    जे गरेपनि प्रहरि प्रशाषन चुस्त नभएसम्म समस्या समाधान होला जस्तो लाग्दैन मलाइ त ।

     
  3. मुन्द्रे

    जुलाई 8, 2009 at 9:45 बिहान

    विदेशमा मोबाइल सेवा प्रदायकहरुले सुरुमै यस्तो उपकरण जडान गरेका हुन्छन् । तर नेपालमा किन पहिल्यै राख्न पर्छ भन्ने चेत खुलेन ? नेपालीको वुद्दि ढीलो पलाउंछ भन्थे हो रै छ ।

     
  4. laxmiacharya

    जुलाई 8, 2009 at 10:54 बिहान

    something is better than nothing.

     
  5. रोशनी पुन

    जुलाई 9, 2009 at 8:31 बिहान

    यस्ता कुरा सुन्दा पढ्दा त मलाइ हांसो पो लाग्छ किन होला ?

     
  6. devi ghimire

    अगस्ट 21, 2009 at 6:30 बिहान

    is is best systam i am happy

     

टिप्पणी छोड्नुहोस्